काललाई जितेर आएको त्यो क्षण ।
-प्रकाशविक्रम शाह/
मलाई २०५६ जेठमा भएको आमनिर्वाचनपछि जन्मस्थल बाजुरा जाने अवसर मिलेको थिएन् । ०५६ कै साउनतिरबाट पत्रकारितामा संलग्न भएकोले व्यस्त रहेँ । माओवादी जनयुद्ध ०५२ तिर शुरु भयो, तर बाजुरामा त्यसको प्रभाव ०५६ को अन्त्यतिर मात्र पर्न थालेको थियो ।
गाउँमा द्वन्द्व चर्किदै गएपछि शुभचिन्तकहरूले ‘गाउँ नफर्किदा नै राम्रो हुन्छ’ भन्ने सुझाव दिन्थे । बाजुरा घरमा रहेकी मेरी मम्मीको चाहना पनि त्यस्तै थियो । गाउँ जाने रहर लागिरहे पनि आमाको चाहना तथा शुभचिन्तकहरूको सल्लाहका कारण जान सकिरहेको थिइनँ ।
त्यतिनै बेला प्रशासनको दृष्टिमा म माओवादी भइसकेको थिएँ । प्रशासनले मलाई माओवादी ठान्नुको कारण पनि अच्चमैको थियो । ०५८ सालमा युद्धविरामका बेला बजारमा आएको ‘प्रचण्ड पथ’ भन्ने किताब मैले पढ्नका लागि किनेको थिएँ । त्यो किताव बाजुराका एक जना एमाले समर्थक विद्यार्थीले बाजुरा पुर्याएका रहेछन् । युद्धविराम भंग भइसकेकोले लुकाएर लगेको पुस्तकसहित उनी बाजुराको सदरमुकाम मार्तडीमा पक्राउ परे । थुनामा निकै यातना पाएपछि उनले ‘त्यो किताब प्रकाशको घर धनगढीबाट ल्याएको’ बयान दिएका रहेछन् । त्यसपछि प्रशासनले मलाई माओवादीको सूचीमा राख्यो ।
मलाई अहिलेसम्म खड्किरहेको कुरा त्यो दिन हाम्रो बास पाण्डुसैन शुरु हुने वित्तिकैको अँगपानी गाउँ छेउको पसलमा हुनुपर्ने थियो । तर, हामीलाई सेनाले ‘पाण्डुसैन पार गरेर बस्नु’ भन्ने सल्लाह ९निर्देशन० दियो । हामी त्यो राती अँगपानी गाउँकै छेउमा बसेको भए सायद हामी नै सेनाको सिकार हुने थियौँ कि । किनकि त्यही रात सेनाले बिना अनुसन्धान माओवादी भन्दै तास खेलिरहेका माओवादी विरोधी आठ जना सर्वसाधारणलाई मारेको थियो ।
म पनि धनगढीमा नाटकीय ढंगले पक्राउ परेँ । मेरो कोठामा रहेका सबै वामपन्थी पुस्तकहरू प्रहरीले लगे । प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पुर्याउन्जेल पनि म पक्राउ परेको कसैलाई थाहा थिएन । संयोगले जिल्ला प्रहरी कार्यालयमै एमाले नेता भैरव सिंह भेटिएपछि मैले ‘म पक्राउ परेको खबर सबैलाई गरिदिन’ आग्रह गरेँ । त्यसपछि पत्रकार र एमाले नेताहरूको दबावमा ‘दिनहुँ तारेख लगाउने’ शर्तमा सोही साँझ छुटेँ । नत्र म सोत्तर पारिन्थेँ होला । गोरखापत्रमा काम गर्ने भएकोले पनि मलाई तारेखमा छुट्न सहज भएको थियो ।
यसैबेला ०५९ कात्तिकमा मोहन मैनाली सरहरुसँग बाजुरा जाने अवसर मिल्यो । उमीद दाई ९उमीद बागचन्द० ले ‘मिल्छ भने जाँदा राम्रो हुन्छ’ भनेपछि दोमन लिएर बाजुरा जान कस्सिएँ । मलाई कैलाली र बाजुरा प्रहरी प्रशासनले माओवादीको सूचीमा राखेको थियो । त्यसैले दुर्गम जिल्लामा प्रशासनबाट अझ बढी दुःख पाउन सक्थेँ । अर्कोतिर, म गोरखापत्रमा काम गर्ने भएकोले माओवादीले पनि दुःख दिनसक्थे । त्यसैमा मेरा कारण कारण मोहन मैनालीहरूलाई पनि प्रशासनले दुःख दिनसक्छ भन्ने मनमा संशय पनि थियो । तर, यी कुरा कसैलाई भनिन् ।
अनेकौ सम्भावित खतरा मनमा केलाउँदै म बाजुरा यात्रामा गएँ । कैलालीको तेघरीबाट सुरक्षा निकायको चेकजाँच गराउने क्रम शुरु भयो । साँझ सिलगढी नगरपालिकाको गेष्ट हाउसमा बस्यौँ । बाजुरामा पञ्चायतकालमै विजुली बलेको थियो । त्यसैले मोहन मैनालीहरूलाई ‘क्यामेरा चार्ज गर्नका लागि लगिएको जेनेरेटर सिलगढी मै छोडेर जाऔ’ भने, तर उहाँहरूले मान्नु भएन । उहाँहरूसँग मेरो भर्खर मात्र परिचय भएकोले जिद्दी गर्न पनि सकिन् । उतिवेला मोहनहरूलाई बाजुराका कसैलाई फोन गर्न लगाएर ‘बाजुरामा विजुली सुविधा भएको र जेनेरेटर नल्याए पनि हुन्छ’ भनाउने पनि होस भएन । वास्तवमा यात्राभरी जेनेरेटरले निक्कै दुःख दिएको थियो । अछामको साँफेबगरबाट जेनेरेटर मात्र बोक्न एकजना भरियाको व्यवस्था गर्नुपर्यो ।
समूहमा व्यवस्थित रूपमा लामो समयका लागि रिपोर्टिङमा हिडेको यो मेरो पहिलो अनुभव थियो । स्थलगत रिपोर्टिङको अनुभव नभएकाले भरिया खोज्न पनि सकिन् । धेरै ठाउँँमा मोहन मैनाली स्वयमले समन्वय गर्नुभएको थियो । बाजुरामा जन्मेर त्यहीँ एसएलसी उत्तीर्ण गरेँ । जिल्लामा हुँदा विद्यार्थी राजनीति पनि गरेँ, तर सदरमुकाम मार्तडीभन्दा उत्तर, पूर्वतर्फका गाउँमा गएको थिइन् । काठमाडौका पत्रकारहरूसँग सम्बन्ध बन्ने र आफू नगएको क्षेत्रमा जान पाइने लोभले नै मनमा निकै संशय हुँदाहुँदै पनि बाजुरा यात्रामा होमिएको थिएँ । म मार्तडीभन्दा पनि माथिल्लो क्षेत्र जान उत्साहित थिएँ । हामी धनगढीबाट हिडेको पाँचौ दिनमा मात्र मार्तडी पुग्यौँ ।
मार्तडी मैले खेली खाएको ठाउँ । मार्तडीका धेरैले मलाई चिन्थे । मार्तडी पुग्ने वित्तिकै पोशाक नलाएका सुरक्षाकर्मीले मेरो बेइज्जत गरे जस्तो लाग्यो । किनकी उनीहरुले बजारको ठाउँमा भिडियो क्यामेरा चलाउन चाहिने हतियार जस्तो देखिने ‘ट्राइपड’ खोलेर देखाउन लगाएका थिए । ‘ट्राइपड’ खोल्न लगाएर हेरिसकेपछि ‘ल धन्यवाद’ पनि नभनी वाटो लाग्थे । म चाहीँ लज्जित हुँदै फेरि ‘ट्राइपड’ मिलाउन थाल्थेँ ।
प्रहरी, प्रशासनले मलाई माओवादी भनेर दुःख दिन सक्छ भन्ने मेरो आशंका बाजुराका सहायक प्रमुख जिल्ला अधिकारीको केरकारले पुष्टि गर्यो । मार्तडी पुगेपछि सहायक प्रजिअ मुक्तिनाथ भण्डारीले ‘तपाईंको नाम कता सुनेको थिएँ’ भन्दै मोहन मैनालीहरूकै अघि केरकार गर्न थाले । मैले प्रजिअ भण्डारीलाई भने ‘तपाईले किताबसहित मार्तडीमा विद्यार्थी पक्रेको कुरा गर्न खोज्नु भयो होला, उसलाई यता के गर्नु भयो थाहा छैन, तर उता कैलालीमा यो केस टुंगिसक्यो ।’
त्यसपछि उनी चुप लागे । कैलालीमा सुरक्षा निकायले बेलाबेलामा दुःख दिन भने छोडेको थिएन । माघ १९ सम्म मलाई माओवादी ठानियो । माघ १९ पछि मैले दाह्री पालेकोले एक पत्रकार मित्रले तेघरी व्यारेकमा मेजरसँग ‘गणतन्त्र नआउँदासम्म यो माओवादी ९प्रकाश० ले दाह्री काट्दैन भनेको मैले सुनेको थिएँ । त्यसपछि सेनाले मलाई पटकपटक फोन गरेर केरकार गरिरहन्थ्यो । त्यसपछि खोज पत्रकारिता केन्द्रले आयोजना गरेको तीन महिने पत्रकारिता तालिममा काठमाडौ गएँ । यसवेला ०६२र६३ को आन्दोलन शुरु भइसकेको थियो ।
मार्तडीमा प्रजिअ भण्डारीलाई स्पष्टीकरण दिएपछि हामी पाण्डुसैनतिर लाग्यौँकाललाई जितेर आएको त्यो क्षण । यो यात्राको भुल्न नसक्ने पक्ष मेरा लागि ढुक्कसाथ तस्वीर खिच्न पाउनु थियो । त्यतिवेला डिजिटल क्यामेरा आइसकेको थिएन् । म जस्तो फुच्चे पत्रकारले धेरै रिल किन्न सक्ने क्षमता थिएन । तर मोहन मैनाली सरले ‘चाहिएजति रिल दिन्छु, मनलाग्दो गरी तस्वीर खिच्नुस्’ भनेको अहिले पनि ताजै छ । मैले करिब १० वटा रिल खिचेँ । मैले खिचेका धेरै तस्वीर गोरखापत्रमा छापिएका थिए ।
मोहन सरले द्वन्द्वकालको यात्रा डायरी ‘मान्ठा हराएको जुग’ लेखिसक्नु भएको छ । मलाई अहिलेसम्म खड्किरहेको कुरा के हो भने त्यो दिन हाम्रो बास पाण्डुसैन शुरु हुने वित्तिकैको अँगपानी गाउँ छेउको पसलमा हुनुपर्ने थियो । तर, हामीलाई सेनाले ‘पाण्डुसैन पार गरेर बस्नु’ भन्ने सल्लाह ९निर्देशन० दिएकोले मुख्य पाण्डुसैन भन्दा पर दही बाजेकोमा बास बस्यौं । हामी त्यो राती अँगपानी गाउँकै छेउमा बसेको भए सायद हामी नै सेनाको सिकार हुने थियौँ कि १ किनकी त्यही रात सेनाले अनुसन्धानबिना माओवादी भन्दै तास खेलिरहेका माओवादीविरोधी आठ जना सर्वसाधारणलाई मारेको थियो ।
मोहन सरको लेखाईबाट म अच्चमित छु । म बाजुराकै मान्छे, सो यात्राका धेरै कुरा मेरो स्मृतिबाट हराइसके, तर, उहाँले हिडेका पाइला अथवा आकाशमा तारा गनेझैं सबै घटना र स्थानबारे पूर्ण विवरणसहित लेख्नु भएको छ । मान्ठा हराएको जुग पढ्दै जाँदा ‘ओ हो, त्यस्तो ठाउँ गइएछ’ भन्ने मात्र लाग्दैन, पीडितका पीडा पढ्दा आँखा रसाउँछन् । नेपालीले फेरि यस्तो दुःख फेरि कहिल्यै भोग्नु नपरोस भन्ने लाग्छ । सबै नेपालीले कुनै न कुनै रूपमा द्वन्द्व भोगेका छन्, तर प्रायः सबैले ती भोगाई भुलिसके । यो नेपालीको विशेषता पनि हो– हामी जति ठूलो दुःख पनि भूल्न सक्छौं । त्यो यात्राको झण्डै १२ वर्षपछि प्रकाशन भएको मान्ठा हराएको जुग स्वतन्त्र व्यक्तिले लेखेको नेपाली द्वन्द्वको सत्य र जिउँदो इतिहास हो । यसले अब त्यस्तो वाटोमा नलाग्न नेपालीलाई प्रेरित गर्न सक्छ । यो पुस्तकमा पूर्वको संखुवासभा, धादिङ, कर्णाली र बाजुराको चर्चा छ । म मुगु बाहेकको कर्णाली र संखुवासभा पुगेको छैन, तर पुस्तक पढ्दा मलाई कर्णाली र संखुवासभामै पुगेको अनुभूति भयो । बाजुरा जिल्लाका वारेमा यति धेरै उल्लेख भएको यो नै पहिलो पुस्तक हुनुपर्छ ।
मोहन मैनालीसँगको त्यति बेलाको सहयात्राले बसन्त थापासँग भेट भयो । त्यसपछि हिमाल एसोसियसनको ‘घुम्ती किम्फ’ वृत्तचित्र प्रदर्शनीका क्रममा देशका दर्जनौँ जिल्ला डुलेँ । जति डुले पनि जीवनमा किताब लेख्न सक्छु भन्ने लागेको छैन । यो पुस्तकमा कहीँकहीँ ‘म पनि लेखिएको छु’ त्यसैले खुसी छु . ( यो पुस्तक मैले नै लेखेको हो जस्तो लागेको छ ।
(लेखक नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक हुन) ...

0 comments
Write Down Your Responses