खाएरै, खेलेरै बढ्यो ज्यान,
समयसँगै चढ्यो उमेर,
उमेरसँगै प्रगति भएकै छैन
आफ्नै लागि संघर्ष गरिरहँदा
बन्न भ्याइएन आमाको लाठी,
उनका दुःख अझै गएकै छैन
समयसँगै चढ्यो उमेर,
उमेरसँगै प्रगति भएकै छैन
आफ्नै लागि संघर्ष गरिरहँदा
बन्न भ्याइएन आमाको लाठी,
उनका दुःख अझै गएकै छैन
आमाले चाहेजस्तो
छोरा बन्न सकेको छैन अझै
ठाडो पारेर शीर
‘म छोरा’ भन्न सकेको छैन अझै
हात समातेर हिँड्न सिकियो
बाँकी बाटो खन्न बाँकी नै छ
आफैँ उदाहरण बन्न बाँकी नै छ.....
छोरा बन्न सकेको छैन अझै
ठाडो पारेर शीर
‘म छोरा’ भन्न सकेको छैन अझै
हात समातेर हिँड्न सिकियो
बाँकी बाटो खन्न बाँकी नै छ
आफैँ उदाहरण बन्न बाँकी नै छ.....



