हिजोआज मलाई असाध्यै मन परेकी मान्छे,
हिजोआज मलाई असाध्यै मन परेकी मान्छे,
शब्दहरुले ओगट्ने भन्दा कैयोँ गुणा बढी माया तिमीलाई।।।।।।
म शुरुवातमै भन्छु, मैले आजसम्म देखेका मान्छेहरुमध्ये सबैभन्दा राम्री होइनौ तिमी, अहँ हुँदै होइनौ । अनि मैले आजसम्म भेटेका मान्छेहरुमध्ये मलाई सबैभन्दा बढी मन परेकी मान्छे पनि होइनौ तिमी । फेरी पनि म तिमीलाई माया गर्छु ।
हिजोआज मलाई असाध्यै मन परेकी मान्छे चाहीँ अवश्य हौ तिमी । यहाँसम्म आईपुग्दा मैले कति धेरै मान्छेहरुलाई राम्री देखेँ, मन पराएँ, कतिलाई उ प्रतिको आफ्नो धारणा जानकारी गराएँ, कतिलाई भन्छु भन्दाभन्दै मेसो नमिलेर मनभित्रै गुम्स्याएर राखेँ । कति मान्छेहरु अघाउञ्जेल आँखाले हेरियो मात्रै अनि केही मान्छेहरु आँखाको बाटो हुँदै मनसम्म पुगेर फर्किए पनि । जस जसलाई मैले चाहेँ उनीहरुले मलाई मन पराएनन् । अनि जस जसले मलाई मन पराए, उनीहरुलाई मैले चाहिनँ । त्यसैले त जीन्दगीको गणित आजसम्म पनि त्रुटिपूर्ण छ । जानीजानी हेरिएकाहरु, संयोगले देखिएकाहरु क्रमशस् सम्झनाको संग्रहबाट हराउँदै गए, बिलाउँदै गए । कतिपटक त जानेहरुको याद नै भुलिदिउँ भन्थ्यो मन । तर अक्षरस त्यस्तो पनि भएनछ जीन्दगी । यदि त्यसो हुन्थ्यो भने आज तिमीलाई यसो भनिरहन उद्दत हुन्थिनँ हुँला म । आज तिमीलाई जस्तै हिजो अरुलाई पनि धेरथोर मन पराएँ हुँला मैले । सायद उनीहरुको सौन्दर्यतामा आकर्षित भएँ हुँला म । र त आज भन्दैछु, ती केवल आकर्षण मात्रै थिए, आँखाको । तर आज तिमी सबैभन्दा राम्री नभए पनि म तिमीलाई चाइरहेछु । मलाई लाग्दैछ, यो पक्कै पनि प्रेम हो, मन पराएको मात्रै होईन । मन पराउन त बजारमा बेच्न राखिएको फूललाई पनि सकिन्छ, तर त्यो प्रेम चाहीँ हुँदैन । त्यो फूल हार्दिकताका साथ जस्लाई दिइन्छ, त्यो चाहीँ प्रेम हो क्यारे बरु ।
यो साँचो हो की, म तिमीलाई माया गर्छु, तर त्यो भन्दा महत्वपूर्ण कुरा चाहीँ के हो भने म स्वयमलाई औधी माया गर्र्छु । त्यसैले तिमीलाई पनि माया गर्छु । कारण, मलाई तिम्रो माया चाहिएको छ । यदि तिमीबाट यो सम्भव भएन भने, म भन्न सक्दिनँ की म तिमीलाई माया गरिरहनेछु । अहँ, त्यसो नहुन पनि सक्छ । अलि टर्रो लाग्यो होला मेरा कुराहरु तिमीलाई । अहमता प्रदर्शन गरेको नसम्झिनु । चाहेँ भने कुनै कविले जस्तै तिमीलाई वहकाउने गरि शब्दहरु संयोजन गरेर फुक्र्याउन सक्थेँ हुँला । तरपनि जानीजानी त्यसो गरिरहेको छैन म । जीन्दगी जतिसुकै भावनात्मक बनाउन खोजेपनि अन्तत यो यथार्थताको जगमा नै उभिएको हुन्छ । त्यसैले पनि केही वस्तुपरक कुराहरुमा तिमीलाई अल्मल्याएँ मैले । तर विश्वास गर्नु म साँच्चै निसन्देह प्रेम गर्छु तिमीलाई । धेरै सुखी बनाउन नसकुँला तिमीलाई, तर सँधै खुशी बनाउन प्रयत्नशील रहनेछु । हरपल हँसाउन नसकुँला तिमीलाई, तर प्रत्येक क्षण तिमीले रुनु नपरोस् भनेर सजग रहनेछु ।
मलाई थाहा छैन, चोखो माया भनेको के हो, माया पनि कहिल्यै बिटुलो होला र।।।।जीन्दगीका पानाहरु क्तमशस् पल्टिँदै जान्छन्, सम्बन्धका अध्यायहरु ती पानाहरुसँगै टुङ्गिदै जान्छन् । तर पाठक भने अझै अघिल्ला पानाहरु पल्टाइरहन्छ । स्वभावैले केही अध्यायहरु मेरा पनि लेखिए होलान् । म त्यसो हुँदै भएन भनेर जबर्जस्ती झुठ ओकल्न पनि सक्दिन तिमीसँग । कारण, म तिमीलाई माया गर्छु ।
र तिमीसँग केही लुकाउन खोज्नु किमार्थ उचित होईन भन्ने राम्ररी थाहा छ मलाई । म त एक्लै अघि बढिरहेको मान्छे । व्यक्तिगत स्वतन्त्रताको परिधिहरुमा मनमौजी आफैलाई डुलाइरहेको मान्छे । फेरीपनि मेरो वैयक्तिक स्वतन्त्रतामा तिम्रो निर्दोषपनाले खै कसोगरि हस्तक्षेप ग¥यो मैले पत्तै पाइनँ । म सँधै सोँचथेँ, म प्रेम शुन्य मान्छे, नारी अस्ताएको मेरो जीवनमा प्रेम एक्कासी उदाउला भन्ने मैले कल्पनै समेत गरेको थिइनँ । लाग्थ्यो म ढुङ्गा भइसकेँ, जस्ले जति प्रयत्न गरेपनि म बाहिर भिज्नेछु मात्रै तर भित्र गल्नेछैन । प्रेम शब्द मलाई अनुत्पादक लाग्थ्यो, बहुलट्ठीपन लाग्थ्यो, अझ प्रष्ट भनौँ वाहियात लाग्थ्यो । युद्धपिपासु रोमन सम्राट क्लाउडिअस् जस्तै प्रेम शब्दलाई घृणा गर्थेँ म ।
भन्थेँ—
हो, यस्तै भन्थेँ म । तर खै कसोगरि हो, म आफ्नै विचारहरुबाट स्खलित भइसकेछु म । अडानहरुबाट च्यूत भइसकेछु अनि ढिपीहरुबाट बहिर्गमित भइसकेछु । समग्रमा समयले मलाई यस्तो मोडमा ल्याएर उभ्याइदियो जहाँ आफ्ना संशोधित विचारहरुको भारी बोकेर आत्मसमर्पणकारी भावमा म निर्लज्ज भनिरहेछु, म तिमीलाई माया गर्छु । हो, साँच्चिकै माया गर्छु । तिमीलाई माया गरेर मैले ठिक गरेँ की बेठिक त्यो खुट्याउन सकेको छैन ।
नारायणगोपालले गाउनुभएको एउटा गीत सम्झिरहेछु ।
मैले पूण्य मन पराएँ या पाप मन पराएँ ।
जे होस् मैले तिमीलाई चुपचाप मन पराएँ । ।
तिमीलाई देख्ने बित्तिकै मलाई कुनै चलचित्रको कथामा जस्तो बेग्लै अनुभुति भएको होईन । बरु निरन्तरको सामिप्यताले तिमी कार्बन राखेको छापिएको चित्र झैँ छापियौ मेरो मनमा, हुबहु चित्र जस्तै भएर । आखिर मन मसँग पनि त रहेछ । माया गर्न यसले पनि त जान्दोरहेछ । तिम्रो सम्पर्कमा आउनु अघि मैले आफैलाई चिनेको रहेनछु । मान्छे कत्तिकत्तिपटक आफैलाई पढ्न नजानेर जीन्दगीको परीक्षामा लगातार अनुत्तीर्ण भइरहन्छ । तर तिमीले मलाई त्यसो हुनबाट जोगायौ । आफैसँग आफैलाई परिचित गराइदियौ । म सँग पनि एउटा औषत मन रहेछ भन्ने तिम्रै कारण थाहा पाएँ मैले । र यसैकारण म माया गर्छु तिमीलाई । एक थुङ्गा रातो गुलाबमा व्यक्त हुने भन्दा कत्ति हो कत्ति माया गर्छु म तिमीलाई ।
लौ त, निक्कै लामो समय लिएँ मैले तिम्रो । भन्नुपर्ने कुरा सबै भनेको छु, निर्णयमा हुने तिम्रो स्वतन्त्रताको सम्मान गर्नेछु म । स्वीकार्यौ भने खुशी हुनेछु, स्वीकारेनौ भनेपनि दुःखी चाहीँ हुने छैन । एउटा उधारो विश्वास दिलाउँछु तिमीलाई,

0 comments
Write Down Your Responses