इमेल र एसएमएस बाट यसरी फैलिरहेको छ हावामा बिख
मोबाइल मार्फत टेक्स्ट म्यासेज पठाउनु, इन्टरनेट मार्फत इमेल पठाउनु, टेलिभिजन हेर्नु वा स्याउ खानु( यी सबै क्रियाकलापको वातावरणीय मूल्य हुन्छ ।
हाम्रा यावत् गतिविधिले वातावरणमा कार्वन उत्सर्जन गर्न सहयोग गरी प्रत्यक्ष असर पुर्याउँछन् जसलाई कार्वन फुटप्रिन्ट पनि भनिन्छ । सन् २०१० मा विश्वमा ४९ अर्ब टन हरितगृह ग्यास उत्सर्जन भएको तथ्यांक छ ।
आउँदो मार्च २८ मा विश्वभरका मानिसहरुले एक घण्टा बत्ती निभाएर अर्थ आवर मनाउने तयारी गरिरहेका छन् । हामीलाई थाहा नहुन सक्छ, हामीले सुरक्षित र स्वस्थ ठानेका कतिपय दैनिक क्रियाकलापले कार्वन डाइअक्साइड सँगै अन्य हानिकारक हरित गृह ग्यास उत्सर्जनमा योगदान गरिरहेका हुन्छन् । हाम्रा कुन क्रियाकलापले कति हरितगृह ग्यास उत्सर्जन गर्छन् त रु
१। इमेल र इन्टरनेट चलाउँदा
तपाइँले एउटा छोटो इमेल पठाउनु भनेको वातावरणमा ४ ग्राम हरितगृह ग्यास उत्सर्जन गर्नु हो । इमेल पठाउने क्रममा कम्प्युटर, सर्भर तथा राउटर चलाउनका लागि चाहिने उर्जाका साथै ती सबै सामान उत्पादनमा चाहिने उर्जा उत्पादन गर्दा वातावरणमा उत्सर्जन हुने हरितगृह ग्यासको हिसाब हो ।
त्यस्तै ठूलो अट्याचमेन्ट भएको इमेल पठाउँदा वातावरणमा ५० ग्राम हरितगृह ग्यास उत्सर्जन हुन्छ । तपाइँले कसैलाई पठाएको इमेल जुन स्पाम हो र प्राप्त गर्नेवालाले खोल्दैन तर पनि त्यसबाट समेत ०।३ ग्राम हरितगृह ग्यास वातावरणमा मिसिन्छ ।
वैज्ञानिकहरुका अनुसार विश्वमा एक वर्षमा पठाइने स्पाम इमेलका कारण वातावरणमा उत्सर्जन हुने हरितगृह ग्यास ३१ लाखवटा कारले ७ अर्ब ६ करोड लिटर पेट्रोलको खपत गर्दा उत्सर्जन गर्ने हरितगृह ग्यास बराबर हुन्छ ।
वैज्ञानिकहरुका अनुसार उर्जा निकै खपाउने ल्यापटपमा एकपटक गुगलमा सर्च गर्दा ०।२ ग्राम हरिगृह ग्यास उत्सर्जन हुन्छ र पूरानो डेक्सटप कम्प्युटरमा त्यति नै काम गर्दा ४।५ ग्राम हरितगृह ग्यास उत्सर्जन हुन्छ ।
मोबाइल फोनबाट एकपटक टेक्स्ट म्यासेज पठाउनु भनेको वातावरणमा ०।०१४ ग्राम हरितगृह ग्यास उत्सर्जन गर्नु हो ।
२। शपिङ गर्दा
शपिङमा तपाइँ हामीले प्रयोग गर्ने एउटा प्लास्टिकको झोला बराबर १० ग्राम कार्वन डाइअक्साइड उत्सर्जन हुन्छ भने एउटा कागजको झोलाको कार्वन फुटप्रिन्ट ४० ग्राम हुन्छ ।
३। पानी पिउँदा
एक पिन्ट अर्थात् ४७३ मिलिलिटर धाराको पानी पिउनु भनको ०।१४ ग्राम कार्वन उत्सर्जन गर्नु हो भने आधा लिटरको मिनिरल वाटरको बोतलको खपत गर्दा १६० ग्राम हरितगृह ग्यास उत्सर्जन हुन्छ । एक कपि चिया वा कफी पकाउँदा खपत हुने उर्जाबाट वातावरणमा २१ ग्राम हरितगृह ग्यास उत्सर्जन हुन्छ ।
४। टेलिभिजन हेर्नु
हामीले जति धेरैबेर टेलिभिजन हेर्यौँ उतिधेरै वातावरण प्रदुषण हुन्छ । १५ इन्चको एलसिडी टेलिभिजन १ घण्टासम्म हेर्दा ३४ ग्राम हरितगृह ग्यास उत्सर्जन भएको हुन्छ । ३२ इन्चको टेलिभिजनले एक घण्टामा ८८ ग्राम तथा २४ इन्चको प्लाज्मा टेलिभिजनले एक घण्टामा २२० ग्राम हरितगृह ग्यास उत्सर्जन गरेको हुन्छ ।
केरा खाएर एक माइल सम्म साइकल कुदाउनु भनेको ६५ ग्राम कार्वनडाइअक्साइड वातावरणमा थप्नु हो भने चिजबर्गर खाएर त्यति नै दूरी साइकल कुदाउनु भनेको २६० ग्राम हरितगृह ग्यास उत्सर्जन गर्नु हो ।(एएफपी

0 comments
Write Down Your Responses