सबैलाई रुवाउने कश्मीरी बालिकाको यो तस्बिर

जम्मु–कश्मीर प्रहरीले दुई दिन पहिले आफ्नो ट्वीटर ह्याण्डलमा एक बालिकाको तस्बिर पोस्ट गरेको थियो । यो तस्बिर हो, अंनतनागमा चरमपन्थी आक्रमणमा ज्यान गुमाएका एएसआइ राशिदकी पाँच वर्षकी छोरी जोहराको । तस्बिरमा जोहरा रुँदै गरेको देखिन्छ ।
उनको अनुहार आँसुले भिजेको छ भने आँखामा पीडा छ । जम्मु–कश्मीर प्रहरीले आफ्नो ट्वीटर ह्याण्डलमा ‘शहीद एएसआई राशिदको श्रद्धाञ्जली समारोहमा रुँदै गरेका बालबालिका । यसमा उहाँकी पाँच वर्षकी छोरी पनि छिन् ।’ भन्ने क्याप्सन लेखेर तस्बिर पोस्ट गरेको थियो ।
0 comments
Write Down Your Responses