छोरानाति कचकच गर्छन्.............

‘छोरानाति कचकच गर्छन्, बुहारीले आँखा तर्छन्, बुढेसकालैमा ‘न सकिन्छ गरिखान, न सकिन्छ मरिजान, बुढेसकालैमा, गायक बुद्धिसागर बस्यालले गाएको यही गीतिभावसँग खासगरी शहरी भेगका वृद्धवृद्धाको वास्तविकता धेरै हदसम्म मेल खाएको देखिन्छ ।

कोही आफन्त नभएर वृद्धाश्रममा पुग्नु वा सडकपेटीमा भेटिनु अलग कुरा हो तर ठूलठूला घर भएका, हुनेखाने परिवारका छोरा–बुहारीले समेत आफ्ना वृद्ध आमाबुबालाई बुढेसकालमा स्याहारसुसार गर्नुको साटो घाँडो ठान्ने प्रचलन पछिल्लो समयमा निकै बढ्दै गइहरेको छ । यदि तपाईँ आफ्ना आमा बुवाको चित्त यसरी दुखाउनु हुन्छ भने भोली तपाईँका छोराछोरीले पनि त्यही सिकेर तपाईँको अवस्था पनि बुढेसकालमा त्यस्तै नहोला भन्न सकिन्न ।

छोराले आफु अल्लग्गीएर आमा बुवालाई बुढेसकालमा एक्लो राख्छन् । नभए जोगी र माता बन्न पुग्छन् । जसमा प्रत्यक्ष वा परोक्षरूपमा सन्तान त्यसमा पनि विशेषत छोराकै हात रहेको भेटिन्छ । तैपनि समाजले सधैँभरि छोराको जयजयकार गाएर थाक्दैन । हिजो छोराले खाना नखाँदा आमावुवा रुन्थे ।

तर आज छोराले खाना नदिँदा आमा बुवा रुन्छन् । रुँदा कोखमा च्यापेरा मेरा छोरा राम्रो मान्छे हो नि भनेर रुन नदिने आमा र बुवा मलाई यस्तो चिज बस्तु चाहियो भन्दा तुरुन्त त्यो चिज बस्तु किनि दिने ती बुवाको माया हामी किनmिर्ता गदर्न सक्दनौँ । हात समातेर मेरा छोरो भन्दै टोल बजार घुमाउने आमावुवा प्रति हामी किन उनीहरुका अन्तिम दिनमा साथ दिन सक्दैनौँ ।

0 comments

Write Down Your Responses