जिवनको प्रसंगमा ...

जिवनको प्रसंगमा एउटा,दवाव हुनुपर्छ ।
सबको विचारमा आ-आफ्नै,रवाफ हुनुपर्छ ।।
तव मात्र भन्न सक्छु,उत्तर पाए त्याँहा,
जिन्दगीको नै चित्तबुझ्दो,जवाफ हुनु पर्छ ।।।
============================
बेहोस हुने सबैको,चाहाना हुदैन ।
भैहाले साहित्यको कुनै,वाहाना हुदैन ।।
साहीत्यले सबको मन,पगाल्छ तर,
त्यो पनि सबैको याँहा,दिवाना हुदैन ।।।
===========================
माया गर्न जसले ,सिकाउने गर्छन ।
विस्तार विस्तार मन, भिकाउने गर्छन ।।
कसरी भुलाउन सकिन्छ र जसले ,
अली अली भएनी माया, देखाउने गर्छन ।।।
===========================
सके जति घात, दिन्छ पिरतीले ।
एक्लो देखी लात, दिन्छ पिरतीले ।।
लात र घातको खेतीन हो यसको,
तर कहीले साथ, दिन्छ पिरतीले ।।।

===========================
समाज वनायो मान्छेले नै, सहर वनायो ।
विकाश संगै संगै एउटा त्यस्तो, रहर वनायो ।।
एक अर्काको मीत्रता यती सम्म भुले कि,
मान्छे ले नै मान्छे मार्ने, जहर वनायो ।।।
===========================
छुट्टीनु त छ नै एकदीन ,भेटीएपछि ।
जिउने एक्लो साहारा नै ,लुटीएपछि ।।
जिवन त चलाउँला यसै ,जसोतसो तर ,
खुसी त कहाँ हुला, मवाट ,छुटीएपछि ।।।
===========================
मुटु त भित्र भित्रै आफै जल्छ नै, राप दिएपछि ,
बाँच्नु त कसरी सक्छौ, तिमीलाई धराप दिएपछि ।।
उसले के चाह्यो, तिमीले के दिएथ्यौ उसलाई ,
जानु त थियो नै तिमीले उसलाई, दवाव दिएपछि ।।।
============================
फूल मात्र नभई कतै, काँडा हुन सक्छ उ,
तिमी मा नै समर्पीत, टाढा हुनसक्छ उ ।
कत्ति विश्वास गर्छौ, उसलाई र आफूलाई,
सोचेनौ कहीले एक्लो,डाँडा हुन सक्छ उ ।।।
============================
जिउछु भन्छु तर अव, जीउने आधार छैन ।
विस प्याला नि एक्लै, पिउने आधार छैन ।।
एक्लो सहर एक्लो पन, एक्लो भएछु म ,
फाटेको मन नि अव, सिउने आधार छैन ।।।
============================
जिवन जिउने एउटा आधार भएपछी
सम्वन्ध पनि अर्को विस्तार भएपछी
कस्तो सहजता हुन्थ्यो त्यो यात्रामा ,
खुशीको अर्को एउटा वहार भएपछी ।।।
============================
जिन्दगीले नि आज अन्तै बाटोे मोडेको छ ।
बाचा त कहाँ यसले त, नातानै तोडेको छ ।,
उपहार दियो होला चोट, मात्र यसले सायद,
यात्राको शुभारम्भमै ल्याइ, एक्लो छोडेको छ ।।।
============================
उज्यालो दिने पुर्णिमाको जुनमापो छौ कि त ।
संगीतको त्यो मिठो धुनमापो छौ कि त ।।
कता खोजु एक्लै यो विरानो सहरमा अव ,
कतै अमुल्य त्यो सूनमापो छौ कि त ।।।
============================
जिन्दगीमा कहीले काँही , हाँस्न जान्नुपर्छ ।
दुखः पिडा संगाली आफू , बाँच्न जान्नुपर्छ ।।
ठग्छ,सताउछ कसैले , जिन्दगीको सफरमा ,
याद न हुन यी ,जसो तसो साँच्न जान्न्ुपर्छ ।।।
============================
कति दिन चल्ने हो बाससँगको लडाइँँ
अँझै पनि जारी छ गाँससँगको लडाइँँ
राजनीतिका जलप धारी चोकैभरि छन
छोड अब गर्नलाई लाससँगको लडाइँँ
============================
कसरी आयोे याद आज छोडेर जानेलाई ।
छोड साथ भन्दै नाता तोडेर जानेलाई ।।
किन याद पठाउनु पर्यो फेरी यसरी ।
सीसा जस्तै मित्रतानै फोडेर जानेलाई ।।।
============================
जिन्दगीमा सपना देख्न, छोडे रानी आज ।
मनका सबै नाताहरुलाईनै, तोडे रानी आज ।।
एउटै यात्रा थियो मेरो जसमा रमाएकै थिए, 
त्यो पनि सकियो अनि, एक्लै रोए रानी आज ।।।
============================
लीएको थे याद, बाँच्नको लागी ।
दिएको थे माया, साँच्नको लागी ।।
चाहे मरे थे, या त चाहे जिउदो,
गएको थे पीडा, भाँच्नको लागी ।।।
============================
दिन भन्दा पनि, रातको चिन्ता ।
रात रित्तो भयो, साथको चिन्ता ।।
एक्लो थिए, मन त सम्हाले बल्ल,
फेरी बहुलाउने, मातको चिन्ता ।।।
============================
Chandra Raja......................./
============================




0 comments

Write Down Your Responses