• Main Page
  • Progrme
  • Muktak
  • Gazal
  • Business
  • Khelkud
  • Filmy Khabar
  • Youn
  • VDO
  • BLOG
  • Entertainment
  • Contact

विश्व अहिले विकासको होडवाजीमा छ । छिमेकी दुई मुलुक चीन र भारत विकासका लागि चर्को प्रतिस्प्रर्धामा छन् । राजनीतिक परिवर्तनसंगै जनताले खोज्ने प्रमुख विषय भनेकै विकास हो । नेपालमा राजनीतिक परिवर्तन पछि भएका विकास के कस्ता रहे भन्ने कुराको लेखाजोखा गर्न ढिला भईसकेको छ ।




लाओस राई ।

नेपालले २००७ पछि लिनखोजेको विकासे यात्राको चर्चा गरेसंगै नेपालले कति विकास गर्यो , पूर्व शासकहरुले विकासका कस्ता योजना ल्याए भन्ने कुराको वास्तविकता बाहिर नल्याए सम्म नेपालले विकासको सही यात्रा गर्न सक्दैन् ।  भौतिक पूर्वाधारहरुको निर्माणको सम्भावना हुदाहुँदै पनि पञ्चायती राजाहरुले उक्त संरचनाहरुको  निर्माण गर्न चाहेनन्  । यात उनीहरुसंग योजनानिर्माण गर्ने संयन्त्र, क्षमता, अठोट  भएन् । जेजस्तो भए पनि देशले उनीहरुबाट विकासको बाटो हिड्न सकेन ।
व्यवस्थालाई टिकाउने विकासले हो । यदि पञ्चायती राजाहरुले विकासमा जोड दिएका भए  आजको अवस्था आउने थिएन । २०१२ देखि सुरु गरिएको विकासका पञ्चवर्षीय योजनाले खासै अर्थ देखिएन । पञ्चहरुलाई हल्ला गर्न एउटा विषय मात्र भयो । १९९२ मा विराटनगर जुटमिल स्थापना गरिनु र २०१६ सालमा जननिर्वाचित सरकारले विराटनगरलाई औद्योगीक नगरीको घोषणा गर्नुलाई विकासको एउटा प्रयास भएको मान्न सकिन्छ । तर व्यवस्थापकीय   कमजोरीका कारणा  औद्योगीक नगरीको सपना असफल बन्यो । अहिले  धेरै जसो उद्योग भएका छन् ।
सडक विकास–सडक यातायातको मात्र कुरा गर्ने हो भने १२४९३ .९४ किलोमिर सडकको निर्माण भएको देखिन्छ । ४३८९.४७  कच्ची सडक शहरी क्षेत्रमा नभएर सबै दूरदराजको ग्रामिण भेगमा भएको देखिन्छ । यो चाहे नेपाल सरकारको लगानीमा निर्माण भएको होस् वा दातृ राष्ट्रको सहयोगमा । यसो हेर्दा  ग्रामिण इलाकामा  सडक निर्माण हुनु मोटर पुग्नु भनेको राम्रो र सुखद् पक्ष हो । यो ग्रामिण विकासको शुभलक्षण र  प्रथम चरण हो । ७५ जिल्लामा निर्माण भैसकेका र हुनलागेका कृषि सडक यसको उदाहरण मान्न सकिन्छ ।  एक पक्षबाट हेर्दा यो राम्रो मान्न सकिन्छ ।
तर सुरक्षा र जोखिमको  कोणबाट  हेर्ने हो भने यी सडकहरु भयमुक्त देखिन्दैनन् । ‘बाँदर लडी मर्ने भिरैभीर’  निर्माण गरेका सडक न त  कुनै मापदण्ड अनुसारका छन् , न कुनै योजन अनुसार बनेका । य तर्क गर्नेहरुले भन्न सक्छन्  ‘उकाली पछि ओराली आउँछ नै’, ‘जीवनमा भीरहरु पार गरेपछि मात्र समथरको अनुभूतिगर्न पाईन्छ ।’ यस्तो  कुरा  साहित्य र सतही राजनीतिमा उपयुक्त  हुन्छ । तर व्यावहारमा यो गलत हो  । भीर भिरै हो, त्यो समथर हुन सक्दैन यदिकुनै प्रविधि प्रयोग गरेर समथर बनाइहाले पनि त्यहाँ पहिले भीर थियो भन्ने स्मरण रहिरहन्छ ।
यथार्थमा  सडक मार्गको  नाममा  यो त केवल ग्रामिण जनलाई मृत्युमार्ग खोलिदिएको सिवाय अरु केही होईन । यसको उदाहरण दिनहुँजसो पचासौं जनाको ज्यानजाने गरी  हुने दुर्घटनालाई लिन सकिन्छ । बिगत दुई वर्ष भित्र डोटी, कालिकोट, सिन्धुली, जाजरकोट र  गत महिना जुम्लामा भएको दुर्घटना डरलाग्दा उदाहरण हुन । जोखिमन्यूनीकरण  गर्दै कसरी   दुर्घटनाबाट बच्न  सकिन्छ ? र यसको निदानको उपाय पनि सडक निर्माण  पूर्व नै  सोचिएको थिया भने यस्ता भीमकाय दुर्घटनाहरु हुने थिएनन्  होला । अर्को तिर राजधानीको मुटु मानिने प्रमुखसडक बबरमहलमा दुर्घटना हुँदा  समेत एकैसाथतीन  जनाको ज्यानगयो ।
यी र यस्ता अनेक दुर्घट्नालाई आधारमा भन्न सकिन्छ कि विकासको नाममा जनतालाई मृत्युबाँढेको छ ,सरकार । विकास र राजनीतिक नेतृत्वसंग मृत्युको  सामिप्यता  जोड्दै नवसंस्कृतीको स्थापना भएको छ ।  दुर्घटनालाई पूर्ण रोक्न सकिन्छ, भन्ने हुदै होईन । विकासका कारण निम्तिने दुर्घटनालाई विकास निमार्णपूर्व नै रोक्ने उपायको खोजी हुन सकेको छैन् , भन्ने कुरा हो ।
नेतृत्वको चिन्तन मनन् तन्दुरुष्ट हुनुपर्छ ।   समय अनुकुल रुपान्तरित हुनसक्ने योजना निर्माण गर्न क्ष्मता उसंग हुनुपर्छ  । कलिलै उमेरमा मातागुमाएका समान्य फ्रान्सेली नागरिक  रुसो  दश वर्षकै उमेर देखि आवारागिरीको संगत गर्न थाले र सोह्र बर्षमा घर नै छाडे भरपुर हुल्लडबाजी, आवारागिरी गर्दै २० बर्षको हुँदा साहित्यकार भए । उनी  समय  र सत–संगतले गर्दा  दार्शनिक बन्नपुुगे ।  समय अनुसार ढल्कन सक्दा सामान्य रुसो  दार्शनिक रुसो भए । जसले सामाजिक सम्झौताको सिद्दान्त, राजनीतिमा  सामान्य इच्छाको सिद्दान्त जस्ता महत्वपूर्ण सिद्दान्तको प्रतिपादन गरे । उनलाई त्यहीको समाज र संस्कृतिले पढाएको हो, सिकाएको हो । त्यसैले  हामी र हाम्रो नेताहरूले पनि  रुसोको जीवनचक्रबाट किन नसिक्ने ?किन  हाम्रा नेताहरुले  राम्रा कुराहरुको अनुसरण नगर्ने ?
गणतन्त्रसम्म आईपुग्दा पनि नेपाली राजनीतिक नेतृत्व देश र जनताप्रति सचेत देखिएन । हजारै मान्छेको वलिदानी पछि आएको गणतन्त्रलाई कमजोर पार्ने काम  दलीय घमण्ड र हठले गरेको छ । झरीको प्रभाबले  चिप्लेकिरा चिप्लिएझैं चिप्लिएको नेतातथा  दलहरु देशनिर्माण जुट्नु एकढिक्का हुनुभन्दा फुट्नुमाब्यस्त भएपछि समस्याझन्–झन् कठिन बन्दै जन्मदै लोकतन्त्र लिएर जन्मेका पार्टीले  पनि जनअधिकार अपहरण गर्न खोजेपछि त झनै ठूलो समस्या उत्पन्न हुनेमा कुनै शंका छैन् । पञ्चायती घनहरुले गणतन्त्रको ठोकाई गर्न थालेपछि शिशु  गणतन्त्रको  मथिङ्गल थर्किएरै होला आज गणतन्त्र धर्मराईरहेको छ ।
यो यथार्थ संकट नेताहरु तल्लो स्तरको चलचित्र हेर्दै आनन्दलिएझैँ मनोरञ्जन  लिइरहेको छन् । यो सबै नेतृत्वको असक्षमता हो । राजसस्था भएको देश बेलायतमा ६ महिनाको अवधिमा देशबाट राज्य नै अलग रहन पाउनु पर्छ भन्दै जनमत संग्रहहुँदा  स्वभाविक हो भन्दै परिणाम स्वीकार गर्न तयार हुने र आगामी मे महिनाम ाहुने संसदको निर्वाचनमा  जनता पार्टी  र नेता तयार हुने तर एउटा गणतान्त्रिक मुलुका नेपालमा जनताको प्रतिनिधिको सरकार छ, उनैले बनाएको अन्तरिम संबिधान छ । त्यसमा पनि दुई–दुई पटक संबिधानसभाको निर्वाचन भईसकेको  छ ।
जनताको संबिधाननिर्माण गर्न नसक्नु भनेको नेताको नेतृत्वक्षमता तन्दुरुस्त छैन् भन्न सकिन्छ । यस्तो असक्त अस्वस्था वर्तमान नेतृत्वले देशलाई टाइटनिक जहांजको अवस्थामा नपुर्याउला भन्न सकिदैन । प्रजातन्त्रको खातिर सबै गुमाएको लोभलालचमा नपरेको भन्ने  र प्रजातन्त्रसंग घरबार गरेको भन्ने अभिव्यक्तिदिने शुसिल कोइराला देशको प्रधानमन्त्री भएको डेड वर्ष हुँदा पनिजनताले न त संबिधानपाए न त  बेरोजगार शिक्षित युवाले देश निर्माण गर्ने मौका नै । यस्तो अवस्था यथावत रहिरहनु भनेको प्रधानमन्त्री कोइराला असफल हुनु हो । पार्टी असफल हुनु हो । नेतृत्व असफल बनेसंगै देश पनि असफल बन्दै गएको सत्यलाई राजनीतिक नेतृत्वले आत्मसाथ गर्न ढिला भईसकेको छ । सनकका भरका गाउँघरका खेतवारी भत्काएर सडक निमार्ण गर्दैमा विकास हुदैन । यो मृत्युको खेतीमा हो । विकासका लागि दीर्घकालीन योजना चाहिन्छ ।  खोइ नेतृत्वसंग योजना ? खोइ दीर्घकालीन सोच ?
लक्ष्मण कार्की - बुबा – लु केटा अब आजै घर हिंडिहाल् त ।
म – यस्तो बेलामा कहाँ घर आउनु ?
बुबा – घर आउने नै यस्तो बेलामा त हो नि हप्तादिनको छुट्टी लिएर आउनु ।
म – अहिले छुट्टि मिल्दैन बुबा ।
बुबा – मलाई केही थाहा छैन । केटाकेटीलाई पनि लिएर भोलि नै घर आउनु । यस्तो बेलामा त सँगै हुनुपरो नि केटा ।
म –अझै भुईंचालो जाने सम्भावना छ अहिले बाहिर हिंड्दा झन गाह्रो हुन्छ रे । गाडी चलेकै छैनन् । खुलेपछि म आउँछु । अहिले चिन्ता नगरि बस्नु ल ।
भूकम्प गएको दिन बुबालाई जस्तै ममि र श्रीमति अनि ससुराली मामलीमा नातेदारलाई फकाउन यस्ता अनेकौ ट्रिक लगाउनुपर्यो । थामथाम थुमथुम पारेपछि बल्ल आजै र अहिल्यै घर आउन उहाँहरुको ढिपी केही मत्थर भयो । सवैजसो साथीभाई नातागोता र चिनारु सवैजसो खुला ठाउँमा बसेको बताउँछन् । र म चाहिँ अफिस मै काम गर्दैछु । सुन्नासाथ आतिएर भन्छन् – आम्मै यस्तो बेला पनि अफिसमा ? तुरुन्त खुला ठाउँमा जानुपर्छ ।
भूकम्पको झड्का महसुस भएपछि सुरक्षित रुपमा खुला ठाउँमा जानुपर्छ भन्ने बिषयमा म आफै रेडियो कार्यक्रम चलाउँछु र रेडियोबाट सवैलाई आग्रह गर्दै आएको छु पनि । तर अहिले अवस्था उल्टो छ । आफै घरभित्रै बसिरहनुपरेको छ । तर, घरलाई केही भैहाल्दैन भन्ने एक खालको निश्चितता भएर मात्र ! विनासकारी भूकम्पबाट हताहत हुनेको संख्या बढिरहेको छ । घाइते र घरबारविहिन हुनेहरु पनि बढिरहेकै छन् । दुख्खैदुख्खले दिमाग रन्थन्याइरहँदा दिमागको चेपचापबाट खुशीका खबरपनि छुस्स भित्र छिर्छन् । भुकम्पको सय घण्टा बितिसकेपछि पनि कसैकसैलाई उद्धारकर्मीले जिवितै उद्धार गरिरहेका छन् । धरहराबाट हाम फालेर पनि केही बाँचेका छन् ।
५/६ दिन पछि पनि पीडितलाई जीवितै उद्धार गर्ने उद्धारकर्मीको अनुहार र बर्दी देख्दा ज्यानमा सरर्ररररर काँडा उम्रिन्छन् । आफ्नो घर भत्किएको र दिदी भिनाजु सम्पर्कविहिन भएको बेलापनि सशस्त्र प्रहरी जवान विश्व भण्डारी भक्तपुरमा भुकम्पमा पुरिएकालाई खोज्दै गरेकोबारे उज्यालो अनलाइनमा साथी पिटी लोप्चनले लेखेको सामाग्री पढ्ने त कसका आँखा रसाएनन् होला ? अनि कसको छाति गर्वले ढक्क फुलेन होला र ?
शनिवार भूकम्प जाँदा म थानकोटमा थिएँ । भूकम्प लगत्तै भुकम्पको आतेशले लर्वराएको ज्यान र आतंकित मन सम्हाल्दै रेडियो अन गरें । साथी मिलन तिमिल्सिना भूकम्पको अपडेट गर्दै हुनुहुन्थ्यो । अल्लिपछि अरु रेडियोले पनि भूकम्पको कुरा गर्न थाले । आमाबुबा, श्रीमति र छोरालाई पालैपालो फोन लगाउने प्रयास गर्दै कानमा मोबाइल च्यापेर म त्रिभुवन पार्कको गेटतिर दौडिंए । त्रिभुवनको शालिक ढलेर एक बालकको ज्यान गएको थाहा भयो । त्यहाँ आलो रगत मात्र थियो ।
बाहिर निस्कँदा एउटा विद्यालय भवन लड्न तयार थियो । त्यसको फोटो खिच्न भ्याउँदासम्म अरु २ वटा झड्का गईसकेका थिए । त्यस बीचमा बल्ल एकपटक रेडियोमा फोन लाग्यो र थानकोटमा भएको हताहतिको विवरण जानकारी गराउन पाएँ । भूकम्पले हल्लाइरहँदा पनि मेरो कानमा एयरफोन घुसारिएकै थियो साथीहरु रेडियोमा भन्दै थिए – हामी स्टुडियोमा छौ अहिले पनि भूकम्प गइरहेको छ । जिउभरि सिरिङ्ग काँडा उम्रिए । सवै साथीलाई सम्झिएँ । अलि ढुक्क हुने आधार के थियो भने उज्यालो घर भूकम्प प्रतिरोधी थियो ।
विदा लिएको र लगातार भुईंचालोका झड्का गइरहेको भए पनि म दिउँसो कार्यालय पुगें । भूकम्प प्रतिरोधी उज्यालो घरको भुईंतलाको पर्खाल पनि चर्किएछ । साथीहरु थकित उदास र आतंकित थिए । भूकम्प जाँदा को कहाँ कस्तो हालतमा थियो भन्ने बेलिबिस्तार साटासाट गरेपछि रेडियोबाट भूकम्पबारेको पछिल्लो अपडेट दिने मोर्चामा म पनि समावेश भएँ । सहकर्मी धेरैजसोका घरमा नोक्सानी पुगेको छ । मिलन, सुफल, प्रकाश र पिटीको गाउँका घर ध्वस्त भएका छन् । दिपाको घर र माइती दुवैतिरका घर भत्किएछन् । तर सवै कामकै मोर्चामा खटिएका छन् । नागरिकलाई जोगाउन अलिकति भए पनि योगदान गर्न सकिन्छ कि भनेर !
आपतमा परेकाले राहत पाउँछन् कि भनेर, उनीहरुको आहात मनमा शब्दकै माध्यमबाट राहत दिन सकिन्छ कि भनेर । परिवारका सदस्य बारीमा बसिरहँदा सवै आफ्ना दुख्खका कुम्लाकुटुरा विसाएर मोर्चामा खटिएकै छन् । त्यसपछि कम्तिमा पाँचपटक भुकम्पबारे बताउँदै गर्दा भुईंचालो गइरहेको थियो । कतिपटक त भूकम्प गएका बेला नआतिनुहोला भन्दै गर्दा आफै बसेको स्टुडियोको कुर्सि नै हल्लिरहेको हुन्थ्यो । साँच्चै भन्दा भागौं कि बसौं भनेर दोमन भइरह्यो । तर स्टुडियोको ढोका खुल्लै राखेर भए पनि हामी बोलिरह्यौ । अर्कोदिन भुइतलामा स्टुडियो सारेर पनि हामीले भुकम्पबारे सकेसम्मका अपडेट दिइरह्यौं । दिइरहेका पनि छौ । उज्यालो ९० नेटवर्क र उज्यालो अनलाइन डटकममार्फत ।
मोबाइल रेडियो स्टेशन बनाउने योजना सफल भएको भए हामी ठाउँठाउँबाटै रेडियो सञ्चालन गर्नेवाला थियौं । सोमबार विहानै हामी गोंगबु पुग्यौं । लडेर पुरै धराप थापेजस्तो भएको घरमा सानो सुरुङ्ग बनाएर सशस्त्र प्रहरीको टोली भित्र बाहिर गरिरहेको थियो । त्यहाँ  सशस्त्र प्रहरी निरीक्षक एलवी बस्नेत सहितको टोली थियो । भित्रपट्टी एकजना ब्यक्ति जिवितै रहेछन् । उनलाई पानी खुवाएर र एउटा कम्मल ओढाएर सशस्त्रको टोली बाहिर आएको रहेछ । तर उनलाई बाहिर निकाल्न समस्या थियो । उनले आफ्नो गोडा काटेर भए पनि बाहिर निकाल्न आग्रह गरिरहेको सुनाउँदा इन्स्पेक्टर बस्नेत स्वयम् स्तब्ध भएका थिए ।
उनलाई निकाल्न अति नै चुनौतीपूर्ण रहेको बताउँदै गर्दा बस्नेत लाष्ट टाइम एप्रोच गर्छु भन्दै कम्तिमा चारपाँच चोटी भित्र पसे । उनको साहस जति सम्मान गरे पनि कमै हुने खालको थियो । त्यहाँ सुरुङ्ग बनाउन सशस्त्र प्रहरी अघिल्लै दिनदेखि लागेको रहेछ । जहाँबाट चीनिया टोली अब पार लाग्दैन भनेर फर्किएको रहेछ । त्यस्तो दृष्य देखेपछि मलाई लाग्यो भूकम्प जाँदै गर्दा स्टुडियोमा बसेर समाचार भन्दै गर्नुभन्दा उद्धारका लागि खटिएका उद्धारकर्मीको काम धेरै गुणा चुनौतीपूर्ण हो । थप धक्का गइरहेका बेला उनीहरुलाई जुनसुकै बेला पनि केही हुन सक्थ्यो ।
अल्लि तल्तिर भेटिएका सशस्त्र प्रहरीका नायव उपरिक्षकले भने धेरैजसो सशस्त्र प्रहरीका घर परिवार आफन्त पहिरोमा परेको सुनाए । हाम्रा धेरैजनाको परिवार भुकम्पमा परेका छन् । तर हामी आफ्ना दुख्ख बिर्सेर खोज उद्धार तथा राहतमा जुटेका छौं । यसो भन्दा उनको अनुहार रातो भएको थियो । एकखालको गर्व प्रष्टै झल्किन्थ्यो । त्यहि दिन सीतापाइलामा चर्च रहेको एउटा भवनबाट धमाधम शव निकालिरहेको देख्दैखेरि भाउन्न भइसकेको थियो । गन्हाउन थालिसकेका शव, तिनका आफन्तको रुवावासीका दृष्यले मनभित्रैदेखि हुँडलेको थियो । २ हप्तादेखि कसैलाई नभनि चर्चमा प्रार्थनाका लागि पुगेका ब्यक्तिहरु पुरिएर मरेका थिए ।
केही महिना अघि मात्र विहे गरेकी उनकी जीवन संगिनीको विलौना देख्दै भक्कानो फुट्थ्यो । लाग्यो उनको दुख्ख पनि उस्तै ठुलो हो । बालाजुमा पुग्दा तीन चारवटा डोजर र स्काभेटर सहित उद्धारको काम शुरु भएको थियो । त्यहाँ २ वटा लज भत्किएकाले त्यहाँभित्र धेरैजना रहेको अनुमान गरिएको थियो । एकजना स्थानीय आएर भने घरभित्रबाट मलाई बचाउनुहोस् भनेर फोन गरेको साथीलाई बचाउन सकिएन । त्यति भनिसक्दा उनी भक्कानिइहाले । मन अमिलो भएर आयो । गोंगबुबाट फर्किदै गर्दा हाम्रो भ्यानलाई एकजना दाईले रोके । कुनै विपतकै कुरा होला भनेर हामीले रोक्यौं ।
मोटरसाइकलमा हुत्तिदै आएर उनले सुनाए मेरि श्रीमति घरभित्रै थुनिएकी छिन् । ३ दिन भइसक्यो प्रहरी सेना कसैले पनि ध्यानै दिंदैन । हिजोसम्म भित्रबाट बोलेको आवाज आइरहन्थ्यो तर अब त .......। उनले बाक्य पूरा गर्न सकेनन् । सकुन् पनि कसरी ? जसकी श्रीमति घरभित्र च्यापिएकी छन्, हिजोसम्म गुहार माग्दै थिइन् र अब आवाज सुनिन छोडिएको छ । उफ्फ्फ्फ् दिमाग त्यसै त्यसै बोधो भएजस्तो भयो । सोचें समस्या सवैका छन् । यस्तो विपतका बेलामा पिर चिन्ता र समस्या नभएको कोही हुँदैन रहेछ । त्यहि भएर पाँचदिनसम्म कोठामा जाँदै नगएर कार्यालयमै सुतेर हामी खटिइरहेका छौं निरन्तर ।
यी केही प्रतिनिधि घटना देखे, भोगे र सुनेपछि लाग्दैछ “भूकम्पबाट ज्यान गुमाउने त गै गए । घाइते भएका, ५/६ दिनसम्म थुनिएका र उनीहरुका आफन्त मात्र होइन, भत्केको घरले किचेर मार्न सक्ने जोखिमका  बेला पनि अस्थिपञ्जर जस्ता बनेका घरभित्र छिर्ने उद्धारकर्मी, वा भुईंचालो जाँदैछ सुरक्षित भएर बसौ भन्दै गर्दा आफै ३/४ तलामाथिको स्टुडियोमा बस्ने सञ्चारकर्मी सवैका दु:ख छन् । कुरा त दु:खको मात्रा कति छ भन्ने मात्र हो ।
खोज्याकी कन्न्या का घर भात खानु गयो
सबले भातु खाया रैछ मुइत भोकोइ रयो
धर्को मिलयको रैछ अट्ठाइस गुण मिल्या
ब्यौलो होइ झानौ भुनी कोट पैन्ट सिल्या
उइका गर्ह बलिया र्याभनु मुइलाई लैइ जिती दियो
लगा भुनी साडी दिया नाइ भुनी खिती दियो
बर्याोतिमाइ लै पैन्ट टि सर्ट लौन्या हु भुणिबरे
सब्बै गाली गद्दु पस्या तन कुरा सुणिबरे
सब्बैले करकाब गरी पैन्ट त खोलायो
पछ उइले फोन गरी बोयफ्रेन्ड बोलायो
उइको बोयफ्रेन्ड आया पछा तहल्का भैगयो
हीट मेरा सँग भुणि उइलाई लै लैगयो
सब्बै जना मिली जुली उइका ताडी पस्या
फेशन वलिका पछा लाग्द बेधडक फस्या
भयाकी बुढी छाडी बरे नयाँ खोज्जु गयो
तन सब कुरा सुनी बरे मुइत पागल भयो
ब्याका दिन बोयफ्रेन्ड सित कोइ केटी जन भाग्या
फेशनवली केटीका पछा कोइ केटा जन लाग्या
तै राणका कर्म धेकी २,४ ठेउका खाया
पूइ पछा त टाप कसी आफ्नै घर आया
मुइ एक्लोइ आयो धेकी बुढीले अङाल हाल्यो
बुढीको तती माया धेकी मुइलै त रुनु थाल्यो
मेरा आशु बग्या धेकी बुढीले आशु पुछ्या
इती निकी का पुलो भुणि मनुमनै सुच्या
तै दिन बठे हम दुबैका झगडा नाइ भया
हम दुई बुडा बुढी आब एक ठौर थाइ भया
बुढीले लेया चामल पकाई भात आब खुलो
सुर्ताले परानी सुक्यो आब त मोटिइ झुलो
मट्की बरे गइथेइ माइत नइत हेरे मुख
माइतै मुणी बसी र मुनु क्याइ मान्या है दुख
कन्न्या हेरी आइ ग यो भुनी तुइले लइ जान्या है
मुइ जसा मुर्कट्यालाई कि निको मान्या है
नया बुढी फेशनवाली तोइलाई कि टेरली
उन्या भया आसे राण बर्या्तु हेरली
तेरा चामल तुएइ राखु माइतै माइ खाइरए
जती गुन्छिइ दुखी गीत माइतै माइ गाइरए
माइत माइ तुइ रमाइ रैथे मुइ एक्लोइ छाडी
दिन्ज्या सम्म दाल भात खा नत खाए बाडी
मुइना दिन सम्म गाई पाल्या आजीलइ पाल्ल्या हु
गहना मेरा फर्काइ दिए नत मुद्दा हाल्ल्या हु
तम्लाई छाडी कठै लाडी क्याइ माइत आया हु
न माइत कि न पोइलकी, कि दुख पया हु
को गद्दो हो चुलो भाडो को कुच्चो बाट्टो हो
दिन्या गोरु छाडी आइथिउ को घासु काट्टो हो
निकोइ लाउनु निकोइ खानु कि मुइलाई खड्यो हो
कन्न्या खोज्जु क्याइ गया हौ कि सुन्नु पड्यो हो
माइत आया मुइना भया फौन लइकन गर्‍या
भोल घर फर्की आउलो दोस्रो ब्याजन गर्‍या
दुइ चार दिना त माइती दिन्ला पछा कि खौलो ब ?
तम्ले अर्खी लेया बारे मुइ कैका झौलो ब ?
कोसेलामा गीत ऊन्ला रेडियो लाईरया
माइत है चामल लिउलो गोठलापानी आइरया
तम्ले सधै गाली दियालइ आब गट्टो नाइ माणु
ऐले हुनु होइगयो जि भ्यो, आब एक्लो नाइ छाणु
कन्न्या खोज्जु घर गयो कन्न्या रैछ ग्वालि
लौन्या रैछ पैन्ट टि सर्ट, रैछ फेसनवलि
गोरु बाकरा गोठ बादी झाडु पसी झाड्डु
मेरा झान्या है त भुण्या आखा पसी ताड्डु
रिशले मुर्मुरी ब रे बाट्टु पसी जेउडा
पूइ पछा त इसा भया उसै मुएइ देउडा

मुइ- बिश रुप्प्या पड्ड्या र्या नु बिजुली बल्फमा
तोएइ सित ब्या गर्लो मुइ भाति खान्दे गल्फमा

ऊ- बल्फमा त कमै पड्या झिकु रुप्प्या पोल मा
सिउसिउ गद्दा किडा पडिझुनु भाति खन्या थोल मा

मुइ- क्यै है तस्या गाली दिन्या डरहाल्ली मरली
मेरा थोल किडा पड्या ब्या' कै सित गरली

ऊ- मुइलाई माग्गु कति आया बटाका बटुन्या
कोइ मुर्कट्या होइझान्लाब मुइ राण पटुन्या

मुइ- राम गया सीता हेद्दु सँगइ धनुष बाण
भोल आउलो तोइलाई माग्गु जन लुगे पाण

ऊ- तसा कुरा जन गरै धुरु धुरु रोइ दिउलो
पूइ गरल इ मुइसित ब्या अर्खाइ कि होइ दिउलो

मुइ- तसा कुरा क्याइ गर्लो ब अर्खाकी सामुनि
अर्खाकी क्याइ हुन्या है बनौलो बामुनि
छुट्टै बसी खानउ भुनी धुलो पिसाइ गैछ
गीतमा गाली दियो भुनी बुडिया रिसाइरैछ
माल बस्सु झानौ भुन्छी चढि बरे किया
झान्या बेला तै राणले इसा गीत दिया
तेरा घर उन्या नाइ हु छोडपत्र गरीझे
मेरी इज्याखाइ राण भुन्न्या मुर्कट्या मरिझे
मुइलाई माग्गु तुइ मुर्कट्या मेरा घर गैथे
तेर मुइनाइ झनिउ भुन्ज्या रुन्या जसो भैथे
ऐले गाली दिनु पसे आघा भाति खान्थे
तेरी सोराइ लागी भुनी मेराइ पछा झान्थे
कसा गीत दिइथे आघा डम्मरु जाणलो
तोइ जसा मुर्कट्यालाई को निको माणलो
मुइलाई छाडी जन्झाइ भुनी धुरु-धुरु रुन्थे
मुइलाई गट्टी बनुनाकी गाली दियो भुन्थे
मुइत गट्टी राणु भयो निकी आब पालइ
मुइत आब माल गयो जन आसे मालइ
Newer Posts Older Posts Home

add

Recent Updates
Recomment to Your Friends
Current Views
Popular Posts
  • गजल.......।
  • सबैलाई रुवाउने कश्मीरी बालिकाको यो तस्बिर
  • चन्द्र भट्ट 'राजाका' मुक्तकहरु .........
  • दक्षिणका सडक धुलाम्मे, रोगको सिकार बन्दै जनता
  • इभाना मानन्धरलाई मिस नेपालको ताज,यस्तो देखियो रौनक....
  • यी हुन चर्चित दश नेपाली चलचित्र
  • एक वर्षपछि नेपालमा गयो नयाँ भूकम्प, केन्द्र सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ ।
  • खाएरै, खेलेरै बढ्यो ज्यान,........,
  • यी १० जनावरहरूको बारेमा रोचक तथ्य !
  • चितुवाको छाला र हड्डीसहित भारतमा बैतडीका एक जना पक्राउ ।।
Labels
  • अनौठा कुरा
  • अन्य
  • आजको फोटो
  • कविता
  • गजलहरु
  • ज्ञानगुनका कुरा
  • डोट्याली गित
  • प्रेम पत्र
  • महत्वपूर्ण लिंकहरु
  • मुक्तकहरु
  • यौन कथा
  • रेडियो कार्यक्रम
  • लघु कथा
  • लेख
  • समाचार
Blog Archive
  • ▼  2017 (1)
    • ▼  December (1)
      • सबैलाई रुवाउने कश्मीरी बालिकाको यो तस्बिर
  • ►  2016 (12)
    • ►  September (1)
    • ►  August (1)
    • ►  May (3)
    • ►  April (7)
  • ►  2015 (74)
    • ►  December (2)
    • ►  May (1)
    • ►  April (31)
    • ►  March (36)
    • ►  February (4)
Copyright © 2015. Blogger.com. All rights reserved.
Home