सभासद रञ्जुको रायः बलात्कारीको यौनक्षमता खत्तम पार्ने कानुन चाहियो
१३ चैत, काठमाडौं । बालिका बलात्कारका घटना बढेपछि संसदको महिला वालवालिका समितिकी सभापति रञ्जु ठाकुरले नयाँ उपाय सरकारलाई सुझाएकी छन् । बलात्कारीको यौन क्षमता खत्तम पार्ने केमिल क्यास्ट्रसन इन्जेक्सन लगाउने कानुन बनाउन उनले सरकारलाई समिति मार्फत निर्देशनसमेत दिएकी छन् ।
मधेसी मूलकी यी सभासदले तराई मधेसमा बालिका बलात्कार घटना बढ्नुमा खुला सीमानामा र लागू औषध दुर्व्यसनलाई कारण देखेकी छन् । आखिर के हो केमिल क्यास्ट्रसन रु के यस्तो कानुन सम्भव छ रु प्रस्तुत छ, सभापति ठाकुरसँग अनलाइनखबरका लागि मात्रिका पौडेलले गरेको कुराकानीको सारसंक्षेप
बलात्कारका घटना बढेका हुन् कि घटना बाहिर आउने क्रम बढेको हो
मलाई लाग्छ, बलात्कारका घटना पनि बढेका छन् । विशेष गरी बालिका बलात्कारको जुन सिलसिला चलेको छ, योचाहिँ सामान्य होइन । यो सद्दे मान्छेले गर्ने कुरा पनि होइन । बलात्कारको प्रकृति नै चेञ्ज भएजस्तो लाग्छ ।
कोही मान्छे भन्छन् (केटीहरुले छोटा छोटा लुगा लगाएर उत्तेजित गराउँछन् । तर, यो कुरा कसरी मान्ने रु पाँच वर्षकी बालिकाले के लगाएको हुन्छ रु अर्को कुरा, बलात्कारका घटना र पीडितहरुलाई हेरौं न । मिनीस्कर्ट लगाएकाहरु त बलात्कृत भएका छैनन् । गाउँ र देहातमै बढी यस्ता घटना भएका छन्, त्यहाँका महिलाले मिनीस्कर्ट त लगाउँदैनन् ।
तपाईले बलात्कारीलाई नपुंशक बनाउने कानुन निर्माण गर्न सरकारलाई सुझाव दिनुभएको छ, यस्तो नयाँ आइडिया कहाँबाट आयो ?
यो हाम्रो सन्दर्भमा नयाँ भए पनि विभिन्न देशहरुले प्रयोग गरिसकेको विधि हो । नेपालमा तपाई देखिरहनुभएको छ, दिनहुँ बलात्कार घटना बढिरहेका छन् । अझ बालिका बलात्कार अत्यन्त डरलाग्दो अपराधका रुपमा बढेको छ ।
बलात्कारका घटना विगतमा पनि हुन्थे । म आफैं महिला हिंसाविरुद्ध २५ वर्षदेखि क्रियाशील छु । म कानुनको विद्यार्थी पनि हुँ । विगतमा युवती वा महिला बलात्कृत हुने, युवायुवतीमा यस्ता घटना हुन्थे ।
तर, अहिले त हेर्नुस, अवोध बालिकाहरु यस्ता हिंसाको शिकार भइरहेका छन् । यो विषय अरु बलात्कारका घटनाभन्दा फरक हो, त्यसैले मैले सरकारलाई बलात्कारीलाई नपंशक बनाउने अर्थात यौन दूराचार गर्नै नसक्ने इन्जेक्सन दिने कानुन बनाउन आग्रह गरेको हो ।
यस्तो कानुन बनाउन कसरी सम्भव होला ?
सम्भव छ, मैले केही दृष्टान्तसहित भनेकी छु । खास गरी बारा जिल्लामा लगातार जसरी बालिका बलात्कारका घटना भए, यसबाट म विचलित भएँ । बारामा अपराधीले बालकलाई समेत छाडेनन् । यस्ता घटना त सामान्य यौन उत्तेजनाबाट मात्र पनि भएका होइनन् । मानसिकरुपमै विश्रृंखलित मान्छेले गर्ने अपराध हुन् ।
चबलवग चयस्ता घटना हेरेपछि मलाई लाग्यो कडाभन्दा कडा कानुन बनाउनुपर्ने भयो । हामीले मृत्युदण्ड त संविधानमै अस्वीकार गरेका छौं । यसको विकल्प के हुन सक्छ भनेर मैले डाक्टरहरुसँग पनि कुरा गरेँ । केही देशको अध्ययन पनि गरेँ ।
अहिलेको सजायँले यस्तो अपराध नरोकिने भयो भनेर अपराधीको यौन क्षमता र यौन चेतना नै नष्ट गर्ने केमिकल क्यास्ट्रेसन नामक एउटा इन्जेक्सन हुँदो रहेछ ।
अमेरिकाको लगभग १० राज्यमा क्रिमिनल कोर्टले १९९६ देखि नै यो कानुन लागु गरेको रहेछ । यो विशेष गरी बालिका बलात्कारका अभियुक्तको हकमा प्रयोग गरिन्छ ।
यो कानुनले बालिका बलात्कारका घटना रोक्न सघाउने आधार छ र ?
यसबाट यौन दूराचार गर्ने शक्ति खत्तम हुने र उसको अपराधिक दिभाग नै खत्तम गर्छ । यस्तो कानुनले अपराध पूरै घट्ने त होइन, एउटा उपाय हो । भारतमा पनि दामिनी बलात्कार काण्डका बेला यो कुरा उठेको थियो ।
यो त अपराध भइसकेपछिको सजायँको कुरा भयो, अपराध नै हुन नदिने केही उपाय खोज्न सकिएला नि, होइन ?
यो त धेरै जटिल र संवेदनशील विषय हो । हामीले महिला मन्त्रालयलाई भर्खरै मात्र निर्देशन पनि दिएका छौं, कि त्यस्ता जिल्ला जहाँ यस्ता घटना बढी देखिएका छन्, त्यहाँ केही कार्यक्रम लैजानुपर्छ । हामीले त्यहाँका स्थानीय जनतासँग मिलेरै यस्ता घटना विरुद्ध चेतना जगाउने र चेतावनी दिने काम सँगै लैजानुपर्छ ।
जहाँ यस्ता घटना भएका छन्, त्यहाँ त्यस्तो अपराधमा समातिएका अभियुक्तहरुको पारिवारिक पृष्ठभूमि पनि अध्ययन गरौं । केही न केही रहस्य त छ यस्ता अपराधकर्मको पछाडि । यस्ता अपराधमा संलग्न व्यक्तिको पारिवारिक पृष्ठभूमि बुझ्दा पनि धेरै कुरा बुझ्न सकिन्छ, जसबाट न्यूनीकरणको उपाय खोज्न सकिन्छ ।
किनकि तराईका धेरै जिल्लामा अचेल युवा पुस्ता अपराधकर्ममा जसरी लागेको छ, यसको जरो खोज्न पनि पारिवारिक पृष्ठभूमि खोतल्नुपर्छ ।
तपाईको बिचारमा तराई मधेसका जिल्लामा यस्ता घटना बढी भइरहेका हुन् ?
घटना देशैभरि भइरहेका छन् । तर पछिल्लो समयमा तराईका जिल्लाहरुमा बढी घटना भएको देखियो । बारा जिल्लामै ८र९ जना बालिका बलात्कारका घटना भइसके ।
महोत्तरीदेखि कपिलवस्तुबीचको मधेसको कोरिडोरमा यस्ता अपराधका घटना बढ्नुमा खुला सीमाना र लागु औषधको खुला कारोबार पनि कारण हो जस्तो लाग्छ ।
बारा जिल्लामा पूजा शाहको बलात्कार प्रकरणमा मैले निकै अध्ययन गरेँ । अपराधीले पनि नशाको सूरमा यस्तो घटना गरेँ भनेको छ । धेरै घटना लागु औषध दुर्व्यसनीका कारण भएको पाइएको छ । लागु पदार्थ खाएर उत्तेजित हुने, उत्तेजित भएपछि गलत काम गर्नेतर्फ मान्छे उत्प्रेरित हुन्छ । किनकि जुन अपराध भइरहेका छन्, त्यो एक प्रकारले मानसिक रोग नै हो । किनकि बालिका बलात्कार गर्ने व्यक्ति सामान्य मानसिक अवस्थाको हुनै सक्दैन ।
मधेसलाई कलंकित पार्ने काम गर्नेहरुको पारिवारिक पृष्ठभूमि खोजौं भनेर मैले त्यसै भनेको होइन ।
बलात्कारीलाई मृत्युदण्ड दिने संविधान बनाऊ भनेर जनदबाब बढिरहेका बेला तपाईचाहिँ नपुंशक बनाउने कानुनको कुरा गर्नुहुन्छ, मृत्युदण्ड किन नहुने ?
हाम्रो संविधानले मृत्युदण्ड स्वीकार गरेको छैन । म यो संविधान मानेर सभासद भएको मान्छे परेँ । दोस्रो कुरा, म कानुनको विद्यार्थी र मानवअधिकारको कुरा गर्नेले मृत्युदण्डको वकालत गर्न सक्दिँन । फेरि, नेपाल स्वयंगले मानव अधिकार सम्बन्धी धेरै अन्तर्राष्ट्रिय सन्धीहरुमा हस्ताक्षर गरेको छ । मृत्युदण्डले यस्ता अपराधका घटना नियन्त्रणमा आउने पनि विभिन्न देशका अनुभवले पुष्टि गर्दैन ।
यस्ता अपराधीलाई त जिउँदै मार्ने हो, त्यसका लागि केमिकल क्यास्टे्रशन इन्जेक्सनको कुरा मैले उठाएको हो । यो विषयमा हामी थप छलफल गरेर सरकारलाई औपचारिक निर्देशन पनि दिन्छौं । यो इन्जेक्सनले त त्यो अपराधीको जिन्दगी नै सिद्धिन्छ । तड्पिएर बसेको उसको जिन्दगीबाट अरु अपराधकर्म गर्न खोज्नेले शिक्षा लिन सक्छन् ।
किनकि हाम्रोमा जसरी अपराधका नयाँ तरिका देखिएका छ्न, कानुन पनि नयाँ ढंगले बनाउनुपर्छ ।
C@ onlinekhabar/

0 comments
Write Down Your Responses