हाम्रो धरहरा इतिहासको गाथा
वसन्तपुर, पाटन, भक्तपुर दरबार
सबै सबै सकियो आँसुमा बग्यो घरबार
यहाँ थिचिएका किचिएका सासहरू
एकपछि अर्को बोकिएका लासहरू
विजुली छैन अन्न पानीको हाहाकार
एक पछि अर्को आफ्टरशकको प्रहार
संकटमा दु:खेका पीडित सबैजना
त्राही त्राही यता उता बस्ती घना
जोगिन खुल्ला स्थानको खोजीमा
संपर्कका फोन नम्बर खोज्दै गोजीमा
काठमाण्डौँ छिचोल्न पहिरोसँग द्वन्द
देश विदेश जोड्ने उडानहरू बन्द
हाय यो कस्तो अन्योल अनिश्चित समय
कठोर भू-कम्प पल पल निराशाको भय
आफ्ना आफन्त सबैमा चिन्तित कोलाहल
जगाऔँ आशा र विश्वास, बढाउँ मनोबल
देश विदेश तन मन धनले सहयोग पुर्याऔँ
सबै मिलीजुली भूकम्प पिडितको उद्धार गरौँ
इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस एन्जेलस च्याप्टर
लस एन्जेलस
बसन्त दहाल ।सहयोगी।
हिजोसम्म एक्लै लाग्थ्यो, आजदेखि साथी भाछु
पोलिरन्थ्यो मन्को घाऊ, आजदेखि जाति भाछु
शुन्यतामै जिन्दगी यो, बित्छ कि जस्तो लाग्थ्यो
कर्मलाई भाग्यले नै, जित्छ कि जस्तो लाग्थ्यो
तर आज भाग्यभन्दा, कर्म अलि माथि भाछु
पोलिरन्थ्यो मन्को घाऊ, आजदेखि जाति भाछु
हिजोसम्म एक्लै ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
बन्द पर्दा जिन्दगीको, अब त खुल्न थाले
रहरका फुल मनमा, अब त फुल्न थाले
छातीभित्र खुशीका, लावा लस्कर ताँती भाुछ
पोलिरन्थ्यो मन्को घाऊ, आजदेखि जाति भाछु
हिजोसम्म एक्लै ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
बसन्त दहाल ।सहयोगी ।
आमा !एउटा मिठो सपना टिपेर ल्याउँछु
अनि तिम्रो शिरमा सजाउँछु
प्रिया!
एक अन्जुली पानी सोरेर ल्याउँछु
अनि तिम्रो तिर्खा मेटाउँछु
ए देश !
पर्ख म अमन खोजेर ल्याउँछु
अनि खेतका आली आली
शान्तिको गीत गाउँछु
यस्तै थुप्रै वाचा गरेर
समुद्रको देश पुगेको
आज ठिक एक वर्षपछि
पार्सल बनाउने कम्पनीमा
पार्सल बनाउँदा बनाउँदै
ऊ आफै पार्सल बनेर
पठाउँछ एउटा उपहार
काठको बक्सामा
लेखिएको थियो
ठेगाना 'नेपाल '
प्रापक 'मायादेवी '
प्रेषक 'बुद्ध' ।
बिना तामाङ 'सुनगाभा'
बुढानिलकण्ठ,काठमाण्डौ
बुढानिलकण्ठ,काठमाण्डौ
कल्पअन्त्य जब थियो जलमय संसार
विष्णुको हुन गयो शेषनागशैया आधार
योगनिद्राको आश्रयमा, सुते विष्णु जब
गाढा पर्यो निद्रा उन्को सपनाभो विचार
विष्णुको हुन गयो शेषनागशैया आधार
योगनिद्राको आश्रयमा, सुते विष्णु जब
गाढा पर्यो निद्रा उन्को सपनाभो विचार
विष्णुको कानमा मयलले भर्यो
त्यही मयलले जीव रूप धर्यो
कानेगुजीबाट निक्ले दुई दानव
दुबैको आँखा कमलबोटमा पर्यो
त्यही मयलले जीव रूप धर्यो
कानेगुजीबाट निक्ले दुई दानव
दुबैको आँखा कमलबोटमा पर्यो
दुबै दानवहरू शक्तिशाली थिए
डरलाग्दो तनरूप यिनले लिए
मधु–कैटभ भयो नाम प्रचलित
चारैतिर यिन्ले नजर फेरि दिए
डरलाग्दो तनरूप यिनले लिए
मधु–कैटभ भयो नाम प्रचलित
चारैतिर यिन्ले नजर फेरि दिए
विष्णुको नाभीबाट उम्रो कमल फूल
ब्रह्माजीको आशनको बन्नगयो टुल
पञ्कजमा बसाइ त आनन्द नै थियो
मधु–कैटभ देखी उठ्न गयो शूल
ब्रह्माजीको आशनको बन्नगयो टुल
पञ्कजमा बसाइ त आनन्द नै थियो
मधु–कैटभ देखी उठ्न गयो शूल
मधु–कैटभ नजर ब्रह्माजीमा परे
मार्छौ तिमी भन्दै कमलकाण्ड धरे
ब्रह्माजीले देख्नु भयो यी दुई दैत्य
ब्रह्माका नेत्रज्योति विष्णुतिर सरे
मार्छौ तिमी भन्दै कमलकाण्ड धरे
ब्रह्माजीले देख्नु भयो यी दुई दैत्य
ब्रह्माका नेत्रज्योति विष्णुतिर सरे
विष्णु प्रभू हेर्दा खेरि शयनमा मस्त
ब्रह्माजी पर्नु भयो साह्रै अस्तव्यस्त
सोचमा परे ब्रह्मा अब के नै गर्ने
श्रीहरि जगाउने खोज्नु भयो शस्त्र
ब्रह्माजी पर्नु भयो साह्रै अस्तव्यस्त
सोचमा परे ब्रह्मा अब के नै गर्ने
श्रीहरि जगाउने खोज्नु भयो शस्त्र
विष्णुलाई निद्राबाट जगाउनु नै पर्यो
योगनिन्द्रा खुसी पर्ने भवनाले धर्यो
ब्रह्मा लागे देवीको स्तबन नै गाउन
योगनिन्द्रा–स्तवनले राम्रै काम गर्यो
योगनिन्द्रा खुसी पर्ने भवनाले धर्यो
ब्रह्मा लागे देवीको स्तबन नै गाउन
योगनिन्द्रा–स्तवनले राम्रै काम गर्यो
भजन
योगनिद्रा माई विष्णुजीलाई जगाइदेऊ,
विष्णुजीलाई जगाइदेऊ
विष्णुजीलाई जगाइदेऊ
विश्वकी अधिश्वरी देवी योगनिन्द्रा
विश्वधारण गर्नेवाली तिमी नै वृन्दा
तिमी हौ हरण अनि विश्व पालनकर्ता
तेज स्वरूप शक्तिशाली दिन सक्छौ तन्द्र
योगनिद्रा माई
विश्वधारण गर्नेवाली तिमी नै वृन्दा
तिमी हौ हरण अनि विश्व पालनकर्ता
तेज स्वरूप शक्तिशाली दिन सक्छौ तन्द्र
योगनिद्रा माई
स्वहा स्वधा वष्ट्कार तिमी स्वरात्मिका
शत्रुमाथि तिम्रो दृश्य हुन्छ विभिषिर्का
स्वर तिम्रै निन्द्रा तिम्रै कर्म धर्म तिम्रै
तिमी विना संसार बन्छ मृगमरीचिका
योगनिद्रा माई
शत्रुमाथि तिम्रो दृश्य हुन्छ विभिषिर्का
स्वर तिम्रै निन्द्रा तिम्रै कर्म धर्म तिम्रै
तिमी विना संसार बन्छ मृगमरीचिका
योगनिद्रा माई
सारातत्त्ब नियाल्दामा जीवनदायी सुधा
सारा कष्ट नाश गर्छेऊ भावनाले छुँदा
मेरो भक्ति तिमीलाई नै हुन्छ समर्पण
सहकारी कर्म गर्छेऊ पीडित मन रुँदा,
.. योगनिद्रा माइ
सारा कष्ट नाश गर्छेऊ भावनाले छुँदा
मेरो भक्ति तिमीलाई नै हुन्छ समर्पण
सहकारी कर्म गर्छेऊ पीडित मन रुँदा,
.. योगनिद्रा माइ
तिमी नै ॐकार हौ नित्य अक्षर आकार
उकार मकारमा छन् रूप भिन्न प्रकार
बिन्दुरूपा पनि तिमी आकार अर्धमात्रा
तीनै लोक दिव्यमय रूप हुन्छ साकार
, .. योगनिद्रा माइ
उकार मकारमा छन् रूप भिन्न प्रकार
बिन्दुरूपा पनि तिमी आकार अर्धमात्रा
तीनै लोक दिव्यमय रूप हुन्छ साकार
, .. योगनिद्रा माइ
आमा, संध्या, सावित्री तिमी तीनै रूपा
प्रकृतिकी धारणकर्ता दर्शन एकै झुपा
ब्रह्माण्ड धारण अनि तिमी सृष्टिकर्ता
महामाया गौरी देवी तिमी शिव–पुष्पा,
..... योगनिद्रा माई
प्रकृतिकी धारणकर्ता दर्शन एकै झुपा
ब्रह्माण्ड धारण अनि तिमी सृष्टिकर्ता
महामाया गौरी देवी तिमी शिव–पुष्पा,
..... योगनिद्रा माई
उत्पत्तिमा तिमी आँफै सृष्टिरूपा बन्छेऊ
संसारलाई पाल्दाखेरि स्थितिरूपा बन्छेऊ
कल्पान्तमा तिमी नै संहाररूपा बन्छेऊ
त्रीलोकको कर्मगर्दा कर्मनीति बन्छेऊ,
..... योगनिद्रा माई
संसारलाई पाल्दाखेरि स्थितिरूपा बन्छेऊ
कल्पान्तमा तिमी नै संहाररूपा बन्छेऊ
त्रीलोकको कर्मगर्दा कर्मनीति बन्छेऊ,
..... योगनिद्रा माई
महामेधा महाविद्या तिमी महामाया
महासुरी, मोहरूपा तिम्रै हो यो काया
तीनै गुण तिमीबाटै सृष्टिरूप धर्छन्
तिम्रो माया ममाथि नपरोस है छाया
... योगनिद्रा माई
महासुरी, मोहरूपा तिम्रै हो यो काया
तीनै गुण तिमीबाटै सृष्टिरूप धर्छन्
तिम्रो माया ममाथि नपरोस है छाया
... योगनिद्रा माई
कालरात्री मोहरात्री महारात्री लज्जा
पुष्टी, तुष्टी, ईश्वरी, लौ भनी नाम भज्दा
बोध, ह्री र क्षेमा, खड्ग, शूल, गदा, शंख
चक्र, धारणी(अनुकम्पा तिम्रा नाम जप्दा
... योगनिद्रा माई
पुष्टी, तुष्टी, ईश्वरी, लौ भनी नाम भज्दा
बोध, ह्री र क्षेमा, खड्ग, शूल, गदा, शंख
चक्र, धारणी(अनुकम्पा तिम्रा नाम जप्दा
... योगनिद्रा माई
बाण, भुशुण्डी, परिघाकी हौ सौम्यरूपा
रूप, बल, अवर्णित छन् धेरै अनुकम्पा
तीनै गुणका संरचना तिमी बाटै भए
सौम्यरूपा अनुकम्पा पुष्पमा हौ चम्पा
... योगनिद्रा माई
रूप, बल, अवर्णित छन् धेरै अनुकम्पा
तीनै गुणका संरचना तिमी बाटै भए
सौम्यरूपा अनुकम्पा पुष्पमा हौ चम्पा
... योगनिद्रा माई
यो मेरो भक्ति छ अनुपम् पवित्र
तिम्रो अदम्य सहास छ विचित्र
यसैले त मैले तिम्रो भक्ति गर्छु
तिम्रो चित्रलाई हृदयमा धर्छु
.... योगनिद्रा माई
तिम्रो अदम्य सहास छ विचित्र
यसैले त मैले तिम्रो भक्ति गर्छु
तिम्रो चित्रलाई हृदयमा धर्छु
.... योगनिद्रा माई
श्रीविष्णुको निन्द्रा हट्न जाओस्
यो आत्माले चिर शान्ति पाओस्
हे योगनिद्रा तिम्रो दृष्टि लाओस्
यी तिनैलोक शान्तिमा सजाओस्
.....योगनिद्रा माई
यो आत्माले चिर शान्ति पाओस्
हे योगनिद्रा तिम्रो दृष्टि लाओस्
यी तिनैलोक शान्तिमा सजाओस्
.....योगनिद्रा माई
हे देवी तिम्रो के नै व्याख्या गरुँ
यी कष्टबाट छिटो पार तरुँ
जागुन् जगत्नाथ यो निन्द्राबाट
मैले सकिन किन अघि सरु
..... योगनिद्रा माई
यी कष्टबाट छिटो पार तरुँ
जागुन् जगत्नाथ यो निन्द्राबाट
मैले सकिन किन अघि सरु
..... योगनिद्रा माई
अाऊ अाऊ अऊ
अाऊ ज्वाइँ अाऊ
छिटो यता अाऊ
पुग्याे तिम्रो भाउ
फेरि यता अाऊ
तिम्रो अायाे दाउ
आज सम्म देश खायौ
अब गाउँ खाऊ ।
छिटो यता अाऊ
पुग्याे तिम्रो भाउ
फेरि यता अाऊ
तिम्रो अायाे दाउ
आज सम्म देश खायौ
अब गाउँ खाऊ ।
अाऊ ज्वाइँ अाऊ
छिटो यता अाऊ
मोज गर्न अाऊ
भोज खान आऊ
तर मार्न अाऊ
तिमीलाई छुन सक्ने
अब कस्को बाउ ?
अाऊ ज्वाइँ अाऊ
ससुराली खाएका थ्यौ
अब गाउँ खाऊ
छिटो यता अाऊ
मोज गर्न अाऊ
भोज खान आऊ
तर मार्न अाऊ
तिमीलाई छुन सक्ने
अब कस्को बाउ ?
अाऊ ज्वाइँ अाऊ
ससुराली खाएका थ्यौ
अब गाउँ खाऊ
अाऊ ज्वाइँ अाऊ
छिटो यता अाऊ ।
माथि माथि खाइसक्यौ
अब गाउँ खाऊ ।
मुन्द्रे झ्याम्ले कुन्डलेलाई
साथमा लिइ अाऊ
फेरि पनि अब यहाँ
डढेलाे लगाऊ
गाडी डढाऊ
राँके जुलुस लिइ लिइ
चाँडो चाँडो अाऊ
अाऊ ज्वाइँ अाऊ
छिटाे छिटाे अाऊ
अब चाँडाे अाऊ ।
छिटो यता अाऊ ।
माथि माथि खाइसक्यौ
अब गाउँ खाऊ ।
मुन्द्रे झ्याम्ले कुन्डलेलाई
साथमा लिइ अाऊ
फेरि पनि अब यहाँ
डढेलाे लगाऊ
गाडी डढाऊ
राँके जुलुस लिइ लिइ
चाँडो चाँडो अाऊ
अाऊ ज्वाइँ अाऊ
छिटाे छिटाे अाऊ
अब चाँडाे अाऊ ।
( आन्दोलनमा हराएकाहरूको सम्झनामा - आमाको वेदना )
अक्षरहरू टेकेर पन्नाको धर्तीमा
कलम कोर्दैछु डोवहरूको
अन्न्यायाका खाटाहरूले पिरोल्छ
मेटिएन त्यो तृष्णा न्यायको
अँझै भोक पस्कदै छु
मायाँ त निर्जीव भै सक्यो
खोइ किन हो मायाँ भएत आउनु पर्ने हो
रुँदा आँशु आउदैन आजकल
निस्पट्ट अन्धकारहरुमा
चुकुल खोलेर आग्लो उघारें
फर्किएन खोइ फर्किएन
यो कथा बिरहको हो यो कथा मुटुको हो
यो कथा मेरो आफ्नै माटोको हो
यो कथा मेरो आफ्नै बारीको हो
विचार नमिलेर रगत फाटेको कथा हो
यो कथा मेरो आफ्नै खलोको कथा हो
बा हराउदा छोरो खोज्न गएको कथा हो
छोरो हराउदा बा खोज्न गएको कथा हो
यो शुन्यताको कथा हो
बिचारको खेतीमा तर्क नभएर
तरबार रेटिएको कथा हो
मान्छेको मान्छेसँग यातना र बन्दुक बोलेको कथा हो
खोइ त आभास ऊ भएको नभएको
लाम्टाहरू सुकेर आँशु सगै
अब क्षितिज मात्र देखिन्छ
आँगन आकाश शुन्य भो
पर्खिएर हेरें
म अलमल्ल भएँ
अब त मेरो आँशु सुकी सक्यो
अब त मेरो विस्वास मरी सक्यो
इन्क्लावमा उठेका हातहरू
पडक्क भाँचिए
कलमहरू थिए पन्ना भर्ने ती पनि मासिए
चौबन्दी नै कस्न नपाइ कति अबलाहरू नासिए
घरमा सल्लाह हुदै थियो अर्को साल
गुन्यु चोलो दिने भनेर
मान्छे राक्षस भयो
त्यहाँ पनि भनियो बिचार मिलेन
बिन्ती छ अब कतै हुन्छ भने
कसैको छोरो नहराओस
बाबु कसैको परदेश नलागोस्
अबलाको चित्कार कसैको स्वाद नबनोस
रुँदा आँशु आउदैन आजकल
रगत धेरै बगी सक्यो !!
-----------------
( आन्दोलनमा हराएकाहरूको सम्झनामा )






