विश्व अहिले विकासको होडवाजीमा छ । छिमेकी दुई मुलुक चीन र भारत विकासका लागि चर्को प्रतिस्प्रर्धामा छन् । राजनीतिक परिवर्तनसंगै जनताले खोज्ने प्रमुख विषय भनेकै विकास हो । नेपालमा राजनीतिक परिवर्तन पछि भएका विकास के कस्ता रहे भन्ने कुराको लेखाजोखा गर्न ढिला भईसकेको छ ।
लाओस राई ।
नेपालले २००७ पछि लिनखोजेको विकासे यात्राको चर्चा गरेसंगै नेपालले कति विकास गर्यो , पूर्व शासकहरुले विकासका कस्ता योजना ल्याए भन्ने कुराको वास्तविकता बाहिर नल्याए सम्म नेपालले विकासको सही यात्रा गर्न सक्दैन् । भौतिक पूर्वाधारहरुको निर्माणको सम्भावना हुदाहुँदै पनि पञ्चायती राजाहरुले उक्त संरचनाहरुको निर्माण गर्न चाहेनन् । यात उनीहरुसंग योजनानिर्माण गर्ने संयन्त्र, क्षमता, अठोट भएन् । जेजस्तो भए पनि देशले उनीहरुबाट विकासको बाटो हिड्न सकेन ।
व्यवस्थालाई टिकाउने विकासले हो । यदि पञ्चायती राजाहरुले विकासमा जोड दिएका भए आजको अवस्था आउने थिएन । २०१२ देखि सुरु गरिएको विकासका पञ्चवर्षीय योजनाले खासै अर्थ देखिएन । पञ्चहरुलाई हल्ला गर्न एउटा विषय मात्र भयो । १९९२ मा विराटनगर जुटमिल स्थापना गरिनु र २०१६ सालमा जननिर्वाचित सरकारले विराटनगरलाई औद्योगीक नगरीको घोषणा गर्नुलाई विकासको एउटा प्रयास भएको मान्न सकिन्छ । तर व्यवस्थापकीय कमजोरीका कारणा औद्योगीक नगरीको सपना असफल बन्यो । अहिले धेरै जसो उद्योग भएका छन् ।
सडक विकास–सडक यातायातको मात्र कुरा गर्ने हो भने १२४९३ .९४ किलोमिर सडकको निर्माण भएको देखिन्छ । ४३८९.४७ कच्ची सडक शहरी क्षेत्रमा नभएर सबै दूरदराजको ग्रामिण भेगमा भएको देखिन्छ । यो चाहे नेपाल सरकारको लगानीमा निर्माण भएको होस् वा दातृ राष्ट्रको सहयोगमा । यसो हेर्दा ग्रामिण इलाकामा सडक निर्माण हुनु मोटर पुग्नु भनेको राम्रो र सुखद् पक्ष हो । यो ग्रामिण विकासको शुभलक्षण र प्रथम चरण हो । ७५ जिल्लामा निर्माण भैसकेका र हुनलागेका कृषि सडक यसको उदाहरण मान्न सकिन्छ । एक पक्षबाट हेर्दा यो राम्रो मान्न सकिन्छ ।
तर सुरक्षा र जोखिमको कोणबाट हेर्ने हो भने यी सडकहरु भयमुक्त देखिन्दैनन् । ‘बाँदर लडी मर्ने भिरैभीर’ निर्माण गरेका सडक न त कुनै मापदण्ड अनुसारका छन् , न कुनै योजन अनुसार बनेका । य तर्क गर्नेहरुले भन्न सक्छन् ‘उकाली पछि ओराली आउँछ नै’, ‘जीवनमा भीरहरु पार गरेपछि मात्र समथरको अनुभूतिगर्न पाईन्छ ।’ यस्तो कुरा साहित्य र सतही राजनीतिमा उपयुक्त हुन्छ । तर व्यावहारमा यो गलत हो । भीर भिरै हो, त्यो समथर हुन सक्दैन यदिकुनै प्रविधि प्रयोग गरेर समथर बनाइहाले पनि त्यहाँ पहिले भीर थियो भन्ने स्मरण रहिरहन्छ ।
यथार्थमा सडक मार्गको नाममा यो त केवल ग्रामिण जनलाई मृत्युमार्ग खोलिदिएको सिवाय अरु केही होईन । यसको उदाहरण दिनहुँजसो पचासौं जनाको ज्यानजाने गरी हुने दुर्घटनालाई लिन सकिन्छ । बिगत दुई वर्ष भित्र डोटी, कालिकोट, सिन्धुली, जाजरकोट र गत महिना जुम्लामा भएको दुर्घटना डरलाग्दा उदाहरण हुन । जोखिमन्यूनीकरण गर्दै कसरी दुर्घटनाबाट बच्न सकिन्छ ? र यसको निदानको उपाय पनि सडक निर्माण पूर्व नै सोचिएको थिया भने यस्ता भीमकाय दुर्घटनाहरु हुने थिएनन् होला । अर्को तिर राजधानीको मुटु मानिने प्रमुखसडक बबरमहलमा दुर्घटना हुँदा समेत एकैसाथतीन जनाको ज्यानगयो ।
यी र यस्ता अनेक दुर्घट्नालाई आधारमा भन्न सकिन्छ कि विकासको नाममा जनतालाई मृत्युबाँढेको छ ,सरकार । विकास र राजनीतिक नेतृत्वसंग मृत्युको सामिप्यता जोड्दै नवसंस्कृतीको स्थापना भएको छ । दुर्घटनालाई पूर्ण रोक्न सकिन्छ, भन्ने हुदै होईन । विकासका कारण निम्तिने दुर्घटनालाई विकास निमार्णपूर्व नै रोक्ने उपायको खोजी हुन सकेको छैन् , भन्ने कुरा हो ।
नेतृत्वको चिन्तन मनन् तन्दुरुष्ट हुनुपर्छ । समय अनुकुल रुपान्तरित हुनसक्ने योजना निर्माण गर्न क्ष्मता उसंग हुनुपर्छ । कलिलै उमेरमा मातागुमाएका समान्य फ्रान्सेली नागरिक रुसो दश वर्षकै उमेर देखि आवारागिरीको संगत गर्न थाले र सोह्र बर्षमा घर नै छाडे भरपुर हुल्लडबाजी, आवारागिरी गर्दै २० बर्षको हुँदा साहित्यकार भए । उनी समय र सत–संगतले गर्दा दार्शनिक बन्नपुुगे । समय अनुसार ढल्कन सक्दा सामान्य रुसो दार्शनिक रुसो भए । जसले सामाजिक सम्झौताको सिद्दान्त, राजनीतिमा सामान्य इच्छाको सिद्दान्त जस्ता महत्वपूर्ण सिद्दान्तको प्रतिपादन गरे । उनलाई त्यहीको समाज र संस्कृतिले पढाएको हो, सिकाएको हो । त्यसैले हामी र हाम्रो नेताहरूले पनि रुसोको जीवनचक्रबाट किन नसिक्ने ?किन हाम्रा नेताहरुले राम्रा कुराहरुको अनुसरण नगर्ने ?
गणतन्त्रसम्म आईपुग्दा पनि नेपाली राजनीतिक नेतृत्व देश र जनताप्रति सचेत देखिएन । हजारै मान्छेको वलिदानी पछि आएको गणतन्त्रलाई कमजोर पार्ने काम दलीय घमण्ड र हठले गरेको छ । झरीको प्रभाबले चिप्लेकिरा चिप्लिएझैं चिप्लिएको नेतातथा दलहरु देशनिर्माण जुट्नु एकढिक्का हुनुभन्दा फुट्नुमाब्यस्त भएपछि समस्याझन्–झन् कठिन बन्दै जन्मदै लोकतन्त्र लिएर जन्मेका पार्टीले पनि जनअधिकार अपहरण गर्न खोजेपछि त झनै ठूलो समस्या उत्पन्न हुनेमा कुनै शंका छैन् । पञ्चायती घनहरुले गणतन्त्रको ठोकाई गर्न थालेपछि शिशु गणतन्त्रको मथिङ्गल थर्किएरै होला आज गणतन्त्र धर्मराईरहेको छ ।
यो यथार्थ संकट नेताहरु तल्लो स्तरको चलचित्र हेर्दै आनन्दलिएझैँ मनोरञ्जन लिइरहेको छन् । यो सबै नेतृत्वको असक्षमता हो । राजसस्था भएको देश बेलायतमा ६ महिनाको अवधिमा देशबाट राज्य नै अलग रहन पाउनु पर्छ भन्दै जनमत संग्रहहुँदा स्वभाविक हो भन्दै परिणाम स्वीकार गर्न तयार हुने र आगामी मे महिनाम ाहुने संसदको निर्वाचनमा जनता पार्टी र नेता तयार हुने तर एउटा गणतान्त्रिक मुलुका नेपालमा जनताको प्रतिनिधिको सरकार छ, उनैले बनाएको अन्तरिम संबिधान छ । त्यसमा पनि दुई–दुई पटक संबिधानसभाको निर्वाचन भईसकेको छ ।
जनताको संबिधाननिर्माण गर्न नसक्नु भनेको नेताको नेतृत्वक्षमता तन्दुरुस्त छैन् भन्न सकिन्छ । यस्तो असक्त अस्वस्था वर्तमान नेतृत्वले देशलाई टाइटनिक जहांजको अवस्थामा नपुर्याउला भन्न सकिदैन । प्रजातन्त्रको खातिर सबै गुमाएको लोभलालचमा नपरेको भन्ने र प्रजातन्त्रसंग घरबार गरेको भन्ने अभिव्यक्तिदिने शुसिल कोइराला देशको प्रधानमन्त्री भएको डेड वर्ष हुँदा पनिजनताले न त संबिधानपाए न त बेरोजगार शिक्षित युवाले देश निर्माण गर्ने मौका नै । यस्तो अवस्था यथावत रहिरहनु भनेको प्रधानमन्त्री कोइराला असफल हुनु हो । पार्टी असफल हुनु हो । नेतृत्व असफल बनेसंगै देश पनि असफल बन्दै गएको सत्यलाई राजनीतिक नेतृत्वले आत्मसाथ गर्न ढिला भईसकेको छ । सनकका भरका गाउँघरका खेतवारी भत्काएर सडक निमार्ण गर्दैमा विकास हुदैन । यो मृत्युको खेतीमा हो । विकासका लागि दीर्घकालीन योजना चाहिन्छ । खोइ नेतृत्वसंग योजना ? खोइ दीर्घकालीन सोच ?
लक्ष्मण कार्की - बुबा – लु केटा अब आजै घर हिंडिहाल् त ।
म – यस्तो बेलामा कहाँ घर आउनु ?
बुबा – घर आउने नै यस्तो बेलामा त हो नि हप्तादिनको छुट्टी लिएर आउनु ।
म – अहिले छुट्टि मिल्दैन बुबा ।
बुबा – मलाई केही थाहा छैन । केटाकेटीलाई पनि लिएर भोलि नै घर आउनु । यस्तो बेलामा त सँगै हुनुपरो नि केटा ।
म –अझै भुईंचालो जाने सम्भावना छ अहिले बाहिर हिंड्दा झन गाह्रो हुन्छ रे । गाडी चलेकै छैनन् । खुलेपछि म आउँछु । अहिले चिन्ता नगरि बस्नु ल ।
भूकम्प गएको दिन बुबालाई जस्तै ममि र श्रीमति अनि ससुराली मामलीमा नातेदारलाई फकाउन यस्ता अनेकौ ट्रिक लगाउनुपर्यो । थामथाम थुमथुम पारेपछि बल्ल आजै र अहिल्यै घर आउन उहाँहरुको ढिपी केही मत्थर भयो । सवैजसो साथीभाई नातागोता र चिनारु सवैजसो खुला ठाउँमा बसेको बताउँछन् । र म चाहिँ अफिस मै काम गर्दैछु । सुन्नासाथ आतिएर भन्छन् – आम्मै यस्तो बेला पनि अफिसमा ? तुरुन्त खुला ठाउँमा जानुपर्छ ।
भूकम्पको झड्का महसुस भएपछि सुरक्षित रुपमा खुला ठाउँमा जानुपर्छ भन्ने बिषयमा म आफै रेडियो कार्यक्रम चलाउँछु र रेडियोबाट सवैलाई आग्रह गर्दै आएको छु पनि । तर अहिले अवस्था उल्टो छ । आफै घरभित्रै बसिरहनुपरेको छ । तर, घरलाई केही भैहाल्दैन भन्ने एक खालको निश्चितता भएर मात्र ! विनासकारी भूकम्पबाट हताहत हुनेको संख्या बढिरहेको छ । घाइते र घरबारविहिन हुनेहरु पनि बढिरहेकै छन् । दुख्खैदुख्खले दिमाग रन्थन्याइरहँदा दिमागको चेपचापबाट खुशीका खबरपनि छुस्स भित्र छिर्छन् । भुकम्पको सय घण्टा बितिसकेपछि पनि कसैकसैलाई उद्धारकर्मीले जिवितै उद्धार गरिरहेका छन् । धरहराबाट हाम फालेर पनि केही बाँचेका छन् ।
५/६ दिन पछि पनि पीडितलाई जीवितै उद्धार गर्ने उद्धारकर्मीको अनुहार र बर्दी देख्दा ज्यानमा सरर्ररररर काँडा उम्रिन्छन् । आफ्नो घर भत्किएको र दिदी भिनाजु सम्पर्कविहिन भएको बेलापनि सशस्त्र प्रहरी जवान विश्व भण्डारी भक्तपुरमा भुकम्पमा पुरिएकालाई खोज्दै गरेकोबारे उज्यालो अनलाइनमा साथी पिटी लोप्चनले लेखेको सामाग्री पढ्ने त कसका आँखा रसाएनन् होला ? अनि कसको छाति गर्वले ढक्क फुलेन होला र ?
शनिवार भूकम्प जाँदा म थानकोटमा थिएँ । भूकम्प लगत्तै भुकम्पको आतेशले लर्वराएको ज्यान र आतंकित मन सम्हाल्दै रेडियो अन गरें । साथी मिलन तिमिल्सिना भूकम्पको अपडेट गर्दै हुनुहुन्थ्यो । अल्लिपछि अरु रेडियोले पनि भूकम्पको कुरा गर्न थाले । आमाबुबा, श्रीमति र छोरालाई पालैपालो फोन लगाउने प्रयास गर्दै कानमा मोबाइल च्यापेर म त्रिभुवन पार्कको गेटतिर दौडिंए । त्रिभुवनको शालिक ढलेर एक बालकको ज्यान गएको थाहा भयो । त्यहाँ आलो रगत मात्र थियो ।
बाहिर निस्कँदा एउटा विद्यालय भवन लड्न तयार थियो । त्यसको फोटो खिच्न भ्याउँदासम्म अरु २ वटा झड्का गईसकेका थिए । त्यस बीचमा बल्ल एकपटक रेडियोमा फोन लाग्यो र थानकोटमा भएको हताहतिको विवरण जानकारी गराउन पाएँ । भूकम्पले हल्लाइरहँदा पनि मेरो कानमा एयरफोन घुसारिएकै थियो साथीहरु रेडियोमा भन्दै थिए – हामी स्टुडियोमा छौ अहिले पनि भूकम्प गइरहेको छ । जिउभरि सिरिङ्ग काँडा उम्रिए । सवै साथीलाई सम्झिएँ । अलि ढुक्क हुने आधार के थियो भने उज्यालो घर भूकम्प प्रतिरोधी थियो ।
विदा लिएको र लगातार भुईंचालोका झड्का गइरहेको भए पनि म दिउँसो कार्यालय पुगें । भूकम्प प्रतिरोधी उज्यालो घरको भुईंतलाको पर्खाल पनि चर्किएछ । साथीहरु थकित उदास र आतंकित थिए । भूकम्प जाँदा को कहाँ कस्तो हालतमा थियो भन्ने बेलिबिस्तार साटासाट गरेपछि रेडियोबाट भूकम्पबारेको पछिल्लो अपडेट दिने मोर्चामा म पनि समावेश भएँ । सहकर्मी धेरैजसोका घरमा नोक्सानी पुगेको छ । मिलन, सुफल, प्रकाश र पिटीको गाउँका घर ध्वस्त भएका छन् । दिपाको घर र माइती दुवैतिरका घर भत्किएछन् । तर सवै कामकै मोर्चामा खटिएका छन् । नागरिकलाई जोगाउन अलिकति भए पनि योगदान गर्न सकिन्छ कि भनेर !
आपतमा परेकाले राहत पाउँछन् कि भनेर, उनीहरुको आहात मनमा शब्दकै माध्यमबाट राहत दिन सकिन्छ कि भनेर । परिवारका सदस्य बारीमा बसिरहँदा सवै आफ्ना दुख्खका कुम्लाकुटुरा विसाएर मोर्चामा खटिएकै छन् । त्यसपछि कम्तिमा पाँचपटक भुकम्पबारे बताउँदै गर्दा भुईंचालो गइरहेको थियो । कतिपटक त भूकम्प गएका बेला नआतिनुहोला भन्दै गर्दा आफै बसेको स्टुडियोको कुर्सि नै हल्लिरहेको हुन्थ्यो । साँच्चै भन्दा भागौं कि बसौं भनेर दोमन भइरह्यो । तर स्टुडियोको ढोका खुल्लै राखेर भए पनि हामी बोलिरह्यौ । अर्कोदिन भुइतलामा स्टुडियो सारेर पनि हामीले भुकम्पबारे सकेसम्मका अपडेट दिइरह्यौं । दिइरहेका पनि छौ । उज्यालो ९० नेटवर्क र उज्यालो अनलाइन डटकममार्फत ।
मोबाइल रेडियो स्टेशन बनाउने योजना सफल भएको भए हामी ठाउँठाउँबाटै रेडियो सञ्चालन गर्नेवाला थियौं । सोमबार विहानै हामी गोंगबु पुग्यौं । लडेर पुरै धराप थापेजस्तो भएको घरमा सानो सुरुङ्ग बनाएर सशस्त्र प्रहरीको टोली भित्र बाहिर गरिरहेको थियो । त्यहाँ सशस्त्र प्रहरी निरीक्षक एलवी बस्नेत सहितको टोली थियो । भित्रपट्टी एकजना ब्यक्ति जिवितै रहेछन् । उनलाई पानी खुवाएर र एउटा कम्मल ओढाएर सशस्त्रको टोली बाहिर आएको रहेछ । तर उनलाई बाहिर निकाल्न समस्या थियो । उनले आफ्नो गोडा काटेर भए पनि बाहिर निकाल्न आग्रह गरिरहेको सुनाउँदा इन्स्पेक्टर बस्नेत स्वयम् स्तब्ध भएका थिए ।
उनलाई निकाल्न अति नै चुनौतीपूर्ण रहेको बताउँदै गर्दा बस्नेत लाष्ट टाइम एप्रोच गर्छु भन्दै कम्तिमा चारपाँच चोटी भित्र पसे । उनको साहस जति सम्मान गरे पनि कमै हुने खालको थियो । त्यहाँ सुरुङ्ग बनाउन सशस्त्र प्रहरी अघिल्लै दिनदेखि लागेको रहेछ । जहाँबाट चीनिया टोली अब पार लाग्दैन भनेर फर्किएको रहेछ । त्यस्तो दृष्य देखेपछि मलाई लाग्यो भूकम्प जाँदै गर्दा स्टुडियोमा बसेर समाचार भन्दै गर्नुभन्दा उद्धारका लागि खटिएका उद्धारकर्मीको काम धेरै गुणा चुनौतीपूर्ण हो । थप धक्का गइरहेका बेला उनीहरुलाई जुनसुकै बेला पनि केही हुन सक्थ्यो ।
अल्लि तल्तिर भेटिएका सशस्त्र प्रहरीका नायव उपरिक्षकले भने धेरैजसो सशस्त्र प्रहरीका घर परिवार आफन्त पहिरोमा परेको सुनाए । हाम्रा धेरैजनाको परिवार भुकम्पमा परेका छन् । तर हामी आफ्ना दुख्ख बिर्सेर खोज उद्धार तथा राहतमा जुटेका छौं । यसो भन्दा उनको अनुहार रातो भएको थियो । एकखालको गर्व प्रष्टै झल्किन्थ्यो । त्यहि दिन सीतापाइलामा चर्च रहेको एउटा भवनबाट धमाधम शव निकालिरहेको देख्दैखेरि भाउन्न भइसकेको थियो । गन्हाउन थालिसकेका शव, तिनका आफन्तको रुवावासीका दृष्यले मनभित्रैदेखि हुँडलेको थियो । २ हप्तादेखि कसैलाई नभनि चर्चमा प्रार्थनाका लागि पुगेका ब्यक्तिहरु पुरिएर मरेका थिए ।
केही महिना अघि मात्र विहे गरेकी उनकी जीवन संगिनीको विलौना देख्दै भक्कानो फुट्थ्यो । लाग्यो उनको दुख्ख पनि उस्तै ठुलो हो । बालाजुमा पुग्दा तीन चारवटा डोजर र स्काभेटर सहित उद्धारको काम शुरु भएको थियो । त्यहाँ २ वटा लज भत्किएकाले त्यहाँभित्र धेरैजना रहेको अनुमान गरिएको थियो । एकजना स्थानीय आएर भने घरभित्रबाट मलाई बचाउनुहोस् भनेर फोन गरेको साथीलाई बचाउन सकिएन । त्यति भनिसक्दा उनी भक्कानिइहाले । मन अमिलो भएर आयो । गोंगबुबाट फर्किदै गर्दा हाम्रो भ्यानलाई एकजना दाईले रोके । कुनै विपतकै कुरा होला भनेर हामीले रोक्यौं ।
मोटरसाइकलमा हुत्तिदै आएर उनले सुनाए मेरि श्रीमति घरभित्रै थुनिएकी छिन् । ३ दिन भइसक्यो प्रहरी सेना कसैले पनि ध्यानै दिंदैन । हिजोसम्म भित्रबाट बोलेको आवाज आइरहन्थ्यो तर अब त .......। उनले बाक्य पूरा गर्न सकेनन् । सकुन् पनि कसरी ? जसकी श्रीमति घरभित्र च्यापिएकी छन्, हिजोसम्म गुहार माग्दै थिइन् र अब आवाज सुनिन छोडिएको छ । उफ्फ्फ्फ् दिमाग त्यसै त्यसै बोधो भएजस्तो भयो । सोचें समस्या सवैका छन् । यस्तो विपतका बेलामा पिर चिन्ता र समस्या नभएको कोही हुँदैन रहेछ । त्यहि भएर पाँचदिनसम्म कोठामा जाँदै नगएर कार्यालयमै सुतेर हामी खटिइरहेका छौं निरन्तर ।
यी केही प्रतिनिधि घटना देखे, भोगे र सुनेपछि लाग्दैछ “भूकम्पबाट ज्यान गुमाउने त गै गए । घाइते भएका, ५/६ दिनसम्म थुनिएका र उनीहरुका आफन्त मात्र होइन, भत्केको घरले किचेर मार्न सक्ने जोखिमका बेला पनि अस्थिपञ्जर जस्ता बनेका घरभित्र छिर्ने उद्धारकर्मी, वा भुईंचालो जाँदैछ सुरक्षित भएर बसौ भन्दै गर्दा आफै ३/४ तलामाथिको स्टुडियोमा बस्ने सञ्चारकर्मी सवैका दु:ख छन् । कुरा त दु:खको मात्रा कति छ भन्ने मात्र हो ।

सन्तोष चिमरिया
फर्कदा 'लुक्स' तिल चामल भइसकेको थियो। १८ वर्ष छोटो अवधि होइन। जाँदा झोला दुई वटा थिए, फर्कदा एउटा मात्र। जाँदा सपरिवार बिदा गर्न आएका थिए। फर्कदा बिरानो झै लाग्ने शहरले नचिने झैं गरिरहेको थियो। त्यतिबेला मेरो मनोदशा दोस्रो विश्वयुद्धपछि जर्मन फौजको सिपाही मस्कोबाट बर्लिन फर्केको जस्तो थियो। संसार जित्न हिँडेको म सबैथोक हारेर आफ्नै ‘बलिर्न' फर्कदै थिएँ। जुनसुकै युद्धमा होस् जीवन हार्नेहरुले सम्मानित स्थान पाउँछन् तर जीवनमा हार्नेहरुलाई सहिदको सम्मान प्राप्त गर्ने सौभाग्य हुँदैन। मैले त्यसदिन आफूलाई जर्मन सिपाही जस्तै अभागी अनुभव गरेँ।
हामी दुई दाजुभाइ थियौ। तर, दाइलाई मैले आउँदै छु भनेर खबर गरेको थिइनँ।।हाम्रो कुराकानी नभएको वर्षौं भइसकेको थियो। दाइको घरको मूलगेटको घण्टी बजाउनु केहीबेर अघिसम्म पनि हाम्रो अंशबण्डा नभएको तर्क अथवा इगोबाहेक उसलाई भेट्ने भावनात्मक उत्सुकता र प्रेम थिएन।
१८ वर्षको वनबासपछि पनि हाम्रो पुनर्मिलन राम र भरतको जस्तो नहुने निश्चित नै थियो। संवेदना र भावनालाई जोगाउन नसकेकोमा आफै देखेर आफै अचम्भित भएँ।
घण्टी बजाएको एकछिनमा ढोका खोल्न एउटी महिला आइन्। ढोका आधा खोलेर चियाइन्। दाइकी श्रीमती होलिन्– भाउजू!
उनीहरुप्रति मनमा सम्मान बाँकि थिएन। त्यसैले शिष्टाचारको औपचारिकता पूरा नगरी सोधें–राम छ?
‘तपाईं को?' उनले पनि ठाडै सोधिन्।
‘भाइ', मैले आवश्यकता भन्दा एक शब्द पनि बढी बोलिनँ।
‘को भाइ?’, उनले फेरि सोधिन्।
उनीहरूको जीवनमा मेरो प्रसंग उठ्न छोडेको धेरै भइसकेको थियो। त्यसैले उनले आफ्नो लोग्नेको कुनै भाइ पनि रहेको तितो सत्य बिसिर्सकेकी थिइन्। मैले नाता प्रमाण सहितको जवाफ फर्काए–रामकृष्ण अधिकारीको कान्छो भाइ म मदन अधिकारी।
उनले चिनिन्। मेरो आगमनले भएको नोक्सान उनका आँखामा स्पष्ट देखिन्थ्यो। सम्बन्ध दोहोरो नै हुन्छ उनको पनि मप्रति सम्मान र स्नेह थिएन। त्यसैले मेरो आगमनले आफू खुसी भएको देखाउने असफल प्रयास उनले पनि गरिनन्। एकछिन हेरेर ढोका खोल्दै भनिन्–आउनुस्।
‘ऊ त्यहाँ होइसिन्छ।' भित्र पुगेपछि अर्को कोठा देखाउँदै उनले रामको ठेगाना बताइदिइन्। ऊ एक्लै थियो। केही पिइरहेको। १८ वर्षपछि दाजुभाइको भेट भएको थियो।
छुट्टिने बेला ऊ एयरपोर्टसम्म आएको थियो मलाई बिदा गर्न। विछोडको पीडा बनी झर्न लागेका आँसु आँखामै रोक्ने प्रयास गरेको थियो दाइले। म छुट्टिएको त्यो पल खप्न आमापछि सबैभन्दा गाह्रो उसैलाई परिरहेको थियो।
तर, त्यति लामो विछोडपछि भेटिँदा हामी मुस्कुराउन सकेनौं। मेरो उपस्थितिले चढ्दै गरेको उसको नशासमेत उतारी दियो।
एकछिन पछि सम्झेर मुस्कुराउन खोजेर ढिलै भएपनि औपचारिकता पूरा गर्न खोज्यो उसले। मैले त त्यो पनि गरिनँ।
‘बस्, कहिले आइस्?’, दाइले सोध्यो।
‘सरासर आउँदै छु’, मैले भनें।
मेरो जवाफमा उसले टाउको हल्लायो। लाग्थ्यो, म उसलाई अचानक आइलागेको बडो कठिन परिस्थिति भएँ। बोल्ने शब्दको खडेरी पर्यो। सानो छँदा दिनरात कुरा गरेर नथाक्ने हामी दाजुभाइ त्यो सुनसान कोठामा निशब्द भयौं।
‘एउटा ग्लास ल्याउ त’, मौनता तोड्दै दाइले भान्सामा भएकी आफ्नी श्रीमतीसँग मेरालागि एउटा गिलास माग्यो।
‘भाउजू’ गिलास बोकेर आएकी महिलाको औपचारिक परिचय दियो। मैले हात जोडिनँ। ओठले नमस्कार मात्रै भने। उनले हात जोडिन् तर नमस्कार उच्चारण गरिनन्। हिसाबकिताब बराबर भयो। उनी भान्सामा नै फर्किन्।
दाइले गिलास भरिदियो। आइस हाल्दियो।
सलादको प्लेट पनि दुबैको बिचमा हुनेगरी राख्यो। दाइले आफ्नो गिलास उठायो। मैले मेरो गिलास उठाएँ। तर हामीले चेयर्स गरेनौं। आ–आफ्नो घुड्की लिएर गिलास टेबलमा राख्यौं।
‘एकछिन भान्सामा आइसियो त’ भाउजुको तर्फबाट निम्तो आयो। दाइ उठेर गयो। म एक्लै पिइरहेँ। भान्सामा पाकेको खासखुस, सल्लाह र साउतीले मलाई यहीँसम्म अमन र अरुची पैदा भइरहेको थियो। केहि मिनेटको गोप्य भेला सम्पन्न गरेर ऊ फेरि उही निशब्द कोठामा आयो। तर फेरि पनि बोल्नलाई हामीसँग शब्द र विषय थिएन।
‘जग्गा ससुरालीले दिए, भाउजुकै नाममा पास गरेर। ऋणपान खोजेर घरसम्म ठ्ड्याएँ।' स्वास्नीको कथा, संम्वाद र निर्देशनमा उसले बडो घतलाग्दो अभिनय देखायो। अभिनयपछि आफ्नै स्पष्टीकरणले लज्जित भएको रातो अनुहार एक घुड्की लिएर सामान्य बनाउन खोज्यो तर आँखा उठाएर मलाई हेर्न सकेन। आँखा झुकाएर चुपचापले झोक्राइ रह्यो।
‘मलाई तेरो घरमा कुनै इन्ट्रेस्ट छैन, दाइ। घर त के मलाई यो शहरमा नै इन्ट्रेस्ट छैन। म गाउँमै सेटल हुन चाहन्छु। धेरै भाग अहिलेसम्म म, बाँकी जीन्दगी आनन्दले गाउँमै बिताउन चहान्छु।' मैले आफ्नो योजना सुनाएँ।
‘तर गाउँमा हाम्रो केही छैन। बुबाआमाको औषधि उपचारमा सबै सकियो’, भाउजू पर्दा पछाडिबाट मन्चमै आइन। दाइ फेरि केही बोलेन। उसरी नै झोक्राएको नै थियो।उ नबोलेपछी म आफै बोल्न बाध्य भएँ।
‘भाउजू!' म उनलाई पहिलोपटक साइनो लगाउँदै थिएँ ‘यो हामी दाजुभाइको कुरा हो। हाम्रो पितापुर्खाको सम्पत्ति हो। म तपाईंको दाइजोमा लालच गर्दिनँ, तपाई मेरो अंशको लालच छोड्नुस्।’
अतिथिको तितो जवाफले निलो भएको अनुहार लिएर उनी त्यहाँबाट गइन्।
उनी अर्थात भाउजूप्रति मेरो मनमा प्रारम्भदेखि नै कुनै सम्मान थिएन। उनले मेरा बुबाआमालाई जे गरिन आमाले मलाई सबै सुनाउनु भएको थियो। म त्यसको बदला लिन चहान्थेँ। अहिले अलिकति मात्र चोट पुर्याएकोमा पनि मलाई निकै आनन्द भयो।
मलाई थाहा छ दाइले मलाई अंश लगाउन सक्ने केही छैन्। यता बुबाको मृत्यु हुँदा उता म खैरेसँग पिआर (पर्मानेन्ट रेजिडेन्स)को भिक मागिरहेको थिएँ।
म घरपरिवार, बुबाआमा, जग्गाजमिन, गाउँसमाज र देश भएको मान्छे। ती केही छैनन् भन्दै आफुलाइ सक्दो टुहुरो प्रमाणित गर्न डटेर लागेको थिएँ। बुबा बित्नुभयो तर एउटा कागजको खोस्टोको लालचमा म उहाँलाई दागबत्ति दिन आइन।
बुबाको मृत्युपछि दाइ नै घरमुली भयो। गाउँमा बुवाको तोरी, गहुँ र धान फल्ने पहँेला, हरिया फाँटहरु आँखाले भ्याएसम्म थिए। श्रीमतीको काठमाडौ बस्ने रहर पूरा गर्न दाजुले ती सबै बेच्यो। मेरो भागको अंशको लागि आमा अन्तिमसम्म लड्नुभयो। आमाको त्यही अडानले गर्दाउनलाई गाउँ मै छोडेर दाइ काठमाडौ सर्यो।
आमाको साहरा हुन म फेरि पनि आइन्। एक्ली अनि बुढी आमाको साहरा हुनुभन्दा मलाई त्यो हिउँले कहिले नछोड्ने तन र मन नै चिसो र कठ्याग्रीएको देशको पिआर हुने कुरा प्राथमिक लाग्यो। मेरो धेरै आग्रह र सबै सम्पत्ति खाने सर्तमा दाइले बल्ल बल्ल आमालाई काठमाडौ ल्यायो। तर काठमाडौमा आमाले बाँचुञ्जेल दुर्व्यवहार सहनुभयो। आमा, आमाको स्थानबाट झर्नु पर्यो। सहिनसक्नु भएपछि आमा २ महिनापछि गाउँ नै फर्कनु भयो। र एक्लै एकरात संसार छोड्नुभयो।
अनि म फेरि पनि आइन। काजकिरियाको सामाजिक औपचारिकता दाइले नै पूरा गर्यो।
‘आइमाइ केटाकेटीसंग यस्तो कुरा गरेर के फाइदा। भात पस्किन्छु भान्सामा आइज’, दाइले भन्यो।
हामीले चुपचाप भात खायौं। ओछ्यानमा ढल्केपछि मलाई दाइको माया लागेर आयो। बुबाआमाको पुरानो तस्वीर मेरो सिरानीमा रहेछ। मलाई बुबाआमाको त्यो फोटोले ‘त्यसो नगर’ भनेजस्तो लाग्यो।
हिसाबै गरेपनि दाइले बुबाआमाको निम्ति धेरै नै गर्यो मेरोभन्दा। एकदुई घटना छोडेर उसले छोरो हुनुको सबै कर्तव्य निभायो।
मैले के गरे? सात समुन्द्रपारीबाट उसको मुल्यांकन मात्रै गरिरहें। मैले आफ्नै निम्ति गरिरहँदा उसले चाहिँ बुबाआमाकै निम्ति मात्रै गर्नुपर्छ भनेर न्यायाधीश भएँ। मैले त बुबाआमालाई दागबत्ती दिन मात्रै पनि सकिन।
एउटा पिआरका लागि मैले सबैथोक त्यागेर बसें। सबैथोक गुमाउन राजी भए। बाँकि एउटा दाजु थियो, मलाई लाग्यो– उसलाई पनि मैले त्यसदिन गुमाएँ।
बिहान घाम लागेपछि ब्युझें। दाइको सपरिवार लिभिङ रुममा चियापान गरिरहेका थिए। १४वर्षकी छोरी र ९ वर्षको छोरा। मेरा भतिजा र भतिजी स्कुल जाने तयारीमा थिए। अपरिचितलाई हेरे झैं आँखा उठाएर एक पटक हेरे। सायद भाउजूले सबै कुरा भनिन् कि नमस्कार पनि गरेनन्। झोला बोकेर बाटो लागे।
मैले पनि झोला बोकें। बुबाआमाको अति नै दुर्लभ फोटो झिकेर नसोधी झोलामा राखेको थिएँ।
आफू जन्मिएको धर्ती सधैंका लागि छोडेर उडिरहदा मैले तिरेको पिआरको मूल्यले मलाई नै अचम्भित पारेको छ। (हाल युएई)
-प्रकाशविक्रम शाह/
मलाई २०५६ जेठमा भएको आमनिर्वाचनपछि जन्मस्थल बाजुरा जाने अवसर मिलेको थिएन् । ०५६ कै साउनतिरबाट पत्रकारितामा संलग्न भएकोले व्यस्त रहेँ । माओवादी जनयुद्ध ०५२ तिर शुरु भयो, तर बाजुरामा त्यसको प्रभाव ०५६ को अन्त्यतिर मात्र पर्न थालेको थियो ।
गाउँमा द्वन्द्व चर्किदै गएपछि शुभचिन्तकहरूले ‘गाउँ नफर्किदा नै राम्रो हुन्छ’ भन्ने सुझाव दिन्थे । बाजुरा घरमा रहेकी मेरी मम्मीको चाहना पनि त्यस्तै थियो । गाउँ जाने रहर लागिरहे पनि आमाको चाहना तथा शुभचिन्तकहरूको सल्लाहका कारण जान सकिरहेको थिइनँ ।
त्यतिनै बेला प्रशासनको दृष्टिमा म माओवादी भइसकेको थिएँ । प्रशासनले मलाई माओवादी ठान्नुको कारण पनि अच्चमैको थियो । ०५८ सालमा युद्धविरामका बेला बजारमा आएको ‘प्रचण्ड पथ’ भन्ने किताब मैले पढ्नका लागि किनेको थिएँ । त्यो किताव बाजुराका एक जना एमाले समर्थक विद्यार्थीले बाजुरा पुर्याएका रहेछन् । युद्धविराम भंग भइसकेकोले लुकाएर लगेको पुस्तकसहित उनी बाजुराको सदरमुकाम मार्तडीमा पक्राउ परे । थुनामा निकै यातना पाएपछि उनले ‘त्यो किताब प्रकाशको घर धनगढीबाट ल्याएको’ बयान दिएका रहेछन् । त्यसपछि प्रशासनले मलाई माओवादीको सूचीमा राख्यो ।

मलाई अहिलेसम्म खड्किरहेको कुरा त्यो दिन हाम्रो बास पाण्डुसैन शुरु हुने वित्तिकैको अँगपानी गाउँ छेउको पसलमा हुनुपर्ने थियो । तर, हामीलाई सेनाले ‘पाण्डुसैन पार गरेर बस्नु’ भन्ने सल्लाह ९निर्देशन० दियो । हामी त्यो राती अँगपानी गाउँकै छेउमा बसेको भए सायद हामी नै सेनाको सिकार हुने थियौँ कि । किनकि त्यही रात सेनाले बिना अनुसन्धान माओवादी भन्दै तास खेलिरहेका माओवादी विरोधी आठ जना सर्वसाधारणलाई मारेको थियो ।
म पनि धनगढीमा नाटकीय ढंगले पक्राउ परेँ । मेरो कोठामा रहेका सबै वामपन्थी पुस्तकहरू प्रहरीले लगे । प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पुर्याउन्जेल पनि म पक्राउ परेको कसैलाई थाहा थिएन । संयोगले जिल्ला प्रहरी कार्यालयमै एमाले नेता भैरव सिंह भेटिएपछि मैले ‘म पक्राउ परेको खबर सबैलाई गरिदिन’ आग्रह गरेँ । त्यसपछि पत्रकार र एमाले नेताहरूको दबावमा ‘दिनहुँ तारेख लगाउने’ शर्तमा सोही साँझ छुटेँ । नत्र म सोत्तर पारिन्थेँ होला । गोरखापत्रमा काम गर्ने भएकोले पनि मलाई तारेखमा छुट्न सहज भएको थियो ।
यसैबेला ०५९ कात्तिकमा मोहन मैनाली सरहरुसँग बाजुरा जाने अवसर मिल्यो । उमीद दाई ९उमीद बागचन्द० ले ‘मिल्छ भने जाँदा राम्रो हुन्छ’ भनेपछि दोमन लिएर बाजुरा जान कस्सिएँ । मलाई कैलाली र बाजुरा प्रहरी प्रशासनले माओवादीको सूचीमा राखेको थियो । त्यसैले दुर्गम जिल्लामा प्रशासनबाट अझ बढी दुःख पाउन सक्थेँ । अर्कोतिर, म गोरखापत्रमा काम गर्ने भएकोले माओवादीले पनि दुःख दिनसक्थे । त्यसैमा मेरा कारण कारण मोहन मैनालीहरूलाई पनि प्रशासनले दुःख दिनसक्छ भन्ने मनमा संशय पनि थियो । तर, यी कुरा कसैलाई भनिन् ।
अनेकौ सम्भावित खतरा मनमा केलाउँदै म बाजुरा यात्रामा गएँ । कैलालीको तेघरीबाट सुरक्षा निकायको चेकजाँच गराउने क्रम शुरु भयो । साँझ सिलगढी नगरपालिकाको गेष्ट हाउसमा बस्यौँ । बाजुरामा पञ्चायतकालमै विजुली बलेको थियो । त्यसैले मोहन मैनालीहरूलाई ‘क्यामेरा चार्ज गर्नका लागि लगिएको जेनेरेटर सिलगढी मै छोडेर जाऔ’ भने, तर उहाँहरूले मान्नु भएन । उहाँहरूसँग मेरो भर्खर मात्र परिचय भएकोले जिद्दी गर्न पनि सकिन् । उतिवेला मोहनहरूलाई बाजुराका कसैलाई फोन गर्न लगाएर ‘बाजुरामा विजुली सुविधा भएको र जेनेरेटर नल्याए पनि हुन्छ’ भनाउने पनि होस भएन । वास्तवमा यात्राभरी जेनेरेटरले निक्कै दुःख दिएको थियो । अछामको साँफेबगरबाट जेनेरेटर मात्र बोक्न एकजना भरियाको व्यवस्था गर्नुपर्यो ।
समूहमा व्यवस्थित रूपमा लामो समयका लागि रिपोर्टिङमा हिडेको यो मेरो पहिलो अनुभव थियो । स्थलगत रिपोर्टिङको अनुभव नभएकाले भरिया खोज्न पनि सकिन् । धेरै ठाउँँमा मोहन मैनाली स्वयमले समन्वय गर्नुभएको थियो । बाजुरामा जन्मेर त्यहीँ एसएलसी उत्तीर्ण गरेँ । जिल्लामा हुँदा विद्यार्थी राजनीति पनि गरेँ, तर सदरमुकाम मार्तडीभन्दा उत्तर, पूर्वतर्फका गाउँमा गएको थिइन् । काठमाडौका पत्रकारहरूसँग सम्बन्ध बन्ने र आफू नगएको क्षेत्रमा जान पाइने लोभले नै मनमा निकै संशय हुँदाहुँदै पनि बाजुरा यात्रामा होमिएको थिएँ । म मार्तडीभन्दा पनि माथिल्लो क्षेत्र जान उत्साहित थिएँ । हामी धनगढीबाट हिडेको पाँचौ दिनमा मात्र मार्तडी पुग्यौँ ।
मार्तडी मैले खेली खाएको ठाउँ । मार्तडीका धेरैले मलाई चिन्थे । मार्तडी पुग्ने वित्तिकै पोशाक नलाएका सुरक्षाकर्मीले मेरो बेइज्जत गरे जस्तो लाग्यो । किनकी उनीहरुले बजारको ठाउँमा भिडियो क्यामेरा चलाउन चाहिने हतियार जस्तो देखिने ‘ट्राइपड’ खोलेर देखाउन लगाएका थिए । ‘ट्राइपड’ खोल्न लगाएर हेरिसकेपछि ‘ल धन्यवाद’ पनि नभनी वाटो लाग्थे । म चाहीँ लज्जित हुँदै फेरि ‘ट्राइपड’ मिलाउन थाल्थेँ ।

प्रहरी, प्रशासनले मलाई माओवादी भनेर दुःख दिन सक्छ भन्ने मेरो आशंका बाजुराका सहायक प्रमुख जिल्ला अधिकारीको केरकारले पुष्टि गर्यो । मार्तडी पुगेपछि सहायक प्रजिअ मुक्तिनाथ भण्डारीले ‘तपाईंको नाम कता सुनेको थिएँ’ भन्दै मोहन मैनालीहरूकै अघि केरकार गर्न थाले । मैले प्रजिअ भण्डारीलाई भने ‘तपाईले किताबसहित मार्तडीमा विद्यार्थी पक्रेको कुरा गर्न खोज्नु भयो होला, उसलाई यता के गर्नु भयो थाहा छैन, तर उता कैलालीमा यो केस टुंगिसक्यो ।’
त्यसपछि उनी चुप लागे । कैलालीमा सुरक्षा निकायले बेलाबेलामा दुःख दिन भने छोडेको थिएन । माघ १९ सम्म मलाई माओवादी ठानियो । माघ १९ पछि मैले दाह्री पालेकोले एक पत्रकार मित्रले तेघरी व्यारेकमा मेजरसँग ‘गणतन्त्र नआउँदासम्म यो माओवादी ९प्रकाश० ले दाह्री काट्दैन भनेको मैले सुनेको थिएँ । त्यसपछि सेनाले मलाई पटकपटक फोन गरेर केरकार गरिरहन्थ्यो । त्यसपछि खोज पत्रकारिता केन्द्रले आयोजना गरेको तीन महिने पत्रकारिता तालिममा काठमाडौ गएँ । यसवेला ०६२र६३ को आन्दोलन शुरु भइसकेको थियो ।
मार्तडीमा प्रजिअ भण्डारीलाई स्पष्टीकरण दिएपछि हामी पाण्डुसैनतिर लाग्यौँकाललाई जितेर आएको त्यो क्षण । यो यात्राको भुल्न नसक्ने पक्ष मेरा लागि ढुक्कसाथ तस्वीर खिच्न पाउनु थियो । त्यतिवेला डिजिटल क्यामेरा आइसकेको थिएन् । म जस्तो फुच्चे पत्रकारले धेरै रिल किन्न सक्ने क्षमता थिएन । तर मोहन मैनाली सरले ‘चाहिएजति रिल दिन्छु, मनलाग्दो गरी तस्वीर खिच्नुस्’ भनेको अहिले पनि ताजै छ । मैले करिब १० वटा रिल खिचेँ । मैले खिचेका धेरै तस्वीर गोरखापत्रमा छापिएका थिए ।
मोहन सरले द्वन्द्वकालको यात्रा डायरी ‘मान्ठा हराएको जुग’ लेखिसक्नु भएको छ । मलाई अहिलेसम्म खड्किरहेको कुरा के हो भने त्यो दिन हाम्रो बास पाण्डुसैन शुरु हुने वित्तिकैको अँगपानी गाउँ छेउको पसलमा हुनुपर्ने थियो । तर, हामीलाई सेनाले ‘पाण्डुसैन पार गरेर बस्नु’ भन्ने सल्लाह ९निर्देशन० दिएकोले मुख्य पाण्डुसैन भन्दा पर दही बाजेकोमा बास बस्यौं । हामी त्यो राती अँगपानी गाउँकै छेउमा बसेको भए सायद हामी नै सेनाको सिकार हुने थियौँ कि १ किनकी त्यही रात सेनाले अनुसन्धानबिना माओवादी भन्दै तास खेलिरहेका माओवादीविरोधी आठ जना सर्वसाधारणलाई मारेको थियो ।
मोहन सरको लेखाईबाट म अच्चमित छु । म बाजुराकै मान्छे, सो यात्राका धेरै कुरा मेरो स्मृतिबाट हराइसके, तर, उहाँले हिडेका पाइला अथवा आकाशमा तारा गनेझैं सबै घटना र स्थानबारे पूर्ण विवरणसहित लेख्नु भएको छ । मान्ठा हराएको जुग पढ्दै जाँदा ‘ओ हो, त्यस्तो ठाउँ गइएछ’ भन्ने मात्र लाग्दैन, पीडितका पीडा पढ्दा आँखा रसाउँछन् । नेपालीले फेरि यस्तो दुःख फेरि कहिल्यै भोग्नु नपरोस भन्ने लाग्छ । सबै नेपालीले कुनै न कुनै रूपमा द्वन्द्व भोगेका छन्, तर प्रायः सबैले ती भोगाई भुलिसके । यो नेपालीको विशेषता पनि हो– हामी जति ठूलो दुःख पनि भूल्न सक्छौं । त्यो यात्राको झण्डै १२ वर्षपछि प्रकाशन भएको मान्ठा हराएको जुग स्वतन्त्र व्यक्तिले लेखेको नेपाली द्वन्द्वको सत्य र जिउँदो इतिहास हो । यसले अब त्यस्तो वाटोमा नलाग्न नेपालीलाई प्रेरित गर्न सक्छ । यो पुस्तकमा पूर्वको संखुवासभा, धादिङ, कर्णाली र बाजुराको चर्चा छ । म मुगु बाहेकको कर्णाली र संखुवासभा पुगेको छैन, तर पुस्तक पढ्दा मलाई कर्णाली र संखुवासभामै पुगेको अनुभूति भयो । बाजुरा जिल्लाका वारेमा यति धेरै उल्लेख भएको यो नै पहिलो पुस्तक हुनुपर्छ ।
मोहन मैनालीसँगको त्यति बेलाको सहयात्राले बसन्त थापासँग भेट भयो । त्यसपछि हिमाल एसोसियसनको ‘घुम्ती किम्फ’ वृत्तचित्र प्रदर्शनीका क्रममा देशका दर्जनौँ जिल्ला डुलेँ । जति डुले पनि जीवनमा किताब लेख्न सक्छु भन्ने लागेको छैन । यो पुस्तकमा कहीँकहीँ ‘म पनि लेखिएको छु’ त्यसैले खुसी छु . ( यो पुस्तक मैले नै लेखेको हो जस्तो लागेको छ ।
(लेखक नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक हुन) ...

मोहन मैनाली /-
कतै पहेंलपुर धान । कतै धान काटिसकेर खाली भएको ठाउँ । कतै पराल सुकाएका गह्रा । कतै आकाशतिर फर्किएका कोदाका कपनी । कतै पाकिसकेका फापरका राता नल । कतै जोतिसकेको जमिन र कतै जोतिसकेका फाँटमा लहरै थुपारिएका मलका काला थुप्रा ।
पाण्डुसेन पुग्ने जोसुकैलाई अलमल हुन्थ्यो( फाँट र कान्ला हेर्दैछु कि लामो समय लगाएर कुशल कलाकारले ठूलो क्यानभासमा कोरेको चित्र हेर्दैछु भन्नेमा ।
तर यी दुईमा त्यति धेरै फरक छैन । कलाकारले कृत्रिम क्यानभासमा कुचीले कृत्रिम रङ लगाउने हो क्यार । किसानहरूले प्रकृतिले बनाएको क्यान्भासमा प्राकृतिक वस्तु राख्ने हो ।
यस्तो सजिव र प्राकृतिक क्यान्भासमा २०५९ कात्तिकको मध्यतिर बाजुराका किसान अन्नबाली भित्र्याउने काममा जुटेका थिए । कोही खेतमा धान काट्न व्यस्त थिए । कोही दुईतीन दिनअघि काटेर सुकाएको धान खलामा दाइँ गर्दै थिए । उनीहरू दिनभर धान चुट्थे । परालका मुठा खेतका गह्रामा सुकाउँथे । धान बत्ताएर धानबाट भुसलाई छुट्टयाउँथे । बिहान झिसमिसेमै खेतबारीमा निस्केका जवान, वृद्ध र बालकहरू साँझ झमक्क हुँदा मात्र धानको धोक्रो बोकेर घर फर्कन्थे ।
कात्तिकमै पनि पाण्डुसेनमा जाडो बढिसकेको थियो । हाम्रा हात ठिहिर्याएका थिए । हामी बास बसेको दहीबाजेको घरभन्दा एकसय मिटर पश्चिम, ठाडो खोल्सो पारि तीनचार जना मानिस धमाधम धान काट्दै थिए । हामी उनीहरूले धान काटेको खिच्न बाटो छाडेर कान्लामाथि गयौं ।
‘यसपालि धान फलेन भन्छन् नि । कस्तो छ तपाईंहरूको खेतमा ? केहीबेर धान काटेको खिचेपछि मैले सोधें ।
उनीहरू चुपचाप धान काटिरहे । धानको बोट कात्तिकको शीतले छपक्कै भिजेको थियो । धान काट्नेका हात पनि भिजेका थिए । जाडोबाट बच्न लोग्नेमानिसले मफलरले र स्वास्नीमान्छेले मजेत्रोले कान छोपेका थिए ।
‘कात्तिकदेखि नै जाडो हुँदोरहेछ । पछि पुसमाघमा त कठ्याङ्ग्रिने जाडो हुन्छ होला, हैन रु’ उनीहरू बोलिहाल्छन् कि भनेर मैले फेरि सोधें ।
एउटा गराको धान काटुन्जेल हामी त्यहीँ बस्यौं । उनीहरू एक शब्द बोलेनन् । त्यसपछि हामी आफ्नो बाटो लाग्यौं ।
खेतको बाटो हिँडेर अलि अगाडि अर्को खोल्सो तर्यौं । बाटैछेउको बारीमा दुईजना लोग्नेमान्छे काम गर्दै थिए । साना केटो जोत्दै थियो । अधबैंसे मानिस बिउ छर्दै थिए । खेतको धान र बारीको मकै अनि कोदो भित्र्याइसक्नेहरूले गहुँ लगाउने याम थियो त्यो ।
उनीहरूले काम गरेको खिच्न हामी कान्लो उक्लियौं । झोलाबाट क्यामरा निकाल्यौं । ट्राइपड निकाल्न थाल्यौं । यत्तिकैमा बिउ छरिरहेका मानिस काम छाडेर भागे ।
उनी हामीसँग डराएजस्तो लाग्यो ।
‘ए दाइ, नभाग्नुस् । हामी केही गर्दैनौं । आफ्नो काम गर्नुस्,’ हामीले अनुरोध गरेपछि उनी हामीतिर फर्किए । यतिवेलासम्ममा हामीले काँधमुनि झुन्डयाएको ट्राइपड निकालेर बारीमा राखिसकेका थियौं । उनले त्यो बन्दुक होइन रहेछ भन्ने बुझे होलान् । तैपनि हामीले फेरि एक पटक ‘हामी केही गर्दैनौं’ भन्यौं । त्यसपछि उनी छर्दै गरेको बिउको डाली च्यापेर फर्किए ।
साना काँटीका, अधबैंसे ती मानिसले लामो बाउला भएको स्वेटरमाथि आधाबाहुले सर्ट लगाएका थिए । टाउकामा टोपी थियो तर खुट्टा भने नाङ्गै थिए । उनी थर्थरी काम्दै थिए । पाण्डुसेनको कात्तिकको शीत यस्तो अवस्थाका मानिसको जीउ कमाउन सक्ने गरी चिसो थियो । तर मानिस दौडेर भागीहाल्नु पर्ने खालको जाडो भने थिएन ।
‘किन भागेको रु’ एक छिनपछि मैले सोधें ।
‘नौला मान्ठा ९मान्छे० आउँदा डर मान्दाछौं, हजुर १ मान्ठादेखि मान्ठा ९मान्छेदेखि मान्छे० डराउन्या जुग आयो । हजुरहरूलाई देखेर मेरो हड ९शरीर० काँपिगो । त्यसैले भागेको,’ ती मानिसले भने ।
यसो भन्दा उनको सारा शरीर लगलग कामिरहेको थियो ।
‘ल‘ बिउ लिन गएको भन्नु पर्दैन रु त्यसो भनेर के हुँदो हो रु’ जोतिरहेको केटाले अधबैंसेलाई हप्कायो ।
उनी डराएको कुरा शरीरले बेस्कन भनिरहेको थियो तर त्यो डर देखाउनु हुँदैन भन्ने ठान्यो त्यो केटाले ।
हामीले उनीहरूलाई हाम्रा बारे बतायौं । उनीहरूका बारेमा सोध्यौं । बिउ छर्ने मानिस जुल्फे सार्की रहेछन् । जोत्ने केटा उनको छोरा रहेछ ।
मोहन मैनाली
मोहन मैनाली
अलिक बेर कुरा गरेपछि जुल्फे हामीसँग डराउन छाडे । उनले अघि हामीसँग डराउनुको कारण यसरी खोले स्
‘अघि तपाईंहरू आउँदा हिजोका सेना आए कि भनेर डर लाग्यो । बेली ९हिजो० सेनाले मान्छे मारेर गयो ।’
पछिल्लो वाक्य भन्दा जुल्फेले साउती गरे, पूरै बोली निकालेनन् ।
‘कतिजना मार्यो ,
‘पिर्याकोटको लम्बु एक जना । माथि सात जना ।’
‘नाम थाहा छ
‘पिर्याकोटका लम्बुको त नाम राखेको छ । पदमबहादुर शाही । माथिकाको थाहा छैन ।’
पदमको घर मूलबाटैमा थियो । हामी सजिलै उनको घर पुग्न सक्थ्यौं । तर हामीलाई लाग्यो( यस्तो अवस्थामा नचिनेका मानिसकहाँ कसरी जानु रु के भन्नु रु के गर्नु रु
हामीले पहिले चाँपारुख जाने निधो गर्यौं । त्यहाँका चिया पसले डबलबहादुर कडायतलाई भेट्न । अस्तिका दिन साँझ हामीले उनीकहाँ चिया खाएका थियौं । हामी पत्रकार हौं भन्ने कुरा उनले त्यतिबेलै थाहा पाएका थिए । हामीलाई उनले पदमबहादुरको घरमा लगेर चिनजान गराइदिन्छन् कि भन्ने आस लागेको थियो ।
मूलबाटो गएको भए चाँपारुख पुग्नुभन्दा पहिले पदमको घर आउँथ्यो । त्यसैले, हामी अलि घुमाउरो बाटो भएर चाँपारुख पुग्यौं ।
छोटो पालीमुनिको, एउटा कुर्सी र एउटा टेबल भएको उनको पसलको चुलाको भित्ता पूरै कालो थियो । चुलाका दुईवटा मुखमा राखिएका डेक्ची र चियादानीमा तीनचार पत्र कालो जमेको थियो । हामी पुग्दा डबलबहादुर बल्न नमानेर धुवाँएका चुलाका दाउरालाई बाल्नका लागि फुक्दै, फकाउँदै थिए ।
उनले फुक्दा हावाले उडाएको खरानी उनको टाउकाभरि थियो ।
हामी पुगेपछि उनले आफ्नो काम छाडे । कुरा गर्लान् भनेको त हामीतिर हेरेर भक्कानिए पो १
हिजो बिहान माथिबाट झरेका सेना र पुलिसले डबलबहादुरलाई ‘पदमबहादुर शाही कहाँ छ ? भनी सोधेछन् । गाउँभरका को मानिस कहाँ छन् भनी उनले कसरी थाहा पाउनु ? ‘थाहा छैन’ भनेछन् । यस ‘अपराध’ मा उनीहरूले उनका मुखमा २र४ बुट हिर्काएछन् ।
बुटले आफ्ना ओठमा पारेको घाउ हामीलाई देखाएर उनले चित्त बुझाउने कोसिस गरे ।
उनको कुरा सुनिसकेर हामीले आफ्नो समस्या उनलाई सुनायौं ।
‘जनक सर उतै जानुभएको छ,’ डबलबहादुरले भने, ‘उहाँले मद्दत गरिहाल्नुहुन्छ नि १’
आपतका वेला यति कुरा थाहा पाउँदा पनि आडभरोसा भएझैं लाग्यो ।
जनक शाहीसँग हाम्रो परिचय अस्तिको दिन साँझ यही पसलमा भएको थियो । हाम्रो परिचय कसरी भएको थियो भन्ने कुरा डबलबहादुरलाई राम्रोसँग थाहा थियो ।
थकाइ र भोक अलिअलि भए पनि मेटाउन हामी डबलबहादुरकहाँ चिया खान बसेका थियौं । हामी चार जना मेच र मुढामा बसेका थियौं । आफ्ना झोला अगाडि राखेर । हाम्रा सामान बोक्ने दुईजना मानिस पर्खालमा भारी अडयाएर बसेका थिए ।
अलि परबाट एकजना मानिस हामी भएतिर आयो । अलि वर आएर रोकियो । अगाडि आउने कि पछाडि र्फकने दोधारमा भएझैं गरेर । हिम्मत गरेर केही कदम अघि आयो । फेरि रोकियो । पहिलेकै झैं गरेर ।
हामी बास बस्ने वेला त भइसक्न लागेको थियो । तर बास बस्ने ठाउँ आइपुगेको थिएन । हामीलाई लाग्यो( अब यस माओवादीले हामीलाई सोधपुछ गरेर र हाम्रा सामान खोतलेर हैरान पार्ने भयो । बास बस्ने ठाउँ पुग्न ढिलो पार्ने भयो ।
त्यो मानिस फेरि केही कदम अघि आयो । यसपटक यति नजिक आइपुगेको थियो कि उसलाई र्फकंदा झन् खतरा छ भन्ने लागेछ । सरासर अघि आयो र चुलाछेउको पर्खालमा अडेस लाग्यो ।
‘सरहरू के कामले हो कुन्नि रु’ उसले सोध्यो ।
मैले जसरी पनि डटेर उसको मुकाबिला गर्नुपर्ने भयो । भनिदिएँ, ‘हामी यसै घुम्दै हिँडेका ।’
मान्छे ‘यसै घुम्दै हिँड्ने’ वेला थिएन त्यो । त्यसैले, उसले पत्याएन ।
‘झोला र चालढाल हेर्दा त त्यस्तो लाग्दैन,’ उसले भनिहाल्यो ।
त्यसपछि मैले आफ्नो परिचय दिएँ, गन्तव्य र उद्देश्य बताएँ ।
‘म जनक शाही । यही स्कुलमा पढाउँछु’ भनेर उनले एक डिल मास्तिरको हाई स्कुलतिर देखाए । हामीसँग हात मिलाउन आए । ‘के गर्ने सर रु नयाँ मान्छेसँग नडराउँदा मरिएला भन्ने डर । डराउँदा यस्तो लाजमर्दो हुने १’
उनले त उनको मनको कुरा भनेका थिए । तर त्यो हाम्रो पनि मनको कुरा थियो ।
चिया खाइन्जेल उनले स्कुलका शिक्षक र विद्यार्थीले दुवैतिरबाट पाएको दुःख सुनाएका थिए । उनलाई अरू धेरै कुरा हामीलाई सुनाउन मन थियो तर रात पर्न लागेकाले हामीलाई बिदा दिएका थिए ।
त्यसको ३८ घन्टाजति पछि उनी हाम्रा लागि ठूलो सहारा बनेका थिए । उनैको भरोसा गरेर हामी पदमको घरतिर लाग्यौं ।
फाइनप्रिन्टबाट प्रकाशित मान्ठा डराएको जुगबाट
कतै पहेंलपुर धान । कतै धान काटिसकेर खाली भएको ठाउँ । कतै पराल सुकाएका गह्रा । कतै आकाशतिर फर्किएका कोदाका कपनी । कतै पाकिसकेका फापरका राता नल । कतै जोतिसकेको जमिन र कतै जोतिसकेका फाँटमा लहरै थुपारिएका मलका काला थुप्रा ।
पाण्डुसेन पुग्ने जोसुकैलाई अलमल हुन्थ्यो( फाँट र कान्ला हेर्दैछु कि लामो समय लगाएर कुशल कलाकारले ठूलो क्यानभासमा कोरेको चित्र हेर्दैछु भन्नेमा ।
तर यी दुईमा त्यति धेरै फरक छैन । कलाकारले कृत्रिम क्यानभासमा कुचीले कृत्रिम रङ लगाउने हो क्यार । किसानहरूले प्रकृतिले बनाएको क्यान्भासमा प्राकृतिक वस्तु राख्ने हो ।
यस्तो सजिव र प्राकृतिक क्यान्भासमा २०५९ कात्तिकको मध्यतिर बाजुराका किसान अन्नबाली भित्र्याउने काममा जुटेका थिए । कोही खेतमा धान काट्न व्यस्त थिए । कोही दुईतीन दिनअघि काटेर सुकाएको धान खलामा दाइँ गर्दै थिए । उनीहरू दिनभर धान चुट्थे । परालका मुठा खेतका गह्रामा सुकाउँथे । धान बत्ताएर धानबाट भुसलाई छुट्टयाउँथे । बिहान झिसमिसेमै खेतबारीमा निस्केका जवान, वृद्ध र बालकहरू साँझ झमक्क हुँदा मात्र धानको धोक्रो बोकेर घर फर्कन्थे ।
कात्तिकमै पनि पाण्डुसेनमा जाडो बढिसकेको थियो । हाम्रा हात ठिहिर्याएका थिए । हामी बास बसेको दहीबाजेको घरभन्दा एकसय मिटर पश्चिम, ठाडो खोल्सो पारि तीनचार जना मानिस धमाधम धान काट्दै थिए । हामी उनीहरूले धान काटेको खिच्न बाटो छाडेर कान्लामाथि गयौं ।
‘यसपालि धान फलेन भन्छन् नि । कस्तो छ तपाईंहरूको खेतमा ? केहीबेर धान काटेको खिचेपछि मैले सोधें ।
उनीहरू चुपचाप धान काटिरहे । धानको बोट कात्तिकको शीतले छपक्कै भिजेको थियो । धान काट्नेका हात पनि भिजेका थिए । जाडोबाट बच्न लोग्नेमानिसले मफलरले र स्वास्नीमान्छेले मजेत्रोले कान छोपेका थिए ।
‘कात्तिकदेखि नै जाडो हुँदोरहेछ । पछि पुसमाघमा त कठ्याङ्ग्रिने जाडो हुन्छ होला, हैन रु’ उनीहरू बोलिहाल्छन् कि भनेर मैले फेरि सोधें ।
एउटा गराको धान काटुन्जेल हामी त्यहीँ बस्यौं । उनीहरू एक शब्द बोलेनन् । त्यसपछि हामी आफ्नो बाटो लाग्यौं ।
खेतको बाटो हिँडेर अलि अगाडि अर्को खोल्सो तर्यौं । बाटैछेउको बारीमा दुईजना लोग्नेमान्छे काम गर्दै थिए । साना केटो जोत्दै थियो । अधबैंसे मानिस बिउ छर्दै थिए । खेतको धान र बारीको मकै अनि कोदो भित्र्याइसक्नेहरूले गहुँ लगाउने याम थियो त्यो ।
उनीहरूले काम गरेको खिच्न हामी कान्लो उक्लियौं । झोलाबाट क्यामरा निकाल्यौं । ट्राइपड निकाल्न थाल्यौं । यत्तिकैमा बिउ छरिरहेका मानिस काम छाडेर भागे ।
उनी हामीसँग डराएजस्तो लाग्यो ।
‘ए दाइ, नभाग्नुस् । हामी केही गर्दैनौं । आफ्नो काम गर्नुस्,’ हामीले अनुरोध गरेपछि उनी हामीतिर फर्किए । यतिवेलासम्ममा हामीले काँधमुनि झुन्डयाएको ट्राइपड निकालेर बारीमा राखिसकेका थियौं । उनले त्यो बन्दुक होइन रहेछ भन्ने बुझे होलान् । तैपनि हामीले फेरि एक पटक ‘हामी केही गर्दैनौं’ भन्यौं । त्यसपछि उनी छर्दै गरेको बिउको डाली च्यापेर फर्किए ।साना काँटीका, अधबैंसे ती मानिसले लामो बाउला भएको स्वेटरमाथि आधाबाहुले सर्ट लगाएका थिए । टाउकामा टोपी थियो तर खुट्टा भने नाङ्गै थिए । उनी थर्थरी काम्दै थिए । पाण्डुसेनको कात्तिकको शीत यस्तो अवस्थाका मानिसको जीउ कमाउन सक्ने गरी चिसो थियो । तर मानिस दौडेर भागीहाल्नु पर्ने खालको जाडो भने थिएन ।
‘किन भागेको रु’ एक छिनपछि मैले सोधें ।
‘नौला मान्ठा ९मान्छे० आउँदा डर मान्दाछौं, हजुर १ मान्ठादेखि मान्ठा ९मान्छेदेखि मान्छे० डराउन्या जुग आयो । हजुरहरूलाई देखेर मेरो हड ९शरीर० काँपिगो । त्यसैले भागेको,’ ती मानिसले भने ।
यसो भन्दा उनको सारा शरीर लगलग कामिरहेको थियो ।
‘ल‘ बिउ लिन गएको भन्नु पर्दैन रु त्यसो भनेर के हुँदो हो रु’ जोतिरहेको केटाले अधबैंसेलाई हप्कायो ।
उनी डराएको कुरा शरीरले बेस्कन भनिरहेको थियो तर त्यो डर देखाउनु हुँदैन भन्ने ठान्यो त्यो केटाले ।
हामीले उनीहरूलाई हाम्रा बारे बतायौं । उनीहरूका बारेमा सोध्यौं । बिउ छर्ने मानिस जुल्फे सार्की रहेछन् । जोत्ने केटा उनको छोरा रहेछ ।
मोहन मैनाली
मोहन मैनाली
अलिक बेर कुरा गरेपछि जुल्फे हामीसँग डराउन छाडे । उनले अघि हामीसँग डराउनुको कारण यसरी खोले स्
‘अघि तपाईंहरू आउँदा हिजोका सेना आए कि भनेर डर लाग्यो । बेली ९हिजो० सेनाले मान्छे मारेर गयो ।’
पछिल्लो वाक्य भन्दा जुल्फेले साउती गरे, पूरै बोली निकालेनन् ।
‘कतिजना मार्यो ,
‘पिर्याकोटको लम्बु एक जना । माथि सात जना ।’
‘नाम थाहा छ
‘पिर्याकोटका लम्बुको त नाम राखेको छ । पदमबहादुर शाही । माथिकाको थाहा छैन ।’
पदमको घर मूलबाटैमा थियो । हामी सजिलै उनको घर पुग्न सक्थ्यौं । तर हामीलाई लाग्यो( यस्तो अवस्थामा नचिनेका मानिसकहाँ कसरी जानु रु के भन्नु रु के गर्नु रु
हामीले पहिले चाँपारुख जाने निधो गर्यौं । त्यहाँका चिया पसले डबलबहादुर कडायतलाई भेट्न । अस्तिका दिन साँझ हामीले उनीकहाँ चिया खाएका थियौं । हामी पत्रकार हौं भन्ने कुरा उनले त्यतिबेलै थाहा पाएका थिए । हामीलाई उनले पदमबहादुरको घरमा लगेर चिनजान गराइदिन्छन् कि भन्ने आस लागेको थियो ।
मूलबाटो गएको भए चाँपारुख पुग्नुभन्दा पहिले पदमको घर आउँथ्यो । त्यसैले, हामी अलि घुमाउरो बाटो भएर चाँपारुख पुग्यौं ।
छोटो पालीमुनिको, एउटा कुर्सी र एउटा टेबल भएको उनको पसलको चुलाको भित्ता पूरै कालो थियो । चुलाका दुईवटा मुखमा राखिएका डेक्ची र चियादानीमा तीनचार पत्र कालो जमेको थियो । हामी पुग्दा डबलबहादुर बल्न नमानेर धुवाँएका चुलाका दाउरालाई बाल्नका लागि फुक्दै, फकाउँदै थिए ।
उनले फुक्दा हावाले उडाएको खरानी उनको टाउकाभरि थियो ।
हामी पुगेपछि उनले आफ्नो काम छाडे । कुरा गर्लान् भनेको त हामीतिर हेरेर भक्कानिए पो १
हिजो बिहान माथिबाट झरेका सेना र पुलिसले डबलबहादुरलाई ‘पदमबहादुर शाही कहाँ छ ? भनी सोधेछन् । गाउँभरका को मानिस कहाँ छन् भनी उनले कसरी थाहा पाउनु ? ‘थाहा छैन’ भनेछन् । यस ‘अपराध’ मा उनीहरूले उनका मुखमा २र४ बुट हिर्काएछन् ।
बुटले आफ्ना ओठमा पारेको घाउ हामीलाई देखाएर उनले चित्त बुझाउने कोसिस गरे ।
उनको कुरा सुनिसकेर हामीले आफ्नो समस्या उनलाई सुनायौं ।
‘जनक सर उतै जानुभएको छ,’ डबलबहादुरले भने, ‘उहाँले मद्दत गरिहाल्नुहुन्छ नि १’
आपतका वेला यति कुरा थाहा पाउँदा पनि आडभरोसा भएझैं लाग्यो ।
जनक शाहीसँग हाम्रो परिचय अस्तिको दिन साँझ यही पसलमा भएको थियो । हाम्रो परिचय कसरी भएको थियो भन्ने कुरा डबलबहादुरलाई राम्रोसँग थाहा थियो ।
थकाइ र भोक अलिअलि भए पनि मेटाउन हामी डबलबहादुरकहाँ चिया खान बसेका थियौं । हामी चार जना मेच र मुढामा बसेका थियौं । आफ्ना झोला अगाडि राखेर । हाम्रा सामान बोक्ने दुईजना मानिस पर्खालमा भारी अडयाएर बसेका थिए ।
अलि परबाट एकजना मानिस हामी भएतिर आयो । अलि वर आएर रोकियो । अगाडि आउने कि पछाडि र्फकने दोधारमा भएझैं गरेर । हिम्मत गरेर केही कदम अघि आयो । फेरि रोकियो । पहिलेकै झैं गरेर ।
हामी बास बस्ने वेला त भइसक्न लागेको थियो । तर बास बस्ने ठाउँ आइपुगेको थिएन । हामीलाई लाग्यो( अब यस माओवादीले हामीलाई सोधपुछ गरेर र हाम्रा सामान खोतलेर हैरान पार्ने भयो । बास बस्ने ठाउँ पुग्न ढिलो पार्ने भयो ।
त्यो मानिस फेरि केही कदम अघि आयो । यसपटक यति नजिक आइपुगेको थियो कि उसलाई र्फकंदा झन् खतरा छ भन्ने लागेछ । सरासर अघि आयो र चुलाछेउको पर्खालमा अडेस लाग्यो ।
‘सरहरू के कामले हो कुन्नि रु’ उसले सोध्यो ।मैले जसरी पनि डटेर उसको मुकाबिला गर्नुपर्ने भयो । भनिदिएँ, ‘हामी यसै घुम्दै हिँडेका ।’
मान्छे ‘यसै घुम्दै हिँड्ने’ वेला थिएन त्यो । त्यसैले, उसले पत्याएन ।
‘झोला र चालढाल हेर्दा त त्यस्तो लाग्दैन,’ उसले भनिहाल्यो ।
त्यसपछि मैले आफ्नो परिचय दिएँ, गन्तव्य र उद्देश्य बताएँ ।
‘म जनक शाही । यही स्कुलमा पढाउँछु’ भनेर उनले एक डिल मास्तिरको हाई स्कुलतिर देखाए । हामीसँग हात मिलाउन आए । ‘के गर्ने सर रु नयाँ मान्छेसँग नडराउँदा मरिएला भन्ने डर । डराउँदा यस्तो लाजमर्दो हुने १’
उनले त उनको मनको कुरा भनेका थिए । तर त्यो हाम्रो पनि मनको कुरा थियो ।
चिया खाइन्जेल उनले स्कुलका शिक्षक र विद्यार्थीले दुवैतिरबाट पाएको दुःख सुनाएका थिए । उनलाई अरू धेरै कुरा हामीलाई सुनाउन मन थियो तर रात पर्न लागेकाले हामीलाई बिदा दिएका थिए ।
त्यसको ३८ घन्टाजति पछि उनी हाम्रा लागि ठूलो सहारा बनेका थिए । उनैको भरोसा गरेर हामी पदमको घरतिर लाग्यौं ।
फाइनप्रिन्टबाट प्रकाशित मान्ठा डराएको जुगबाट
‘छोरानाति कचकच गर्छन्, बुहारीले आँखा तर्छन्, बुढेसकालैमा ‘न सकिन्छ गरिखान, न सकिन्छ मरिजान, बुढेसकालैमा, गायक बुद्धिसागर बस्यालले गाएको यही गीतिभावसँग खासगरी शहरी भेगका वृद्धवृद्धाको वास्तविकता धेरै हदसम्म मेल खाएको देखिन्छ ।
कोही आफन्त नभएर वृद्धाश्रममा पुग्नु वा सडकपेटीमा भेटिनु अलग कुरा हो तर ठूलठूला घर भएका, हुनेखाने परिवारका छोरा–बुहारीले समेत आफ्ना वृद्ध आमाबुबालाई बुढेसकालमा स्याहारसुसार गर्नुको साटो घाँडो ठान्ने प्रचलन पछिल्लो समयमा निकै बढ्दै गइहरेको छ । यदि तपाईँ आफ्ना आमा बुवाको चित्त यसरी दुखाउनु हुन्छ भने भोली तपाईँका छोराछोरीले पनि त्यही सिकेर तपाईँको अवस्था पनि बुढेसकालमा त्यस्तै नहोला भन्न सकिन्न ।
छोराले आफु अल्लग्गीएर आमा बुवालाई बुढेसकालमा एक्लो राख्छन् । नभए जोगी र माता बन्न पुग्छन् । जसमा प्रत्यक्ष वा परोक्षरूपमा सन्तान त्यसमा पनि विशेषत छोराकै हात रहेको भेटिन्छ । तैपनि समाजले सधैँभरि छोराको जयजयकार गाएर थाक्दैन । हिजो छोराले खाना नखाँदा आमावुवा रुन्थे ।
तर आज छोराले खाना नदिँदा आमा बुवा रुन्छन् । रुँदा कोखमा च्यापेरा मेरा छोरा राम्रो मान्छे हो नि भनेर रुन नदिने आमा र बुवा मलाई यस्तो चिज बस्तु चाहियो भन्दा तुरुन्त त्यो चिज बस्तु किनि दिने ती बुवाको माया हामी किनmिर्ता गदर्न सक्दनौँ । हात समातेर मेरा छोरो भन्दै टोल बजार घुमाउने आमावुवा प्रति हामी किन उनीहरुका अन्तिम दिनमा साथ दिन सक्दैनौँ ।

प्रकाश ढुंगाना - एक वर्षअघि पारिवारिक कामले दुईपटक नयाँ दिल्ली जानु पर्यो। पहिलोपटक जाँदा दिल्लीमा भएका आफन्त र छरछिमेक कसैलाई भेट्ने साइत जुरेन। दोस्रोपटक भने धेरैजसोसँग भेट्न पाइयो।
दिल्ली विधानसभा निर्वाचनका कारण सरकारी कार्यालय र कूटनीतिक निकायहरू बन्द थिए। यसको असर हाम्रो काममा पर्यो। दिल्ली बसाई लम्बिँदै गयो। दिल्ली पुगेर फेसबुकमा स्टाट्स र फोटो अपलोड गर्नेबित्तिकै त्यहाँ रहेका साथीभाइ र इष्टमित्रले फोन गरिहाल्ने।
‘अघिल्लोपटक त आइनस्, यसपटक त पक्कै आउँछ्स् होला नि,’ गाउँले छिमेकी दाइले फोन गरे, ‘जसरी पनि खाना खाने र बस्नेगरी आइज। घरमा आमालाई मोबाइल र केही रुपैयाँ पठाइदिनु पर्ने छ।’
‘बस्नेगरी त होइन, खाना खानेगरी आउँछु,’ मैले उनको ठेगाना मागेँ।
दिल्लीको पहारगन्जनजिकै आफू बसेको होटलबाट अटो लिएर म र्याडिसन ब्लु होटल पश्चिम बिहारआसपासको क्षेत्रमा ठेगाना हेर्दै पुगेँ।
दाइ पर्खिरहेका थिए। ड्राइभर पेसामा रहेका उनी गाडी लिएरै आएका थिए। गाडीमा बसेँ।
‘बिहे गरेपछि मोटाउँस् भनेको उस्तै ख्याउटे रैछ,’ दाइले मेरो चिन्ता गरे। म मुसुमुसु हाँसे।
‘आज अफिस जानुपर्दैन दाइ?’
‘मेरो बोसलाई अफिस पुर्याएर आएँ,’ उनले भने, ‘अब एकैपटक ६ बजेतिर लिन जाने हो।’
१५-२० मिनेट जति टाढा पुर्याएपछि उनले गाडी रोके। गाडी वरै पार्किङमा राखेर ५ मिनेटजति भित्र गल्लीमा लगे। सात तल्ले अपार्टमेन्टको चौथो तल्लामा पुगियो।
‘ल हेर, यही हो दाइको फ्लाट। दुई वर्ष मात्र भो लिएको, नत्र रेन्टमा बस्थेँ,’ उनले सगौरव भने।
चार कोठा र किचेन। शानसँग बसेका रहेछन् दाइ। दुई छोरीको भारतीयसँग नै बिहे गरिदिएका थिए उनले। ४२ वर्षका दाजु २१ वर्षकै उमेरमा दिल्ली लागेका हुन्। पछि दुई भाइ पनि उत्तै लिएर जानुभयो। दुईपटक नेपाल आएको थाहा छ मलाई, त्यही पनि दसैँमा। पछि फेसबुकले सम्बन्ध अझ गाढा नबनाइदिएको भए चिनिँदैनथियो होला।
हामी दिउसो १ बजेतिर पुगेका थियौँ। भाउजूले खाना बनाइराख्नुभएको रहेछ। भाउजूलाई नेपाली बोल्न नआउने, मलाई हिन्दी। तर, कुरा दुवैले दुवैको बुझ्ने। खाना खायौं।
मैले कुरा अघि बढाएँ, ‘दाइ, जग्गाजमिन उत्तै छ। बुढी आमा छिन् अब नेपाल नजाने?’
‘जान्नँ भाइ। त्यहाँभन्दा मलाई यतै ठिक छ,’ उनले कारण खुलाए, ‘त्यता छि: छि: र दूरदूर। कामी भनेर सबै ठाउँमा हेला गर्छन्। पानी पधेँरोदेखि चिया पसलसम्म।’
‘सधैँ यतै बस्ने त?’
उनले भने- फर्कन त मन छ नि। आफू जन्मको हुर्केको ठाउँ कसलाई मन पर्दैन। तर के गर्नू? जातका कारण मैले सहनुपर्ने हेयको कारण मलाई यहीँ ठिक छ भाइ। कमसेकम यहाँ मैले सम्मान त पाएको छु।
दाइको यति कुरा सुनेपछि मैले यही विषय तन्काइराख्न सकिनँ। पहारगन्जसम्म दाइले आफैँले चलाउने गाडीमा छाडिदिँदा मन खिन्न भयो। जातका नाममा हुने विभेदका कारण यी दाइ गाँउ छाडेर बिरानो ठाउँमा आए। यस्ता दाइ कति होलान्?
* * *
९ वर्षअघि हात्तीपाइले र जुकाको औषधी खुवाउने अभियानमा जिल्ला जनस्वास्थ्य कार्यालय हेटौंडाको टिममा छानिएको थिएँ। मेरै नाम गरेका प्रकाश ओलीसँग मिलेर मैले हेटौँडा चुरियामाई गाविसको वडा नम्बर २ का तीन हजारभन्दा बढी घरपरिवारका सदस्यलाई हात्तीपाइले र जुकाको औषधी खुवाउनु पर्थ्यो।
हामी दुई भाइ बस्तीमा गयौँ। वैशाखको महिना। गर्मी, उखरमाउलो घाम अनि चिटचिट पसिनाले शरीर भिजेको छ। औषधी खुवाउँदै जाँदा म एक घरमा पुगेँ। औषधी खुवाए। प्यास औधी लागेको थियो।
‘आन्टी पानी खाउँ न,’ मैले स्वाभाविक आग्रह गरेँ।
अन्दाजी ६ वर्षको बाबु बाहिर निस्क्यो र भन्यो, ‘अंकल, तपाईंले हामीले दिएको पानी खान हुँदैन।’
‘किन?’
‘हामी दमाईंले दिएको पानी तपाईंहरूले खान हुँदैन रे, आमाले भनेको,’ राम्रोसँग बोली फुट्नसमेत नसकेको बाबुले कण्ठ गरेको पाठ सुनाएझैँ एकै सासमा भन्यो, ‘तपाईंको घरमा त हामी पनि जानु हुँदैन।’
म झसङ्ग भएँ। यति सानो बालकको दिमागमा जातीय विभेदको कुरा कसरी गाडिएको छ।
‘त्यसो होइन,’ मैले यति मात्र भन्न सकेँ। र, पानी खाएँ। त्यो बाबुले पछिसम्म मलाई जिस्क्याउँदै थियो।
* * *
बसन्तपुरमा केही समयअघि भएको एसिड कान्डले मलाई यी दुई घटना फेरि एकपटक आँखाअगाडि ल्याइदिएको छ। संगीता मगरलगायतलाई एसिड छ्यापेको अभियोगमा पक्राउ परेका जीवन विकले जातीय विभेदका कारणा बाध्य भएर ‘त्यसो’ गरेको बयान दिएका छन्।
२०६३ जेठ २१ गते छुवाछुतमुक्त राष्ट्र घोषणा गरिए पनि नेपालमा जातीय भेदभाव अझै हटेको छैन । बारम्बार ‘कामी’ भन्दै जातीय बाणले घोचेपछि त्यसको बदलामा संगीतामाथि एसिड छ्यापेको जीवनले प्रहरीसमक्ष स्विकारिसकेका छन्।
जीवन मात्र होइन, जातीय भेदभावको सिकारमा परेको। अन्तरजातीय विवाह गरेका कारण कयौं जोडी विस्थापित भएका खबर हामीले बेलाबेलामा सुनिरहेकै छौं।
नेपालमा छुवाछुत र जातीय विभेद ऐन २०६८ लागू भए पनि कार्यान्वयन हुन सकेको छैन। जातीय विभेद अन्त्य नभएसम्म जातपातकै विषयमा जीवन बिकजस्ता अरू पनि अपराधमा होमिइँदैनन् भन्न सकिन्न।
केपी अनमोल - लभ इज ब्लाइन्ड। हो, प्रेम अन्धो हुन्छ। प्रेमी र प्रेमिकाको हृदयमा गढेको यो यथार्थ डाइलग हो। पवित्र प्रेमको मूल मन्त्र पनि यही हो भन्ने लाग्छ।
पवित्र प्रेम यस अर्थमा अन्धो हो, जहाँ कुनै धनी, गरिब, रंग, धर्म र जातको मतलब हुँदैन। जहाँ निस्वार्थ माया प्रेम गरिन्छ एक अर्कालाई। जब युवा र युवतीबीच आत्मीयता बढ्छ, एकअर्काप्रति अपनत्व भाव पैदा हुन्छ। हो, त्यहीँबाट प्रेमको बिजारोपण हुन्छ एकअर्काको हृदयमा। बिस्तारै प्रेम पलाउँदै, हुर्कंदै, बढ्दै जान्छ अनि प्रेमी र प्रेमिका एकअर्कामा आफ्नोपना पाउँछन् र एकअर्काप्रति समर्पित हुन्छन्।
आत्मीयता सबैभन्दा महान् हुन्छ। त्यही आत्मीयतामा प्रेम हुन्छ। त्यहाँ धनी, गरिब, रंग, धर्म र जात केही हुँदैन।
जीवन जिउन सबैलाई प्रेम अपरिहार्य कुरा हो, त्यो जोसुकैसँग पनि हुन सक्छ। पारिवारिक प्रेम, भाइचाराको प्रेम, सामाजिक प्रेम र देश प्रेम। यो खालको मायाप्रेमले सामाजिक र सांस्कृतिक परम्परा थेगेको पनि हुन्छ। फेरि यहि खाले प्रेम सम्बन्धले नमिठा तीता घटना पनि समाजमा हुने गर्दछन्। भाइ-भाइ बीचको द्वन्द्व, समाजमा वर्गीय द्वन्द्व, देश देशबीच स्वाभिमानको द्वन्द्व। यस्तो प्रेमको पाटोमा छुट्टै चर्चा हुन सक्ला।
तर, मानिसलाई व्यक्तिगत जीवन सांसारिक र समाजिक परम्पराको निरन्तरताका लागि केटालाई केटी र केटीलाई केटा नै चाहिन्छ, जीवनको लीला समाप्त नहुँदासम्म। त्यसैले त यस्ता माया प्रेमका थुप्रै कहानी सुन्न र पढ्न पाइन्छ।
यही मायाप्रेमकै लागि त्रेतायुगमा राम र रावणबीचको द्वन्द्व होस् या पार्वतीले भगवान् शिवलाई पाउनका लागि गरेको कठोर तपस्या होस् या मुरलीधर कृष्ण कह्नैयाले सयौँ गोपिनीलाई आफ्नो प्रेममोहमा पारेको घटना होस्, त्यसपछिका समयमा लैला-मजनु र मुना-मदनका हृदयस्पर्शी प्रेमकथाहरू अमर बनेका छन्। त्यसकै अनुयायी पनि हुने कोसिसमा हामी रहन्छौँ कहिलेकाहीँ।
अब मूल कुरामा आउँ! यतिखेर नेपाली मिडिया, देशविदेशमा सञ्चालित अनलाइन पत्रिका र समाजिक सन्जालमा बसन्तपुरको एसिड काण्डले निकै चर्चा पाएको छ। घटनलाई विभिन्न तरिकाबाट व्याख्या विश्लेषण भइरहेका छन्। तथापि दोषीमाथि कडा कारबाही हुनु त छँदैछ। यही विषयमा मैले केही दिन अगाडि मात्रै ‘एसिड प्रकरणसँगै जोडिएको जातिय विभेद’ भनेर स्टाटस लेखेको थिएँ। मैले केही मत बुझ्न चाहेको थिएँ। केही मित्रका प्रतिक्रिया यस्ता आए -
गणेशदत्त भट्ट– अपराधको कुनै जात हुँदैन।
प्रशान्त ओझा– जन्मँदै कुनै मान्छे अपराधी या साधु हुँदैन। समाजले हरेक मान्छेलाई अपराधी या साधु बनाउँछ। जीवनको सन्दर्भमा समाजले उसलाई अपराधी बनाएको केही हदसम्म भन्न सकिन्छ। तर, उसले गरेको अपराध होइन भन्न सकिन्न। यो विषयमा बहस गर्नुपर्छ ता कि संगीताहरू फेरि जीवन जस्ताको सिकार नहोऊन्।
प्रकाश भट्ट – जातीय भेदभावको जरो उखेल्न यस्तै विचारहरूको खाँचो छ।
गोपाल शिवा – जीवन निर्दोष भन्ने कुरै हुन्न किनकि जीवनभर कुरूप बनाउने गरी जीवनबाट गरिएको एसिड आक्रमण क्षम्य हुने विषय नै होइन। तर, यसरी एसिड प्रहार गर्ने जीवनको परिवारलाई दलितका नाममा थिचोमिचो दमन जातीय विभेद गरी उक्साउने कार्य भएको छ, त्यो कारक हो र अक्षम्य अपराध नै हो।
हो, बसन्तपुरमा भएको एसिडकाण्डका अभियुक्त जीवन विश्वकर्मा निर्दोष हुनै सक्दैनन्। किनकि उनले गरेको एसिड आक्रमणले संगीता मगर मात्रै होइन, घटनाका अन्य पीडित र उनीहरूको परिवारलाई कम्ती पीडा दिएको छैन। जीवनको यो व्यवहार क्रूर र अमानवीय छ। उनले गरेको अपराधका आधारमा उनलाई कारबाही गरिनुपर्छ।
कुनै पनि अभियुक्तबारे अनुसन्धान र कारबाही प्रक्रिया चलिरहँदा उसको पृष्ठभूमि र घटनाको धरातल बुझिन्छ। त्यो एसिडकाण्डका अभियुक्त जीवनबारे पनि विस्तारमा बुझियोस्। घटनाको कारक के हो? कसरी यस्तो अपराध हुन गयो? केही कुरा प्रहरीबाट अनुसन्धानका क्रममा बाहिर आइसकेको छ।
जस्तो कि- जीवन पहिलादेखि नै यस्ता आपराधिक क्रियाकलाप, दुर्व्यसनीमा फसेको व्यक्ति होइन। ऊ एकदमै मिहिनेती, पढाइमा जेहेन्दार केटो हो। प्राय: किशोर अवस्थामा हर कोही आफ्नो भविष्य र परिवारप्रति त्यति चिन्तित हुँदैन। एकपल्ट हामीले आफ्नो किशोर अवस्था फर्केर हेर्दा अझ प्रष्ट हुन्छ। त्यो अल्लारेपना सबै किशोर-किशोरीमा हुन्छ भन्ने मेरो सतप्रतिशत दाबी होइन, प्राय हुन्छ नै।
तर, अभियुक्त जीवन विश्वकर्मा आफ्नो भविष्य र परिवारप्रति निकै चिन्तित र सचेत देखिन्छन्। उनीबारे मिडियामा आएका कुराहरूबाट यो प्रष्ट हुन्छ। त्यसमा सचेत नागरिक, आम अधिकारकर्मी र प्रहरी प्रशासन पनि सकारात्मक बन्नुपर्छ। मेरो भनाइ जीवनलाई माफी होस् भन्ने पटक्कै होइन। उनलाई घटनाको प्रकृति अनुसार कानुनबमोजिम कडा कारबाही गरियोस्।
प्रेममा धोका प्राय: सबैले पाएका छन्, एक न एकचोटि। त्यो कुरा तपाईं-हामी भन्न चाहदैनौं। तर, प्रेमपीडामा उसले आफ्नै प्रेमी या प्रेमिकालाई सिध्याउँदैन्, बर्बाद गर्दैन। यस्ता खबर निकै कम सुनिन्छन् पनि।
बरु, प्रेममा धोका खानेहरू ‘तिमीले धोका दियौं, पख म मरिदिन्छु तिम्रै लागि, तिमी सधैं खुसी रहनू’ भनेर मानसिकरूपमा विक्षिप्त भई आत्महत्या गर्छन्। जुन घटना, धेरै देख्न र सुन्न पाइन्छ। प्रेमले बदला लिँदैन, बरु त्याग गर्छ। आफ्नो देह नै त्याग्न तयार हुन्छ मान्छे, केवल चोखो प्रेमका लागि।
कहावत त छ नेपाली समाजमा- भोकले जान्दैन्, जुठो भात। निदले भन्दैन, टुटेको खाट। प्रेमले चिन्दैन जातभात। तर, बसन्तपुरको एसिड काण्डमा त्यही चोखो प्रेमले जातभात खोजेपछि अपराध जन्मियो।
यो कस्तो विडम्बना! प्रेमका पुजारीहरूका लागि र मानवीय समाजका लागि कलंक हो। जीवनको भनाइअनुसार उनी र संगीता पुलामीमगरबीच प्रेम सम्बन्ध थियो। एउटै घरमा बस्दा, उठ्दा उनीहरूबीच प्रेम पलाएको थियो। उनीहरू बीच हिमचिम भएकाले नै संगीताका भाइले जीवनसँग पैसा माग्थे, उनीहरूको प्रेम बसेको कुरा घरमा नभन्ने सर्तमा। यसरी नै संगीता र जीवनबीचको प्रेम हुर्कंदै थियो।
मलाई लाग्छ, संगीताका घरकाले पनि थाहा पाएको हुनुपर्छ उनीहरूको बीचको सम्बन्ध। जब अभिभावकले संगीताका भाइको खल्तीमा पैसा देख्दा हुन् कसैगरी, अनि संगीता र जीवन कहीँकतै भेटेर फरक कुराकानी गरेको देख्दा। केटो लायकदार छ, मिहिनेती छ, ठिकै छ। जे गरून् भनेर देखे-नदेखे, बुझे-नबुझे गर्दा होलान्। यो मेरो बुझाइ गलत पनि हुन सक्छ।
जब एकदिन जीवन ‘दलित’ हो भन्ने थाहा हुन्छ, मगर परिवारमा मानवीय सोच व्यवहार हरण हुँदै अमानवीय व्यवहारले रिसको आगो सल्काउँछ र जीवनको परिवारमाथि विभेद र घृणा सुरु गर्छ। त्यो कलंकित सोचले जीवनको परिवार कुटिनदेखि धारामा पानी थाप्न नदिनेसम्मको स्थितिमा पुर्याउँछ।
अनि चाहदा नचाहँदै परिवारको दबाबमा संगीता पनि जीवनबाट टाढिन खोज्छिन्। जीवनको प्रेमले त्यो रंगीन सपनाको महल सजाउन नपाउँदै जातीय विभेदको गहिरो पीडा उपहार पाउँछ। र, जीवनभित्र संगीताका लागि हुर्कंदै गरेको चोखो निस्वार्थ प्रेमले जात खोज्दै आफूलाई लखेट्न खोजेपछि बाध्य भई प्रेमको बदला भन्दा पनि जातीय विभेदको प्रतिकारमा उत्रन जीवन बाध्य भएको देखिन्छ।
अब सोचौं! प्रेमले एसिड जन्माएको हो कि जातले?
जबसम्म जीवन दलित हो भन्ने कुरा थाहा थिएन, तबसम्म सबै कुरा ठिकै थियो। त्यो प्रेम चलिरहन्थ्यो र एकदिन जीवन र संगीताको प्रेम सफल हुन्थ्यो। त्यो ठूलो कुरा पनि भएन। तर, निस्वार्थ प्रेमले जात खोज्दै पशुतुल्य व्यवहार गर्दा यो २१औं शताब्दीको सचेत युवाले कसरी सहन सक्छ? बरु ज्यान जाओस्।
जहाँ भगवान बस्छन् भन्थे, त्यहाँ बाँदर पुगिसकेको यो युगमा, आफूजस्तै मान्छेलाई कुकुरभन्दा तल्लो स्थानमा राख्दा ‘जदौ’ भनेर ढोग्ने दिन गएको कतिपय महाशयलाई अझै चेत छैन। त्यसैले यस्ता अपराध जन्मन्छन् समाजमा। जसमा नेपाली समाज, सम्बन्धित निकाय र राज्य गम्भीर हुन आवश्य छ। दलितमाथि हुने गरेका विभेद नरोकिने हो भने प्रतिशोधले अन्य समुदायमाथि पनि आक्रमण हुनसक्छ। जीवनमा आत्मसम्मान सबैभन्दा ठूलो कुरा हो, आत्मसम्मान विमुख हुनुपर्ने वा जातकै आधारमा अपमानित हुनुपर्ने अवस्था रहेसम्म अब यस्ता प्रतिशोधका घटना नबढ्लान भन्न सकिँदैन।
यहाँ पहिचान मात्रै दिइएन भने पनि देशै बर्बाद गरिदिने आवाज उठिरहेका बेला एउटा दलित कहलाइएको नेपालीको छोराले जनजातीकी छोरीसँग प्रेममा पार्दा आफ्नो सर्वश्व चितामा जलाउनु पर्ने अवस्था आएको छ। यही नेपाली समाजका कारण हो।
जसले वर्गीय विभेद जन्मायो, जातीय उत्पीडन बचाइराख्यो, यसको दोषी राज्य हो। यसका साथै आफूलाई सचेत, शिक्षत दाबी गर्ने विभेदकारी एउटा समूह पनि हो। देश छुवाछुत मुक्त भइसकेको वर्षौँ हुँदा पनि देशको राजधानीमै जातीय छुवाछुतका घटना हुनु अति लाजमर्दो कुरा हो। यदि यहाँ साँच्चीकै सभ्य मानव बस्छन्, र राज्यको अलिकति नैतिकता बाँकी रहेको छ भने अब पनि नसोचे कहिले सोच्ने?
एसिड काण्डलाई एकतर्फीरूपमा हेरियो भने यो बहस तत्कालका लागि बिलाएर जाला तर कालान्तरमा ज्वालामुखी भएर न निस्केला भन्ने के आधार छ र हामीसँग?
घटनाको धरातल टेकेर अनुसन्धान गर्दै पीडितलाई न्याय र पीडकलाई कारबाही होस् भन्नेमा दुईमत कसैको छैन। जीवनको एसिड काण्डमा चर्को जातीय विभेदको कुरा बाहिर आएपछि अहिले दलित अधिकारकर्मी र विभिन्न संघसंस्थाबीच गम्भीर बहस सुरु हुँदैछ। यो सचेत नागरिकबीच पनि हुन आवश्यक छ। त्यो बहस जीवनलाई उन्मुक्ति दिने र संगीतालाई न्याय पाउनबाट बन्चित गर्ने खालको भए तिनीहरू बढी सजायको भागीदार हुनुपर्नेछ। मुर्ख्याइँ कदापी हुने छैन। त्यो ताकत कसैसँग छैन पनि।
बरु जातीय विभेदलाई अब जरैदेखि उखेल्न एकचोटि जोडतोडसाथ प्रणसहित लाग्न अतिआवश्यक भइसकेको छ। यो कुरालाई हामीले चुप लागेर बस्दा भोलि नेपाली समाजमा अपत्यारिलो विभेदविरुद्धको युद्धको सामना हामी सबैले गर्नुपर्ने दिन नआउला भन्न सकिन्न। सुनिन आउँदैछ- एसिड काण्ड प्रेमको बदला नभई विभेदको विस्फोट हो। यो निकै डरलाग्दो हुनेछ। त्यसैले बेलैमा सचेत हुन आवश्यक छ।
मुक्ति र अधिकारका नाममा फूर्ती मात्रै झार्ने र देश विदेशको मोटो रकमले आफू मात्रै मुक्त हुने त्यस्ता व्यक्ति र संघसंस्थाप्रति जीवनहरूको एसिड प्रहार हुने दिन त्यति टाढा छैन् भनेर पनि बुझ्न ढिला गर्नु हुँदैन।
जीवनले आवेगमा आएर गरेको अपराधका कारण उनको जीवन त अन्धकार हुने नै छ। तर, उनको परिवारले काठमाडौँमा चिसा पसल गरेर गर्दै आएको जीविकोपार्जनको ग्यारेन्टी अब राज्यले दिनु पर्छ। किनकि त्यो परिवारको अवस्था सार्वजनिक भएपछि उनको सुरक्षा र जीविकोपार्जनमा समस्या देखा पर्न सुरु भएको छ। त्यसैले यसमा राज्य गम्भीर हुनु जरुरी छ।
अब अन्त्यमा,
एसिड काण्ड कुनै हालतमा क्षमायोग्य छैन। यो महिला हिंसाको अति नै संवेदनशील घटना पनि हो। एसिड आक्रमणका अभियुक्त जीवन विश्वकर्मालाई कारबाहीस्वरूप जन्मकैदसम्मको हुनुपर्ने अवाज पनि सुनिन थालेको छ। यसमा मेरो आपत्तिभन्दा पनि एउटा सुझाव मात्रै छ।
एसिड आक्रमणबाट सख्त घाइते संगीता पुलामीमगरको अनुहारमा आएको कुरूपता जीवनलाई जन्मकैद गरेर मेटिने छैन। संगीताको मनको त्यो घाउ कसैले मेट्न पनि सक्ने छैन्न। न त त्यो औषधीले उनको मुहारको चमकता र सुन्दरता फर्काउन नै सक्नेछ। भोलि पढेर ठूली मान्छे बन्लिन् संगीतालाई पनि एकदिन अवश्य जीवनसाथीको साथ चाहिने नै छ।
यो जमाना फेसन र बाहिरी सुन्दरतामा बढी लिप्त भएको देख्दा अभियुक्त जीवनको जेल जीवनभन्दा पीडित संगीताको जीवन अझ समाजमा कष्टकर हुने देखिन्छ। अछुत भनेर संगीता र जीवनबीचको प्रेमको हत्या गर्ने यो समाजले भोलि संगीतालाई खोटरहित देख्ने छैन।
यसका साथै प्रेममा आएको जातीय विभेदले जीवनको जीवन पनि अन्धकारमय बनेको छ। उनको गल्ती र बदलाभावले ल्याएको यो अवस्थाबाट उनले खुसी राख्न चाहेको परिवारलाई दुःखी बनाएको छ। उनले गरेको अपराधको भागीदार उनी हुनैपर्छ ता कि भोलि यस्तो घटना अन्त नदोहरियोस्।
यसका साथै जसरी एसिड आक्रमण जति ठूलो अपराध हो, जातीय छुवाछूत पनि त्यतिकै ठूलो अपराध हो। जातीय छुवाछूत तथा भेदभाव (कसुर तथा सजाय)ले छुवाछूतलाई अपराध मानेको छ। विश्वकर्मा परिवारमाथि भएको छुवाछूत वा जातीय भेदभावको मुद्दालाई पनि यस घटनामा हेरिनुपर्छ। यदि जीवन र उनको परिवारमाथि छुवाछूत भएको विषयमा पनि अनुसन्धान गरिनुपर्छ। छुवाछूत भेदभाव भएको प्रमाणित भए मगर परिवारलाई पनि ऐनले व्यवस्था गरेबमोजिम कारबाही गरिनुपर्छ। ताकि भोलि जातीय आधारमा कसैमाथि दुर्व्यवहार गर्ने वा हिंसा गर्ने अवस्थाको पनि अन्त्य होस्।
त्यसैले, संगीता र जीवनलाई एक ठाँउ राखेर उनीहरूबीच रहेको भनिएको प्रेमसम्बन्धबारे प्रशासन र सरोकारवालाहरूले गहिराइसम्म पुगेर सत्यतथ्य बुझी साँच्चिकै प्रेमसम्बन्ध थियो र पछि जातका कारण सम्बन्धमा दरार उत्पन्न भएको हो भने फेरि पनि त्यही समाज अग्रसर भई पुनर्मिलन गराई जातीय विभेद उन्मुलनमा एक इँटा थपिदिने कि? यस्तै अन्य महिला हिंसाका घटनाहरूको प्रकृति हेरी यो यस्ता उपाय अवलम्बन गर्न सकिन्छ।

.jpg)