जिन्दगीका कथा हरु
अनु धामी अर्पण /-
आज किन तिमीलाइ बेस्सरी सम्झिए मैले त सम्झिनै भुली सकेको रहेछु तर आज भने सम्झिराछु तिमीलाइ थाछ तिम्रा याद हरु को चित्त बुझाउन आज धेरै पछी उघारे पुरानो यादको ढोका ,जहाँ उसै गरी सुरक्षित छौ तिमी तस्बिर बनेर तस्बिर को मुस्कान अझै पनि तिम्रो ओठ मा बाकि नै छ होलाकी ,ओेलिएर झरी सक्यो होला , बडो चिन्ता लागिरहेछ मलाई तस्बिर मात मुस्कुराइे रहेछौ तर साच्चै नै अझै मुस्कुराइ रहेका छौ, कि छैनौ सोच्दै छु म तिम्रो सजिब हासो त सुरक्षित गर्न नसकुला म तर तस्बिरमा तिम्रो हासो भने सास छहुन्जेल जोगाएर राक्ने छु ।
महाकबी लक्ष्मीप्रशाद देबकोटा ले भनेका थिए रे म मरे पछी मुनामदन बाहेक मेरा सब्बै कृती हरु जलाइेदिए पनि हुन्छ , कारण त्यती धेरै माया गर्थे उनी मुनमदन लाइ म पनि त्य्स्तै प्रेम गर्छु तिम्रा ति तस्बिर हरु लाइ तर म भने म सँगै जलार्इ दिनु भन्ने छु । तिम्रा तस्बिर हरु पनि । कारण यि तस्बिर हरु तिमी भन्दा अलग छन जस्तो लाग्छ यिनी हरु पनि प्रेम गर्छन् जस्तो लाग्छ । यिनी हरु सधैं खुशी हुन आग्रह गर्छन जस्तो लाग्छ मलाई , मैले जिन्दगी का केही समय प्रेम गरेर बिताए अनी बाँकी समय तिमीलाइे सम्झिएर बिताउदैछु, कहिले काही सपना जस्तै बनेर आउछौ तिमी उसै गरी माया गरेझै गर्छौ मलाई, म पनि उसै गरी लाडिन्छु तिमी सँग सपनामै , सिमित त भयो नि है तिमीलाइ पाउने मेरा तमाम रहर पनि एउटा अनुरोध गर्छु तिमी सँग तिमी सँगै जिन्दगी बाच्ने सपना हरु सजाएको थिए मैले ति सपना हरु त तिमीले आफु सगै लगी गयौ अब यि सपना देख्ने पुराना बानी हरु पनि लैजाउ ताकी म सपना बिहिन संसार मा भुर्रर भुर्रर उड्न सकु ,
हरिमाया भेट्वाल दिदी ले कबिता मा लेख्नु भएको थियो रुप्रेम त त्यो बेला पनि हुदो हरेछ जुन बेला थुप्रै थुप्रै कुरा हरु दिन सक्दो रहेछ मान्छे अनी प्रेम त त्यो बेला पनि हुदो रहेछ जुन बेला दिन लाइे केही नहुदो रहेछ मान्छे सँग, हो यस्तै अनुभुती भइेरहेछ हिजो आज सब्बै रित्ती सक्दा पनि प्रेम गरिरहेछु म , तिमी सँग त कहिले तिम्रा ति तस्बिर हरु सँग ।
गायिका एवम नाईका सम्पदा बानिया दिदी ले फेसबूक मा लेख्नु भयको थियो १५ औँ सताब्दीमा इेटालिमा जन्मिए लियोनाद्र्रोदा भिन्ची उनी संगीतग्य गणितग्य बैज्ञानीक केही पनि थिएनन् , जिबन भरी कला र बिज्ञान मा काम गरे अचानक एक दिन राजस्सी भोज मा भेटिएकी सुनकी ब्यापारी कि पत्नी मुना लिसा उन्को जिबन मा एका एक आइपुगिन मुनालिसाको मुस्कान लाइे केन्द्र बिन्दु बनाएर भिन्ची ले सुन्दर चित्र तयार पारे, ३ बर्ष लागाएर बनाएको त्यो चित्र यस्तो बन्यो जुन संसार मा दोस्रो पटक बन्न सम्भब नै छैन भिन्ची ले जन्मदिन मा मुनालिसा लाइ उपहार दिएको त्यो चित्र संसार मा सब्बै भन्दा धेरै हेरिएको र प्रसंसा गरिएको चित्र बन्न पुग्यो फ्रान्सरन्सको लुग्गल संग्रालय सजिएको त्यो चित्र हेर्न अहिले पनि दिनहु हजारै मान्छे हरु त्याँहा पुग्छन ।।
मैले पनि बनाएको छु तिम्रो चित्र मेरो मन को क्यान्फासमा यो मेरै मन का भित्ता हरु मा टागीएर सजिएको छ र यसलाई म एक्लै हेर्ने गर्छु दिनहु, हजारौ पटक, मलाइ जिन्दगी बाँच्नै नजाने जस्तो पनि हुन्छ कहिले काही, मधिरा जती पिउदै गयो झन झन लाग्दै जान्छ तर जिन्दगी चाँही जत्ती जिउदै गयो झन झन जिउन नजाने जस्तो मात्रै किन हुन्छ , होला सम्पादन गरे पनि पुस्तक राम्रो बन्छ,चलचित्र राम्रो बन्छ ,अखबार राम्रो बन्छ, शायद सम्पादन गर्न नमिल्ने भएर पो होकी जिन्दगी चाँही सधैं खेस्रा जस्तो मात्र भइेरहने ।
म बेला बखत तिमीलाइे देख्छु ,नि सपना मा अनी त्यो रात उघीरियको बिहान हामी सानो छदा हाम्रो घर मा मामा आए जती खुशी हुन्छु मन गद गद भएर आउछ, हो यस्तै बेला केही कबिता हरु पनि लेख्ने गरेको छु लेखेको पनि छु मैले ।
जिन्दगी को अन्तिम अन्तिम
तिर भेटीएलाउ नि
तिमी आउलाउ नि मलाई भेट्न
या म आँफै आउँलानी
तिम्रो गाउ पहिल्याउदै पहिल्याउदै
आउँला बटुवा भएर
हो त्यती बेला सुनाउने छु म तिमीलाइे यि कबिताहरु ।।।।।बुडी भएकी तिमीलाइ बुडो भएको म।।।।कपाल फुलेकी तिमीलाइे दात फोक्लिएको म।।।। कुप्रिएर लौरो टेक्दै हिंडेकी तिमीलाइे , मोटो पावरवाला चस्मा लगाएको म जवानी का यि कबिता हरु बुडेसकाल मा सुनाउने छु।।।।। तिमीलाइे कबिता सुनाएझै गरी भन्ने छु म।।।।।।। थाहा छ तिमीले हात दिएको भए म यसरी बेघर भएर बच्ने थिए र सधै फिरन्ते भएर किन गाउ गाउ डुली हिड्थे र तिमीलाइ कबिता सुनाउन यो बुडेस काल मा कहाँ हो कहाँ को गाउमा लौरो टेक्दै किन आउनु पर्थ्यो र मैले यस्तै भन्नेछु तिमीलाई शायद रुनेछौ तिमी त्यती बेला ।।।मेरो प्रेम अनुभुत गरेर अनी म पनि रुनेछु तिमी रोएको देखेर।।।।।।।।।।।।।।।।।।।
तिम्रो आँखामा आशु देख्दा म पनि रोइेदिने मेरो पुरानो बानी।।।।। जिन्दगी का धेरै बर्ष बेग्ला बेग्ला रोए पनि त्यती बेला सँगै रुनेछौ हामी आमुन्ने सामुन्ने भएर त्यती बेला तिम्रा नाती नातिना हरु सोध्लान तिमीलाइे किन रोएको बजै भनेर तिमी त बनाउलीउ कुनै बाहाना मलाई पो गारो पर्ला त बटुवा लाइे पनि रुने हक त हुन्छ नै होला तर आर्काको बजै सँग आमुन्ने सामुन्ने भएर होइेन मलाई धेरै साथी हरु ले भन्थे ।।।।।।उ रुदा आफु पनि सँगै रुनु पर्छ भनेर यो रुने आखा भित्र का आशु हरुलाइे शायद बुडेस कालमा तिमी लाइे भेटेर सक्ने छु म अनी त्यहा बाट फर्किए पछी फेरी कहिल्यै भेट्दिन तिमीलाइ।।।।।।।।उसो त त्यस पछी बच्ने आयु नै कती होला र हाम्रो।।।। तर जत्ती दिन बाच्छु नि त्यत्ती दिन तिमीलाइे सम्झिएर मात्रै बाच्छु भेटेर बाच्दिन सम्झिदा खुशी हुन्छु अनी भेट्दा रोइेदिन्छु ।।।।।।।।।।।।।।।।।।।।।।।।
0 comments
Write Down Your Responses