• Main Page
  • Progrme
  • Muktak
  • Gazal
  • Business
  • Khelkud
  • Filmy Khabar
  • Youn
  • VDO
  • BLOG
  • Entertainment
  • Contact
१८ बैशाख,
चितुवाको छाला र हड्डीसहित भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढमा एकजना नेपाली पक्राउ परेका छन । तीन थान चितुवाको छाला र नौ किलो हड्डीसहित बैतडीका ३२ वर्षीय काशीराम भुललाई शुक्रबार पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ । भारतीय प्रहरीका अनुसार पक्राउ परेका भुलले पिथौरागढमा रहेका व्यापारीलाई बुझाउन नेपालबाट चितुवाको छाला र हड्डी ल्याएको बयान दिएका छन । पक्राउ परेका भुलको भारतीय प्रहरीले पूरा ठेगाना भने खुलाएको छैन ।

१८ बैशाख, बझाङ
बझाङको दौलीचौर गाविसका स्थानीयहरुले मदीरा बाट संकलन भएको पैसाले विद्यालयको भवन निर्माण र शिक्षकको तलबमा प्रयोग गरेका छन् । मदीरा बाट संकलन भएको पैशाले दौलीचौर माद्यामकि विद्यालयको ४ कोठे पक्की भवन, ३ जना निजी शिक्षकको तलब दिएको विद्यालय ब्यावस्थापन समीतीका अध्यक्ष कलक बहादुर खड्काले जानकारी दिनु भयो । २०६७ सालमा दौलीचौर गाविसमा देब सिहँ बोहराको अध्यक्षतामा १६ जनाको गाँउ सुधार समीती गठन भएको थियो । उक्त समीतिले मादक पदार्थलाई नियन्त्रण गर्नको लागी मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने ब्यक्तीलाई १० हजार, मादक पदार्थ विक्री वितरण गर्ने ब्याक्ती लाई २० हजार जरीवाना गर्ने भन्ने निर्णय गरेको समितिले जनाएको छ ।

१८ बैशाख, बझाङ
विकट हिमाली जिल्ला बझाङका अध्ययरत विद्यार्थीहरु यार्सा टिप्न लेकतिर जाँदा झण्डै ५० विद्यालयहरु तीन महिनाका लागि बन्द भएका छन । विद्यार्थीहरु यार्सा टिप्न लेकतिर जाँदा जिल्लाको उत्तरी भेगमा पर्ने दौलिचौर, सूर्मा, दाँतोला, काँडा, मेलविसौना, दहबगर, रिलु गाबिसका करिब ३८ वटा बिद्यालय र धमेना, भामचौर गाविस र जयपृथ्वी नगरपालिकाको मयाना लगायतका झण्डै एक दर्जन बिद्यालयहरु गरी झण्डै ५० बिद्यालय पुर्ण रुपमा बन्द भएका हुन । त्यस क्षेत्रका बासिन्दाहरुको आयस्रोतको प्रमुख माध्यम यार्सागुम्बा रहेकाले पनि यस मौसममा ७÷८ बर्षका बालक देखि ७० बर्षका बृद्धहरु पनि यार्सागुम्बा टिप्न लेक तिर जाने गर्छन । दुर्गम हिमाली जिल्लाका विद्यालयहरु बर्षामा ३ महिना यार्सा संकलनको समयमा र हिउंदमा मंसिर देखी फागुन सम्म जाडोका कारण बन्द हुने गरेका छन ।

१८ बैशाख, बझाङ
नेपालमा शनिबार नयाँ भूकम्प गएको छ । भूकम्पले पुरै पहाड हल्लाउँदा स्थानीयहरु घरबाट बाहिर निस्किएर खुला चौरमा पुगेका छन । गत वर्षको वैशाख १२ गते गएको विनाशकारी गोरखा भूकम्पको एक वर्षपछि शनिबार दिउँसो १२ बजेर २८ मिनेटमा बझाङलाई केन्द्र बनाएर ४ दशमलब २ रेक्टर स्केलको नयाँ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार पहाडी क्षेत्र भएकाले बझाङको सदरमुकाम चैनपुर र आसपासका पहाडी जिल्लामा भूकम्पको कडा धक्का महसुस गरिएको थियो । बझाङका स्थानीय पत्रकार सम्राट सिंहका अनुसार भूकम्पको धक्का महसुस भएपछि घरभित्र बसेका मानिसहरु हत्तपत्त घरबाहिर आएका थिए । भूकम्पले पुर्याएको क्षतिबारे कुनैपनि विवरण नआएको बझाङ प्रहरीका डीएसपी लक्ष्मीराज अधिकारीले जानकारी दिएका छन ।

१८ बैशाख,
सुदूरपश्चिमको महाकालि अञ्चलमा बिगतका बर्षहरु भन्दा यस बर्षमा बहुबिबाहका घटनामा कमि आएको भएपनि महिलामाथि हुने जबर्जस्तिकरणि र बेचबिखनका घटनामा भने कमि आएको छैन । महाकालि अञ्चलमा बिगत १० महिनाको अबधिमा बहुबिबाहका ६ वटा मुद्धा मात्रै प्रहरीमा परेका छन । गत साउनदेखि चैत्रसम्म डडेल्धुरामा २ र कञ्चनपुरमा ४ वटा गरी महाकालि अञ्चलमा जम्मा ६ वटा मुद्धा दर्ता भएको महाकालि अंञ्चल प्रहरीले जनाएको छ । दार्चुला र बैतडीमा भने बहुबिबाहका मुद्धा दर्ता नभएको बताइएको छ । समाजमा आमनागरीक शिक्षित हुनुका साथै बहुबिबाह सम्बन्धि सचेत भएकाले बिगतका बर्षहरु भन्दा यस बर्षमा बहुबिबाहका घटनामा कमि आएको महाकालि अञ्चल प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक रामप्रसाद श्रेष्ठले बताउनुभयो । तथ्यांक अनुसार सबैभन्दा बढी कंचनपुरमा जबर्जस्तिकरणिका १५ वटा मुद्धा कञ्चनपुरमा दर्ता भइ दोषिमाथि कानुनि कार्बाहि अघि बढाइएको छ । यस्तै यता डडेल्धुरामा एक, बैतडीमा ३ र दार्चुलामा ३ मुद्धा दर्ता भएका छन ।

जीवन आफुले भोगेको भोगाइको जीवन्त दस्तावेज हो । जीन्दगी का भोगाईहरु अनि कल्पना हरु र वास्तविक बिचको सन्तुलनू हो यो कार्यक्रम मुक्तक मधुरीमा हुनत । अनुभव र जिबन लाई परिभाषित गर्न सकिदैन तर मेरो आफ्नै सिद्धान्त मा पुर्ण जीवन एउटा यात्रा मा रुपान्तरण भएको छ ।
सधैजसो आजपनि रातको साढे नौ बजेर समय क्रमश मध्य रात हुदै विहानी तर्फ ओरालो लागी रहेको छ, आज पनि, वातावरण, परीवेश सुनसान छ । तापक्रम पनि बिस्तारै ओरालो लागेर १३ डिक्रीभन्दा अझै तल झरीरहेको छ । र सापेक्षिक आद्रता न्यून भएकोले जाडोले खुम्च्याएको छ मलाई । बाहिर हल्का चिसो हावा बहिरहेको छ, रुखका पातहरू धिमे पाराले हल्लीरहेका छन । मन भित्र हल्का तातो हिटर ताप्दै विगतका संस्मरणमा थोरै लिप्त भएर केही बोल्ने मन लागेको छ । विगत कोट्याउने हो र त्यसलाई लिपिवद्ध गर्ने हो भने पुस्तकका ठेलीहरू नबन्लान भन्न सकिन्न । त्यसो गर्नका लागि समय, अनुकुल वातावरण र गहन विषयवस्तु पनि हुनुपर्यो । त्यसैले प्रसंगहरू उठेको बेला केही अनुभूतिहरू छोटकारीमा केही शब्दहरु भन्ने गरेको छु  । त्यसैको निरन्तरता भन्नुपर्ला यी मेरा आजका शब्दहरु पनि । दिन उनै छन , उस्तै बितीरहेको छन निर्बाद रुपमा तर रातहरु भने निरन्तर अनीन्द्रा , कुन हो कुन कुराको कमी महशुस भएरै बितेका छन । सधै जसो आजपनि ।

एक भाब अनि साझा समर्पण । यहाँ तड्पन भित्र अल्झीने आत्मा वृतान्त भित्र बल्झीने मेरो पनि चिरसखी छिन । सदैब आत्मा बाट निकट , किन अक्सर मनले आज काचुलीफेर्ने प्रण गर्दैछ ।
चिर आत्मा सुनौलो रुपमा बिलीन हुन रातको एक्लो दिपमा पुतली होमिए झैँ होमिन्छ यो मन । मेरो प्राण कस्ले भरिदियोस सारा दिन चेत शुन्य भएर आफ्नै भगवान संग जिउने शक्ति माग्छु ।  खै कस्ले दिन्थ्यो र कत्र्यब्यहिन लाई सीत्तैमा त्यो पनि, निर्धक्क भएर निदाउन सक्दिन, त्यसैलेत दिर्घ रोगी भएर अर्ध मुस्कानमा पनि आफुलाई मौसमे फूल बनाउन होमिन्छ मेरो अर्धप्राण मन ....।                                                                        जिन्दगी संगको एकजोडी प्रेम मेरो स्वासको खिचाईसम्म मात्र रहदो होला सायद ।।।।  एक परिधि भित्र अल्झीएर रहेको प्रेम करोडौं मुटु भित्र फुल््ने प्रेम जस्तै एउटा दमित चित्कार भएर म भित्र बज्रिन्छ प्राण ।
अब नडढाउ मलाइ म उहिल्यै डढेको मान्छे” केहीसमय मौन बनेपछि एकजोडी मन हामी दुई भित्र निरन्तर संघर्षरत रहेको आभाष मिल्छ । त्यसैलेत अझै तिमि र म भित्र आत्मीय पन ताजै हुनाले मन बहकाई दिन्छ ।
उसका लागी==========================  
                                     उग्रतारा मन्दीर .....




उग्रतारा मन्दीर शुदुर श्चिमकै प्रशिद्ध धार्मैक तथा पर्यटकीय मन्दीरहो । नेपालको सुदूरपश्चिम बिकास क्षेत्रको महाकाली अञ्चलमा पर्ने डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा अवस्थित उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ । उग्रतारा मन्दिर शुदुर पश्चिमकै ठूलो शक्तिपिठ मानिन्छ । यो मन्दिर डडेल्धुरा सदरमुकाम देखि करिब ५ किलोमीटर पश्चिमपट्टी रहेको छ । यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका ९ भगवतीहरूका मन्दिरहरू मध्ये एक भगवती मन्दिरको रुपमा मानिन्छ । उग्रतारा मन्दिरको उत्पति सम्बन्धमा पौराणीक कालदेखीनै प्रमाणिक आधारमा कुनै शिलालेख नभेटिएता पनि यसको उत्पतिको किम्बदन्ति भने फरक फरक भेटीन्छ । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा पर्ने प्रसिद्ध मन्दिर, बागबजार बाट करिब ५ किलोमिटर टाढा डडेल्धुरा,देखी बैतडीसम्म जोडीएको  दसरतचन्द राजमार्गको पश्चिम पट्टीको अग्लो बिशाल तथा मनोरमणिय फाँटमा रहेको छ ।मन्दीर सम्म कालोपत्रे सडक पुगेको छ । याहा कतै बाट ओर्लेर मन्दिरमा प्रर्वेश गर्ने मार्ग नभई प्रकृति रुपमापनी अग्लो स्थानमा नैरहेको छ।  उग्रतारा देविको दर्शन गर्न जाने भक्तजनहरुले उक्लेर जानु पर्दछ । उग्रतारा मन्दिरको उत्पति सम्बन्धमा आधीकारीक  कुनै शिलालेख नभेटिएता पनि यसको उत्पतिको किम्बदन्ति भने यस प्रकार छ । धेरै वर्ष पहीलेउग्रतारा भगवती रहेको स्थान नजिक लटाउली गाउँमा साँकि जातिको बसोबास रहेको थियो । जुनकुरा त्यँहाको हाल रहेको भु–बनोटको आकृतिबाट पनि प्रष्ट हुन्छ । हाल रहेको उग्रताराको मन्दिर वरपर तिनै लटाउलीका साँकी जातिहरुले कृषि कार्य गर्दथे । एक दिन तिनै साँकी जातिको एकजना किसान हलो जोतिरहेको अवस्थामा हलोको फालि सिलामा गढेर सिलाबाट निरन्तर रगतको धारा बगि रहेको अबस्थामा ति साँकीले रगत रोक्नको लागि अनेक प्रयत्न गर्दा रोकिएन, रगत धेरै आँउदा रगतको खोला बग्न शुरु भयो । हाल पनि यो खोला यहि मन्दिरका तलन्वा खोलाको नामले चिनिन्छ ।यसरी बग्दै रहेको रगत रोक्न तिनै किसानले खानु भनि ल्याएको मासको खिचडी सोही सिलाको फालि लागेको घाउमा लगाउँदा रगत बग्न रोकियो । त्यसपछि त्यस सिलालाई सुरक्षित गरी मन्दिर निर्माण गरियो ।ति किसान नै त्यहाँको पुजारी भए र तिनको सन्तानहरुले पुजारी हुँदा उग्रतारा क्षेत्रको भित्रै नचनटुक्रि भन्ने ठाउँबाट सिधै ओरालो उल्टो शरिर सुति करिब ५ किलो मिटर तल शैलेश्वर महादेव मन्दिर भित्रको सानो झ्यालबाट भित्र छिरी सकेर, अन्य परम्परागत क्रिया गरि वास्तविक गृहस्थ जीवन त्यागि भगवतिको पुजामा रहनु पर्ने प्रचलन छ । यसरी पुजारी अवतार नभएको अबस्थामा मन्दिरको बाहिरी शिला भन्दा अलि टाढा मात्र ब्राम्हणहरुले पुजा गराउने चलन छ । यिनै पुजारिको बारे अर्को किम्बदन्ती पनि छ ।एक समय उग्रतारा माताको पुजारिको वृद्ध अवस्था सम्मपनि सन्तान नभएकोले सन्तान पाँउ भन्ने आग्रह गर्दा उग्रतारा माताले पछि दुःख पाइन्छ भनी उसले सन्तानको ढिपी गरिरँहदा उनको छोरो भयो । छोरो ठुलो भएपछि पुजारिको सबै घर व्यवहार छोराले सम्हाल्थे तर एक बर्ष उग्रताराको मेला हुने अघिल्लो दिन सो गाउँमा थुप्रै पाहुनाहरु आए जो आज पनि यथावत छ । र आएका पाहुनाहरुको सत्कार गर्न त्यो गाँउको मानिसहरु आफ्नो कर्तव्य सम्झन्छन । सोही हुनाले आधा रातमा पाहुनाकै सत्कारमा ति बृद्धाको छोरा बुहारीको समय वितेको र त्यस अबधिमा आफ्नो कुनै वास्ता नगरेकोले बृद्धा पुर्ण आक्रोसको साथ रातिनै उग्रतारा मन्दिरमा गई पुकार गरी हजुरको दरबारबाट प्राप्त छोरा नष्ट होस भन्दा भोलिपल्ट मेलाको दिनको ठिक १२ बजे तिनको छोरोको मृत्यु भएको किम्बदन्ति सुन्न पाइन्छ । यसै प्रकार उग्रताराको महिमा बारे अर्को किम्बदन्ती पनि छ ।
यस उग्रतारा भगवती मन्दिरमा कार्तिक शुक्ल पुर्णिामाको दिन महापुजा तथा ठूलो जात्रा लाग्ने गर्दछ । कार्तिक शुक्ल पुर्णिमा मा लाग्ने प्रसिद्ध मेला देइजातमा प्राचिनकालमा गर्खा, गर्खा बाट लडाकुहरुले आ–आफ्नो विरता साथ लडाई हुँदा रगतको खोला बग्ने जसलाई यँहा न्वाखोलाको रुपमा नामकरण गरिएको छ । यँहा कार्तिक शुक्ल पर्णिमाको दिन जिल्ला भरि बाट मात्र नभई दार्चुला, बैतडी, बझांड, डोटी र तराइका कैलाली र कञ्चनपुर लगायतका अन्य बिभिन्न शहरहरु बाट समेत मेला भर्न आउने गर्दछन । यस उग्रतारा मेलापछि चिस्यान सुरु भई हिँउद लाग्ने हँुदा डडेल्धुरा बासिको कृषि कार्यबाट फुर्सदका दिनहरु आँउछन । खनमडा, छचोडा, दमडा, र जिलोडामा भन्डार रहेको उग्रतारा मन्दिरमा यिनै ठाँउबाट देउरो पनि आउछ । यस मन्दिरमा देउरो आउनु अघि चतुर्दशिको राति रत्यौली मनाउने, मन्दिर पुग्नु अगाडी लटाउली, लगायत खनमडा, जिलोडा र दमडामा साँस्कृतिक झलकका साथ खेल र जात्रा गरि देउरो उग्रतारामा लगीने गौरवमय परम्परा आफैमा रोमान्चक छ । स्थानीय भासामा देहीजाँतका नामले चीनीने उत्तमेलामा १५लाखजती भत्तजन तथा दर्शक आउने अनुमान गरीएको छ ।उत्तमेला मा १करोड ५० लाख बराबरको आर्थीक कारोबारहुने गर्दछ ।

 ब्यापारका लागी डडेल्धुरा, बैतडी,डोटी ,कैलाली,,कन्चनपुर लगायत भारतको कुमाउ क्षेत्रबाउ समेत ब्यापार गर्न ब्यापारी हरु आउछने गर्दछन यहाँ मुख्य ब्यापारका रुपमा होटेलमा जेरी,मीठाइ,चाउमी,समैसा,पकौडा ,मासुका बिभीन्न परीकार,अन्य किरानाका सामानहरु,स्थानीय उत्पादनहरुमा अदुवा, बेसार,तिल, कोदो फलफुलमा सुन्तला ,मौसमी, कागती ओखर, स्याउ, केरा, अनार लगायल अन्यस्थानीय उत्पादन हरु समेत बिक्रृीबाट ब्यापारीले मनज्ञ आमदानीगर्ने गर्दछन । त्यसैले
जहाँ पर्यटनको विकास हुन्छ, त्यहाँ आर्थिक उन्नतीले गतीलो मार्ग प्राप्त गर्छ । कुनैपनि ठाँउ र क्षेत्रको अर्थतन्त्रलाई सफल बनाउने हो भने सबै भन्दा पहिले त्यस ठाँउ को पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ । एउटा पर्यटन कुनै ठाउँमा मनोरञ्जनका लागि होस वा त्यस क्षेत्रको अवलोकन गर्न, जुन कामले गएपनि उसलाई आवश्यक पर्ने सेवा सुविधाहरु मा रकम खर्च गर्नु पर्ने हुन्छ । उसले खर्च गरेको रकमले व्यवसायीको आर्थिक जीवनस्तरमा सुधार गर्नुका साथै सो क्षेत्रको आर्थिक उन्नतीमा समेत सहयोग पुराउने गर्दछ । त्यसैले नेपालको अर्थतन्त्रलाई पनि उच्च विन्दुमा राख्नका लागि सबै भन्दा पहिले यहाँ पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ ।

Newer Posts Older Posts Home

add

Recent Updates
Recomment to Your Friends
Current Views
Popular Posts
  • गजल.......।
  • सबैलाई रुवाउने कश्मीरी बालिकाको यो तस्बिर
  • चन्द्र भट्ट 'राजाका' मुक्तकहरु .........
  • दक्षिणका सडक धुलाम्मे, रोगको सिकार बन्दै जनता
  • इभाना मानन्धरलाई मिस नेपालको ताज,यस्तो देखियो रौनक....
  • यी हुन चर्चित दश नेपाली चलचित्र
  • एक वर्षपछि नेपालमा गयो नयाँ भूकम्प, केन्द्र सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ ।
  • खाएरै, खेलेरै बढ्यो ज्यान,........,
  • यी १० जनावरहरूको बारेमा रोचक तथ्य !
  • चितुवाको छाला र हड्डीसहित भारतमा बैतडीका एक जना पक्राउ ।।
Labels
  • अनौठा कुरा
  • अन्य
  • आजको फोटो
  • कविता
  • गजलहरु
  • ज्ञानगुनका कुरा
  • डोट्याली गित
  • प्रेम पत्र
  • महत्वपूर्ण लिंकहरु
  • मुक्तकहरु
  • यौन कथा
  • रेडियो कार्यक्रम
  • लघु कथा
  • लेख
  • समाचार
Blog Archive
  • ▼  2017 (1)
    • ▼  December (1)
      • सबैलाई रुवाउने कश्मीरी बालिकाको यो तस्बिर
  • ►  2016 (12)
    • ►  September (1)
    • ►  August (1)
    • ►  May (3)
    • ►  April (7)
  • ►  2015 (74)
    • ►  December (2)
    • ►  May (1)
    • ►  April (31)
    • ►  March (36)
    • ►  February (4)
Copyright © 2015. Blogger.com. All rights reserved.
Home