• Main Page
  • Progrme
  • Muktak
  • Gazal
  • Business
  • Khelkud
  • Filmy Khabar
  • Youn
  • VDO
  • BLOG
  • Entertainment
  • Contact
बिश्वास अनि बग्बास उस्तै उस्तै लाग्छ खै किन किन ??? हिजोका दिनहरुमा म धेरै बोलेछु क्यारे धेरै माया गरेछु क्यारे तेसैले होला आजको दिनमा त म सँग तेस्तो मायालु सब्दको त कुरै नगर झगडा गर्नी समेत कुनै सब्द पाएको छैन , आफ्नो भन्दा धेरै माया आफ्नै सरीरको भन्दा धेरै किएर आफ्नो भबिस्यको लागी भन्दा पनि धेरै सोच एस्तै एस्तै सोच बिचारले होला आज आफ्नै ज्यान आदा भैसक्दा पनि पत्त्तो न भएको अरु कुनै भैतिक बस्तुहरु जस्तै यो माया प्रेम पनि भौतिक तराजुमा नाप तौल हुन्थ्यो भनि सपुत कुनै प्रमाण हुन्थ्यो भने त किन जल्नु पर्थ्यो र आगो बिना नै कसैको यादमा  गह भरी आसु मन भरी चोट पिडा लिएर जिउने जिन्दगीको कथा बेथा अनि जिन्दगीका पानाहरु पल्टाउदा को मजै बेग्लाई जुन ठुलो महलमा बसी आइस आराम गरी ढुक्क सँग जिएको हुन्छन तीनइहरुको भन्द अलिक भिन्दै खालको तीनइहरको भन्दा अलिक गम्बिर खाल्को कथा बेथा ------ तिम्रै हु तिमी बिना त म एक पल पनि बाच्नु सक्दिन भन्ने मुखले ठिक्क पार्नीहरु त हजार हुन्छन सबैलाई थाहा भएकै कुरा हो तर बास्ताबिक याथर्थमा आफ्नो भन्ने एउटा मात्रै हुन्छ भन्छन नि समय गतिसिल छ रे आफ्नै रफ्तारमा दैदिदै छ रे कुरा त्याती मात्रै होरे जुन दिनको प्रखाइमा मान्छे हरु निकै तड्पिएको हुन्छन रे , तिम्ले मन पराउनेलाई ज्यान दिनु भन्दा तिम्लाई मन पराउनेलाई एक नजर ध्यान दिनु त्यो नै हुनेछ तिम्रो सच्चा प्रेमी . कोही कसैलाई माया नगर्दा पनि जलन कोही कसैलाई माया गर्दा पनि जलन खै यो कस्तो कस्तो चलन , माया गर बिश्वास हैन आसा गर भरोसा हैन अनि रुनु पर्दिन कसैलाई सम्जेर मुटु मिची मिची , माया गर्नी मान्छेको मन सधै शङ्काको ज्वालाले भित्र भित्रै दन-दन जलिरहेको हुन्छ रे तसर्थ शङ्का माया नभएर गरिदैन कि उस्को बारेमा न राम्रो सोच्नु नसकेर नै गरिन्छ र र सङ्का गर्‍यो भन्नु भन्दा पहिला यो पनि बुज्नुस कि कती मेरो किएर गर्दो रैछ मेरो लागी कती समय खर्चिदो रैछ त iii  एउटा दुइटा मात्रै हैन कैयौ एस्ता स्वार्थी हरु छन हाम्रो शहर मा अदुरो सपना झुटो मायाको जाल म फसाउन खोज्ने ii हिजो सम्म धेरै माया थ्यो धेरै बिश्वास थ्यो अनि कैयौ आसा थियो भरोसा थियो तर आज माया छ बिश्वास छैन आसा छ भरोसा छैन , कुनै दिन त खुद म आफै हो अरु लाई सम्झाउने बगी जाने खोलिको किनार बसेर रोएर हुँदैन भन्दै आज आफौ बगी जाने खोलिको किनार पो एक्लाई रैछु .......

काठमाण्डौं-सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १५ लाख रुपैयाँसम्म बिनाधितो कर्जा दिने योजना ल्याएको छ। वार्षिक १३ प्रतिशत ब्याजदरमा सो कर्जा लिन सकिने बैंकले जनाएको छ।
बैंकले मासिक किस्तामा पाँच वर्षभित्र भुक्तानी गर्ने गरी बिनाधितो कर्जा योजना ल्याएको आइतबार आयोेजित एक कार्यक्रममा जानकारी दियो। न्यूनतम ३ लाखदेखि अधिकतम १५ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सकिने छ।
ग्राहकको वित्तीय आवश्यकतालाई ‘सहज र सरल तरिकाले पूरा गर्ने उद्देश्यले' यस्तो कर्जा योजना ल्याएको बैंकले बताएको छ। मासिक आम्दानी हुने व्यक्तिले यो योजनाबाट फाइदा लिन सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले बताए।
यो कर्जाको लागि नियमित मासिक आय भएको र सो आम्दानी जम्मा भएका बैंक खाता विवरण, पान नम्बर तथा सो आम्दानीको कर चुक्ता प्रमाण भएको व्यक्तिले आवेदन गर्न सक्नेछन्। उक्त कर्जा योजनाअन्तर्गत न्यूनतम ३ लाख कर्जा समान मासिक किस्तामा ५ वर्षभित्र भुक्तानी हुने गरी उपलब्ध गराइनेछ। यो कर्जा लिने ग्राहकको ऋण रकम बराबरको बिमा बैंक स्वयंले गरिदिने छ। यो योजना अहिलेलाई सिटिजन्सको उपभोक्ता कर्जा विभाग, थापाथलीबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ। 

काठमाडौं– पाकिस्तान क्रिकेट बोर्ड(पिसिबी) ले नेपाली क्रिकेट टोलीलाई पन्जाव फेस्टिवल ट्वान्टी–२० क्रिकेट सिरिजमा भाग लिन निम्ता गरेको छ।सिरिज अप्रिल ११ मा सुरु हुदैछ।नेपाल क्रिकेट संघ (क्यान)का कार्यबहाक महासचिव उत्तम कर्माचार्यले आइतबार पिसिबीबाट निमन्त्रणा प्राप्त भएको जानकारी दिए। उनका अनुसार पिसिबीले पन्जाव फेस्टिवल ट्वान्टी–२० क्रिकेट सिरिजमा अफगानिस्तान र युएईलाई आमन्त्रण गरेको छ।
महासचिव कर्माचार्यले पिसिबीको निमन्त्रणा नेपाली क्रिकेटको लागि महत्वपुर्ण अवसर भएको बताए। तर नेपाली टोली पाकिस्तान जाने बारेमा निर्णय भैनसकेको कर्माचार्यले बताए।
नेपालले जुलाईमा आयरल्यान्ड र स्कटल्यान्डमा हुने ट्वान्टी–२० विश्व कप क्रिकेटको छनोटको खेलमा सहभागिता जनाउने छ। छनोट प्रतियोगिता अघि पाकिस्तानको भ्रमण नेपालको लागि फाइदाजनक हुने महासचिव कर्माचार्यले बताए। सुरक्षाको बारेमा पूर्णरुपमा सन्तुष्ट भएपछि नेपाली टोलीलाई पाकिस्तान पठाउन सकिने क्यानले बताएको छ। पिसिबीका अध्यक्ष शहरयार खानले अन्तराष्ट्रिय सञ्चार माध्यमलाई नेपालसँगै नेदरल्यान्ड र नामिबियालाई पनि पाकिस्तान भ्रमणको लागि निमन्त्रणा दिएको बताएका छन्।
सन् २००९ मा श्रीलंकाली क्रिकेट टोली चडेको बसमा आतंककारी हमला भएपछि लामो समय कुनै पनि राष्ट्रिय क्रिकेट टोलीले पाकिस्तानको भंमण गरेनन्।
गत वर्ष केन्याले विश्व क्रिकेट लिग डिभिजन–२ को तयारीका लागि पाकिस्तान ‘ए' टोलीसँग ५० ओभरको पाँच खेल खेलेको थियो।
- See more at: http://nagariknews.com/sports/cricket/story/32435.html#sthash.t4VjHMdm.dpuf
Newer Posts Home

add

Recent Updates
Recomment to Your Friends
Current Views
Popular Posts
  • गजल.......।
  • सबैलाई रुवाउने कश्मीरी बालिकाको यो तस्बिर
  • चन्द्र भट्ट 'राजाका' मुक्तकहरु .........
  • दक्षिणका सडक धुलाम्मे, रोगको सिकार बन्दै जनता
  • इभाना मानन्धरलाई मिस नेपालको ताज,यस्तो देखियो रौनक....
  • यी हुन चर्चित दश नेपाली चलचित्र
  • एक वर्षपछि नेपालमा गयो नयाँ भूकम्प, केन्द्र सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ ।
  • खाएरै, खेलेरै बढ्यो ज्यान,........,
  • यी १० जनावरहरूको बारेमा रोचक तथ्य !
  • चितुवाको छाला र हड्डीसहित भारतमा बैतडीका एक जना पक्राउ ।।
Labels
  • अनौठा कुरा
  • अन्य
  • आजको फोटो
  • कविता
  • गजलहरु
  • ज्ञानगुनका कुरा
  • डोट्याली गित
  • प्रेम पत्र
  • महत्वपूर्ण लिंकहरु
  • मुक्तकहरु
  • यौन कथा
  • रेडियो कार्यक्रम
  • लघु कथा
  • लेख
  • समाचार
Blog Archive
  • ►  2017 (1)
    • ►  December (1)
  • ►  2016 (12)
    • ►  September (1)
    • ►  August (1)
    • ►  May (3)
    • ►  April (7)
  • ▼  2015 (74)
    • ►  December (2)
    • ►  May (1)
    • ►  April (31)
    • ►  March (36)
    • ▼  February (4)
      • सास अनि लास उस्तै उस्तै लाग्छ .....
      • Ugratara Temple
      • बिनाधितो १५ लाखसम्म कर्जा
      • नेपाली क्रिकेट टोलीलाई पाकिस्तानको निम्तो
Copyright © 2015. Blogger.com. All rights reserved.
Home