खोइ नेतृत्वसंग योजना ? खोइ दीर्घकालीन सोच ?


विश्व अहिले विकासको होडवाजीमा छ । छिमेकी दुई मुलुक चीन र भारत विकासका लागि चर्को प्रतिस्प्रर्धामा छन् । राजनीतिक परिवर्तनसंगै जनताले खोज्ने प्रमुख विषय भनेकै विकास हो । नेपालमा राजनीतिक परिवर्तन पछि भएका विकास के कस्ता रहे भन्ने कुराको लेखाजोखा गर्न ढिला भईसकेको छ ।




लाओस राई ।

नेपालले २००७ पछि लिनखोजेको विकासे यात्राको चर्चा गरेसंगै नेपालले कति विकास गर्यो , पूर्व शासकहरुले विकासका कस्ता योजना ल्याए भन्ने कुराको वास्तविकता बाहिर नल्याए सम्म नेपालले विकासको सही यात्रा गर्न सक्दैन् ।  भौतिक पूर्वाधारहरुको निर्माणको सम्भावना हुदाहुँदै पनि पञ्चायती राजाहरुले उक्त संरचनाहरुको  निर्माण गर्न चाहेनन्  । यात उनीहरुसंग योजनानिर्माण गर्ने संयन्त्र, क्षमता, अठोट  भएन् । जेजस्तो भए पनि देशले उनीहरुबाट विकासको बाटो हिड्न सकेन ।
व्यवस्थालाई टिकाउने विकासले हो । यदि पञ्चायती राजाहरुले विकासमा जोड दिएका भए  आजको अवस्था आउने थिएन । २०१२ देखि सुरु गरिएको विकासका पञ्चवर्षीय योजनाले खासै अर्थ देखिएन । पञ्चहरुलाई हल्ला गर्न एउटा विषय मात्र भयो । १९९२ मा विराटनगर जुटमिल स्थापना गरिनु र २०१६ सालमा जननिर्वाचित सरकारले विराटनगरलाई औद्योगीक नगरीको घोषणा गर्नुलाई विकासको एउटा प्रयास भएको मान्न सकिन्छ । तर व्यवस्थापकीय   कमजोरीका कारणा  औद्योगीक नगरीको सपना असफल बन्यो । अहिले  धेरै जसो उद्योग भएका छन् ।
सडक विकास–सडक यातायातको मात्र कुरा गर्ने हो भने १२४९३ .९४ किलोमिर सडकको निर्माण भएको देखिन्छ । ४३८९.४७  कच्ची सडक शहरी क्षेत्रमा नभएर सबै दूरदराजको ग्रामिण भेगमा भएको देखिन्छ । यो चाहे नेपाल सरकारको लगानीमा निर्माण भएको होस् वा दातृ राष्ट्रको सहयोगमा । यसो हेर्दा  ग्रामिण इलाकामा  सडक निर्माण हुनु मोटर पुग्नु भनेको राम्रो र सुखद् पक्ष हो । यो ग्रामिण विकासको शुभलक्षण र  प्रथम चरण हो । ७५ जिल्लामा निर्माण भैसकेका र हुनलागेका कृषि सडक यसको उदाहरण मान्न सकिन्छ ।  एक पक्षबाट हेर्दा यो राम्रो मान्न सकिन्छ ।
तर सुरक्षा र जोखिमको  कोणबाट  हेर्ने हो भने यी सडकहरु भयमुक्त देखिन्दैनन् । ‘बाँदर लडी मर्ने भिरैभीर’  निर्माण गरेका सडक न त  कुनै मापदण्ड अनुसारका छन् , न कुनै योजन अनुसार बनेका । य तर्क गर्नेहरुले भन्न सक्छन्  ‘उकाली पछि ओराली आउँछ नै’, ‘जीवनमा भीरहरु पार गरेपछि मात्र समथरको अनुभूतिगर्न पाईन्छ ।’ यस्तो  कुरा  साहित्य र सतही राजनीतिमा उपयुक्त  हुन्छ । तर व्यावहारमा यो गलत हो  । भीर भिरै हो, त्यो समथर हुन सक्दैन यदिकुनै प्रविधि प्रयोग गरेर समथर बनाइहाले पनि त्यहाँ पहिले भीर थियो भन्ने स्मरण रहिरहन्छ ।
यथार्थमा  सडक मार्गको  नाममा  यो त केवल ग्रामिण जनलाई मृत्युमार्ग खोलिदिएको सिवाय अरु केही होईन । यसको उदाहरण दिनहुँजसो पचासौं जनाको ज्यानजाने गरी  हुने दुर्घटनालाई लिन सकिन्छ । बिगत दुई वर्ष भित्र डोटी, कालिकोट, सिन्धुली, जाजरकोट र  गत महिना जुम्लामा भएको दुर्घटना डरलाग्दा उदाहरण हुन । जोखिमन्यूनीकरण  गर्दै कसरी   दुर्घटनाबाट बच्न  सकिन्छ ? र यसको निदानको उपाय पनि सडक निर्माण  पूर्व नै  सोचिएको थिया भने यस्ता भीमकाय दुर्घटनाहरु हुने थिएनन्  होला । अर्को तिर राजधानीको मुटु मानिने प्रमुखसडक बबरमहलमा दुर्घटना हुँदा  समेत एकैसाथतीन  जनाको ज्यानगयो ।
यी र यस्ता अनेक दुर्घट्नालाई आधारमा भन्न सकिन्छ कि विकासको नाममा जनतालाई मृत्युबाँढेको छ ,सरकार । विकास र राजनीतिक नेतृत्वसंग मृत्युको  सामिप्यता  जोड्दै नवसंस्कृतीको स्थापना भएको छ ।  दुर्घटनालाई पूर्ण रोक्न सकिन्छ, भन्ने हुदै होईन । विकासका कारण निम्तिने दुर्घटनालाई विकास निमार्णपूर्व नै रोक्ने उपायको खोजी हुन सकेको छैन् , भन्ने कुरा हो ।
नेतृत्वको चिन्तन मनन् तन्दुरुष्ट हुनुपर्छ ।   समय अनुकुल रुपान्तरित हुनसक्ने योजना निर्माण गर्न क्ष्मता उसंग हुनुपर्छ  । कलिलै उमेरमा मातागुमाएका समान्य फ्रान्सेली नागरिक  रुसो  दश वर्षकै उमेर देखि आवारागिरीको संगत गर्न थाले र सोह्र बर्षमा घर नै छाडे भरपुर हुल्लडबाजी, आवारागिरी गर्दै २० बर्षको हुँदा साहित्यकार भए । उनी  समय  र सत–संगतले गर्दा  दार्शनिक बन्नपुुगे ।  समय अनुसार ढल्कन सक्दा सामान्य रुसो  दार्शनिक रुसो भए । जसले सामाजिक सम्झौताको सिद्दान्त, राजनीतिमा  सामान्य इच्छाको सिद्दान्त जस्ता महत्वपूर्ण सिद्दान्तको प्रतिपादन गरे । उनलाई त्यहीको समाज र संस्कृतिले पढाएको हो, सिकाएको हो । त्यसैले  हामी र हाम्रो नेताहरूले पनि  रुसोको जीवनचक्रबाट किन नसिक्ने ?किन  हाम्रा नेताहरुले  राम्रा कुराहरुको अनुसरण नगर्ने ?
गणतन्त्रसम्म आईपुग्दा पनि नेपाली राजनीतिक नेतृत्व देश र जनताप्रति सचेत देखिएन । हजारै मान्छेको वलिदानी पछि आएको गणतन्त्रलाई कमजोर पार्ने काम  दलीय घमण्ड र हठले गरेको छ । झरीको प्रभाबले  चिप्लेकिरा चिप्लिएझैं चिप्लिएको नेतातथा  दलहरु देशनिर्माण जुट्नु एकढिक्का हुनुभन्दा फुट्नुमाब्यस्त भएपछि समस्याझन्–झन् कठिन बन्दै जन्मदै लोकतन्त्र लिएर जन्मेका पार्टीले  पनि जनअधिकार अपहरण गर्न खोजेपछि त झनै ठूलो समस्या उत्पन्न हुनेमा कुनै शंका छैन् । पञ्चायती घनहरुले गणतन्त्रको ठोकाई गर्न थालेपछि शिशु  गणतन्त्रको  मथिङ्गल थर्किएरै होला आज गणतन्त्र धर्मराईरहेको छ ।
यो यथार्थ संकट नेताहरु तल्लो स्तरको चलचित्र हेर्दै आनन्दलिएझैँ मनोरञ्जन  लिइरहेको छन् । यो सबै नेतृत्वको असक्षमता हो । राजसस्था भएको देश बेलायतमा ६ महिनाको अवधिमा देशबाट राज्य नै अलग रहन पाउनु पर्छ भन्दै जनमत संग्रहहुँदा  स्वभाविक हो भन्दै परिणाम स्वीकार गर्न तयार हुने र आगामी मे महिनाम ाहुने संसदको निर्वाचनमा  जनता पार्टी  र नेता तयार हुने तर एउटा गणतान्त्रिक मुलुका नेपालमा जनताको प्रतिनिधिको सरकार छ, उनैले बनाएको अन्तरिम संबिधान छ । त्यसमा पनि दुई–दुई पटक संबिधानसभाको निर्वाचन भईसकेको  छ ।
जनताको संबिधाननिर्माण गर्न नसक्नु भनेको नेताको नेतृत्वक्षमता तन्दुरुस्त छैन् भन्न सकिन्छ । यस्तो असक्त अस्वस्था वर्तमान नेतृत्वले देशलाई टाइटनिक जहांजको अवस्थामा नपुर्याउला भन्न सकिदैन । प्रजातन्त्रको खातिर सबै गुमाएको लोभलालचमा नपरेको भन्ने  र प्रजातन्त्रसंग घरबार गरेको भन्ने अभिव्यक्तिदिने शुसिल कोइराला देशको प्रधानमन्त्री भएको डेड वर्ष हुँदा पनिजनताले न त संबिधानपाए न त  बेरोजगार शिक्षित युवाले देश निर्माण गर्ने मौका नै । यस्तो अवस्था यथावत रहिरहनु भनेको प्रधानमन्त्री कोइराला असफल हुनु हो । पार्टी असफल हुनु हो । नेतृत्व असफल बनेसंगै देश पनि असफल बन्दै गएको सत्यलाई राजनीतिक नेतृत्वले आत्मसाथ गर्न ढिला भईसकेको छ । सनकका भरका गाउँघरका खेतवारी भत्काएर सडक निमार्ण गर्दैमा विकास हुदैन । यो मृत्युको खेतीमा हो । विकासका लागि दीर्घकालीन योजना चाहिन्छ ।  खोइ नेतृत्वसंग योजना ? खोइ दीर्घकालीन सोच ?

0 comments

Write Down Your Responses