भदौ १४ – कश्मीरमा भारत–पाकिस्तान विवाद तथा चरमपन्थी र सुरक्षाकर्मीबीचको भिडन्तका घटना प्राय हुने गरेका छन् । यसको मर्कामा सबैभन्दा बढी कश्मीरका बालबालिका परेका छन् । केही दिनदेखि सामाजिक सञ्जालमा यो विषयमा चर्चा भइरहेको छ । कारण हो, एक बालिकाको मार्मिक तस्बिर ।
जम्मु–कश्मीर प्रहरीले दुई दिन पहिले आफ्नो ट्वीटर ह्याण्डलमा एक बालिकाको तस्बिर पोस्ट गरेको थियो । यो तस्बिर हो, अंनतनागमा चरमपन्थी आक्रमणमा ज्यान गुमाएका एएसआइ राशिदकी पाँच वर्षकी छोरी जोहराको । तस्बिरमा जोहरा रुँदै गरेको देखिन्छ ।
उनको अनुहार आँसुले भिजेको छ भने आँखामा पीडा छ । जम्मु–कश्मीर प्रहरीले आफ्नो ट्वीटर ह्याण्डलमा ‘शहीद एएसआई राशिदको श्रद्धाञ्जली समारोहमा रुँदै गरेका बालबालिका । यसमा उहाँकी पाँच वर्षकी छोरी पनि छिन् ।’ भन्ने क्याप्सन लेखेर तस्बिर पोस्ट गरेको थियो ।
उग्रतारा मन्दीर .....
उग्रतारा मन्दीर शुदुर श्चिमकै प्रशिद्ध धार्मैक तथा पर्यटकीय मन्दीरहो । नेपालको सुदूरपश्चिम बिकास क्षेत्रको महाकाली अञ्चलमा पर्ने डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा अवस्थित उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ । उग्रतारा मन्दिर शुदुर पश्चिमकै ठूलो शक्तिपिठ मानिन्छ । यो मन्दिर डडेल्धुरा सदरमुकाम देखि करिब ५ किलोमीटर पश्चिमपट्टी रहेको छ । यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका ९ भगवतीहरूका मन्दिरहरू मध्ये एक भगवती मन्दिरको रुपमा मानिन्छ । उग्रतारा मन्दिरको उत्पति सम्बन्धमा पौराणीक कालदेखीनै प्रमाणिक आधारमा कुनै शिलालेख नभेटिएता पनि यसको उत्पतिको किम्बदन्ति भने फरक फरक भेटीन्छ । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा पर्ने प्रसिद्ध मन्दिर, बागबजार बाट करिब ५ किलोमिटर टाढा डडेल्धुरा,देखी बैतडीसम्म जोडीएको दसरतचन्द राजमार्गको पश्चिम पट्टीको अग्लो बिशाल तथा मनोरमणिय फाँटमा रहेको छ ।मन्दीर सम्म कालोपत्रे सडक पुगेको छ । याहा कतै बाट ओर्लेर मन्दिरमा प्रर्वेश गर्ने मार्ग नभई प्रकृति रुपमापनी अग्लो स्थानमा नैरहेको छ। उग्रतारा देविको दर्शन गर्न जाने भक्तजनहरुले उक्लेर जानु पर्दछ । उग्रतारा मन्दिरको उत्पति सम्बन्धमा आधीकारीक कुनै शिलालेख नभेटिएता पनि यसको उत्पतिको किम्बदन्ति भने यस प्रकार छ । धेरै वर्ष पहीलेउग्रतारा भगवती रहेको स्थान नजिक लटाउली गाउँमा साँकि जातिको बसोबास रहेको थियो । जुनकुरा त्यँहाको हाल रहेको भु–बनोटको आकृतिबाट पनि प्रष्ट हुन्छ । हाल रहेको उग्रताराको मन्दिर वरपर तिनै लटाउलीका साँकी जातिहरुले कृषि कार्य गर्दथे । एक दिन तिनै साँकी जातिको एकजना किसान हलो जोतिरहेको अवस्थामा हलोको फालि सिलामा गढेर सिलाबाट निरन्तर रगतको धारा बगि रहेको अबस्थामा ति साँकीले रगत रोक्नको लागि अनेक प्रयत्न गर्दा रोकिएन, रगत धेरै आँउदा रगतको खोला बग्न शुरु भयो । हाल पनि यो खोला यहि मन्दिरका तलन्वा खोलाको नामले चिनिन्छ ।यसरी बग्दै रहेको रगत रोक्न तिनै किसानले खानु भनि ल्याएको मासको खिचडी सोही सिलाको फालि लागेको घाउमा लगाउँदा रगत बग्न रोकियो । त्यसपछि त्यस सिलालाई सुरक्षित गरी मन्दिर निर्माण गरियो ।ति किसान नै त्यहाँको पुजारी भए र तिनको सन्तानहरुले पुजारी हुँदा उग्रतारा क्षेत्रको भित्रै नचनटुक्रि भन्ने ठाउँबाट सिधै ओरालो उल्टो शरिर सुति करिब ५ किलो मिटर तल शैलेश्वर महादेव मन्दिर भित्रको सानो झ्यालबाट भित्र छिरी सकेर, अन्य परम्परागत क्रिया गरि वास्तविक गृहस्थ जीवन त्यागि भगवतिको पुजामा रहनु पर्ने प्रचलन छ । यसरी पुजारी अवतार नभएको अबस्थामा मन्दिरको बाहिरी शिला भन्दा अलि टाढा मात्र ब्राम्हणहरुले पुजा गराउने चलन छ । यिनै पुजारिको बारे अर्को किम्बदन्ती पनि छ ।एक समय उग्रतारा माताको पुजारिको वृद्ध अवस्था सम्मपनि सन्तान नभएकोले सन्तान पाँउ भन्ने आग्रह गर्दा उग्रतारा माताले पछि दुःख पाइन्छ भनी उसले सन्तानको ढिपी गरिरँहदा उनको छोरो भयो । छोरो ठुलो भएपछि पुजारिको सबै घर व्यवहार छोराले सम्हाल्थे तर एक बर्ष उग्रताराको मेला हुने अघिल्लो दिन सो गाउँमा थुप्रै पाहुनाहरु आए जो आज पनि यथावत छ । र आएका पाहुनाहरुको सत्कार गर्न त्यो गाँउको मानिसहरु आफ्नो कर्तव्य सम्झन्छन । सोही हुनाले आधा रातमा पाहुनाकै सत्कारमा ति बृद्धाको छोरा बुहारीको समय वितेको र त्यस अबधिमा आफ्नो कुनै वास्ता नगरेकोले बृद्धा पुर्ण आक्रोसको साथ रातिनै उग्रतारा मन्दिरमा गई पुकार गरी हजुरको दरबारबाट प्राप्त छोरा नष्ट होस भन्दा भोलिपल्ट मेलाको दिनको ठिक १२ बजे तिनको छोरोको मृत्यु भएको किम्बदन्ति सुन्न पाइन्छ । यसै प्रकार उग्रताराको महिमा बारे अर्को किम्बदन्ती पनि छ ।
यस उग्रतारा भगवती मन्दिरमा कार्तिक शुक्ल पुर्णिामाको दिन महापुजा तथा ठूलो जात्रा लाग्ने गर्दछ । कार्तिक शुक्ल पुर्णिमा मा लाग्ने प्रसिद्ध मेला देइजातमा प्राचिनकालमा गर्खा, गर्खा बाट लडाकुहरुले आ–आफ्नो विरता साथ लडाई हुँदा रगतको खोला बग्ने जसलाई यँहा न्वाखोलाको रुपमा नामकरण गरिएको छ । यँहा कार्तिक शुक्ल पर्णिमाको दिन जिल्ला भरि बाट मात्र नभई दार्चुला, बैतडी, बझांड, डोटी र तराइका कैलाली र कञ्चनपुर लगायतका अन्य बिभिन्न शहरहरु बाट समेत मेला भर्न आउने गर्दछन । यस उग्रतारा मेलापछि चिस्यान सुरु भई हिँउद लाग्ने हँुदा डडेल्धुरा बासिको कृषि कार्यबाट फुर्सदका दिनहरु आँउछन । खनमडा, छचोडा, दमडा, र जिलोडामा भन्डार रहेको उग्रतारा मन्दिरमा यिनै ठाँउबाट देउरो पनि आउछ । यस मन्दिरमा देउरो आउनु अघि चतुर्दशिको राति रत्यौली मनाउने, मन्दिर पुग्नु अगाडी लटाउली, लगायत खनमडा, जिलोडा र दमडामा साँस्कृतिक झलकका साथ खेल र जात्रा गरि देउरो उग्रतारामा लगीने गौरवमय परम्परा आफैमा रोमान्चक छ । स्थानीय भासामा देहीजाँतका नामले चीनीने उत्तमेलामा १५लाखजती भत्तजन तथा दर्शक आउने अनुमान गरीएको छ ।उत्तमेला मा १करोड ५० लाख बराबरको आर्थीक कारोबारहुने गर्दछ ।
ब्यापारका लागी डडेल्धुरा, बैतडी,डोटी ,कैलाली,,कन्चनपुर लगायत भारतको कुमाउ क्षेत्रबाउ समेत ब्यापार गर्न ब्यापारी हरु आउछने गर्दछन यहाँ मुख्य ब्यापारका रुपमा होटेलमा जेरी,मीठाइ,चाउमी,समैसा,पकौडा ,मासुका बिभीन्न परीकार,अन्य किरानाका सामानहरु,स्थानीय उत्पादनहरुमा अदुवा, बेसार,तिल, कोदो फलफुलमा सुन्तला ,मौसमी, कागती ओखर, स्याउ, केरा, अनार लगायल अन्यस्थानीय उत्पादन हरु समेत बिक्रृीबाट ब्यापारीले मनज्ञ आमदानीगर्ने गर्दछन । त्यसैले
जहाँ पर्यटनको विकास हुन्छ, त्यहाँ आर्थिक उन्नतीले गतीलो मार्ग प्राप्त गर्छ । कुनैपनि ठाँउ र क्षेत्रको अर्थतन्त्रलाई सफल बनाउने हो भने सबै भन्दा पहिले त्यस ठाँउ को पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ । एउटा पर्यटन कुनै ठाउँमा मनोरञ्जनका लागि होस वा त्यस क्षेत्रको अवलोकन गर्न, जुन कामले गएपनि उसलाई आवश्यक पर्ने सेवा सुविधाहरु मा रकम खर्च गर्नु पर्ने हुन्छ । उसले खर्च गरेको रकमले व्यवसायीको आर्थिक जीवनस्तरमा सुधार गर्नुका साथै सो क्षेत्रको आर्थिक उन्नतीमा समेत सहयोग पुराउने गर्दछ । त्यसैले नेपालको अर्थतन्त्रलाई पनि उच्च विन्दुमा राख्नका लागि सबै भन्दा पहिले यहाँ पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ ।

काठमाडौं, बैशाख १ । नेपाली चलचित्र क्षेत्रका लागी २०७१ साल पूर्ण रुपमा सफल बर्ष नभए पनि असफलताको बर्ष चाहीं रहेन । नयाँ प्रविधिको प्रयोग, नयाँ कथाबस्तु साथै नयाँ नयाँ कलाकारहरुको आगमनले चलचित्र उद्योग सुखद नै रहयो ।
अपेक्षा नै नगरिएका कतिपय चलचित्रहरुले राम्रो व्यापार गरे भने ठूलो लगानीमा बनेका कतिपय चलचित्रहरुले लगानी उठाउन सकेनन् । नेपालमा मात्र नभई विदेशमा पनि नेपाली चलचित्रहरुले राम्रो चर्चा कमाएका छन् ।
कोहिनुर
नायक श्रीकृष्ण श्रेष्ठको निधन पछि कोहिनुरले नेपाली सिने उद्योगमा तहल्कै पिटयो । यसले ऐतिहाँसिक व्यापार गर्यो । चेलीबेटी वेचविखन विषय समेटिएको यस चलचित्रमा श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्काले अभिनय गरेका छन भने आकाश अधिकारीले निर्देशन गरेका छन् ।
नोभेम्बर रेन
नयाँ कलाकार छुल्ठिम गुरुङको अनौठो भूमिकाले नोभेम्बर रेनले चर्चा कमायो । त्रिकोणात्मक प्रेमकथा रहेको यस चलचित्रमा आर्यन सिग्देल र नम्रता श्रेष्ठको अभिनय रोचक रहयो । दिनेश राउतको निर्देशन रहेको यसले तन्नेरी पुस्ताहरुको मन खिच्न सफल रहयो ।
कबड्डी
मुस्ताङका गाउँहरुमा छायाङन गरिएको यस चलचित्रमा दयाहाङ राईको अभिनयले चर्चा कमायो । त्यो भन्दा पनि मामाका छोराछोरीले फूपुका छोराछोरीसँग विवाहवारी चल्ने प्रचलनको विषय उठान गरिएकाले यस चलचित्र धेरै दर्शकको रोजाइमा पर्यो । रामबाबु गुरुङले निर्देशन गरेको यस चलचित्रमा थकाली समाजको मौलिक दृश्य कैद गरिएकाले चलचित्र उत्कृष्टको सुचीमा पर्यो । निश्चल बस्नेत, रिस्मा गुरुङको अभिनयले पनि थप चर्चा लियो ।
जेरी
कलेजका विद्यार्थीहरुको रोजाइमा परेको जेरीले पनि खुबै चर्चा बटुल्यो । तन्नेरीहरुको कलकलाउँदो प्रेमकथामा आधारित यस चलचित्रमा नायक भुवन केसीका छोरा अनमोलको अभिनय हेर्न धेरैलाई हलमा पुर्यायो । हेमराज विसीले निर्देशन गरेको यस चलचित्रमा जोमसोमको सुन्दर दृश्यले धेरैको मन तान्न सफल भयो ।
लज्जा
सामाजिक प्रेमकथामा आधारित चलचित्र लज्जाको प्रदर्शनले निर्माता छविराज ओझा लज्जित हुनु परेन । पछिल्लो समयमा चलचित्र दुनियामा प्रवेश गरेकी नायिक शिल्पा पोख्रेल र व्यस्त नायक आर्यन सिग्देलको अभिनय हेर्न धेरै दर्शकलाई हलमा प्रवेश गरायो । नवल नेपालले निर्देशन गरेको यस चलचित्रले युवाहरुको मन खिच्न सफल भयो ।
टलकजंग भर्सेज टुल्के
अघिल्लो बर्ष राम्रो चर्चा कमाएको ‘लुट’ बाट स्थापित भएका निश्चल बस्नेतले निर्देशन गरेको यस चलचित्रले पनि धेरै चर्चा बटुल्यो । माओवादी जनयुद्धको एउटा पात्रलाई टपक्क टिपेर चलचित्रको कथाबस्तुमा समेटिएकाले यसप्रति दर्शकहरु झुम्मिए । रेडियो नाटकमा स्थापित बनेका खगेन्द्र लामिछाने र ऋचा शर्माको अभिनयले चलचित्रलाई सफल बनायो ।
भुलभूलैया
प्रेमकथामा आधारित चलचित्र भुलभूलैयाले पनि राम्रो चर्चा कमायो । जीवन लुईंटेल र निता ढुङ्गानाको अभिनयले चलचित्रलाई सिने उद्योगमा सम्मानजनक स्थान जमायो । निर्देशक रोहित घिमिरेले निर्माताको लगानी उठाउन धेरै मेहेनत गरे ।
हिम्मतवाली
नायिका तथा निर्देशक रेखा थापाको यस चलचित्रले पनि खुवै वाइवाइ पायो । दुई हात नभएका सुदर्शन गौतमको अभिनय रहेको यस चलचित्रले नायक गौतम र रेखा थापाको अभिनय हेर्न धेरै दर्शक लालायित भए । नायकको हिम्मत हेर्नकै लागी भए पनि दर्शहरु हलसम्म पुगेर लगानी उठाइदिए ।
पुर्नजन्म
गाउँघरमा रहेको एउटा अन्धविश्वास मरेको मान्छे फर्केर आउने भन्ने गलत बुझाइलाई प्रतिनिधित्व गर्दै निर्माण भएको चलचित्र पुर्नजन्मले आफ्नो अस्तित्व जोगाएको छ । निर्देशक साजन श्रेष्ठले नेपाली समाजको एउटा अन्धविश्वासलाई राम्रोसँग उजागर गरेका छन् । केकी अधिकारी आर्यन सिग्देल र गजित विष्टको रोमाञ्चक अभिनय हेर्न लायक बनेको छ ।
हवल्दार सुन्तली
२०७१ को अन्तिममा आएर रिलिज भएको हवल्दार सुन्तलीले पनि राम्रो चर्चा कमाइरहेको छ । आफ्नै सहकर्मीहरुबाट बलात्कार भएकी सुन्तली धामीको घटनालाई आधार मानेर निर्माण गरिएको चलचित्रले दर्शकको मन तानेको छ । छविराज ओझाको निर्माण तथा ऋषि लामिछानेको निर्देशन गरेको यसमा देशमा बढदो बलात्कारको घटनालाई उजागर गरेको छ ।
‘झोला’ दुई बर्ष देखि चर्चै चर्चामा
यादब भट्टराईले निर्देशन गरेको चलचित्र ‘झोला’ २०७० देखि नै चर्चाका शिखरमा रहयो । नेपाली समाजको एउटा कुरुती विरुद्ध विषयबस्तु रहेकाले प्रसंसायोग्य चलचित्र बन्न पुग्यो । कृष्ण धाराबासीले लेखेको पुस्तकमा आधारित परम्परागत सती प्रथा विरुद्ध बनेको झोलाले राम्रो व्यापार गर्न सफल भयो ।
२०७० मा रिलिज भए पनि ०७२ सम्म आइपुग्दा पनि चर्चा उत्तिकै पाइरहेको छ । यस चलचित्र पुनः हलहरुमा प्रदर्शन हुने भएको छ । यसरी पुनः प्रदर्शन भएको नेपाली चलचित्र ‘बलिदान’ पछि झोला पछिल्लो चलचित्र हो ।
‘सार्क फिल्म फेस्टिभल(२०१४’मा उत्कृष्ट नायिकाको अवार्ड पाएको यो चलचित्र पुनः रिलिज गर्न लागेको निर्माण टिमले बताएको छ । उत्तमकुमार श्रेष्ठको प्रस्तुतीमा तयार चलचित्रमा मालती शाह, राज तिमल्सिना, रामगोपाल थापा र सुशिल शाहको लगानी छ ।

काठमाडौं, बैशाख ६ । यस बर्षको मिस नेपालको उपाधी इभाना मानन्धरले जितेकी छिन् । हिजो भएको २० औं मिस नेपाल प्रतियोगितामा १८ प्रतिस्पर्धीलाई उछिन्दै काठमाडौं भोटेवहालकी ईभानाले उपाधी चुमेकी हुन् ।
उपाधीसंगै इभानाले आगामी असोजमा हुने ६५ औं मिस वल्र्डको प्रतिनिधित्व गर्नेछिन् ।
निर्णायकको अन्तिम प्रश्न अबको १५ बर्षमा आफूलाई कस्तो अवस्थामा देख्नु हुनेछ भन्नेमा आफू ब्यक्तिगत रुपमा र पेशागत दुबैका माध्यमले बिकासमा लाग्नेछु भन्ने जवाफ इभानले दिएकी थिइन् ।
इभाना अमेरिकामा मार्केटिङ बिषयमा स्नातक गरिरहेकी बिद्यार्थी हुन् । उपाधीसंगै उनले एक लाख रुपैयाँ नगद प्राप्त गरेकी थिइन् ।
प्रतियोगितामा दिब्यता बैद्य फस्र्ट रनर अप घोषित भइन् भने मेधा कोइराला सेकेण्ड रनर अप घोषित भइन् ।

यो संसार प्राकृतिक सम्पदा र सम्पतिले भरिभराउ छ, तर पनि हामीलाई यो प्राकृतिक देनहरूको बारेमा सायदै थाहा होला।आज हामी तपाईँहरूलाई यस्तै किसिमका नौला र अनौठा कुराहरूको बारेमा जानकारी दिनेछौँ जुन तपाईँहरूलाई थाहा नभएको हुन सक्छ।
यी १० जनावरहरू साँच्चै नै अनौठा किसिमका छन्, हेरौँ त एकपल्ट!!
१. हमिङ्ग बर्ड
यो चरा एक मात्र चरा हो जुन पछाडिबाट उड्न सक्छ, अनि यस चराले १ सेकेण्डमा ८० चोटि आफ्नो पँखेटा चलाउन सक्छ। के तपाईँलाई यो कुराको बारेमा ज्ञान थियो त?
२. बङ्गुर
बङ्गुरलाई नचिन्ने सायदै कोहि होला, तर के तपाईँलाई यो थाहा थियो कि उनिहरूले एक-अर्कासँग कुराकानी गर्न सक्छन् भनेर? वैज्ञानिकहरूले अझसम्म बङ्गुरको २० शब्दलाई चिन्न सफल भइसकेका छन्, जसमा ‘मलाई भोक लाग्यो!’ पनि पर्दछ।
३. कुकुर
घरमा कुकुर नपाले पनि कुकुरलाई नदेखेको को होला र है? तर कुकुरहरूको नाकको छाप ठ्याक्कै मानिसको औँलाको छाप जस्तै हुन्छ नि!!
४. शङ्खे किरा
झरी मौसममा शङ्खे किराहरू घर-आँगनमा आएर तपाईँहरूलाई सताउँछन् होला हैन? तर यो किराको बारेमा थाहा पाउनुभयो भने अचम्म मान्नुहुन्छ। शङ्खे किराको आँखामा घाउ भएर अथवा केहि भएर आँखा गुमाएको छ भने, फेरि अर्को आँखा निकाल्न सक्छ। अबुइ!!
५. जिराफ
जिराफहरूको स्वर ग्रन्थि हुँदैन र उनिहरूको जीब्रो नीलो-कालो रङ्गको हुन्छ।
६. लोखर्के
कुनै बगैँचामा जाँदा रूखको हाँगाहरूमा लोखर्के देख्नुभएको छ भने, त्यो रूख मानिसले रोपेको नहुन सक्छ। कसले रोप्यो त भनेर सोध्नुहुन्छ भने, म भन्छु, ‘लोखर्केले रोप्यो!’ कसरी थाहा छ? लोखर्केले आफूले खानको लागि बिउ पुरेको हुन्छ र पुरेको ठाउँ बिर्सेपछि त्यो बिउ उम्रेर रूख बन्दछ।
७. कमिला
हरेक एक मानिसको ठाउँमा करिब १० लाख कमिलाहरू यो संसारमा पाइन्छन्। अनि कमिलाहरू कहिल्यै पनि सुत्दैनन् र उनिहरूको फोक्सो पनि हुँदैन।
८. पुतली
आहा! पुतली कति राम्रो हुन्छ है! पुतलीहरूसँग दुईवटा आँखा हुन्छन् जसमा १००० वटा लेन्सहरू हुन्छन्, तर उनिहरूले केवल रातो, हरीयो र पहेँलो रङ्ग मात्रै देख्न सक्दछन्, त्यसैले होला पुतलीहरू फूलमा बढी आकर्षित हुने!!
९. बिरालो
क-कसको घरमा बिरालो पालेको छ? पालेको हुनुहुन्छ भने यो जान्न महत्वपूर्ण हुन्छ कि बिरालोको कानमा कुल ३२ वटा मांशपेशीहरू हुन्छन्, जसले गर्दा उनिहरूको सन्ने क्षमता अरू प्राणीको भन्दा धेरै हुन्छ।
१०. झिङ्गा
झिङ्गाहरूको आयु जम्मा १४ दिनको मात्रै हुन्छ तर उनिहरूले आफ्नो छोटो जिवनकालमा पनि आफ्नो सङ्गीतप्रेम दर्शाइरहेका हुन्छन्। उनिहरूको पँखेटाबाट निस्कने ध्वनी पनि ‘एफ्’ नोटमा हुन्छ र जुन ठाउँमा ‘एफ्’ नोटको सङ्गीत बजाइरहेको हुन्छ, त्यहाँ झिङ्गा बढी आउने गर्दछन्।
भनिन्छ फर्स्ट इम्प्रेशन इज द लास्ट इम्प्रेशन अर्थात शुरुमा जस्तो प्रभाव पर्छ जीवनभर त्यो प्रभावको असर रहिरहन्छ ।
यदि तपाइँ कसैसँग पहिलो पटक भेट गर्दै हुनुहुन्छ भने मनमा राख्नुस् यो भेट नै जीवनभर तपाइँप्रति अवधारणा बन्ने भेट हुनेछ ।
love couple1
हालै गरिएको एक अध्यनले कसैप्रति सकारात्मक र नकारात्मक धारणा केवल १२ मिनेट भित्र निर्धारण हुने देखाएको छ।एक बेलायती संस्थाले २ हजार मानिसमा गरिएको अध्यनका क्रममा यो तथ्य बाहिर आएको हो ।शोधका अनुसार पहिलो पटक भेट्दा तपाइँले सोधेको प्रश्न, तपाइँको मुस्कान, आइ कन्ट्याक्ट अर्थात तपाइँको नजर र आवाज जस्ता कुराहरुले तपाइँप्रतिको धारणा तय हुन्छ ।
अध्यनले शरीरबाट दुर्गन्ध अथवा श्वास गन्हाउने समस्या भएमा त्यसको प्रभाव जीवनभरलाई नराम्रो पर्ने पनि देखाएको छ ।
पहिलो भेटमा बोल्दा बोल्दै कसम खान थाल्नु भो भने पनि तपाइँप्रति नकारात्मक प्रभाव पर्ने अध्यनको निष्कर्ष छ । खासमा मन्छेको मूल्याङ्कन कुराकानी गर्ने शैलीबाट शुरु हुन्छ ।यदि तपाइँ पहिलो पटक डेटिङ जाँदै हुनु हुन्छ भने सामाजिक सञ्जालमा आफ्ना गतिविधी पनि नियन्त्रण गर्नुस् किन भने तपाइँको सामाजिक सञ्जालको गतिविधी पनि निगरानी भैरहेको हुन्छ ।सामाजिक सञ्जालमा तपाइँका गतिविधीबाट तपाइँको चरित्र र स्वभाव समेत बुझ्न खोज्छन् ।
पहिलो डेटमा मधुर बोली र मुस्कान हुनेहरुको सम्बन्ध निक्कै राम्रो हुने शोधको निष्कर्ष छ ।

वर्तमान सूचना प्रविधिको युगमा इन्टरनेट मानिसहरुको दैनिकीको अभिन्न पाटो बनिरहेको छ । यद्यपि विश्वका प्रयोगकर्ताहरुले समान गतिको इन्टरनेट प्राप्त गर्न सकेका छैनन् । कतिपय देशमा निकै तिव्र गतिको इन्टरनेट सेवा प्राप्त छ भने कतिपय देशमा निकै झूर । नेटवर्क ट्रयाकर अकामाइले हालै सार्वजनिक गरेको विश्वका देशहरुको इन्टरनेट गतिको अवस्था विषयको एक प्रतिवेदन दी स्टेट अफ इन्टरनेट अनुसार विश्वका सर्वाधिक तिव्र गतिको इन्टरनेट भएका देशहरु यी हुन्(
१। दक्षिण कोरिया( औषति कनेक्सन स्पीड २२।२ एमबीपीएस सहित दक्षिण कोरिया विश्वको सबैभन्दा तिव्रगतिको इन्टरनेट सेवा रहेको देशको सूचिमा पहिलो स्थानमा लगातार रहन सफल भएको छ । यद्यपि पछिल्लो त्रैमासिकमा देशको औषत इन्टरनेट गतिमा १२ प्रतिशतको गिरावट आएको रिपोर्टले देखाएको छ । यद्यपि अघिल्लो वर्ष भन्दा यो वर्ष त्यहाँको इन्टरनेट स्पीड १।६ प्रतिशतले सुधार भएको छ ।
२।हङकङ( तिव्र इन्टरनेट रहेको देशका रुपमा हंगकंग दोश्रो स्थानमा रहेको छ । त्यहाँको औषत इन्टरनेट स्पीड १६।८ एमबीपिएस रहेको छ । वर्षेनी इन्टरनेट स्पीडमा ३७ प्रतिशतले सुधार भएको समेत रिपोर्टले देखाएको छ ।
३। जापान( जापान विश्वमा सर्वाधिक तिव्र इन्टरनेट सेवा भएको तेश्रो मुलुक हो । जहाँको इन्टरनेट स्पीड औषतमा १५।२ एमबीपीएस रहेको छ ।
४। स्विडेन( एक स्थान माथि चढ्दै स्केन्डेनेभियन देश स्विडेन सबैभन्द तिब्र गतिको इन्टरनेट भएको चौथो देश बन्न सफल भएको छ । स्विडेनमा ब्रोडब्याण्ड इन्टरनेटको औषत गति १४।६ एमबीपीएस रहेको छ र वाषिर्क सुधार ३४ प्रतिशत रहेको छ ।
५। स्विट्जरल्याण्ड( अघिल्लो त्रैमासिकमा चौथो स्थानमा रहेको स्विजरल्याण्ड एक तह खस्किँदै पाँचौ स्थानमा झरेको छ । अकामाइको रिपोर्ट अनुासर हाल स्विजरल्याण्डको औषत इन्टरनेट स्पीड १४।५ एमबीपीएस रहेको छ ।
६। नेदरल्याण्ड( इन्टरनेट स्पीडका आधारमा विश्वमा छैटौँ स्थानमा कायम रहेको नेदरल्याण्डमा इन्टरनेटको औषत गति १४।२ एमबीपीएस रहेको छ ।
७। लाट्भिया( वाषिर्क तथा त्रैमासिक रुपमा समेत इन्टरनेट स्पीडमा गिरावट आएपनि लाट्भियाले विश्वका तिव्र इन्टरनेट भएका देशहरुको सूचिमा आफुलाई उल्टो एक स्थान माथि चढाउँदै सातौँ स्थानमा पूराएको छ । लाट्भियामा इन्टरनेटको औषत गति १३ एमबीपीएस रहेको छ ।
८।आयरल्याण्ड( औषत इन्टरनेट स्पीड १२।७ एमबीपीएस सहित आयरल्याण्ड आठौँ स्थानमा रहेको छ ।
९। चेक गणतन्त्र( तिव्र इन्टरनेट भएको नवौँ देशको रुपमा चेक गणतन्त्रले आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ । चेकमा इन्टरनेटको औषत गति १२।३ एमबीपीएस रहेको छ ।
१०। फिनल्याण्ड( सर्वाधिक उच्च गतिको इन्टरनेट सेवा रहेका टप टेन देशको सूचिमा आफुलाई दशौँ स्थानमा उभ्याउन फिनल्याण्ड सफल हुँदा सिँगापुर ११ औँ स्थानमा झर्नुपर्यो । फिनल्याण्डको औषत इन्टरनेट गति १२।१ एमबीपीएस रहेको छ ।