१। योग्यता
स्कुल बिस्कुनझैँ छरिएको छ
क्याम्पस ‘टायम पास’ भएको छ
रोजगार बन्न चाउचाउ नै किन्नु परेपछि
योग्यता र दक्षता सबै धराशायी बनेको छ
२। पेवा
रगतले बेसाएर ल्याएको प्रजातन्त्र
मन्त्री, मन्त्रीपुत्र र मन्त्राणीको पेवा भो
कुराको चाङ् हौसिएर काम हराएपछि
राजनीति उल्टै जनताले नेतालाई गर्ने सेवा भो
३। एकता
ताप्लेजुङको घाउ दार्चुलालाई दुःख्नु पर्छ
रगतका मुहानहरू अब सबै सुक्नु पर्छ
घरझगडामा स्वार्थ र कमिसन मिसाउनेलाई
परिवारका सबै सदस्य मिलेर थुक्नु पर्छ
४। भाग
किसान सक्कली मलको माग गर्छ
व्यापारी नाफैनाफाको मात्र भाग गर्छ
सम्पन्नहरू छलेरै पनि काउली हसुर्छन् –
दरिद्रलाई त ओइलाएको साग पो भाग पर्छ
५। कुराको आरोहण
धान काट्नेभन्दा चेक काट्नेको कुरा ठूलो
चेक काट्नेभन्दा कमिसन बाँड्नेको कुरा ठूलो
कुरै कुराको आरोहण होडाजीमा –
कुरा काट्नेको हंकीडंकी नै सबैभन्दा ठूलो
पेशल आचार्य
टीकाथली–४, ललितपुर
हाल स् उपप्राध्यापक, मन्थली क्याम्पस, मन्थली, रामेछाप
एक
पोखिनु हुँदैन मन बाँध बाँध्नु पर्छ साँहिली
चुल्हा चौका मात्र होइन अब, मंगल ताक्नु पर्छ
पिंजडाको चरीले वन उपवन डुल्न सक्दैन
एक्काइसौँ शताब्दीको नारी अब जाग्नु पर्छ ।
दुई
हामी बाउन्न लात त्रिपन्न ठक्करमा रुमल्लिरह्यौं
भीरको चिन्डो जस्तै अक्करमा रुमल्लिरह्यौं
माटोको टीका लगाएर बिदेशी प्रभुको ईशारामा नाच्यौं
त्यसैले त संक्रमणको यो लामो गोल चक्करमा रुमल्लिरह्यौं ।
तीन
जता हेर्यो खति माथिको खति
खल्ती खल्तीमा राष्ट्रिय ढुकुटी जति
कति सहने हो हामी जन्तु जनार्दनले
यी नेताहरूको दुर्गति र उँधो मति .
हिजो आज हामी जनताबाट जन्तु भएका छौं, जे पनि सहने
लिबियामा यस्तो एउटा ठाँउ छ जहाँ एकातर्फ बालुवै बालुवा छ अनि बिचमा छ एउटा ताल। उत्तरी अफ्रिकाको यो देशमा यो ठाँउ हेर्नको लागि कयौं पर्यटक आउछन्। यो ठाँउलाइ ‘उबरी स्यान्ड सी’ नाम दिइएको छ। जसको अर्थ हुन्छ, बालुवा वाला समुंद्र।
एक रिपोर्टको अनुसार करिब २ लाख बर्ष पहिले यो ठाँउमा हरियाली थियो। धेरै नदीहरु यो ठाँउ हुदै बग्दथे। समयको साथ नदी तथा तालहरु सुक्न थाले अनि कालान्तरमा मरुभुमिनै बन्यो। करिब ३ हजार देखि ५ हजार बर्ष पहिले नदि सुक्ने क्रम तीब्र भयो। तर केही तालहरु भने सुकेनन। यो तालको पानी पनि निकै नै नुनिलो बनेको छ। अहिले पनि सानो ठुलो गरि करिब २० तालहरु यो क्षेत्रमा बाँकि रहेका छन्।
हेर्नुहोस् यो प्रकृतिको लीला,
यो संसार प्राकृतिक सम्पदा र सम्पतिले भरिभराउ छ, तर पनि हामीलाई यो प्राकृतिक देनहरूको बारेमा सायदै थाहा होला।आज हामी तपाईँहरूलाई यस्तै किसिमका नौला र अनौठा कुराहरूको बारेमा जानकारी दिनेछौँ जुन तपाईँहरूलाई थाहा नभएको हुन सक्छ।
यी १० जनावरहरू साँच्चै नै अनौठा किसिमका छन्, हेरौँ त एकपल्ट!!
१. हमिङ्ग बर्ड
यो चरा एक मात्र चरा हो जुन पछाडिबाट उड्न सक्छ, अनि यस चराले १ सेकेण्डमा ८० चोटि आफ्नो पँखेटा चलाउन सक्छ। के तपाईँलाई यो कुराको बारेमा ज्ञान थियो त?
२. बङ्गुर
बङ्गुरलाई नचिन्ने सायदै कोहि होला, तर के तपाईँलाई यो थाहा थियो कि उनिहरूले एक-अर्कासँग कुराकानी गर्न सक्छन् भनेर? वैज्ञानिकहरूले अझसम्म बङ्गुरको २० शब्दलाई चिन्न सफल भइसकेका छन्, जसमा ‘मलाई भोक लाग्यो!’ पनि पर्दछ।
३. कुकुर
घरमा कुकुर नपाले पनि कुकुरलाई नदेखेको को होला र है? तर कुकुरहरूको नाकको छाप ठ्याक्कै मानिसको औँलाको छाप जस्तै हुन्छ नि!!
४. शङ्खे किरा
झरी मौसममा शङ्खे किराहरू घर-आँगनमा आएर तपाईँहरूलाई सताउँछन् होला हैन? तर यो किराको बारेमा थाहा पाउनुभयो भने अचम्म मान्नुहुन्छ। शङ्खे किराको आँखामा घाउ भएर अथवा केहि भएर आँखा गुमाएको छ भने, फेरि अर्को आँखा निकाल्न सक्छ। अबुइ!!
५. जिराफ
जिराफहरूको स्वर ग्रन्थि हुँदैन र उनिहरूको जीब्रो नीलो-कालो रङ्गको हुन्छ।
६. लोखर्के
कुनै बगैँचामा जाँदा रूखको हाँगाहरूमा लोखर्के देख्नुभएको छ भने, त्यो रूख मानिसले रोपेको नहुन सक्छ। कसले रोप्यो त भनेर सोध्नुहुन्छ भने, म भन्छु, ‘लोखर्केले रोप्यो!’ कसरी थाहा छ? लोखर्केले आफूले खानको लागि बिउ पुरेको हुन्छ र पुरेको ठाउँ बिर्सेपछि त्यो बिउ उम्रेर रूख बन्दछ।
७. कमिला
हरेक एक मानिसको ठाउँमा करिब १० लाख कमिलाहरू यो संसारमा पाइन्छन्। अनि कमिलाहरू कहिल्यै पनि सुत्दैनन् र उनिहरूको फोक्सो पनि हुँदैन।
८. पुतली
आहा! पुतली कति राम्रो हुन्छ है! पुतलीहरूसँग दुईवटा आँखा हुन्छन् जसमा १००० वटा लेन्सहरू हुन्छन्, तर उनिहरूले केवल रातो, हरीयो र पहेँलो रङ्ग मात्रै देख्न सक्दछन्, त्यसैले होला पुतलीहरू फूलमा बढी आकर्षित हुने!!
९. बिरालो
क-कसको घरमा बिरालो पालेको छ? पालेको हुनुहुन्छ भने यो जान्न महत्वपूर्ण हुन्छ कि बिरालोको कानमा कुल ३२ वटा मांशपेशीहरू हुन्छन्, जसले गर्दा उनिहरूको सन्ने क्षमता अरू प्राणीको भन्दा धेरै हुन्छ।
१०. झिङ्गा
झिङ्गाहरूको आयु जम्मा १४ दिनको मात्रै हुन्छ तर उनिहरूले आफ्नो छोटो जिवनकालमा पनि आफ्नो सङ्गीतप्रेम दर्शाइरहेका हुन्छन्। उनिहरूको पँखेटाबाट निस्कने ध्वनी पनि ‘एफ्’ नोटमा हुन्छ र जुन ठाउँमा ‘एफ्’ नोटको सङ्गीत बजाइरहेको हुन्छ, त्यहाँ झिङ्गा बढी आउने गर्दछन्।
भनिन्छ फर्स्ट इम्प्रेशन इज द लास्ट इम्प्रेशन अर्थात शुरुमा जस्तो प्रभाव पर्छ जीवनभर त्यो प्रभावको असर रहिरहन्छ ।
यदि तपाइँ कसैसँग पहिलो पटक भेट गर्दै हुनुहुन्छ भने मनमा राख्नुस् यो भेट नै जीवनभर तपाइँप्रति अवधारणा बन्ने भेट हुनेछ ।
love couple1
हालै गरिएको एक अध्यनले कसैप्रति सकारात्मक र नकारात्मक धारणा केवल १२ मिनेट भित्र निर्धारण हुने देखाएको छ।एक बेलायती संस्थाले २ हजार मानिसमा गरिएको अध्यनका क्रममा यो तथ्य बाहिर आएको हो ।शोधका अनुसार पहिलो पटक भेट्दा तपाइँले सोधेको प्रश्न, तपाइँको मुस्कान, आइ कन्ट्याक्ट अर्थात तपाइँको नजर र आवाज जस्ता कुराहरुले तपाइँप्रतिको धारणा तय हुन्छ ।
अध्यनले शरीरबाट दुर्गन्ध अथवा श्वास गन्हाउने समस्या भएमा त्यसको प्रभाव जीवनभरलाई नराम्रो पर्ने पनि देखाएको छ ।
पहिलो भेटमा बोल्दा बोल्दै कसम खान थाल्नु भो भने पनि तपाइँप्रति नकारात्मक प्रभाव पर्ने अध्यनको निष्कर्ष छ । खासमा मन्छेको मूल्याङ्कन कुराकानी गर्ने शैलीबाट शुरु हुन्छ ।यदि तपाइँ पहिलो पटक डेटिङ जाँदै हुनु हुन्छ भने सामाजिक सञ्जालमा आफ्ना गतिविधी पनि नियन्त्रण गर्नुस् किन भने तपाइँको सामाजिक सञ्जालको गतिविधी पनि निगरानी भैरहेको हुन्छ ।सामाजिक सञ्जालमा तपाइँका गतिविधीबाट तपाइँको चरित्र र स्वभाव समेत बुझ्न खोज्छन् ।
पहिलो डेटमा मधुर बोली र मुस्कान हुनेहरुको सम्बन्ध निक्कै राम्रो हुने शोधको निष्कर्ष छ ।

र्कीमा जमिनमुनी पुरानो शहर फेला परेको छ । जमिन खन्ने क्रममा करिव ५००० वर्ष पुरानो शहरको अवशेष भेटिएको सञ्चार माध्यमले जनाएका छन् । खोजी नै नगरिएको समयमा अचानक जमिन मुनी शहरको अवशेष भेटिएपछि बैज्ञानिक र पुरातत्वविद समेत चकित परेका छन् ।
समाचारमा जनाइए अनुसार टर्कीको नेवसेहिर प्रान्तका केही पुराना घर भत्काउने काम चलिरहेको समयमा श्रमिकहरुले ७ किलोमिटर लामो एक सुरुङ फेला पारेका थिए । सुरुङबाट भित्र जाने क्रममा भित्र एक शहरको खण्डहर भग्नावशेष फेला परेको हो । टर्कीको समाचार पत्र हुर्रियत न्यूजका अनुसार यो शहर ५ हजार वर्ष पुरानो हो ।
प्राचीन अटोमन साम्राज्यको समयमा बनेको यो शहर करिव ५० वर्षफुट क्षेत्रमा फैलिएको छ । यहाँका घर, सडक लगायतका संरचना एकदमै बैज्ञानिक हिसावले बनाइएको पाहिएको छ । कुनै समयमा यो शहरको जनसंख्या २० हजार रहेको बताइएको छ ।

वर्तमान सूचना प्रविधिको युगमा इन्टरनेट मानिसहरुको दैनिकीको अभिन्न पाटो बनिरहेको छ । यद्यपि विश्वका प्रयोगकर्ताहरुले समान गतिको इन्टरनेट प्राप्त गर्न सकेका छैनन् । कतिपय देशमा निकै तिव्र गतिको इन्टरनेट सेवा प्राप्त छ भने कतिपय देशमा निकै झूर । नेटवर्क ट्रयाकर अकामाइले हालै सार्वजनिक गरेको विश्वका देशहरुको इन्टरनेट गतिको अवस्था विषयको एक प्रतिवेदन दी स्टेट अफ इन्टरनेट अनुसार विश्वका सर्वाधिक तिव्र गतिको इन्टरनेट भएका देशहरु यी हुन्(
१। दक्षिण कोरिया( औषति कनेक्सन स्पीड २२।२ एमबीपीएस सहित दक्षिण कोरिया विश्वको सबैभन्दा तिव्रगतिको इन्टरनेट सेवा रहेको देशको सूचिमा पहिलो स्थानमा लगातार रहन सफल भएको छ । यद्यपि पछिल्लो त्रैमासिकमा देशको औषत इन्टरनेट गतिमा १२ प्रतिशतको गिरावट आएको रिपोर्टले देखाएको छ । यद्यपि अघिल्लो वर्ष भन्दा यो वर्ष त्यहाँको इन्टरनेट स्पीड १।६ प्रतिशतले सुधार भएको छ ।
२।हङकङ( तिव्र इन्टरनेट रहेको देशका रुपमा हंगकंग दोश्रो स्थानमा रहेको छ । त्यहाँको औषत इन्टरनेट स्पीड १६।८ एमबीपिएस रहेको छ । वर्षेनी इन्टरनेट स्पीडमा ३७ प्रतिशतले सुधार भएको समेत रिपोर्टले देखाएको छ ।
३। जापान( जापान विश्वमा सर्वाधिक तिव्र इन्टरनेट सेवा भएको तेश्रो मुलुक हो । जहाँको इन्टरनेट स्पीड औषतमा १५।२ एमबीपीएस रहेको छ ।
४। स्विडेन( एक स्थान माथि चढ्दै स्केन्डेनेभियन देश स्विडेन सबैभन्द तिब्र गतिको इन्टरनेट भएको चौथो देश बन्न सफल भएको छ । स्विडेनमा ब्रोडब्याण्ड इन्टरनेटको औषत गति १४।६ एमबीपीएस रहेको छ र वाषिर्क सुधार ३४ प्रतिशत रहेको छ ।
५। स्विट्जरल्याण्ड( अघिल्लो त्रैमासिकमा चौथो स्थानमा रहेको स्विजरल्याण्ड एक तह खस्किँदै पाँचौ स्थानमा झरेको छ । अकामाइको रिपोर्ट अनुासर हाल स्विजरल्याण्डको औषत इन्टरनेट स्पीड १४।५ एमबीपीएस रहेको छ ।
६। नेदरल्याण्ड( इन्टरनेट स्पीडका आधारमा विश्वमा छैटौँ स्थानमा कायम रहेको नेदरल्याण्डमा इन्टरनेटको औषत गति १४।२ एमबीपीएस रहेको छ ।
७। लाट्भिया( वाषिर्क तथा त्रैमासिक रुपमा समेत इन्टरनेट स्पीडमा गिरावट आएपनि लाट्भियाले विश्वका तिव्र इन्टरनेट भएका देशहरुको सूचिमा आफुलाई उल्टो एक स्थान माथि चढाउँदै सातौँ स्थानमा पूराएको छ । लाट्भियामा इन्टरनेटको औषत गति १३ एमबीपीएस रहेको छ ।
८।आयरल्याण्ड( औषत इन्टरनेट स्पीड १२।७ एमबीपीएस सहित आयरल्याण्ड आठौँ स्थानमा रहेको छ ।
९। चेक गणतन्त्र( तिव्र इन्टरनेट भएको नवौँ देशको रुपमा चेक गणतन्त्रले आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ । चेकमा इन्टरनेटको औषत गति १२।३ एमबीपीएस रहेको छ ।
१०। फिनल्याण्ड( सर्वाधिक उच्च गतिको इन्टरनेट सेवा रहेका टप टेन देशको सूचिमा आफुलाई दशौँ स्थानमा उभ्याउन फिनल्याण्ड सफल हुँदा सिँगापुर ११ औँ स्थानमा झर्नुपर्यो । फिनल्याण्डको औषत इन्टरनेट गति १२।१ एमबीपीएस रहेको छ ।