जीवन आफुले भोगेको भोगाइको जीवन्त दस्तावेज हो । जीन्दगी का भोगाईहरु अनि कल्पना हरु र वास्तविक बिचको सन्तुलनू हो यो कार्यक्रम मुक्तक मधुरीमा हुनत । अनुभव र जिबन लाई परिभाषित गर्न सकिदैन तर मेरो आफ्नै सिद्धान्त मा पुर्ण जीवन एउटा यात्रा मा रुपान्तरण भएको छ ।
सधैजसो आजपनि रातको साढे नौ बजेर समय क्रमश मध्य रात हुदै विहानी तर्फ ओरालो लागी रहेको छ, आज पनि, वातावरण, परीवेश सुनसान छ । तापक्रम पनि बिस्तारै ओरालो लागेर १३ डिक्रीभन्दा अझै तल झरीरहेको छ । र सापेक्षिक आद्रता न्यून भएकोले जाडोले खुम्च्याएको छ मलाई । बाहिर हल्का चिसो हावा बहिरहेको छ, रुखका पातहरू धिमे पाराले हल्लीरहेका छन । मन भित्र हल्का तातो हिटर ताप्दै विगतका संस्मरणमा थोरै लिप्त भएर केही बोल्ने मन लागेको छ । विगत कोट्याउने हो र त्यसलाई लिपिवद्ध गर्ने हो भने पुस्तकका ठेलीहरू नबन्लान भन्न सकिन्न । त्यसो गर्नका लागि समय, अनुकुल वातावरण र गहन विषयवस्तु पनि हुनुपर्यो । त्यसैले प्रसंगहरू उठेको बेला केही अनुभूतिहरू छोटकारीमा केही शब्दहरु भन्ने गरेको छु । त्यसैको निरन्तरता भन्नुपर्ला यी मेरा आजका शब्दहरु पनि । दिन उनै छन , उस्तै बितीरहेको छन निर्बाद रुपमा तर रातहरु भने निरन्तर अनीन्द्रा , कुन हो कुन कुराको कमी महशुस भएरै बितेका छन । सधै जसो आजपनि ।
एक भाब अनि साझा समर्पण । यहाँ तड्पन भित्र अल्झीने आत्मा वृतान्त भित्र बल्झीने मेरो पनि चिरसखी छिन । सदैब आत्मा बाट निकट , किन अक्सर मनले आज काचुलीफेर्ने प्रण गर्दैछ ।
चिर आत्मा सुनौलो रुपमा बिलीन हुन रातको एक्लो दिपमा पुतली होमिए झैँ होमिन्छ यो मन । मेरो प्राण कस्ले भरिदियोस सारा दिन चेत शुन्य भएर आफ्नै भगवान संग जिउने शक्ति माग्छु । खै कस्ले दिन्थ्यो र कत्र्यब्यहिन लाई सीत्तैमा त्यो पनि, निर्धक्क भएर निदाउन सक्दिन, त्यसैलेत दिर्घ रोगी भएर अर्ध मुस्कानमा पनि आफुलाई मौसमे फूल बनाउन होमिन्छ मेरो अर्धप्राण मन ....। जिन्दगी संगको एकजोडी प्रेम मेरो स्वासको खिचाईसम्म मात्र रहदो होला सायद ।।।। एक परिधि भित्र अल्झीएर रहेको प्रेम करोडौं मुटु भित्र फुल््ने प्रेम जस्तै एउटा दमित चित्कार भएर म भित्र बज्रिन्छ प्राण ।
अब नडढाउ मलाइ म उहिल्यै डढेको मान्छे” केहीसमय मौन बनेपछि एकजोडी मन हामी दुई भित्र निरन्तर संघर्षरत रहेको आभाष मिल्छ । त्यसैलेत अझै तिमि र म भित्र आत्मीय पन ताजै हुनाले मन बहकाई दिन्छ ।
उसका लागी==========================
चन्द्र राजा
(डडेल्धुरा, नेपाल)
यो माया भन्ने चिजै यस्तो छ , जो नपाउदा कहाँ पाईएला जस्तो पाएपछि मतलवनै नहुने । उसो त यो सौभाग्य सबैलाई कहाँ हुन्छ र , तर याहाँ चाँही यस्तो भएन, एउटा कथा छ , चोटहरुले भरीएको कथा , आफ्नो कुरा ब्यक्त गर्न नपाउदाको ब्यथा । यस्तै यस्तै एउटा कथा छ । यो कथा कलेज वाट सूरु हुन्छ । जहाँ हजारौँ अध्ययन गर्ने विध्यर्थी हरु हुन्छन ।
त्यही कलेज भित्र एउटा अन्जली र अर्को आकाश । त्यो कलेजको लागी आकाश पुरानो विध्यार्थी थियो तर अन्जली चाँही नयाँ छे । अन्जली आफ्नो पढाई खर्च जुटाउनको लागी भएपनि उसले सानो सिडि को पसल थापेर वसेकी छे । एउटा शुशिल केटी अन्जली , जो भर्खर २० देखी २२ वर्ष सम्मकी थि , उसको त्यो मनमोहक सुन्दरता अनी उसको लठठ परेको आँखा पहिलोचोटि उसको सुन्दरता देख्नेलेभन्थ्यो भगवान ले फुरस्दमा बनाएको हुनुपर्छ,त्यस्ति अलौकिक सुन्दरता कि धनी, असल स्वभावले पनि होला ,कलेजका सवै केटाहरुले उसलाई नै ताकेका ।
उसको बढी समय पढाईमै वित्ने गथ्र्यो , त्यही कलेजमा एउटा अर्को केटा छ , आकाश , उ पनि त्यही कलेजको विध्यार्थी हो , सवैले अन्जली लाई आफू नजिक वनाउने प्रयास गरीरहेका हुन्छन । तर अन्जली ले भने आकाशलाई मन पराउछे, आकाश ले पनि अन्जलि लाई कता कता मन पराउने गर्थौ दुबै जना ले एकहोरो हेरि मात्र रहन्थे तर आफनो मन को कुरा लाई मनै भित्र गुम्साएर राखेका हुन्छन, तरपनि एक ले अर्कालाई भन्न नसकेको अवश्था हुन्छ । कलेज देखी करीव १ कि.मी को दूरीमा जहाँ आकाश एउटा सि.डी को चक्का किन्ने निहुमा सधै दिनको एउटा चक्का लैजान्थ्यो , जुन चक्काको पसल अन्जली को थियो ।
एक ले अर्कालाई भन्न नसकेको अवश्थामा अन्जलीले पनि हरेक दीन उसलाई चक्का दीने गर्थी एउटा एउटा गरी , आकाश अन्जलीलाई हेर्न को लागी उ संग केही समय विताउनको लागी भए पनि चक्का किन्ने वाहानामा हरेक दीन पसलमा आउथ्यो,अर्को तर्फ भने आकाशे ब्रेन ट्यूमरले ग्रसीत थियो , सायद त्यही भएर होला उसले अन्जलीलाई , म तीमीलाई चाहान्छु, म तिमि लाई माया गर्छु भनेर भन्न नसकेको , यसो गर्दा गर्दा बर्षौ बित्यो । आकाशलाई उता उसको रोगले झन झन च्याप्दै थियो । शायद उसलाई अन्जलीको मन दुखाउने ईच्छा नभएरै होला भन्निछ नि माया गर्नै मान्छेको सधै खुशि हेर्नु पर्छ भनेर त्यहि भएर होला उसले आफ्नो मनको कुरा अन्जलि सामु पोख्न नसकेको ।
सधै झै आज पनि अन्जलीका आखाँले आकाशको प्रतिक्षा गरिरहेका छन कि आकाश आउछ, अनि आज पनि सधै झै हाम्रो भेट हुन्छ,फेरि अन्जलि सोच्न थालछिन, यो सिडि को पसल नभएको भए हामि नजिक पनि हुन्थेनौ होला ।
मन मनै धन्यवाद दिन्छिन, आफनो पसल लाई,,तर यत्रो वर्ष निरन्तर आउने आकाश खै केभो आज आएन,, अन्जलिको मन मा चिसो पस्यो, फेरि पनि उसको आँखा ले त्यो आउने बाटोमा एक नासले हेरि रहेको थियो । आउने आँश मारेको थिएन उसले,उसको मस्तीश्कले भनिरहेको थियो, भो आज आउदैन तेरो आकाश,तर मन बाट आवाज आउथ्यो हाईन, मेरो आकाश अबश्य आउछ । समय बित्दै गयो ,फेरी बिस्तारै रात पर्न थाल्यो, आकाश तव सम्म पनि आएन चक्का लीन ,आज अचानक बाहिरको मौसम पनि पुरै कालो वादलले भरिएको छ । भारी वर्षा हुन्छ ,यो प्रकृतिले पनि आकाश माथि बर्ज फाल्छ, उ डराउछे धेरै , आकास लाई सम्पर्क गर्ने कुनै माध्यम थिएन उसको, अन्जली झन हैरान हुन्छे ,त्यो रात अन्य रात भन्दा धेरै डर लाग्दो रात थियो,बाहिर पानि परिरहेको छ भित्र अन्जलिको आँखा बाट अबिरल अर्शुका धारा बगि रहेका छन, हेर्दा हेदै दिन हरु बित्दै जान्छन आकाश नआएको आज एक हप्ता भैसकेछ ।
अन्जली को मनमा कता कता डरले डेरा जमाई रहेको हुन्छ । उसलाई धेरै डर लाग्न थाल्यो । फेरी अन्जली आकाशको खोजीमा जान्छे , र आकाशको घर पुग्छे, ढोका ढक्ढकाउछे उ , आकाशकी आमाले ढोका खोल्नु भयो , ढोकामा अन्जलि लाई देख्नुभो आँखा भरि आँशु निकालि अन्जलि लाई अँगालोमा हाल्नु भो र भन्नु भो अन्जलि तिमी धेरै ढिलो भयौ धेरै ढिलो,,,,आफ्नो नामले वोलाउदा अन्जली छक्क पर्छे ... अनी सोधीहाल्छे , आमा मलाई कसरी चिन्नु भयो ? छोरी तिम्रो वारेमा आकाशले मलाई सधै भन्ने गथ्र्यो . अनि आकाश खै त .....,धेरै दिन भो आन्टी आकाश लाई नदेखेको का छ आकाश,,नानि आकाश त एक हप्ता अगाडी नै भगवानलाई प्यारो भैसक्यो । यो सून्दा अन्जली छाना वाट खसे झै हुन्छे , उभीएको ठाउवाट भुईमा पछारीन्छे अनी डाको छोडेर रुन थाल्छे, छाती भित्रको वेदना लाई आँखाको वाटो गरी आँशुका थोपाहरु वाट वगाउन थाल्छे, आमाले सम्झाएको केही पनि सुन्दीन उ , झस्कीएर सोध्छे ,आमा आकाशको कोठा कुन हो ... आमाले आकाशको कोठा उ पल्लो कोठा भनी अन्जली लाई कोठा देखाईदीनु भयो ।
नभन्दै अन्जली आकाशको कोठा तीर दौडेर जान्छे । कोठा भीत्र उसको पसलबाट ल्याएका ति सि.डी का चक्का हरु पुरै कोठा भरी नै देख्छे । तर दुखको कुरा , आकाशले चक्का त ल्यायो , अनी अन्जलीको वारेमा आफ्नो आमालाई पनि वतायो सबै । मात्र उसले त्यो चक्का खोलेनछ , यदी खोलीदीएको भए सधै एक अर्का संग नवोलेरै टाढीनु पर्दैन्थ्यो होला । किन कि अन्जली ले त्यो चक्का भित्र सधै आफ्नो मन का भाव हरु प्रेम पत्र हालेर पठाउने गर्दी रैछीन ।
विमला अधिकारी /- उसले कति सजिलै भन्यो–हो, म कुमार होइन। यति संवेदनशील कुरा उ यसरी भन्थ्यो म उसलाई सोधिरहेकी छु– माया गर्छौ? कुनै युद्ध वा परीक्षामा सफल भएर पाएको तक्माको कहानी सुनाए झै गरी ऊ छाती फुलाएर भन्छ कुमार नहुनुको कथा। आफ्ना साहासिक काहानीलाई निरन्तरता दिन।
ऊ मेरा अवाक्क परेर ‘आ' भएको मुखलाई बेवास्ता गर्दै अघि बढ्छ ‘म तिमीलाई ढाट्न नि सक्थेँ र तिमी सजिलै पत्याउन सक्थ्यौ र सदैव यसबारे अनभिज्ञ रहन पनि सक्थ्यौ, तर म केही लुकाउन चाहन्न किनकि म हाम्रो सम्बन्धमा झुठोको कुनै अवशेष रहन दिन्न।’
उसका सत्यवादी कुराहरु सुनेपछि मैले आँखा जुध्लान कि भन्ने डरले निहुरिएको उसको भावभंगी नियालें। तर, सोच्न सकिनँ अब उसँग के बोल्ने अनि के गर्ने? पुरै खाली हुन्छ मानसपटल। अनि शून्यता छाउँछ वरिपरि। धेरै बेर पछि आफूलाई होसमा पाउँछु।
उसले भनेका घटना सपना भइदिए हुन्थ्यो जस्तो लाग्छ। तर, उसको निहुरिएको शिरले मलाई त्यो विपना नै हो भन्ने ठम्याउन धेरै बेर लागेन। निर्णय गर्नै सक्दिन वास्तवमा खुसी होऊ वा दुःखी होऊ। उसको सत्यवादको पक्ष लिऊँ वा उसले गरेको घटनाको विपक्षमा जाऊँ भनेर।
घटना गलत थियो। असह्य थियो। अझ हाम्रो जस्तो पूर्वीय दर्शन मान्ने समाजका महिलाका लागि यो एक सहन सीमा बाहिर थियो। तर पनि ऊ सत्य बोलिरहेको थियो। नबोल्दा हुने सत्य बोलेर उ हाम्रो प्रेमलाई विश्वासको बेरा लगाइरहेको थियो। तर, यो कस्तो सत्यता जुन थाहा पाउनु भन्दा थाहा नपाउँदा वेश हुने।
धेरै बेरको सन्नटालाई चिर्न उ बोल्यो–तिमीले यो प्रश्न नसोधेको भए हुन्थ्यो, म झुटो बोल्न नसक्ने।’ तर मैले उसलाई कुनै अग्नी परीक्षा लिन यो प्रश्न गरेको थिइनँ। नत उसको वास्तविकता थाहा पाएर नै सोधेकी थिएँ। कुरा गर्ने सिलसिलामा रमाइलोको लागि सोधेकी थिएँ। पूर्ण रुपमा विश्वस्त भएर ‘हो' भन्ने उत्तरको प्रतिक्षामा।
उसको ‘होइन' को जवाफ पाइसक्दा पनि धेरैबेर पर्खिरहेँ। कतै खित्त हास्दै ‘मजाक’ गरेको भन्छ कि भनेर।
***
केही समयअघि हामी एक तालिमको सिलसिलामा भेट भएका थियौं। सिप विकास मार्फत वृत्ति विकास गर्न आएका हामी भविष्यको लागि सम्बन्ध विकास गर्न लागिपरेका थियौं। हाम्रो जात फरक थियो। हाम्रो सम्बन्धलाई घरपरिवारले सहजै स्वीकार्ने सम्भावना थिएन। पढेलेखेका अनि बुझ्ने भइसकेका हामी यति जाबो कुराले हाम्रो मायालाई हल्लिन दिनुहुन्न भन्दै लागिपरेका थियौं मायाको बिउ रोप्न।
रुपमा ‘वाह!’ भन्ने खालको थिएन ऊ र म पनि। तर, पनि हामी एक अर्कामा भावानात्मक रुपमा पूर्ण निहित भइसकेका थियौ, सायद यसैलाई भन्छन्। ‘लभ इन फष्ट साइट’ भन्ने आधुनिक मायाको सिद्धान्त विपरित धेरै समयपछिको चिनाजानी र बोलचालपछि मात्र नजिकिएका थियौं, हामी।
सबैभन्दा मनपरेको कुरा उसको सत्यवादी चरित्र हो। जस्तोसुकै असहज परिस्थितिमा पनि ऊ झुठो बोल्दैनथ्यो। उसका नराम्रा बानीहरु सोध्दा एकदिन उसले भनेको थियो–म रक्सी पिउँछु तर पिउनका लागि मात्र हो, जिउनका लागि होइन। कहिलेकाहीँ पार्टी वा साथीसँग बस्दा पिउँछु। त्यसैले घरका कसैलाई थाहा छैन र भनेको पनि छैन। तास पनि खेल्छु, मात्र मनोरञ्जनका लागि पैसाका लागि हैन।
भन्नैपर्ने कुरा तिमी मेरो पहिलो प्रेमिका पनि होइनौ, तर म तिमीलाई धेरै माया गर्छु। ऊ हरेक सत्यको विछ्याईसँगै ‘तिमीलाई मात्र भनेको’ भन्न छुटाउँदैनथ्यो। सायद होला पनि, उसका कतिपय साथीले यो त केटी जस्तै छ न त रक्सी खान्छ न तास खेल्छ भनेको धेरै पटक सुनेकी पनि थिएँ।
कहिलेकाहीँ त डर लाग्थ्यो कतै उसले घरमा श्रीमती र दुईवटा छोराछोरी छन्, नभने नि हुन्थ्यो। तिमीलाई मात्र भनेको भन्छ कि भन्ने। म सहज रुपमा स्विकार्न थालेकी थिएँ, उसका ती बानीहरुलाई। आधुनिक माया यस्तै हुन्छ भन्दै।
घरमा आमाबुवा पनि भन्नुहुन्थ्यो–अचेलको जमानामा रक्सी नखाने केटा त पाईदैन होला तर पनि कति र कसरी खान्छ भन्ने चाहीँ बुझ्नुपर्छ।
तर, आज उसको सत्यवाणी नै घृणा गर्नुपर्ने कारण बनेको छ। उसको अन्तिम सत्यले घोचिरहेको जस्तो लागिरहेको छ। गिज्याइरहे जस्तो लागिरहेछ हाम्रो मायाको विश्वासलाई।
आफ्नो यौवनको तृष्णा मेटाउनैका लागि भनेर कुनै वेश्यालय पक्कै गएको थिएन, ऊ। हुनसक्छ उसले नलुकाएको सत्यमा परेकी उसकी पूर्व प्रेमिकासँग उसले शारीरिक र भावानात्मक सम्बन्ध विस्तार गरेको कोही पराइसँग साटिइसकेको थियो।
विल्कुलै अशुद्ध भइसकेको थियो। आखिर कुनै अर्की केटीसँग भावानात्मक र शारीरिक सम्बन्ध गाँसेपछि पनि उसले कुन किसिमको माया खोजिरहेको थियो मबाट?, के चाहन्थ्यो ऊ मसँग? तर पनि म माया गर्थें उसलाई, चोखो माया। ऊ मेरो पहिलो प्रेमी थियो। कहिलेकाहीँ डर लाग्थ्यो– उसले आफ्ना पूर्व प्रेमिकाको सूचीलाई बढाउनकै लागि वा आफ्नो भोक मेटाउनकै लागि त मसँग प्रेमको अभिनय गरिरहेको छैन? तर पनि विश्वास गर्थें उसले आफूलाई खुला किताब झैं पारदर्शी बनाएको थियो। जसलाई म सहजै पढ्न सक्थेँ।
उसका ती विगतका घटना अहिलेको आधुनिक भनिएको युगमा त्यति आश्चार्यजनक नहोलान्। तुलनात्मक रुपमा नेपाली संस्कृतिमा सकारात्मक परिवर्तन आईरहेको छ। पश्चिमावादको प्रभावका कारण रुढीवादी र अन्धविश्वासी भनेर चिनिने हाम्रा संस्कृति युग अनुकुलीत हुँदै गएको छ। म उसलाई मनमनै प्रश्न गर्छु–आधुनिकता र पश्चिमावादको नक्कल गर्ने नाममा यो हदसम्म नेपाली संस्कृतिलाई दुर्गन्धित बनाउनु उचित हो? हो, म मान्छु नेपाली समाज पुरुषप्रधान हो। तर, पुरुषार्थको नाममा विवाहपूर्व वा विवाह पश्चात परस्त्रीसँग शारीरिक भोग विलाश गर्दै हिँड्न मिल्छ र? जतिसुकै पुरुषी ढोङ्गवाद घन्केपनि त्यति हदसम्म गएको कुन महिलाले सहर्ष स्वीकार्न सक्छे? के तिम्रो जस्तै मेरो पनि विगत भएको भए तिमीले मलाई स्वीर्काथ्यौ?'
एकदिन उसलाई मैले मेरो गाउँको कहानी सुनाएकी थिएँ, चोखो माया गर्ने जोडीबारे। आफ्नी प्रेमिकाको अर्कैसँग जबरजस्ती विवाह गरिदिएको र उनको लोग्ने फौजीमा एक वर्ष नवित्दै मरेको अनि उसले त्यस विधुवा प्रेमिका र उनको तीन महिनाको छोरो स्वीकारेर घर भित्र्याएको सत्यकथा।
अचम्म मान्दै मुख लेब्य्राएको थियो उसले। आखिर के अचम्म थियो र त्यस घटनामा? एउटा माया गर्ने मान्छेले सदैव आफ्नो मायालुको खुसीका लागि जे पनि गर्न सक्छ भन्ने उदाहरण न थियो त्यो।
मैले उसलाई सोध्थें–हाम्रो जीवनमा पनि त्यस्तै भयो भने के गर्छौ नि?'
‘अर्काको श्रीमती त मरे नि स्विकारिन्न भो। मन पराएको मान्छे भए नि, हाम्रो नि इज्जत छ’, उसले उत्तर फर्काउँथ्यो। आखिर कुन इज्जतको कुरा गर्छ ऊ। उसको इज्जत त्यही हो–कसैले शारीरिक भोग विलास गरिसकेकीका महिलालाई किन स्वीकार्ने?उसले यसो भन्दा यो सोचेन कि कतै उसले जस्तो मेरो मनले नि सोच्छ कि?
आधुनिक प्रेम यस्तै हुन्छन्। प्रेम, यौन आदि आधारभूत आवश्यकता जस्तै भएका छन्। त्यसैले कसैले मेरो तिमी पहिलो प्रेम भन्यो भने कि त त्यस किसिमको प्रेम पाउने मान्छे भाग्यमानी हुनुपर्छ। तर, पनि प्रेम बिना जीवन अधुरो हुन्छ। भनिन्छ, जीवनमा कोही एकसँग चोखो माया गरिएकै हुन्छ। जीवन खुसी बनाउन कि त प्रेम गरेको मान्छेसँग विवाह हुनुपर्छ कि त विवाह गरेको मान्छेलाई प्रेम गर्न थाल्नुपर्छ। प्रेमको मामलामा हरेक सत्य व्यक्त गरिनुहुन्न भन्ने लाग्दैन। जब दुई व्यक्ति जीवनयापनका लागि सम्बन्धमा गाँसिन्छन्, झुठको अवशेषसम्म रहन दिनुहुन्न। तर, त्यस हदसम्मको सत्यता बोल्नै नदिने अवस्था आउँदा चै राम्रो हो कि?यस्तै यस्तै प्रश्न मनभरी आइरहन्छन्। प्रश्नको उत्तर ठ्याक्कै आउँदैन। त्यसैले मेरो पहिलो प्रेम अस्वीकार गर्दै बसिरहेको छु।
अनु धामी अर्पण /-
आज किन तिमीलाइ बेस्सरी सम्झिए मैले त सम्झिनै भुली सकेको रहेछु तर आज भने सम्झिराछु तिमीलाइ थाछ तिम्रा याद हरु को चित्त बुझाउन आज धेरै पछी उघारे पुरानो यादको ढोका ,जहाँ उसै गरी सुरक्षित छौ तिमी तस्बिर बनेर तस्बिर को मुस्कान अझै पनि तिम्रो ओठ मा बाकि नै छ होलाकी ,ओेलिएर झरी सक्यो होला , बडो चिन्ता लागिरहेछ मलाई तस्बिर मात मुस्कुराइे रहेछौ तर साच्चै नै अझै मुस्कुराइ रहेका छौ, कि छैनौ सोच्दै छु म तिम्रो सजिब हासो त सुरक्षित गर्न नसकुला म तर तस्बिरमा तिम्रो हासो भने सास छहुन्जेल जोगाएर राक्ने छु ।
महाकबी लक्ष्मीप्रशाद देबकोटा ले भनेका थिए रे म मरे पछी मुनामदन बाहेक मेरा सब्बै कृती हरु जलाइेदिए पनि हुन्छ , कारण त्यती धेरै माया गर्थे उनी मुनमदन लाइ म पनि त्य्स्तै प्रेम गर्छु तिम्रा ति तस्बिर हरु लाइ तर म भने म सँगै जलार्इ दिनु भन्ने छु । तिम्रा तस्बिर हरु पनि । कारण यि तस्बिर हरु तिमी भन्दा अलग छन जस्तो लाग्छ यिनी हरु पनि प्रेम गर्छन् जस्तो लाग्छ । यिनी हरु सधैं खुशी हुन आग्रह गर्छन जस्तो लाग्छ मलाई , मैले जिन्दगी का केही समय प्रेम गरेर बिताए अनी बाँकी समय तिमीलाइे सम्झिएर बिताउदैछु, कहिले काही सपना जस्तै बनेर आउछौ तिमी उसै गरी माया गरेझै गर्छौ मलाई, म पनि उसै गरी लाडिन्छु तिमी सँग सपनामै , सिमित त भयो नि है तिमीलाइ पाउने मेरा तमाम रहर पनि एउटा अनुरोध गर्छु तिमी सँग तिमी सँगै जिन्दगी बाच्ने सपना हरु सजाएको थिए मैले ति सपना हरु त तिमीले आफु सगै लगी गयौ अब यि सपना देख्ने पुराना बानी हरु पनि लैजाउ ताकी म सपना बिहिन संसार मा भुर्रर भुर्रर उड्न सकु ,
हरिमाया भेट्वाल दिदी ले कबिता मा लेख्नु भएको थियो रुप्रेम त त्यो बेला पनि हुदो हरेछ जुन बेला थुप्रै थुप्रै कुरा हरु दिन सक्दो रहेछ मान्छे अनी प्रेम त त्यो बेला पनि हुदो रहेछ जुन बेला दिन लाइे केही नहुदो रहेछ मान्छे सँग, हो यस्तै अनुभुती भइेरहेछ हिजो आज सब्बै रित्ती सक्दा पनि प्रेम गरिरहेछु म , तिमी सँग त कहिले तिम्रा ति तस्बिर हरु सँग ।
गायिका एवम नाईका सम्पदा बानिया दिदी ले फेसबूक मा लेख्नु भयको थियो १५ औँ सताब्दीमा इेटालिमा जन्मिए लियोनाद्र्रोदा भिन्ची उनी संगीतग्य गणितग्य बैज्ञानीक केही पनि थिएनन् , जिबन भरी कला र बिज्ञान मा काम गरे अचानक एक दिन राजस्सी भोज मा भेटिएकी सुनकी ब्यापारी कि पत्नी मुना लिसा उन्को जिबन मा एका एक आइपुगिन मुनालिसाको मुस्कान लाइे केन्द्र बिन्दु बनाएर भिन्ची ले सुन्दर चित्र तयार पारे, ३ बर्ष लागाएर बनाएको त्यो चित्र यस्तो बन्यो जुन संसार मा दोस्रो पटक बन्न सम्भब नै छैन भिन्ची ले जन्मदिन मा मुनालिसा लाइ उपहार दिएको त्यो चित्र संसार मा सब्बै भन्दा धेरै हेरिएको र प्रसंसा गरिएको चित्र बन्न पुग्यो फ्रान्सरन्सको लुग्गल संग्रालय सजिएको त्यो चित्र हेर्न अहिले पनि दिनहु हजारै मान्छे हरु त्याँहा पुग्छन ।।
मैले पनि बनाएको छु तिम्रो चित्र मेरो मन को क्यान्फासमा यो मेरै मन का भित्ता हरु मा टागीएर सजिएको छ र यसलाई म एक्लै हेर्ने गर्छु दिनहु, हजारौ पटक, मलाइ जिन्दगी बाँच्नै नजाने जस्तो पनि हुन्छ कहिले काही, मधिरा जती पिउदै गयो झन झन लाग्दै जान्छ तर जिन्दगी चाँही जत्ती जिउदै गयो झन झन जिउन नजाने जस्तो मात्रै किन हुन्छ , होला सम्पादन गरे पनि पुस्तक राम्रो बन्छ,चलचित्र राम्रो बन्छ ,अखबार राम्रो बन्छ, शायद सम्पादन गर्न नमिल्ने भएर पो होकी जिन्दगी चाँही सधैं खेस्रा जस्तो मात्र भइेरहने ।
म बेला बखत तिमीलाइे देख्छु ,नि सपना मा अनी त्यो रात उघीरियको बिहान हामी सानो छदा हाम्रो घर मा मामा आए जती खुशी हुन्छु मन गद गद भएर आउछ, हो यस्तै बेला केही कबिता हरु पनि लेख्ने गरेको छु लेखेको पनि छु मैले ।
जिन्दगी को अन्तिम अन्तिम
तिर भेटीएलाउ नि
तिमी आउलाउ नि मलाई भेट्न
या म आँफै आउँलानी
तिम्रो गाउ पहिल्याउदै पहिल्याउदै
आउँला बटुवा भएर
हो त्यती बेला सुनाउने छु म तिमीलाइे यि कबिताहरु ।।।।।बुडी भएकी तिमीलाइ बुडो भएको म।।।।कपाल फुलेकी तिमीलाइे दात फोक्लिएको म।।।। कुप्रिएर लौरो टेक्दै हिंडेकी तिमीलाइे , मोटो पावरवाला चस्मा लगाएको म जवानी का यि कबिता हरु बुडेसकाल मा सुनाउने छु।।।।। तिमीलाइे कबिता सुनाएझै गरी भन्ने छु म।।।।।।। थाहा छ तिमीले हात दिएको भए म यसरी बेघर भएर बच्ने थिए र सधै फिरन्ते भएर किन गाउ गाउ डुली हिड्थे र तिमीलाइ कबिता सुनाउन यो बुडेस काल मा कहाँ हो कहाँ को गाउमा लौरो टेक्दै किन आउनु पर्थ्यो र मैले यस्तै भन्नेछु तिमीलाई शायद रुनेछौ तिमी त्यती बेला ।।।मेरो प्रेम अनुभुत गरेर अनी म पनि रुनेछु तिमी रोएको देखेर।।।।।।।।।।।।।।।।।।।
तिम्रो आँखामा आशु देख्दा म पनि रोइेदिने मेरो पुरानो बानी।।।।। जिन्दगी का धेरै बर्ष बेग्ला बेग्ला रोए पनि त्यती बेला सँगै रुनेछौ हामी आमुन्ने सामुन्ने भएर त्यती बेला तिम्रा नाती नातिना हरु सोध्लान तिमीलाइे किन रोएको बजै भनेर तिमी त बनाउलीउ कुनै बाहाना मलाई पो गारो पर्ला त बटुवा लाइे पनि रुने हक त हुन्छ नै होला तर आर्काको बजै सँग आमुन्ने सामुन्ने भएर होइेन मलाई धेरै साथी हरु ले भन्थे ।।।।।।उ रुदा आफु पनि सँगै रुनु पर्छ भनेर यो रुने आखा भित्र का आशु हरुलाइे शायद बुडेस कालमा तिमी लाइे भेटेर सक्ने छु म अनी त्यहा बाट फर्किए पछी फेरी कहिल्यै भेट्दिन तिमीलाइ।।।।।।।।उसो त त्यस पछी बच्ने आयु नै कती होला र हाम्रो।।।। तर जत्ती दिन बाच्छु नि त्यत्ती दिन तिमीलाइे सम्झिएर मात्रै बाच्छु भेटेर बाच्दिन सम्झिदा खुशी हुन्छु अनी भेट्दा रोइेदिन्छु ।।।।।।।।।।।।।।।।।।।।।।।।
कहिले ब तास भएर आउछिन उनि कहिले झरि भएर आउछिन उनि जब खोज्छु अध्यारो रातमा तर उनि त बिहानिको प्रकाश भएर आउछिन मन्दिर ,गुम्ब्बा,चैत्य मा पुजा गर्दा सुन्दर अभास भएर आउछिन उनि च्म्पा चमेली सुन गाभा खोज्दा गुलफ को शुभास भएर आउछिन।।।।।।
भावनामा चोट लाग्दा आखामा आँसु आऊ छ ,किनकि जुनकुरा ओठले बयान गर्न सक्दैन त्यसलाइ आँसुले मात्र बयान गर्न सक्छ ।।।।
समयसँगै हरेक कुरामा परिर्बन आउँछ हरेक मौसममा हरेक कुराको बहार आउँछ कहिले फुलको बहार कहिले काँडाको बहार कहिले हरियालीको बहार यसरी नै मौसम परिबर्तन हुने गर्दछ त्यस्तै मान्छेको जिन्दगीमा पनी अनेक किसिमको बहार आउँदो रहेछ कहिले खुशीको बहार कहिले दुस्खको बहार कहिले मिलनको बहार कहिले बिछोडको बहार कहिले माया प्रेमको बहार, बहारै बहार सँग सँघर्ष गर्नुपर्दा बिभिन्न किसिमका भोगाइ अनुभुति र चुनौतिको सामना गर्नुपर्दो रहेछ जिन्दगीमा
जब मौसममा बहार आउँछ तब मन्छेलाइ रमाइलोको अनुभुती दिलाउँछ जब जिवनमा बहार आउँछ जिवनको हरेक कुरालाइ परिबर्तन गरेर मान्छेको सोच बिचार र चिन्तनलाइ नै परिबर्तन गर्दो रै छ
समय सबैका लागी आउँछ तर समयलाइ सदुपयोग गर्न जान्नु पर्दो रै छ
जसरी समय परिबर्तन हुन्छ त्यसरी नै मान्छेको बिचार व्यहारमा पनी परिबर्तन आउँदो रै छ
क्षणिक स्वार्थका लागी प्रेमको बिजारोपण गरेर टुसाएका कोपिलाहरुलाइ आफ्नै पैतलाले कुल्चेर आफ्नै जिन्दगीलाइ उजाड बनाउन बाध्य हुन्छ मान्छे
स्मृतिको पानामा मायाको गमले टाँसिएको सम्झनाको एउटा वृत्तचित्रलाइ हटाउन गाह्रो भएपनी हटाउन बाध्य हुन्छ मान्छे
जसरी तिमी हराएर गयौ मेरो सँसारबाट त्यसरीनै फुलको सुगन्ध र सुन्दर हरियालीको स्पर्शले भरिएको मेरो माया पनी हराएको छ तिम्रो सहरको रमझममा..................
हिजोआज मलाई असाध्यै मन परेकी मान्छे,
शब्दहरुले ओगट्ने भन्दा कैयोँ गुणा बढी माया तिमीलाई।।।।।।
म शुरुवातमै भन्छु, मैले आजसम्म देखेका मान्छेहरुमध्ये सबैभन्दा राम्री होइनौ तिमी, अहँ हुँदै होइनौ । अनि मैले आजसम्म भेटेका मान्छेहरुमध्ये मलाई सबैभन्दा बढी मन परेकी मान्छे पनि होइनौ तिमी । फेरी पनि म तिमीलाई माया गर्छु ।
हिजोआज मलाई असाध्यै मन परेकी मान्छे चाहीँ अवश्य हौ तिमी । यहाँसम्म आईपुग्दा मैले कति धेरै मान्छेहरुलाई राम्री देखेँ, मन पराएँ, कतिलाई उ प्रतिको आफ्नो धारणा जानकारी गराएँ, कतिलाई भन्छु भन्दाभन्दै मेसो नमिलेर मनभित्रै गुम्स्याएर राखेँ । कति मान्छेहरु अघाउञ्जेल आँखाले हेरियो मात्रै अनि केही मान्छेहरु आँखाको बाटो हुँदै मनसम्म पुगेर फर्किए पनि । जस जसलाई मैले चाहेँ उनीहरुले मलाई मन पराएनन् । अनि जस जसले मलाई मन पराए, उनीहरुलाई मैले चाहिनँ । त्यसैले त जीन्दगीको गणित आजसम्म पनि त्रुटिपूर्ण छ । जानीजानी हेरिएकाहरु, संयोगले देखिएकाहरु क्रमशस् सम्झनाको संग्रहबाट हराउँदै गए, बिलाउँदै गए । कतिपटक त जानेहरुको याद नै भुलिदिउँ भन्थ्यो मन । तर अक्षरस त्यस्तो पनि भएनछ जीन्दगी । यदि त्यसो हुन्थ्यो भने आज तिमीलाई यसो भनिरहन उद्दत हुन्थिनँ हुँला म । आज तिमीलाई जस्तै हिजो अरुलाई पनि धेरथोर मन पराएँ हुँला मैले । सायद उनीहरुको सौन्दर्यतामा आकर्षित भएँ हुँला म । र त आज भन्दैछु, ती केवल आकर्षण मात्रै थिए, आँखाको । तर आज तिमी सबैभन्दा राम्री नभए पनि म तिमीलाई चाइरहेछु । मलाई लाग्दैछ, यो पक्कै पनि प्रेम हो, मन पराएको मात्रै होईन । मन पराउन त बजारमा बेच्न राखिएको फूललाई पनि सकिन्छ, तर त्यो प्रेम चाहीँ हुँदैन । त्यो फूल हार्दिकताका साथ जस्लाई दिइन्छ, त्यो चाहीँ प्रेम हो क्यारे बरु ।
यो साँचो हो की, म तिमीलाई माया गर्छु, तर त्यो भन्दा महत्वपूर्ण कुरा चाहीँ के हो भने म स्वयमलाई औधी माया गर्र्छु । त्यसैले तिमीलाई पनि माया गर्छु । कारण, मलाई तिम्रो माया चाहिएको छ । यदि तिमीबाट यो सम्भव भएन भने, म भन्न सक्दिनँ की म तिमीलाई माया गरिरहनेछु । अहँ, त्यसो नहुन पनि सक्छ । अलि टर्रो लाग्यो होला मेरा कुराहरु तिमीलाई । अहमता प्रदर्शन गरेको नसम्झिनु । चाहेँ भने कुनै कविले जस्तै तिमीलाई वहकाउने गरि शब्दहरु संयोजन गरेर फुक्र्याउन सक्थेँ हुँला । तरपनि जानीजानी त्यसो गरिरहेको छैन म । जीन्दगी जतिसुकै भावनात्मक बनाउन खोजेपनि अन्तत यो यथार्थताको जगमा नै उभिएको हुन्छ । त्यसैले पनि केही वस्तुपरक कुराहरुमा तिमीलाई अल्मल्याएँ मैले । तर विश्वास गर्नु म साँच्चै निसन्देह प्रेम गर्छु तिमीलाई । धेरै सुखी बनाउन नसकुँला तिमीलाई, तर सँधै खुशी बनाउन प्रयत्नशील रहनेछु । हरपल हँसाउन नसकुँला तिमीलाई, तर प्रत्येक क्षण तिमीले रुनु नपरोस् भनेर सजग रहनेछु ।
मलाई थाहा छैन, चोखो माया भनेको के हो, माया पनि कहिल्यै बिटुलो होला र।।।।जीन्दगीका पानाहरु क्तमशस् पल्टिँदै जान्छन्, सम्बन्धका अध्यायहरु ती पानाहरुसँगै टुङ्गिदै जान्छन् । तर पाठक भने अझै अघिल्ला पानाहरु पल्टाइरहन्छ । स्वभावैले केही अध्यायहरु मेरा पनि लेखिए होलान् । म त्यसो हुँदै भएन भनेर जबर्जस्ती झुठ ओकल्न पनि सक्दिन तिमीसँग । कारण, म तिमीलाई माया गर्छु ।
र तिमीसँग केही लुकाउन खोज्नु किमार्थ उचित होईन भन्ने राम्ररी थाहा छ मलाई । म त एक्लै अघि बढिरहेको मान्छे । व्यक्तिगत स्वतन्त्रताको परिधिहरुमा मनमौजी आफैलाई डुलाइरहेको मान्छे । फेरीपनि मेरो वैयक्तिक स्वतन्त्रतामा तिम्रो निर्दोषपनाले खै कसोगरि हस्तक्षेप ग¥यो मैले पत्तै पाइनँ । म सँधै सोँचथेँ, म प्रेम शुन्य मान्छे, नारी अस्ताएको मेरो जीवनमा प्रेम एक्कासी उदाउला भन्ने मैले कल्पनै समेत गरेको थिइनँ । लाग्थ्यो म ढुङ्गा भइसकेँ, जस्ले जति प्रयत्न गरेपनि म बाहिर भिज्नेछु मात्रै तर भित्र गल्नेछैन । प्रेम शब्द मलाई अनुत्पादक लाग्थ्यो, बहुलट्ठीपन लाग्थ्यो, अझ प्रष्ट भनौँ वाहियात लाग्थ्यो । युद्धपिपासु रोमन सम्राट क्लाउडिअस् जस्तै प्रेम शब्दलाई घृणा गर्थेँ म ।
भन्थेँ—
हो, यस्तै भन्थेँ म । तर खै कसोगरि हो, म आफ्नै विचारहरुबाट स्खलित भइसकेछु म । अडानहरुबाट च्यूत भइसकेछु अनि ढिपीहरुबाट बहिर्गमित भइसकेछु । समग्रमा समयले मलाई यस्तो मोडमा ल्याएर उभ्याइदियो जहाँ आफ्ना संशोधित विचारहरुको भारी बोकेर आत्मसमर्पणकारी भावमा म निर्लज्ज भनिरहेछु, म तिमीलाई माया गर्छु । हो, साँच्चिकै माया गर्छु । तिमीलाई माया गरेर मैले ठिक गरेँ की बेठिक त्यो खुट्याउन सकेको छैन ।
नारायणगोपालले गाउनुभएको एउटा गीत सम्झिरहेछु ।
मैले पूण्य मन पराएँ या पाप मन पराएँ ।
जे होस् मैले तिमीलाई चुपचाप मन पराएँ । ।
तिमीलाई देख्ने बित्तिकै मलाई कुनै चलचित्रको कथामा जस्तो बेग्लै अनुभुति भएको होईन । बरु निरन्तरको सामिप्यताले तिमी कार्बन राखेको छापिएको चित्र झैँ छापियौ मेरो मनमा, हुबहु चित्र जस्तै भएर । आखिर मन मसँग पनि त रहेछ । माया गर्न यसले पनि त जान्दोरहेछ । तिम्रो सम्पर्कमा आउनु अघि मैले आफैलाई चिनेको रहेनछु । मान्छे कत्तिकत्तिपटक आफैलाई पढ्न नजानेर जीन्दगीको परीक्षामा लगातार अनुत्तीर्ण भइरहन्छ । तर तिमीले मलाई त्यसो हुनबाट जोगायौ । आफैसँग आफैलाई परिचित गराइदियौ । म सँग पनि एउटा औषत मन रहेछ भन्ने तिम्रै कारण थाहा पाएँ मैले । र यसैकारण म माया गर्छु तिमीलाई । एक थुङ्गा रातो गुलाबमा व्यक्त हुने भन्दा कत्ति हो कत्ति माया गर्छु म तिमीलाई ।
लौ त, निक्कै लामो समय लिएँ मैले तिम्रो । भन्नुपर्ने कुरा सबै भनेको छु, निर्णयमा हुने तिम्रो स्वतन्त्रताको सम्मान गर्नेछु म । स्वीकार्यौ भने खुशी हुनेछु, स्वीकारेनौ भनेपनि दुःखी चाहीँ हुने छैन । एउटा उधारो विश्वास दिलाउँछु तिमीलाई,

बिश्वास अनि बग्बास उस्तै उस्तै लाग्छ खै किन किन ??? हिजोका दिनहरुमा म धेरै बोलेछु क्यारे
धेरै माया गरेछु क्यारे तेसैले होला आजको दिनमा त म सँग तेस्तो मायालु सब्दको त
कुरै नगर झगडा गर्नी समेत कुनै सब्द पाएको छैन , आफ्नो भन्दा धेरै माया आफ्नै सरीरको भन्दा धेरै
किएर आफ्नो भबिस्यको लागी भन्दा पनि धेरै सोच एस्तै एस्तै सोच बिचारले होला आज
आफ्नै ज्यान आदा भैसक्दा पनि पत्त्तो न भएको अरु
कुनै भैतिक बस्तुहरु जस्तै यो माया प्रेम पनि भौतिक तराजुमा नाप तौल हुन्थ्यो भनि
सपुत कुनै प्रमाण हुन्थ्यो भने त किन जल्नु पर्थ्यो र आगो बिना नै कसैको यादमा गह भरी आसु मन भरी चोट पिडा लिएर जिउने
जिन्दगीको कथा बेथा अनि जिन्दगीका पानाहरु पल्टाउदा को मजै बेग्लाई जुन ठुलो महलमा
बसी आइस आराम गरी ढुक्क सँग जिएको हुन्छन तीनइहरुको भन्द अलिक भिन्दै खालको
तीनइहरको भन्दा अलिक गम्बिर खाल्को कथा बेथा ------ तिम्रै
हु तिमी बिना त म एक पल पनि बाच्नु सक्दिन भन्ने मुखले ठिक्क पार्नीहरु त हजार
हुन्छन सबैलाई थाहा भएकै कुरा हो तर बास्ताबिक याथर्थमा आफ्नो भन्ने एउटा मात्रै
हुन्छ भन्छन नि समय गतिसिल छ रे आफ्नै रफ्तारमा दैदिदै छ रे कुरा त्याती मात्रै
होरे जुन दिनको प्रखाइमा मान्छे हरु निकै तड्पिएको हुन्छन रे , तिम्ले
मन पराउनेलाई ज्यान दिनु भन्दा तिम्लाई मन पराउनेलाई एक नजर ध्यान दिनु त्यो नै
हुनेछ तिम्रो सच्चा प्रेमी . कोही कसैलाई माया नगर्दा पनि जलन कोही
कसैलाई माया गर्दा पनि जलन खै यो कस्तो कस्तो चलन , माया
गर बिश्वास हैन आसा गर भरोसा हैन अनि रुनु पर्दिन कसैलाई सम्जेर मुटु मिची मिची , माया
गर्नी मान्छेको मन सधै शङ्काको ज्वालाले भित्र भित्रै दन-दन जलिरहेको हुन्छ रे
तसर्थ शङ्का माया नभएर गरिदैन कि उस्को बारेमा न राम्रो सोच्नु नसकेर नै गरिन्छ र
र सङ्का गर्यो भन्नु भन्दा पहिला यो पनि बुज्नुस कि कती मेरो किएर गर्दो रैछ मेरो
लागी कती समय खर्चिदो रैछ त iii एउटा दुइटा मात्रै हैन कैयौ एस्ता
स्वार्थी हरु छन हाम्रो शहर मा अदुरो सपना झुटो मायाको जाल म फसाउन खोज्ने ii हिजो सम्म धेरै माया थ्यो धेरै बिश्वास
थ्यो अनि कैयौ आसा थियो भरोसा थियो तर आज माया छ बिश्वास छैन आसा छ भरोसा छैन , कुनै
दिन त खुद म आफै हो अरु लाई सम्झाउने बगी जाने खोलिको किनार बसेर रोएर हुँदैन
भन्दै आज आफौ बगी जाने खोलिको किनार पो एक्लाई रैछु .......