• Main Page
  • Progrme
  • Muktak
  • Gazal
  • Business
  • Khelkud
  • Filmy Khabar
  • Youn
  • VDO
  • BLOG
  • Entertainment
  • Contact
एटिएम भन्ने बित्तिकै पैसा चाहेको बेला कार्ड छिराएर ह्वार्र पैसा निकाल्न सकिने बैंकघर भन्ने बुझिन्छ । तर अब एटिएम यत्तिमा मात्र सिमित रहेन । एटिएमले पैसा मात्र होइन अब पानी समेत दिने भएको छ ।
भारतको उत्तरप्रदेशको मथुरामा पानी दिने एटिएम स्थापना गर्न लागिएको छ । पानीको अभावमा काकाकुल जस्तै बनिरहेको मथुराको सोंख गाउँमा पानी शुद्धिकरण समेत गर्ने प्रविधि सहितको पानी एटिएम स्थापना गर्न लागिएको हो ।
उत्तर प्रदेशमा पहिलोपटक राख्न लागिएको यस्तो उपकरण उच्च क्षमताको हुनेछ र एउटा एटिएमले २५ सय परिवारलाई पानीको आपूर्ति गर्न सक्नेछ ।
यो पानी एटिएम मेसिनबाट पानी लिन चाहने उपभोक्ता गाउँलेहरुका लागि एउटा प्रिपेड कार्ड उपलब्ध गराइनेछ । यो मेसिनबाट पानी लिँदा प्रति लिटर १० देखि २० पैसा सम्म तिर्नुपर्नेछ भने विद्यार्थीहरुले निशुल्क रुपमा पानी पाउनेछन् ।
सरकारी अधिकारीहरुका अनुसार २० हजार लिटर क्षमताको यो मेसिन स्थापना गर्न झण्डै २० लाख भारु खर्च हुनेछ । अहिलेसम्म यो परियोजनाको ८० प्रतिशत काम पूरा भैसकेको र केही हप्ताभित्रैमा पानी एटिएम संचालन गरिसक्ने योजना रहेको छ । यो एटिएम बाट वितरण हुने पानी पूर्ण रुपमा स्वस्थ, चिसो तथा पिउन योग्य रहने बताइएको छ ।

केपी अनमोल - लभ इज ब्लाइन्ड। हो, प्रेम अन्धो हुन्छ। प्रेमी र प्रेमिकाको हृदयमा गढेको यो यथार्थ डाइलग हो। पवित्र प्रेमको मूल मन्त्र पनि यही हो भन्ने लाग्छ।
पवित्र प्रेम यस अर्थमा अन्धो हो, जहाँ कुनै धनी, गरिब, रंग, धर्म र जातको मतलब हुँदैन। जहाँ निस्वार्थ माया प्रेम गरिन्छ एक अर्कालाई। जब युवा र युवतीबीच आत्मीयता बढ्छ, एकअर्काप्रति अपनत्व भाव पैदा हुन्छ। हो, त्यहीँबाट प्रेमको बिजारोपण हुन्छ एकअर्काको हृदयमा। बिस्तारै प्रेम पलाउँदै, हुर्कंदै, बढ्दै जान्छ अनि प्रेमी र प्रेमिका एकअर्कामा आफ्नोपना पाउँछन् र एकअर्काप्रति समर्पित हुन्छन्।
आत्मीयता सबैभन्दा महान् हुन्छ। त्यही आत्मीयतामा प्रेम हुन्छ। त्यहाँ धनी, गरिब, रंग, धर्म र जात केही हुँदैन।
जीवन जिउन सबैलाई प्रेम अपरिहार्य कुरा हो, त्यो जोसुकैसँग पनि हुन सक्छ। पारिवारिक प्रेम, भाइचाराको प्रेम, सामाजिक प्रेम र देश प्रेम। यो खालको मायाप्रेमले सामाजिक र सांस्कृतिक परम्परा थेगेको पनि हुन्छ। फेरि यहि खाले प्रेम सम्बन्धले नमिठा तीता घटना पनि समाजमा हुने गर्दछन्। भाइ-भाइ बीचको द्वन्द्व, समाजमा वर्गीय द्वन्द्व, देश देशबीच स्वाभिमानको द्वन्द्व। यस्तो प्रेमको पाटोमा छुट्टै चर्चा हुन सक्ला।
तर, मानिसलाई व्यक्तिगत जीवन सांसारिक र समाजिक परम्पराको निरन्तरताका लागि केटालाई केटी र केटीलाई केटा नै चाहिन्छ, जीवनको लीला समाप्त नहुँदासम्म। त्यसैले त यस्ता माया प्रेमका थुप्रै कहानी सुन्न र पढ्न पाइन्छ।
यही मायाप्रेमकै लागि त्रेतायुगमा राम र रावणबीचको द्वन्द्व होस् या पार्वतीले भगवान् शिवलाई पाउनका लागि गरेको कठोर तपस्या होस् या मुरलीधर कृष्ण कह्नैयाले सयौँ गोपिनीलाई आफ्नो प्रेममोहमा पारेको घटना होस्, त्यसपछिका समयमा लैला-मजनु र मुना-मदनका हृदयस्पर्शी प्रेमकथाहरू अमर बनेका छन्। त्यसकै अनुयायी पनि हुने कोसिसमा हामी रहन्छौँ कहिलेकाहीँ।
अब मूल कुरामा आउँ! यतिखेर नेपाली मिडिया, देशविदेशमा सञ्चालित अनलाइन पत्रिका र समाजिक सन्जालमा बसन्तपुरको एसिड काण्डले निकै चर्चा पाएको छ। घटनलाई विभिन्न तरिकाबाट व्याख्या विश्लेषण भइरहेका छन्। तथापि दोषीमाथि कडा कारबाही हुनु त छँदैछ। यही विषयमा मैले केही दिन अगाडि मात्रै ‘एसिड प्रकरणसँगै जोडिएको जातिय विभेद’ भनेर स्टाटस लेखेको थिएँ। मैले केही मत बुझ्न चाहेको थिएँ। केही मित्रका प्रतिक्रिया यस्ता आए -
गणेशदत्त भट्ट–  अपराधको कुनै जात हुँदैन।
प्रशान्त ओझा– जन्मँदै कुनै मान्छे अपराधी या साधु हुँदैन। समाजले हरेक मान्छेलाई अपराधी या साधु बनाउँछ। जीवनको सन्दर्भमा समाजले उसलाई अपराधी बनाएको केही हदसम्म भन्न सकिन्छ। तर, उसले गरेको अपराध होइन भन्न सकिन्न। यो विषयमा बहस गर्नुपर्छ ता कि संगीताहरू फेरि जीवन जस्ताको सिकार नहोऊन्।
प्रकाश भट्ट – जातीय भेदभावको जरो उखेल्न यस्तै विचारहरूको खाँचो छ।
गोपाल शिवा – जीवन निर्दोष भन्ने कुरै हुन्न किनकि जीवनभर कुरूप बनाउने गरी जीवनबाट गरिएको एसिड आक्रमण क्षम्य हुने विषय नै होइन। तर, यसरी एसिड प्रहार गर्ने जीवनको परिवारलाई दलितका नाममा थिचोमिचो दमन जातीय विभेद गरी उक्साउने कार्य भएको छ, त्यो कारक हो र अक्षम्य अपराध नै हो।
हो, बसन्तपुरमा भएको एसिडकाण्डका अभियुक्त जीवन विश्वकर्मा निर्दोष हुनै सक्दैनन्। किनकि उनले गरेको एसिड आक्रमणले संगीता मगर मात्रै होइन, घटनाका अन्य पीडित र उनीहरूको परिवारलाई कम्ती पीडा दिएको छैन। जीवनको यो व्यवहार क्रूर र अमानवीय छ। उनले गरेको अपराधका आधारमा उनलाई कारबाही गरिनुपर्छ।
कुनै पनि अभियुक्तबारे अनुसन्धान र कारबाही प्रक्रिया चलिरहँदा उसको पृष्ठभूमि र घटनाको धरातल बुझिन्छ। त्यो एसिडकाण्डका अभियुक्त जीवनबारे पनि विस्तारमा बुझियोस्। घटनाको कारक के हो? कसरी यस्तो अपराध हुन गयो? केही कुरा प्रहरीबाट अनुसन्धानका क्रममा बाहिर आइसकेको छ।
जस्तो कि- जीवन पहिलादेखि नै यस्ता आपराधिक क्रियाकलाप, दुर्व्यसनीमा फसेको व्यक्ति होइन। ऊ एकदमै मिहिनेती, पढाइमा जेहेन्दार केटो हो। प्राय: किशोर अवस्थामा हर कोही आफ्नो भविष्य र परिवारप्रति त्यति चिन्तित हुँदैन। एकपल्ट हामीले आफ्नो किशोर अवस्था फर्केर हेर्दा अझ प्रष्ट हुन्छ। त्यो अल्लारेपना सबै किशोर-किशोरीमा हुन्छ भन्ने मेरो सतप्रतिशत दाबी होइन, प्राय हुन्छ नै।
तर, अभियुक्त जीवन विश्वकर्मा आफ्नो भविष्य र परिवारप्रति निकै चिन्तित र सचेत देखिन्छन्। उनीबारे मिडियामा आएका कुराहरूबाट यो प्रष्ट हुन्छ। त्यसमा सचेत नागरिक, आम अधिकारकर्मी र प्रहरी प्रशासन पनि सकारात्मक बन्नुपर्छ। मेरो भनाइ जीवनलाई माफी होस् भन्ने पटक्कै होइन। उनलाई घटनाको प्रकृति अनुसार कानुनबमोजिम कडा कारबाही गरियोस्।
प्रेममा धोका प्राय: सबैले पाएका छन्, एक न एकचोटि। त्यो कुरा तपाईं-हामी भन्न चाहदैनौं। तर, प्रेमपीडामा उसले आफ्नै प्रेमी या प्रेमिकालाई सिध्याउँदैन्, बर्बाद गर्दैन। यस्ता खबर निकै कम सुनिन्छन् पनि।
बरु, प्रेममा धोका खानेहरू ‘तिमीले धोका दियौं, पख म मरिदिन्छु तिम्रै लागि, तिमी सधैं खुसी रहनू’ भनेर मानसिकरूपमा विक्षिप्त भई आत्महत्या गर्छन्। जुन घटना, धेरै देख्न र सुन्न पाइन्छ। प्रेमले बदला लिँदैन, बरु त्याग गर्छ। आफ्नो देह नै त्याग्न तयार हुन्छ मान्छे, केवल चोखो प्रेमका लागि।
कहावत त छ नेपाली समाजमा- भोकले जान्दैन्, जुठो भात। निदले भन्दैन, टुटेको खाट। प्रेमले चिन्दैन जातभात। तर, बसन्तपुरको एसिड काण्डमा त्यही चोखो प्रेमले जातभात खोजेपछि अपराध जन्मियो।
यो कस्तो विडम्बना! प्रेमका पुजारीहरूका लागि र मानवीय समाजका लागि कलंक हो। जीवनको भनाइअनुसार उनी र संगीता पुलामीमगरबीच प्रेम सम्बन्ध थियो। एउटै घरमा बस्दा, उठ्दा उनीहरूबीच प्रेम पलाएको थियो। उनीहरू बीच हिमचिम भएकाले नै संगीताका भाइले जीवनसँग पैसा माग्थे, उनीहरूको प्रेम बसेको कुरा घरमा नभन्ने सर्तमा। यसरी नै संगीता र जीवनबीचको प्रेम हुर्कंदै थियो।
मलाई लाग्छ, संगीताका घरकाले पनि थाहा पाएको हुनुपर्छ उनीहरूको बीचको सम्बन्ध। जब अभिभावकले संगीताका भाइको खल्तीमा पैसा देख्दा हुन् कसैगरी, अनि संगीता र जीवन कहीँकतै भेटेर फरक कुराकानी गरेको देख्दा। केटो लायकदार छ, मिहिनेती छ, ठिकै छ। जे गरून् भनेर देखे-नदेखे, बुझे-नबुझे गर्दा होलान्। यो मेरो बुझाइ गलत पनि हुन सक्छ। 
जब एकदिन जीवन ‘दलित’ हो भन्ने थाहा हुन्छ, मगर परिवारमा मानवीय सोच व्यवहार हरण हुँदै अमानवीय व्यवहारले रिसको आगो सल्काउँछ र जीवनको परिवारमाथि विभेद र घृणा सुरु गर्छ। त्यो कलंकित सोचले जीवनको परिवार कुटिनदेखि धारामा पानी थाप्न नदिनेसम्मको स्थितिमा पुर्‍याउँछ।
अनि चाहदा नचाहँदै परिवारको दबाबमा संगीता पनि जीवनबाट टाढिन खोज्छिन्। जीवनको प्रेमले त्यो रंगीन सपनाको महल सजाउन नपाउँदै जातीय विभेदको गहिरो पीडा उपहार पाउँछ। र, जीवनभित्र संगीताका लागि हुर्कंदै गरेको चोखो निस्वार्थ प्रेमले जात खोज्दै आफूलाई लखेट्न खोजेपछि बाध्य भई प्रेमको बदला भन्दा पनि जातीय विभेदको प्रतिकारमा उत्रन जीवन बाध्य भएको देखिन्छ।
अब सोचौं! प्रेमले एसिड जन्माएको हो कि जातले?
जबसम्म जीवन दलित हो भन्ने कुरा थाहा थिएन, तबसम्म सबै कुरा ठिकै थियो। त्यो प्रेम चलिरहन्थ्यो र एकदिन जीवन र संगीताको प्रेम सफल हुन्थ्यो। त्यो ठूलो कुरा पनि भएन। तर, निस्वार्थ प्रेमले जात खोज्दै पशुतुल्य व्यवहार गर्दा यो २१औं शताब्दीको सचेत युवाले कसरी सहन सक्छ? बरु ज्यान जाओस्।
जहाँ भगवान बस्छन् भन्थे, त्यहाँ बाँदर पुगिसकेको यो युगमा, आफूजस्तै मान्छेलाई कुकुरभन्दा तल्लो स्थानमा राख्दा ‘जदौ’ भनेर ढोग्ने दिन गएको कतिपय महाशयलाई अझै चेत छैन। त्यसैले यस्ता अपराध जन्मन्छन् समाजमा। जसमा नेपाली समाज, सम्बन्धित निकाय र राज्य गम्भीर हुन आवश्य छ। दलितमाथि हुने गरेका विभेद नरोकिने हो भने प्रतिशोधले अन्य समुदायमाथि पनि आक्रमण हुनसक्छ। जीवनमा आत्मसम्मान सबैभन्दा ठूलो कुरा हो, आत्मसम्मान विमुख हुनुपर्ने वा जातकै आधारमा अपमानित हुनुपर्ने अवस्था रहेसम्म अब यस्ता प्रतिशोधका घटना नबढ्लान भन्न सकिँदैन। 
यहाँ पहिचान मात्रै दिइएन भने पनि देशै बर्बाद गरिदिने आवाज उठिरहेका बेला एउटा दलित कहलाइएको नेपालीको छोराले जनजातीकी छोरीसँग प्रेममा पार्दा आफ्नो सर्वश्व चितामा जलाउनु पर्ने अवस्था आएको छ। यही नेपाली समाजका कारण हो।
जसले वर्गीय विभेद जन्मायो, जातीय उत्पीडन बचाइराख्यो, यसको दोषी राज्य हो। यसका साथै आफूलाई सचेत, शिक्षत दाबी गर्ने विभेदकारी एउटा समूह पनि हो। देश छुवाछुत मुक्त भइसकेको वर्षौँ हुँदा पनि देशको राजधानीमै जातीय छुवाछुतका घटना हुनु अति लाजमर्दो कुरा हो। यदि यहाँ साँच्चीकै सभ्य मानव बस्छन्, र राज्यको अलिकति नैतिकता बाँकी रहेको छ भने अब पनि नसोचे कहिले सोच्ने?
एसिड काण्डलाई एकतर्फीरूपमा हेरियो भने यो बहस तत्कालका लागि बिलाएर जाला तर कालान्तरमा ज्वालामुखी भएर न निस्केला भन्ने के आधार छ र हामीसँग?
घटनाको धरातल टेकेर अनुसन्धान गर्दै पीडितलाई न्याय र पीडकलाई कारबाही होस् भन्नेमा दुईमत कसैको छैन। जीवनको एसिड काण्डमा चर्को जातीय विभेदको कुरा बाहिर आएपछि अहिले दलित अधिकारकर्मी र विभिन्न संघसंस्थाबीच गम्भीर बहस सुरु हुँदैछ। यो सचेत नागरिकबीच पनि हुन आवश्यक छ। त्यो बहस जीवनलाई उन्मुक्ति दिने र संगीतालाई न्याय पाउनबाट बन्चित गर्ने खालको भए तिनीहरू बढी सजायको भागीदार हुनुपर्नेछ। मुर्ख्याइँ कदापी हुने छैन। त्यो ताकत कसैसँग छैन पनि।  
बरु जातीय विभेदलाई अब जरैदेखि उखेल्न एकचोटि जोडतोडसाथ प्रणसहित लाग्न अतिआवश्यक भइसकेको छ। यो कुरालाई हामीले चुप लागेर बस्दा भोलि नेपाली समाजमा अपत्यारिलो विभेदविरुद्धको युद्धको सामना हामी सबैले गर्नुपर्ने दिन नआउला भन्न सकिन्न। सुनिन आउँदैछ- एसिड काण्ड प्रेमको बदला नभई विभेदको विस्फोट हो। यो निकै डरलाग्दो हुनेछ। त्यसैले बेलैमा सचेत हुन आवश्यक छ।     
मुक्ति र अधिकारका नाममा फूर्ती मात्रै झार्ने र देश विदेशको मोटो रकमले आफू मात्रै मुक्त हुने त्यस्ता व्यक्ति र संघसंस्थाप्रति जीवनहरूको एसिड प्रहार हुने दिन त्यति टाढा छैन् भनेर पनि बुझ्न ढिला गर्नु हुँदैन।  
जीवनले आवेगमा आएर गरेको अपराधका कारण उनको जीवन त अन्धकार हुने नै छ। तर, उनको परिवारले काठमाडौँमा चिसा पसल गरेर गर्दै आएको जीविकोपार्जनको ग्यारेन्टी अब राज्यले दिनु पर्छ। किनकि त्यो परिवारको अवस्था सार्वजनिक भएपछि उनको सुरक्षा र जीविकोपार्जनमा समस्या देखा पर्न सुरु भएको छ। त्यसैले यसमा राज्य गम्भीर हुनु जरुरी छ। 
अब अन्त्यमा,
एसिड काण्ड कुनै हालतमा क्षमायोग्य छैन। यो महिला हिंसाको अति नै संवेदनशील घटना पनि हो। एसिड आक्रमणका अभियुक्त जीवन विश्वकर्मालाई कारबाहीस्वरूप जन्मकैदसम्मको हुनुपर्ने अवाज पनि सुनिन थालेको छ। यसमा मेरो आपत्तिभन्दा पनि एउटा सुझाव मात्रै छ।
एसिड आक्रमणबाट सख्त घाइते संगीता पुलामीमगरको अनुहारमा आएको कुरूपता जीवनलाई जन्मकैद गरेर मेटिने छैन। संगीताको मनको त्यो घाउ कसैले मेट्न पनि सक्ने छैन्न। न त त्यो औषधीले उनको मुहारको चमकता र सुन्दरता फर्काउन नै सक्नेछ। भोलि पढेर ठूली मान्छे बन्लिन् संगीतालाई पनि एकदिन अवश्य जीवनसाथीको साथ चाहिने नै छ।
यो जमाना फेसन र बाहिरी सुन्दरतामा बढी लिप्त भएको देख्दा अभियुक्त जीवनको जेल जीवनभन्दा पीडित संगीताको जीवन अझ समाजमा कष्टकर हुने देखिन्छ। अछुत भनेर संगीता र जीवनबीचको प्रेमको हत्या गर्ने यो समाजले भोलि संगीतालाई खोटरहित देख्ने छैन।
यसका साथै प्रेममा आएको जातीय विभेदले जीवनको जीवन पनि अन्धकारमय बनेको छ। उनको गल्ती र बदलाभावले ल्याएको यो अवस्थाबाट उनले खुसी राख्न चाहेको परिवारलाई दुःखी बनाएको छ। उनले गरेको अपराधको भागीदार उनी हुनैपर्छ ता कि भोलि यस्तो घटना अन्त नदोहरियोस्।
यसका साथै जसरी एसिड आक्रमण जति ठूलो अपराध हो, जातीय छुवाछूत पनि त्यतिकै ठूलो अपराध हो। जातीय छुवाछूत तथा भेदभाव (कसुर तथा सजाय)ले छुवाछूतलाई अपराध मानेको छ। विश्वकर्मा परिवारमाथि भएको छुवाछूत वा जातीय भेदभावको मुद्दालाई पनि यस घटनामा हेरिनुपर्छ। यदि जीवन र उनको परिवारमाथि छुवाछूत भएको विषयमा पनि अनुसन्धान गरिनुपर्छ। छुवाछूत भेदभाव भएको प्रमाणित भए मगर परिवारलाई पनि ऐनले व्यवस्था गरेबमोजिम कारबाही गरिनुपर्छ। ताकि भोलि जातीय आधारमा कसैमाथि दुर्व्यवहार गर्ने वा हिंसा गर्ने अवस्थाको पनि अन्त्य होस्। 
त्यसैले, संगीता र जीवनलाई एक ठाँउ राखेर उनीहरूबीच रहेको भनिएको प्रेमसम्बन्धबारे प्रशासन र सरोकारवालाहरूले गहिराइसम्म पुगेर सत्यतथ्य बुझी साँच्चिकै प्रेमसम्बन्ध थियो र पछि जातका कारण सम्बन्धमा दरार उत्पन्न भएको हो भने फेरि पनि त्यही समाज अग्रसर भई पुनर्मिलन गराई जातीय विभेद उन्मुलनमा एक इँटा थपिदिने कि? यस्तै अन्य महिला हिंसाका घटनाहरूको प्रकृति हेरी यो यस्ता उपाय अवलम्बन गर्न सकिन्छ।

Manoj Bohara 

सूर्यको प्रकाश सिधा रुपमा बन्दुकमा परेकाले होला, अचम्मैले चम्किएझै देख्दैछु । यसमा कम्प्युटर चिप जोड्नु पर्ने हुनाले बन्दुक खोलें, त्यसमा भएको टि्रगर निकालेर फाल्दिएँ । मोटरबाट निस्केको तार कम्प्युटर चिपमा जोडिदिएँ । मोटर घुम्दा अंकुसे संगसगै टि्रगरमाथिरहेको स्प्रिङ्ग तानीयोस र बन्दुक पड्कियोस् भनेर एउटा पातलो फलामको अंकुसेको एक भाग त्यस सानो मोटरमा र अर्को भाग उक्त टि्रगर माथिरहेको स्प्रिङमा जोडें ।
त्यहा अँझै एउटा समस्या देखिन्थ्यो, त्यो के भने कम्प्युटर चिपलाई इन्टरनेट कनेक्सन तथा मोटरलाई विजुलीको सप्लाई दिन बाँकी थियो । त्यस बन्दुक भित्र रहेको चिपमा र मोटरमा विजुलीको सप्लाई दिनकोलागि यु. एस.वि. केवल मार्फत व्यवस्था मिलाए । उक्त बन्दुकको लेन्स भएको भागमा वेव क्यामरा जोडे । यसरी यु.एस.वि केवल (डाटा केवल) मार्फत बन्दुकमा (कम्प्युटर चिप, वेवक्यामेरा) इन्टरनेट कनेक्सन दिनको लागि मोवाइलमा जोडें ।
C++मा तयार गरेको प्रोग्राम रन गरें जसले बन्दुकभित्र रहेको मोटर चलाउन मद्दत गर्दथ्यो र बन्दुक पड्कीन्थ्यो । त्यस प्रोग्रामले इन्टरनेट कनेक्सन खोज्यो । इन्टरनेट कनेक्सन इनेब्ल गरी मोबाइलको IP Address राखी डिभाइस (बन्दुक) सर्च गरें । त्यो डिभाइस मेरो ल्यापटपमा देखियो ।
ल्यापटमा देखिएको Fire बटन क्लिक गरें । मेरो प्रयोगशालानै थर्किने गरी बन्दुकले आवाज दियो । (त्यस बन्दुकमा इन्टेरनेट कनेक्सनले जोडेपछि, संसारको अर्केा कुनामा रहेको ल्यापटपबाट उक्त बन्दुक चलाउन सकिन्थ्यो)
भीत्रबाट रक्षा दौडिदै आइन् ।
अविनाश तिम्रो खुसीको मुस्कान देख्दा त सफल भयौ जस्तो लाग्छ नि ? कानै नजिकै आएर फुस्फुसाइन् ।
ठिक भन्यौं, मलाई यो दिनको बर्षौदेखि त तलास थियो ।
बरु भन तिमीले यो बन्दुक लुकाउनको लागि मिल्दो टेबल बनायौं त ? टेबल बनिसकेको छ ।
यो टेबल त्यस घरको ठिक सोफाको सामुन्ने भित्ताको आडदिएर राख्ने बिचार गरेकी छु ।
राम्रो विचार, टेविल भित्र बन्दुक राखेर भित्ता कै आडदिएर राख्नु । हैन भने यो पड्किंदाको समयमा आड पाएन भने निशाना चुक्न सक्छ । गोलि निस्कने भागको ठिक अगाडिको टेवलको भागमा प्वाल पार्न लगाउन नर्विसनु नि, बाँकी तिमी बुझ्ने नै छ्यौ ।
त्यति पनि आफैले बुझ्न नसक्ने, त्यत्तिसम्म बुद्धु छु होला त ? दुवै आँखि भौं एकै ठाउमा खुम्चाइन अनि आँखाँको नानी दायाँ बाँया हल्लाउँदै मतिर प्रश्न तर्ेसाइन् ।
धेरैकाम सक्नु पर्ने छ आज मैले । म जान्छु पनि । (मलाई हात हल्लाउँदै रक्षा त्यो बन्दुक तथा सम्पूर्ण उपकरण बोकेर कारतिर लागिन )
_____________________
मोबाइलबाट बच्चा खित्काछोडेर हासेको स्वर सुनियो । ल कसैले फोन गरेजस्तो छ । मोबाइल हेरें रक्षाले फोन गरेकिरहिछन् ।
"हेल्लो""त्यस व्यक्तिको घरको डेकोरेशन सक्कियो, टार्गेट चेक गर्नुभए हुन्छ । रक्षाले जवाफ दिइन
"थ्याङ्क अलट डिएर"
यत्तिका तयारी गरेपनि एउटा तयारी गर्न भुलेंझै लाग्यो । आइ पि हाइड गर्नु, आजै काम सक्नु पर्ने बाध्यताले आइपि हाइड गर्न सम्भव होला जस्तो लागेन । तैपनि हाइड गर्नको लागि अमेरिकाबाट संचालन गरिएको प्रोक्सी र्सवर प्रयोग गर्ने निधो गरें, जसले नेपालमै भए पनि कसैले खोज अनुसन्धान गरे भने पनि आइपि अमेरिकाको देखाउने छ । कम्युटरमा त्यस प्रोक्सि र्सवरको एड्रेस टाइप गरें । प्रोक्सी र्सवरमा एड्रेसबार देखियो । त्यस एड्रेसबारमा www ... com टाइप गरें । साइट खुल्यो ।
Fire Program क्लिक गरें
Enter your Password ल्यापटपमा म्यासेज देखियो ।
Password टाइप गरी इन्टर थिचें । प्रोग्राम खुल्यो ।
टार्गेट मेनु क्लिक गरी - वेवक्याममा क्लिक गरें ।
Target Found कम्युटरमा म्यासेज देखियो ।
ल्यापटपभित्र वेवक्यामको तस्विर हेर्ने भागमा हेरें एक मोटे सोफामा बसिरहेको देखियो । गोलि कता लाग्छ भनी त्यस वेवक्याममा देखिएको तश्विरलाई ठूलो (जुम) गरें । निसाना ठिक टाउकोमा लाग्ने रहेछ । इन्टर थिचें
स्क्रिनमा Fire बटन र अलि दाया पटि Cancle बटन देखियो । अलिकति पनि समय खेर नफाल्दै Fire बटन क्लिक गरें । वेव क्याममा केही देखिएन । केही क्षण पश्चात ल्यापटपको वेवक्याममा त्यस मोटे रगताम्य भई सोफामा लडेको देखियो
_____________________
आँखा खुल्यो, वरिपरि प्रहरी विभागका विषेश व्यक्तिहरू रहेछन् । भर्खरै देखेका कुराहरू त अपराधी पत्ता लगाउनको लागि हिप्नोटाइज विभागका प्रहरीहरूद्वारा हिप्नोटाइज पो गरेका रहेछन् । सम्पूर्ण कुराहरू उनीहरूले थाहा पाइसकेको हुनाले, मेरो अपराध प्रमाणित भैसको थियो, मैले झुक्याउने कुनै ठाउँ नै थिएन ।
प्रधान मन्त्रीलाई किन गोली चलाउनु भयो - के रिसवी थियो तपाईको सम्माननीय प्रधान मन्त्रीज्यूसँग -तपाईलाई साथ दिने साथीहरू अरु कोको छन् त - एक प्रहरीले प्रश्न राख्यो ।
मलाई त्यो मोटेलाई गोली चलाएकोसम्म त थाहा छ प्रधानमन्त्रीलाई गोली चलाएको बारेमा केही थाहा थिएन । चुप बसें ।
केही क्षणको सन्नाटालाई चिर्दै अर्को प्रहरीले प्रश्न गर्योत । यो विशेष किसिमको सैन्य तालिम कहाँबाट सिक्नु भयो ?
उनीहरूले हिप्नोटाइज गरेर उकेलिएको शब्दभन्दा एक शब्दभन्दा बढी केही कुराहरू पनि याद थिएन । मुख बन्दै राख्नुभन्दा अरु विकल्प ममा केही बाँकी थिएन ।
यो राजनिटिक हट्या भन्ने प्रमाणित भे र पेठ्याउँछ । ओह इन्स्पेक्ट्र साप । एक प्रहरीले जवाफ दियो ।
शक्ति र सम्पतिको लोभमा तपाईले गलत बाटो रोज्नु भयो अविनाशजी । इन्स्पेक्टरले रवाफिलो स्वरले दुवै हात हल्लाउँदै धम्क्यायो ।
गन्तव्यमा पुग्न कुन बाटो ठिक कुन गलत भनेर अल्मलिएमा त गन्तव्य खित्का छोडेर हास्नेछ साब ।
शक्ति सम्पत्तिको लोभमा अपराधको बाटो समाउनु र्व्यर्थ छ । अपराधको बाटो सुरुमा जस्तै मखमली देखिए पनि आखिर यस्को गन्तव्य भनेको जेलको चिसो छिंडीसम्म मात्र हो अविनाशजी । नत्र तपाईं जस्तो मास्टर माइन्ड मेरो अगाडि निरिह देखिंदैन थियो होला ।
____________________
लगातार बर्षोको पानीले होला त्रिशुलीको ठाडो खोला उर्लेर अँझै बढी डरलाग्दो भएको देखिन्छ । छेउका किनाराहरू खेती योग्य जमिन बगाउँदै यो मेरै क्षेत्र हो भनी हुँकार छोड्दै निरन्तर वगिरहेको प्रतित हुन्छ । विचमा रहेको राजमार्गमा अन्त्यहीन गन्तव्यमा पुग्नको लागि वसमा सवार यात्रुहरू एक पछि अर्को निरन्तर दौडिरहेको झै देखिन्छ । लुक्नको निम्ति आड लिएको रुखको पातबाट तप्प पानी चुहीयो । चिसोले आँगै सिरिङ्ग भयो । रुखमा बसेका चराहरू चिर्र, चिर्र च्यार्र, उँक, उँक गरी कराउँदै कहिले उड्दै कहिले रुखको डालिमा बस्न लागे । चराहरूले पात हल्लाएर, पातमा रहेको पानीले मलाई न्रि्रुक्कै भिजाए । अगाडिरहेको सिस्नुको झ्याङ्ग आँखाले छिचोल्दै राजमार्गमा निहाल्दै थिएँ ।
२ जना प्रहरीहरू प्रहरीभ्यान तेर्स्याएर यता उता हेर्दै मलाई खोज्दै रहेछन् ।
"अविनाश यहाँभन्दा अगाडि भाग्नै सक्दैन ।
यहाँभन्दा अगाडिका सबै नाकाहरू बन्दछन् । " एक प्रहरीले आफ्नो साथीलाई आशय व्यक्त गर्यो ।
"अब यो जंगलमा कहाँ खोज्ने यसलाई । साँझ पर्न लाग्यो । फेरि मुसलधारे पानी पर्ला जस्तो छ । फर्कने होकी -" अर्को प्रहरीले मोवाइल हातमा खेलाउँदै आफ्नो आशय व्यक्त गर्योर । अब यीनीहरू फर्कनेछन् । भनी ढुक्क पर्न लागें तर ती प्रहरीहरू म भए तिरै पो आइरहेका छन् त । उनीहरू बिगरेर बसेको ग्यासको टयाङ्करको नजिकै पो आइ पुगिसकेका रहेछन् ।
खल्तिबाट मोवाइल झिकें त्यस मोबाइल हातमा खेलाउने प्रहरीलाई मोबाइल वेब को लिंक म्यासेज पठाए । "लौ मलाई म्यासेज आएछ" हातमा मोबाइल खेलाउने प्रहरीले आफ्नो साथीलाई भन्दै हातको इसाराले रोकिन लगायो । त्यस लिंकमा थिच्नासाथ एक किसिमको भाइरस डाउनलोड हुन्थ्यो । जसले अनावश्यकरुपमा विभिन्न प्रोग्राम रन गरेर त्यस भित्र रहेको व्याटि्रको इन्टरनल र्सर्किट तताउने गर्थ्यो । त्यस अवस्थामा कसैको फोन रिसभ गरे मोबाइल पड्कीन्थ्यो । डाउनलोड हुन सकिएछ । तिनीहरू अगाडि बढ्न लागे त्यसै बखत मैले त्यस प्रहरीको मोवाइल नं. डायल गरे मोवाइल रिरिभ गर्दै गर्दैन । अब नजिकै रहेको ग्यासको ट्रकमै जोडिन झै आइपुगे । त्यहाँबाट म लुकेको रुख केही टाढा टाढा मात्र थियो उनीहरूले राम्ररी निहालेमा मलाई राम्ररी देख्न सक्थे । डरले मेरो मुटु ढुक-ढुक हुन लाग्यो । चिसोले होला खोकी लाग्ला झै भयो, आफ्नो घाँटी आफैले अट्ठ्याए । फेरि त्यस प्रहरीको मोबाइल नं. डायल गरें । यस पाला त्यस प्रहरीले मोबाइल रिसिब गर्यो । "हेल्लो" मात्र के भनेको थियो । मोबाइल ड्वाङग् गरी पड्कियोसँगै "मरेनी" प्रहरीको चित्कार पनि । त्यसरी पड्केको मोबाइलले नजिकै रहेको ग्यासको ट्याङ्करमा आगो सल्कियो । टयाङ्करबाट ठूला ठूला लप्काहरू निस्केर ती प्रहरीहरूलाई बेरिरहेको देखें । "गुहार ... मरेनी ... बचाउनुस् ... आत्था, मरे नि ... आम्मा ... ए..आम्मा मरेनी ... बचाउनुस" विस्तार विस्तार उनीहरूको आवाज सुन्यमा विलिन हुँदै जाँदै थियो ।
लौ खतरा टल्यो । म राजमार्गमा निस्किएँ ।
पछाडिबाट कसैले रिवल्वरबाट फाइरिङ गरेको आवाज सुनियो । मैले आफ्नो स्थिरता गुमाए छेउमा रहेको ... त्रिसुली नदिको छेउमा रहेको बुटा समात्न खोज्दै थिए तर असफल । मेरो नाक र छात्ति त्रिसुली नदिको पानीमा बजारिन पुग्यो । नाकबाट, मुखबाट हुलुक्क ... हुलुक्क गर्दै पानी मेरो घाटितिर छिर्दै थियो ।
एक जोडि बृद्ध बृद्धा गुन-गुनाएको आवाज टड्कारै सुनिंदैछ ।
आ ... विस्कुन नसुकेर हो कि मिल चलाउन नजानेर हो । सबै चामल कुड्कै कुड्कै बनाइदियो । बृद्धा बोलिन ।
समय पनि त्यस्तै छ नि । रुन नजानेको पिन्चे जस्तो । घरी घाम लाग्छ, घरि स्यारारा झरी पर्छ । धन्न यत्तिको भएपनि भएछ । यसरी झप्सी परेकै परै भयो भने भोक-भोकै पो परिन्छ होला । बुद्धले जवाफ दिए ।
पछाडि करेशोमा रायो विउ छरेको थिएँ । यो झरिले कुहिन्छ पो होला । बृद्धा बोलिन । पल्लाघरे साइलाको त्यो माउ पोथी साखा सन्ताननै बोकेर सधैं यतै र्झछ । खोस्रेको खोस्रेकै । त्यो ज्यामाराजले पो केही बाँकिरहन नदिने भो । झरिलेभन्दा नि त्यो पोथिले पो खाइसक्यो होला । बृद्ध बोले । अलिदिन विचार गर्नु पर्छ उम्रेन भनी खन्दिनु पर्छ । बरु बार बार्दिने पो होकी कुख्राले दिक्कै पार्यो । बृद्धाले आफ्नो आशय व्यक्त गरें ।
अ ... बृद्धाले केही सम्झे झैं गरी बोलिन् । त्रिसुली खोलाँ माझिहरूले भेटेर ल्याएका ती बाबुलाई होस आउला जस्तो भाछ । हो र --- हषिर्त स्वरमा बृद्धले प्रश्न राखे । पातली छोरि भा भए अलि चाँडै निको हुन्थे कि बरा ... । त्यसको पनि यतिबेलै डाक्टरको परिक्षा रे । गोली निकालेर त्यसलाई पनि यति बेलै काठमाण्डौ लाग्नु पर्ने । हिजो मैले तेल घस्दिदा चोरी औंला हल्लाएका थिए । खुसी बृद्धाको स्वरमा प्रष्टै छचल्किरहेको थियो ।
हे इश्वर बरा त्यो बाबुलाई चाडै निको गर्दे । आकाशतिर फर्किदै इश्वर पुकार्न लागिन। १५ दिन भैसक्यो इन्तु न चिन्तु । सद्धे होकी मरेको लास पत्तो पाउन सक्या छैन ।
यो बाबुको आँखा त काट्ट िकुटी हाम्रै छोराको जस्तो छ नि ती बृद्धाले आफ्नो छोरालाई स्मरण गरिन । केही बेर सन्नाटा छायो । बृद्धले खुइए गर्दै लामो श्वास ताने । आफ्नो छोरा सम्झिए ।
आ ... त्यो पनि अम्रिकै भासियो । अब त फर्किन्छ होला भनी दिन गन्दा गन्दै । डाँडा माथिका घाम भैसक्यो । त्यसको अत्तो पत्तो छैन । याँ भए ... घर खेत गरेर खान्थ्यो कि । पर्देशमा ... खै ... के गरेर बस्छ होला ।
_____________________
हत्याको योजना र त्यस मोटे अर्थात प्रहरीको भाषामा भन्नुपर्दा प्रधानमन्त्रीको हत्याभन्दा अरु कुनै पनि कुरा मलाई स्मरण नै छैन । म आफ्नो विगत सम्झन खोज्छु । त्यस घट्नाभन्दा अघिका दिनहरू याद गर्ने कोशिस गर्छु सबै कोशिस र्व्यर्थ । सम्झना केवल सुन्यता मात्र । मेरो मानसपटलमा मेरो बारेमा बताइदिनसक्ने एकमात्र व्यक्ति बाँकिरहेकी थिइन "रक्षा" फेरि उनी कहाँ बस्छीन, त्यसको बारेमा म पूर्ण रुपमा अनभिज्ञ नै छु । मेरो उद्देश्य केवल रक्षालाई खोज्नु मात्र बाँकिरहेको थियो । आफूलाई पहिचान गर्ने त्यसभन्दा अरु विकल्प औंशीको रात झै चकमन्न र अँध्यारो देखिन्थ्यो ।
कसैको न्यानो हातको र्स्पर्श मेरो निधारमा पर्यो् । म झसँग झस्किए ।
मलाई सेवा गर्ने वृद्धा रहिछन् । बाबुलाई कस्तो छ त अहिले बनावटी मुस्कुराहट ओठमा ल्याउन खोज्दै बृद्धाले प्रश्न गरिन ।
अलि निको छु आमा । मैले खोक्दै उत्तर दिए ।
मैले बोलेको आमा शब्दले बृद्धालाई अलि प्रभावित पारे जस्तो लाग्यो । आँखाबाट निस्किन लागेको आँसु बाहिर निस्किन नदिइकन आँखा भित्रै सुकाइन । बाबुलाई खोकी लागे जस्तो छ । "म बेसार पानी र बोजेको झोल बनाएर ल्याइदिन्छु । बस्दै गर्नुस है । बृद्धा जुरुक्क उठिन सारीको सप्को मिलाएर भान्छा घरतिर लागिन । म पनि बृद्धाको पछि लागें । बृद्धाले दुवै हात एक अर्कामा हिर्काएर थपडी बजाइन भान्छा घरको बिजली बत्ती बल्यो । एक क्षण त अलमल्लमा परें तर छेउको भित्तामा राखेको भ्वाइस रिकोग्नाजेसन बक्स देखेपछि बल्ल बुझें थपडि बजाए पछि त्यो भ्वाइस वक्सले थपडीको आवाज पहिचान गरी घरको विजली बत्ती बल्ने गर्दो रहेछ ।
बाबु हाम्रो छोरा ठ्याक्कै तपाईकै उमेर कै भयो - अहिले अम्रिकामा छ । काट्टी कुटी तपाई जस्तै देखिन्छ । तर बाबु फर्कने होस त्यसलाई कहिल्यै भएन । बृद्धाले मेरो आहाटले पहिचान गरिछन् सायद । पछाडि नफर्की कुरा सुरु गरिन । कुराकानी त फोनबाट हुँदो हो नि आमा । मैले जिज्ञासा राखें । पहिले पहिले महिना महिना दिनमा फुन गर्ने गर्थ्यो । कम्पुटरमा चिठी नि पठाउँथ्यो । पैसा नि मनग्य पठायो । तर अहिले हामीलाई विर्सर्ेस्तो छ । उतैको नागरिकता लिनेरे भनेर पल्लाघरे साइलोलाई भन्थ्यो अरे । वर्षदिन जति भयो । न चिठि न फुन पत्तोफाँट छैन बाबु । बृद्धाले उत्तर दिइन ।
हर्ुर्केको छोरलाई घरमै बाँधेर राख्नु हुन्न आमा, बेलाँ-बेलाँ पैसा पठाएकै रहेछन्, फोन पनि गरिरहेका रहेछन्, यो वर्षढिला भयो र त के भयो र समय मिले त फोन गर्लान नि ।
आ ... बाबु हामी त डाँडा माथिका घाम, विरामी पर्दा तातो पानी ख्वाउने मान्छे पनि हुन्न त्यतिखेर यत्रो बडो घर दौडेर टोक्न आए झै लाग्छ । के गर्नु बाबु पैसाले, यसलाई सिरानी हाली सुतेर न रोग निको हुने रहेछ । न भोक नलाग्ने हुने रहेछ । र्झन लागेको आँसु सारीको एक छेउले पुच्छ्दै लामो स्वास तानिन । अब त ... त्यसको अनुहार पनि देख्न नपाई मर्छु झै लाग्न थालिसक्यो ।
सन्नाटा ...
बृद्धाले केही सम्झे झै गरिन । ग्यास माथिको दराज भित्रको सानो प्लास्टीकको भाँडोबाट एउटा कम्प्युटर चिप निकालेर दिइन बाबु यो तिम्रो शरिरमा गाडिएको अवस्थामा भेटिएको भन्दै थिई छोरी पातलीले ।
आमा हजुरको घरमा कम्प्युटर छ - हातमा कम्प्युटर चिप लिंदै मैले प्रश्न गरें । हामी त कम्पुटर चलाउन त जान्दैनौ बाबु तर बेलाँ बेलाँ त्यही पातलीले चलाउँथी, पर्ुवपटिको कोठामा छ ।
हो र आमा । म पूर्वतिरको कोठा तर्फलागें ।
कम्प्युटरमा त्यस कम्प्युटर चिप जोडें । कम्प्युटरले इन्टरनेट कनेक्सन माग्यो । ओके बटन क्लिक गरें । इन्टर योर पार्सवर्ड । कम्प्युटरले पार्सवर्ड खोज्यो । मलाई कुनै पार्सवर्ड याद नै थिएन । त्यसैले पार्सवर्ड क्र्याक गर्न घन्टौ मिहिनेत गर्नु पर्योस । अन्तमा सफल भएँ । त्यहाँ रक्षाको बारेमा सम्पूर्ण जानकारी राखिएको रहेछ । त्यो जानकारी नोट गरें । अरु पनि जानकारी केही पाइन्छ कि भनेर यता उता क्लिक गरी हेर्दै थिएँ कम्प्युटर ह्याङ्ग भयो ।
एक्कासी बाहीरबाट घरभित्र राइफलबाट गोलीको वर्षा हुन लाग्यो । बृद्ध बृद्धाको चित्कार सुनियो । म झटपट भान्छा घर तर्फलागें । बुद्धा छटपटाइरहेकी थिइन । मलाई देख्नासाथ सिथिल भइन् । आफ्नै अगाडि बृद्धाको मृत्यु देखेर मेरो मन भक्कानिरहेको थियो । कसेर कराउँ कि टाउको भितामा ठोक्काउँ । के गरौं के गरौं मैले सोच्नै सकिरहेको थिएन । मन तेसै एक तमासको भैरहेको थियो । पुरै सरिर रिसले थर्रर कामिरहेको थियो । आफन्तको मृत्युले मानिसलाई कतिसम्म चोट पुर्याोउँछ भनेर बल्ल त्यसबेला मलाई चेतना भयो ।
ती हत्याहरूसँग बदला नलिइ नछोड्ने दृढ अठोट लिए । बृद्धाको लासबाट उनको मोबाइल झिकें । दुवै हात पड्काएर मोबाइलमा रेकर्डगरी त्यो रेकर्ड मोबाइलको रिङ्गटोन बनाएँ । ग्यासको पाइप काटेर रेगुलेटर पुरै खोलें । ग्याँस पुरै कोठामा भरियो । घरको विजली बन्दगरी त्यस मोबाइल भ्वाइस रिकोग्नाजेसन बक्सको सामुन्ने राखि नजिकैको झ्याङमा गएर लुके । ती हत्याराहरू घरभित्र जाँदै गरेको देखिंदै थियो । एकहुल प्रहरी पनि त्यस घर भित्र जाँदै गरेको देखियो । मैले भ्वाइस रिकोग्नाजेसन बक्स नजिकै राखिएको मोबाइलको नं. आफ्नो मोबाइलबाट डाएल गरें । केही क्षण पछि त्यो क्षेत्र पुरै थर्कायमान हुने गरी सिलिन्डर विस्फोट भयो । पुरै घर सिसा झै चकनाचुर भयो । त्यहाँ भित्र रहेका हत्यारा तथा पुलिस सबै देख्दा देख्दै एकै चिहान भए । मैले इनिहरूले मेरोबारेमा पाएको जानकारीको बारेमा अनभिज्ञ थिए । सायद मेरो सरीरमा पाईएको चीप, जसमा रक्षाको जानकारी थियो । मैले कम्प्युटरमा लगाउनासाथ मेरो आइपि ट्रयाकिङ्ग गरिएको हुनुपर्छ ।
________________________
कम्प्युटर चिपबाट पाएको जानकारी अनुसार रक्षाको घर त यही हुनुपर्छ । वरिपरि पर्खाल लगाइएको बडेमानको गेटहुँदै घरको मुलद्वारसम्म पुगें । मुलद्वारको देब्रे भागको भित्तामा कुकुरदेखि सावधानको वोर्ड राखिएको रहेछ । दाहिने भागको भित्तामा विजली घन्टीको स्वीच । स्विच थिचें ।
नसमेटिएको चिसो कपाल झाँक्रो फिजाएझै देखिने गरी रक्षा बाहिर निस्कीन । कोहो -
मेरो मनमस्तिष्कमा रहेको एकमात्र अनुहार र अति प्रिय पनि । हो त्यही अनुहार हो यो त्यो । एक नजरमा चिन्न नसक्नु भन्नु आफ्नो महत्वपूर्ण अंग विर्सनुझै थियो मेरो लागि । उनलाई देख्नसाथ लाखौं प्रश्न मेरो मनमस्तिष्कमा उठेका कारण के भन्ने के गर्ने म अन्यौलमा थिएँ । बोल्न खोज्छु । तर शब्द निस्किरहेका थिएनन । आफू आफै भित्र उकुस मुकुस भैरहेको थिएँ । रक्षा मलाई एक टकले टोलाइरहेकी थिइन । जसले गर्दा मलाई थप संकटमा पार्दै थिए । उनले मलाई विर्सर्ीीकेकी त हैनन ।
"भित्रै आउँकी" मेरो शब्द निस्कियो ।
एकै शब्द नबोली हातको इसाराले भित्र आउने इशारा गरिन । कोठाको ढोका बन्द गरिएको आवाज सुनियो । अगाडि राखिएको कर्ुर्सीमा बस्न खोज्दै थिएँ । कसैले पछाडिबाट गह्रौ बस्तुले पिठ्युमा जोडले हिर्कायो । मेरो हात पछाडि लगेर टन्टनी बाधीयो । रक्षा रहिछन् ।
"कर्ुर्सीमा बस" मतिर घृणाको नजर फ्याक्दै रक्षा बोलिन ।
"के भयो र रक्षा आज तिमीलाई" रक्षाले जवाफमा कुनै जवाफ दिन जरुरी दिन सम्झिनन् । जवाफमा २ वर्षअगाडिको पुरानो पत्रिका टेविलमा
राखिन ।
पत्रिकामा मोटो-मोटो अक्षरमा केही हेडिङ्ग लेखिएको थियो । "बेरोजगारीको कारण महिनादिनमा लाखौं युवा विदेश पलायन" यसको अलि तल अर्को हेडिङ्ग देखियो ।
"बेरोजगारीको कारण आत्महत्या"
त्यसको दायाँ भागमा "अनिश्चित कालिन नेपाल बन्दको आब्हान" "उत्पादन तथा शिक्षा क्षेत्रमाभन्दा हातहतियारमा खर्च गर्ने योजना" लेखिएको रहेछ । उत्पादन तथा शिक्षा क्षेत्रमा लगानी नगरी हातहतियारमा खर्च गरे बेरोजगारी त त्यसै बढ्छ नि ।
अनायासै मेरो मुखबाट शब्दहरू निस्कियो ।
केही समय पछि आजै प्रकाशित पत्रिका टेविलमा फ्याकिन ।
"स्वदेशमा विभिन्न अवसरका कारण विदेशिएका युवालाई नेपाल फर्कन आव्हान"
"जापान तथा अमेरिकाका कामदारलाई भित्र्याउने तयारी"
"चन्द्रमा विभिन्न वस्तुहरूमा निहित अक्सिजन उत्पादन गरि, प्रयार्प्त अक्सिजन बायुमण्डलमा कृतिम रुपमा राखि बसोवासयुक्त बनाउने ठेक्का नेपाल सरकारले लिएको जानकारी"
अर्को समाचार थियो । नेपालकै अर्को प्रतिष्ठत कम्पनीले चन्द्रमाको पानीको उपयोग गरी सिचाई व्यवस्था गरी चन्द्रमा हरा भरा बनाउने जिम्मा लिएको रहेछ ।" त्यस्तै अर्को समाचार थियो । नेपालकै प्रतिष्ठित कम्पनिमध्येको अर्को कम्पनिले सेटेलेलाइट मार्फ चन्द्रमामा विजली वत्ति झलमल्ल पार्ने जानकारी राखिएको रहेछ । म चकित हुँदै रक्षालाई प्रश्न गरें ।
"२ वर्षै यत्तिको परिवर्तन -, विश्वासै गर्न नसकिने" मेरो प्रश्नको वेवास्ता गर्दै मेरोबारेमा जानकारी दिन लागिन
"तिमी अविनास हैनौै" उनको बोलिमा चिडचिडापन थियो ।
के भन्यौ फेरि भन त ।
हो-हो तिमी अविनाश हैनौ । रक्षाले फेरि दोहोर्याचइन । त्यसो हो भने म को हुँ त -तिमीलाई त्यसमोटे व्यक्तिलाई गोली हानेकोसम्म याद छ हैन त -
म चकित थिए । मलाई त्यतिसम्म मात्र थाहा छ भनेर यिनले कसरी थाहा पाइन । आर्श्चर्य हुँदै "हो" भने । त्यस पश्चात के भयो सुन्न चाहन्छौं । के भयो त त्यसपछि । त्यो प्रधानमन्त्री मारिएको थिएन । उसलाई हस्पिटल लगियो । विदेशबाट आएको डाक्टरको उपचारबाट पूर्ण रुपमा ठिक गरियो । त्यसपश्चात उसको अनुहारको प्लाष्टिक र्सजरी गरी उसको अनुहार अविनाशको जस्तो र अविनाशको अनुहार त्यस मोटे व्यक्तिको जस्तो पारियो । कम्प्युटरको सहायताले त्यस मोटे व्यक्तिको स्मरणशक्ति मेटाइयो । तत्पश्चात अविनाशको दिमागमा रहेको प्रधानमन्त्रीको हत्याको योजनादेखि गोली चलाएको सम्मको स्मरण तिम्रो दिमागमा सारियो ।
त्यसो हो भने २ वर्षअघिको प्रधानमन्त्री मै हुँ ।
हो हो तिमी नै आमेश्वरभाइ मल्ल हो । २ वर्षअघिको प्रधानमन्त्री । थुक्क हत्यारा । तिमेरु पापी हौ । तिमेरु सिधै नर्कमा जानेछौ । मेरो रिसको पारो नाघिसकेको थियो । मेरो हात नबाधिएको भए नाकमा पन्च हानेर धुलो चटाउँथे हुँला । तर दाँत बजाउनु सिवाय म के नै गर्न सक्थें र –
पापी कोहो ? एक हत्यारा कि ? हजारौं हत्यारा जन्माउन तयार पारिएको बातावरण ? दोषी को हो ? त्यस बातावरणबाट या समाजबाट तयार पारिएका हत्यारा कि त्यस्तो किसिमको बातावरण बनाउने व्यक्ति ? मानिस त केवल ४-५ लिटर रगत हाड-मासु र खकारको त पुत्ला होनी । हैन र - त्यसभन्दा बढी मानिसको शरिरमा अरु केही छ भने कहिल्यै नमर्ने कपाल मात्र । त्यस रगत मासुको पुत्ला के आफै हत्यारा बन्यो होला त ? पक्कै पनि हैन त्यसले जस्तो बातावरण पाउँछ त्यो पुत्ला त्यस्तै बन्दै जान्छ । यस्तो किसिमको बतावरण बन्न नदिने जिम्मा कस्को ?
के यो जिम्वारी राष्ट्र प्रमुखको हैन र ? मुर्ख केटीले तर्क प्रस्तुत गरी । त्यसबेलाको बातावरणले हत्यारा जन्माउँथ्यो भन्ने तँसँग के प्रमाण छ त । सबभन्दा ठूलो प्रमाण तिमी आफै हौ । "मुर्ख बोली"
अविनाशको आफ्नो श्मरण मात्र तिम्रो दिमागमा सरेको थिएन त्यस विचका सम्पूर्ण अविनासले पाएको वातावरण पनि श्मरणको रुपमा तिम्रो दिमागमा सरेको थियो । त्यस बातावरणले गर्दा तिमी कस्तो निच हत्यारा बन्यौ । तिमीले विर्सियौ तिमीले कति निर्दोषलाई मार्यौ । कति प्रहरीलाई मार्यौ ।
अब भन दोषी को हो त - तिमी कि अविनाश - खुल्ला आकासलाई कालो बाँदलले ड्याम्म ढाके झै भयो । मेरा वरिपरि निष्पट्ट अँध्यारो भए झै लागिरहेको थियो । तैपनि मानिस हुँ आफूलाई गलत भन्न सक्दिन थें । किनकि दोषी त सधैं अरु नै हुन्छन, दोषी "म" कहिल्यै भएको छैन, भएको देखेको पनि छैन र हुने पनि छैन
लेखन मितिः सन् २०१०
– मनोज बोहरा
भक्तिपुर–७, सर्लाही
हालः काठमाडौं
'निराजन शिरीष' 
~आषाढको एक शुक्रबारको साँझ बिश्वविद्यालयबाट घरतिर फर्कने क्रममा अलि ढिला भो । घरसम्म पुग्नलाई माइक्रो, अनि नगर बस सबैको आवातजावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ । त्यसकारण, ट्याक्सीको पखाईमा त्यसै उभिरहेको थिएँ । आडैमा एउटी युवती आई । मतिर पुलुक्क हेर्दै मुसुक्क मुस्कुराई । मैले पनि मुस्कुराएरै उसको आगमनको स्वागत गरेँ ।
सोधी – “दाई ट्याक्सी कुर्नुभएको ?”
“हजुर ।” मैले जवाफ दिएँ ।
“म पनि ट्याक्सी वेट गरिराखेको हेर्नु न अहिलेसम्म एउटा भेटेको छैन ।” युवतीले दुखेसो पोखी ।
मैले प्रश्न गरेँ – “कहाँ जानुपर्ने ?”
“धेरै टाढा त हैन, मुस्ताङचोकसम्म पुग्नुपर्ने थियो ।” जवाफमा उसले भनी ।
उसको मुखबाट मुस्ताङचोक फुत्कदाँसाथ ममा नजानिदो उत्साह बढेर आयो । भनेँ – “ए, हो र ? म पनि त मुस्ताङचोक नै जान लागेको नी !”
“ला हो र ? उसो भए त मज्जा भो नी, हजुर अनि मेरो दुवैको फिप्टी प्रसेन्टेज पैसा सेभ हुने भो नी त । एक्लै जाँदा त ४०० लिन्छ । अब दुई सयमै पुगिने भईयो ।” उसले खुशी ब्यक्त गरी ।
मैले पनि समर्थन जनाएँ – “हो त ।” अनि यो पनि जान्न चाहेँ कि ऊ के गर्छे ?
संक्षेपमा भनी – “कलेज पढ्छु ।”
“कतिमा पढ्नुहुन्छ ?” मेरो भद्र प्रश्न थियो ।
उसकोे सरल जवाफ पाएँ – “बि.ए. सेकेन्ड यार ।”
“केहि जबसब पनि गर्नुहुन्छ कि ?” भर्खर बिश्वविद्यालयको पढाई सक्काएर करार प्राध्यापक नियुक्त भएको मैले उसलाई सोधेँ ।
धेरै खुल्न नचाहेर होला संक्षेपमै जवाफ फर्र्काई उसले – “खास्सै केहि गर्दिनँ !” र, यस्तो भन्दै गर्दा मुसुक्क मुस्कुराउन पनि बिर्सिने उसले ।
“अनि मुस्ताङचोक चाँहि किन जान लाग्नुभएको ?” मैले सोधेँ ।
जवाफमा भनिनँ – “मेरो डेरा नै उतै हो ।” अझ बढि जान्न मन लाग्यो त्यसकारण सोधिहालेँ – “कोको बस्नुहुन्छ डेरामा ?”
“ममात्रै !” उसले जवाफ फर्काउदै भनी ।
“साँच्ची काम चाँहि केहि गर्नुहुँदैन ?” फेरि जोड दिदै सोधेँ ।
“अम् त्यस्तो खास केहि छैन । कलेज फि तिर्न, यहाँ बस्ने खर्च चलाउन र घरमा भएकी विधुवी आमा र दुई बैनीको पढाईखर्च सघाउनलाई  सानो काम चाँहि गर्छु ।” सरसर्ती उसले बताई ।
“सानो काम ?” मैले आश्चर्यता प्रकट गरेँ । किनकी, मलाई अचम्म लाग्नुको कारण मलाई जान्नु थियो त्यो कस्तो सानो काम हो जसले यत्रा धेरै मान्छेको खर्च पु¥याउन सकोस् !
“एम कर्लगर्ल !” निर्धक्कसाथ उसले भनी । अहँ ! ग्लानीबोधको सानो धर्सापनि उसको मुहारमा झल्किएको देखिनँ मैले । म अवाँक रहेँ ।
धेरैबेर चुप लागेर बसेको देखेपछि उसले आफै सोधी – “विश्वास लागेन हजुरलाई ? अहिले पनि म यहाँ कसैले बोलाएर आएकी थिएँ तर यहाँ आईसकेपछि बोलाउने मान्छेले भन्यो उसकी श्रीमती अचानक माइतबाट फर्की रे भर्खर । त्यसैले डेरामा फर्किन लागेको अहिले ।”
म फेरि पनि निशब्दः रहेँ । तालचोकबाट ट्याक्सी हुत्तिदै हामीनेर आयो । युवतीले आवाज दिईन – “ट्याक्सी..”
“दाईको घर नै यता हो र ?” ट्याक्सीभित्र पस्नुभन्दा अगाडि केहिबेर अगाडिदेखि स्थगित वार्तालापलाई पुनः सुचारु गर्दै युवतीले यस्तो प्रश्न गरीँ । जबाफमा मैले भनेँ –“यता हैन । पोखराबाहिर हो ।”
ट्याक्सीचालकले युवतीलाई हेर्दै सोध्यो – “कहाँसम्म ?”
मैले जवाफ फर्काएँ – “मुस्ताङचोक !” असहजिलो तरिकाले उसको दृष्टि मतिर सोझियो ।

ट्याक्सी गुड्दासाथ मलाई उसलेमात्र सुन्ने गरेर सानो आवाजमा धेरै कुराहरु सोध्न मन लाग्यो ।
खासमा अघिदेखि मलाई खसखस लागेको उसको कामको विषयले निकैबेर घोत्लिन विवश बनाउँदै थियो । त्यहि खसखसका बीच मैले सोधेँ पनि –“यस्तो गरिरहेकोमा रिग्रेशन हुँदैन हजुरलाई ?” मेरो छुच्चो प्रश्नमा थोरै आवेशात्मक जवाफ दिदै भनी – “ह्वाट द फक रिग्रेशन इज ? अनि मैले किन रिग्रेट फिल गर्नुप¥यो ?” चालिस पार गरिसकेको जस्तो लाग्ने ट्याक्सी चालकले हामीतिर एकदम कुटनैतिक नजर लगायो । मलाई थोरै असहज महशुस भो ।
“हजुरलाई हर्ट गरे हैं ? माफ गर्नु ल मलाई । एम सरी ल!” गल्तीगरेपछि म सधैं यस्तै विनित भावमा प्रस्तुत हुन्छु । धेरैले भन्ने गरेका पनि छन्, माफी माग्दै गर्दाको क्षण म निकै नै मायालाग्दो रुपमा प्रस्तुत हुन्छु । उसले पनि मेरो टिठलाग्दो भावलाई देखेरै नै माफ गरेको हुनुपर्छ, भनी – “हैन हैन इट्स ओके । हजुर मात्र हैन, धेरै भद्र मान्छेहरुलाई जब म मेरा सत्यताहरु लुकाउँदिन उनीहरुका प्रश्नहरु हजुरकै जस्तै हुन्छन् – तिमीलाई रिग्रेशन फिल हुँदैन ?”
केहिबेर सन्नाटा छायो । अनि मेरा आँखाहरू झ्यालबाहिर हुत्तिए । चालकले एफ. एम. बजायो, बाराही एफ.एम.मा गीत बजिरहेथ्यो – फेरि त्यो दिन सम्झन चाहन्नँ ..।
उसले चालकलाई आग्रह गर्दै भनिनँ – “दाई, भोलुम अलि सानो पार्नु न !” ड्राइभरले त्यसै ग¥यो ।
त्यसै मौकामा मैले उसलाई हेरेँ अनि उनी चुपचाप बसेकोमा असन्तुष्टि पनि पोखेँ – “हैन, किन यस्तो चुपचाप बस्नु भएको ? के भयो ?”
केही नभएको जानकारी दिदै बोली – “हैन केहि भएको छैन ।”
एकछिन पछि फेरि वार्ता सुचारू गर्दै उसले प्रश्न गरी – “हजुर म्यारिड हो ?”
मैले निर्धक्क भनेँ – “नो, नो, स्टील ब्याचलर्स !”
“गर्लफ्रेन्ड नि ?” ख्वै किन यस्तो प्रश्न गरी मैले बुझिनँ । तैपनि जवाफ दिएँ – “पहिले थिई, अहिले छैने !”
“मेरो जस्तै ठ्याक्कै ! झन मेरो त अफेयर शुरु भएको तीन महिना मै ब्रेकअप भा’को नी ।”
मैले जान्न चाहेँ – “अनि अहिले चाँहि?”
लिपिष्टकले रात्तिएका ओठबाट बिन्दास जवाफ निस्क्यो – “सिंगल, टोटल्ली फ्रिडम । मस्त जिन्दगी !”
मलाई मनमनै लाग्यो, केटी मज्जाकी नै हो । मान्छे पनि सारै नै सुन्दरी हो । चल्तीका मोडल र नायिकाहरुको भन्दा कुनै पनि कुरामा कम लागेन । मुहार धपक्कै बलेको छ । केश लामो छैन त के भो ? सर्लक्कको छ । आँखा पनि डोलमडोल कति राम्रा ? नाक पनि खास खोट लगाउने ठाउँ नै भेटिन् । मान्छे सिनित्त परेकी छे । तर कर्लगर्ल हो भन्ने सत्य दिमागमा आउँदा साथ झसंग भएँ ।
मुस्ताङचोकमै आएपछि ट्याक्सी रोकियो । मैले दुवैको भागको पैसा दिन खोज्दै थिएँ, युवतीले रोकी । र, भनी – “नो, नो, फिप्टी फिप्टी !” युवतीको हातबाट दुईसय र मबाट पनि उत्तीकै पैसा समातेर ड्राइभरले ट्याक्सी अगाडि बढायो । ट्याक्सी गईसकेपछि युवतीले मतिर हेर्दै भनी – हतार छैन भने हिड्नुस, मेरो डेरामा । खाना खाएर निस्किनुहोला !
मोबाइलमा हेरेँ, साढे नौ बज्दै थियो । केही नबोली उसको पछिपछि लागेँ ।
~चोकबाट ५ मिनेटजति पश्चिमतिरको गल्लीमा हिडेपछि उसको डेरामा पुगियो । बस्तीमा चूक झैं चकमन्न रात घोप्टिएको थियो । धेरैका घरमा बत्ती निभीसकेका थिए । उसले कोठाको ताल्चा खोली र स्वीच अन गरी । इन्भर्टरबाट बलेका मधुरा चिमको प्रकाशमा उसले भुत्भुतिदै भनी – “लोडसेडिङ छैन भन्नु त गफै मात्र भो, हल्का हुरीबतास चल्दा बित्तिकै बत्ती गैहाल्ने !”
चारतले घरको भुँइतलामा उसले भाडामा दुईवटा कोठा लिएकी रहिछे । एउटा भान्छा र अर्को चाँहि सुत्ने कोठा ! भान्छा कोठाको भित्रबाटै सुत्नेकोठामा जानलाई ढोका रहिछ । कोठाभित्र छिरेपछि, ऊ चाँहि आफ्नो सुत्नेकोठामा छिर्दै भनी – “एकछिन पर्खिनुस है, म ड्रेस चेन्ज गरेर आउँछु ।” मैले स्वीकृतिसूचक मुन्टो हल्लाएर “ल, हुन्छ” को ईशारा गरेँ । ऊ भित्र छिरेको पाँच मिनेटमा नै म्याक्सी लगाएर भान्छामा आई ।
आउँदा बित्तिकै केहि नसोधी ग्यासचुलोमा दूध चिया बसाली । अनि मलाई भनी – “पहिले चिया पिऔं हैं !” मैले नाइँनास्ती गरिनँ । हुन्छको भावमा मुस्कुराएँ ।

अनि म तिर पुलुक्क हेर्दै उसले भनी –“लौ, चिया हेर्नु है त, उम्लेला नी ! म बाहिर सरकारी धाराको पानी लिएर आउँछु ।” ठ्याक्कै देवकी भाउजूले रामुदाईलाई अ¥हाए झैं उसले मलाई काम लगाई । मलाई अप्ठेरो लाग्यो ।
”कति टाइम लाग्ने हो ?” मैले हतास हुँदै भनेँ ।
जवाफ दिदै भनी – “यहि बाहिर के, घरकै कम्पाउन्ड भित्रै त हो, अहिले दशबजेपछि फेरि पानी बन्द हुन्छ !” नीलो रंगको एउटा बाल्टीन र तीनवटा जम्बो कोकको बोतल समातेर ऊ भान्छाबाहिर गई ।
पानी लिएर फर्कन पाँचै मिनेट पनि लागेन उसलाई ।
चिया उम्लेकाले मैले ग्यासचूल्हो बन्द गरिसकेको थिएँ । “ए, चिया पाकिसक्यो ?” पहिलो खेप पानी ल्याएपछि उसले भनी । यो पाली चाँहि आवाज निस्क्यो मेरो, भनेँ – “अँ, पाक्यो !”
“हजुर चिया राख्दै गर्नुस् म पानी लिन आउँछु ।” भन्दै, ऊ फुत्त बाहिर गई ।
हाम्रो चिया गफगाफ शुरु भो । उसले चिया पिउने क्रममै आलु ताछ्ने र काउली केलाउने काम समेत भ्याई । इन्भर्टरको उज्यालोमा उसको मुहार चम्किरहेको मैले राम्ररी नै देख्न पाएँ । उसले थाहा नपाउने गरी एकटक मैले उसलाई हेरिरहेँ । बिचबिचमा उसले मेरा ब्यक्तिगत कुराहरु सोधी । मैले कुरा नलुकाई खुलस्त पारिदिएँ । सोधेकी थिई – घरमा कोको हुनुहुन्छ ? भनेँ – एक्लो छोरो हुँ । अनि सोधी – बुबा आमा के गर्नुहुन्छ ? भनेँ – बुबा मालअड्डामा काम गर्नुहुन्छ, आमा नि.मा.वि. स्कुलको शिक्षिका हुनुहुन्छ । र, उसले अलिकति असहज लाग्ने कुरो पनि अरी – “हजुर ब्याचलर मात्र कि भर्जिन पनि ?” उसको यो प्रश्नले म एकदम सन्न भएँ । झन प्रश्न गरेपछि उसले यति कामुक तरिकाले आँखा सन्काई कि लाग्यो – केहि नसोचेर गर्लम्मै अङगालो हालूँ ! मैले केहि पनि बोलिनँ, र उसले पनि फेरि दोहो¥याएर सोधीने । गधापच्चिसे काट्दै गरेको लक्का जवानले अझै भर्जिनिटी गुमाएको छैन भन्नु, न उसले पत्याउने कुरो थियो न मेरो लागि खास गर्व गर्न लायकको कुरो नै । मनमन पनि यस्तो पनि लाग्यो – मोरीले फेरि नपुङ्शक ठानेर खाना पनि नखुवाई घर पठाउली ! त्यसकारण पनि मैले चुपचाप बस्नु मै उचीत ठानेँ ।
भात पाक्दै गरेको प्रेसरको सिठ्ठी बज्ने र बत्ति आउने एकैपटक भो । देखेँ, उसले आलु र काउली भुट्दै थिई । मैले मोबाईलमा समय हेरेँ । साढे दश बज्दै थियो । मैले टाइम हेरेको पत्तो पाईछ उसले जिस्किदै भनी – “ओहो, किन यस्तो अतालिनुभएको हो ? खाना पाक्दै छ, एकछिन नआत्तिनुस् !” मैले त चाहेको थिएँ, भनोस –“आज यतै बसे भैहाल्यो नी भोली बिहानै जानुहोला ।”
उसले गोलभेडाको चटनी पनि बनाई । उसको भर्भराउँदो वैंश भन्दा कमको देखिएन चटनी । मलाई चखाई पनि । चाखेको स्वादिलो रहिछ ! केहिबेरपछि खाना पस्की दुवैजनालाई, दालचाँहि बिहानको थियो र उसले तताएकी पनि थिई । उसले तयार पारेको खानाको पहिलो गाँस मुखमा पु¥याउँदै थिएँ, ऊ केही सम्झे झैं गरी, ग्यासचूल्होबाट बायाँपट्टि तीन हातपरको सानो दराज राखेको ठाउँमा पुगी अनि दराज खोली ।
 “साँच्ची गाउँबाट पठाएको घिउ पनि छ, खानुहोला नी ?” दराजबाट सेतो शिशाको बोतलभरी राखेको घिउ झिकी ।
घिउसँग भात म नकार्नै सक्दिनँ । भनेँ – “भातसँग घिउ पाएपछि कसले नखाला?”
मेरो थालमा दुई चम्ची घिउ थप्दै गर्दा उसले जिस्किएरै भनी – “हजुरजस्ताले घिउ खाएर के गर्नु, बिनासित्ती चड्डीको विजोग !” उसको उत्ताउलोपनले मलाई निस्तेज पारिसकेको थियो । प्रतिक्रिया दिन खोज्दै थिएँ, भातको गाँस सड्कियो । उसले अतालिदै पानी दिई । मैले घटघटी पिउन थाले । सोच्दै – “पाएँ भने तेरो उन्मत्त योवन म यसैगरी घटघटी पिउँछु ।”
खाना खाएपछि आफूले खाना खाएको थाल आफै माझेँ । भन्न त भनेकी थिई – “ह्या, हजुर पनि कस्तो केटीजस्तो ? त्यही राख्नुस् म माझिहाल्छु नी !” मैले मानिनँ ।
ऊ खाना खादै थिई । मोबाइल हेरेको १२ बज्न १० मिनेट बाँकी थियो ।
“ओहो, १२ पो बज्न लागेछ ।” लामो सुस्केरा फेरेर मैले भनेँ –“लौ, हजुरलाई मीठो खाना ख्वाउनुभएकोमा धन्यवाद, म डेरातिर हिडेँ अब ।”
“भो भयो यति राती के घरमा जानुहुन्छ ? आज यतै बस्नुस, हजुर खाटमा सुत्नुहोला म भुँइमा सुत्छु ।” अन्तिम गाँस चपाएर निलेपछि उसले यो पनि भनी – कि गल्लीमा लागूपदार्थ सेवनको दुव्र्यसनमा फसेका टन्नै अल्लारे केटाहरु हुन्छन, र राती हिड्ने बटुवाहरुलाई पिट्ने अनि लुट्ने काम गर्छन ।
अब भने मेरो मुटुमा ढ्याङग्रो बज्न थाल्यो । उसको प्रस्तावलाई सहर्ष स्वीकार गर्दै भनेँ, “लौ उसोभए मलाई भोली बिहानै उठाईदिनु पर्छ नी फेरि, हैं ?”
उसले खिस्स हाँसी । र, मैले पनि मुस्कुराउन बिर्सिनँ ।
के के कुरा गर्दागर्दै रातीको सबा एक बजेको पत्तै पाइँन । उसले आफ्ना संघर्षका थुप्रै कथाहरु सुनाई । घरमा आयश्रोत नहुँदा आफ्नी विधुवी आमाले झेल्नुपरेको आर्थिक कठिनाईका बारेमा पनि सुनाई । र, मर्माहत कुरो त आफ्नो यौन प्यास मेटाएर दशजोड दुईमा पढ्दै गर्दा आफ्नो केटा साथीले आफूलाई कसरी धोखा दियो भन्ने पनि बताई ।
उसले भनी – “सब साला लोग्नेमान्छेहरु सेलफिस छन यहाँ । उनीहरुलाई प्रेम गर्नै आउँदैन । प्रेमको नाममा आफ्नो वासनालाई शान्त पार्न केटीको साथ खोज्छन् ।”
मैले प्रतिकार गरेँ – “हेर सबैजना उस्तै हुँदैनन् । यसरी एउटा केटामान्छेको गल्तीको दोष सबै केटा मान्छेहरुलाई लगाउन मिल्दैन । र, केटीहरु पनि सबैले निस्वार्थः प्रेम गरेका हुँदैनन् ।”
उसले मेरो कुरा मान्दै मानिने, भनी – “हजुर जे भन्नुस, तर केटाहरु भनेका यौनका भोखाहरु नै हुन् । उनीहरु प्रेममा हैन यौनको भोकमा विश्वास गर्दछन् । सेक्स विनाको प्रेम इमाजिन पनि गर्न सक्दैनन”
अब चाँहि मैले केहि बोलिनँ । ऊ भुँइमा विछ्यौना बनाउँदै थिई । मैले मेरो ल्यापटप खोलेँ र वल्र्डलिङ्कको मेरो वाईफाईबाट नेट सर्फिङ गर्न थालेँ । बिछ्यौना मिलाईसकेपछि ऊ मसँगैको खाटमा बस्न आई र अनुरोध गरी – “नेट कनेक्सन छ भने दिनुन, कत्ति भो साइबर गएर फेसबुक नचलाएको । यो मोबाइलमा भनेजस्तो मजै नहुने । अनि साँच्ची हामी पनि फेसबुकमा साथी बनौं न ।”
मैले फेरि पनि नाइँनास्ती गरिनँ । बरु, आग्रह गरेँ – “लौ यति राम्री मान्छेको फेसबुकमा राखेको फोटोहरु पनि हेरौँ न त !” ऊ लजाए झैँ गरी ।
सत्तरी जना जति साथी रहिछन् उसका । भनी – “म हत्तपत्त फेसबुकमा कसैलाई पनि साथी बनाउँदिन । धेरै कम मान्छेहरुले मात्र मेरो व्यक्तिगत जीवनशैली जानुन, बुझुन भन्ने लाग्छ ।”
सातसय भन्दा बढी फेसबुक साथी भएको मैले उसको कुरामा सही थापेँ – “हो नी तर के गर्नु मेरो त चिन्दै नचिनेका पनि साथी छन् फेसबुकमा ।”
सेतीको बगरमा उसकी अर्की साथीसँग पानीमा लुछुप्पै भिजेको तस्वीर डिस्प्ले भैरहेथ्यो, स्क्रीनमा । ऊ नीलो जिन्स र खैरो टिसर्टमा थिई । उसका उदात्त वक्ष पानीले भिज्दा अझ अरु आकर्षक देखिए, मेरा आँखा अकस्मात मेरो छेउमै टाँसिएर बसेकी उसको छातीमा पुगे । असहज मान्दै उसले भनी – “छ्या ! के हेर्नुभएको ?”
मलाई फेसबुकमा मित्रता अनुरोध पठाउनुभन्दा पहिले उसले आफ्ना पचास भन्दा बढि तस्वीरहरु देखाई – कुर्ता सलबार लगाएका, नभ नछोप्ने गरी साडी र ब्लाउजमा सुट गरिएका तस्बिर, अनि पानीमा भिजेका तस्वीरहरु पनि ।
उसका झण्डै पाँच दर्जनजति तस्वीर हेरेपछि, मैले सुझाएँ – “हैन, तिमी त मोडल बन्ने खाले केटी रहिछ्यौ । मोडलिङमा ट्राइ गर्दा हुन्छ नी !” उसले केही पनि बोलिने । मैले केही साहसका साथ आफ्ना तस्बीरमा ब्यक्त गरिएका प्रतिक्रियाहरु हेर्दै गरेकी उसको गाला मुसारिदिदै फेरि भनेँ – “हैन, तिमीलाई मेरो कुरा मन परेन ?” ऊ लाजले थोरै राती हुन थाली । मैले चाँहि आफू भित्रैदेखि फुल्दै आएजस्तो महशुस गरेँ । उसले असहमती जनाई – “मोडलिङ मन पर्दैन मलाई !”
“ए !” मैले निराश हुँदै भनेँ ।
मैले फेरि मोबाईलामा नजर पु¥याएँ । २ बजिसकेको थियो । भनँे – “हैन, अब त सुत्नुपर्ला !”
“भोली शनिबार के काम छ र हजुरको ? किन आत्तिनुभएको हजुर सुत्नलाई ?” बेसरम उसले भनी । मैले जवाफ फर्काइनँ । एकछिनपछि ऊ आफैले बोली – “सुन्नु न साँच्ची, मेरो साथीले भनेकी इन्टरनेटमा त केके हेर्न मिल्छ रे नी है ? हेरुम न हामी पनि ।”
“खै, मैले पनि हेरेको छैन तर हेर्न चाँहि मिल्छ ।” एकदम भलादमी हुँदै मैले जवाफ दिएँ । उसले उत्सुक हुँदै ल्यापटप मलाई थमाई । मैले गुगल गरेँ । लाखौं भिडियोका लिङ्कहरु भेटिए । त्यसमध्ये उसले भर्खरै लिक भएको नेपाली चलचित्रकी एक सुन्दर नायिकाको सेक्स टेप हेर्न चाहना गरी । मैले त्यही भिडीयो खोलिदिएँ । उसले खुब चाखपुर्वक भिडियो हेर्न लागी ।
पिसाबले निकै चापेकाले मैले सोधेँ – “ट्वाइलेट कता छ ?”
“यसो आँखा लगाउनु न ऊ त्यही कुनामा छ त । यो एट्याच रुम हो ।” अझ झन मलाई बिल्लाउँदै भनी – “पिसाव लाग्यो कि ...?” म चर्पीको ढोकामा नपुगिन्जेल उसको हाँसो थामिएन ।
म चर्पीबाट बाहिर निस्केपछि उसले बत्ती निभाउन अ¥हाई । मैले सोही बमोजिम गरेँ । ल्यापटपको स्क्रिनमा चर्चीत नायिकाको एकदम नीजि कार्यालापहरु चलायमान भैरहेथे । उसले खुब सन्तुष्टि मानेर हेर्दै थिई । मैलेपनि उसँगै हेरेँ । स्क्रिनमा त्यो दृश्य चलिरहँदा त्यसको प्रभाव विस्तारै मुस्ताङचोकसम्म आईपुग्यो । ५ मिनेटको गल्लीहुँदै त्यो भान्छा अनि हामी दुई जवान युवायुवती बसेको ठाउँसम्म आईपुग्यो ।
बिहान उठ्दा ल्यापटप हिजो राती उसले भुँइमा बनाएको विछ्यौनामा थियो । अनि ऊ र म चाँहि मलाई बनाएको विस्तरामा ।

( आन्दोलनमा हराएकाहरूको सम्झनामा - आमाको वेदना )
अक्षरहरू टेकेर पन्नाको धर्तीमा
कलम कोर्दैछु डोवहरूको
अन्न्यायाका खाटाहरूले पिरोल्छ
मेटिएन त्यो तृष्णा न्यायको

अँझै भोक पस्कदै छु
मायाँ त निर्जीव भै सक्यो
खोइ किन हो मायाँ भएत आउनु पर्ने हो
रुँदा आँशु आउदैन आजकल
निस्पट्ट अन्धकारहरुमा
चुकुल खोलेर आग्लो उघारें
फर्किएन खोइ फर्किएन

यो कथा बिरहको हो यो कथा मुटुको हो
यो कथा मेरो आफ्नै माटोको हो
यो कथा मेरो आफ्नै बारीको हो
विचार नमिलेर रगत फाटेको कथा हो
यो कथा मेरो आफ्नै खलोको कथा हो
बा हराउदा छोरो खोज्न गएको कथा हो
छोरो हराउदा बा खोज्न गएको कथा हो
यो शुन्यताको कथा हो

बिचारको खेतीमा तर्क नभएर
तरबार रेटिएको कथा हो
मान्छेको मान्छेसँग यातना र बन्दुक बोलेको कथा हो
खोइ त आभास ऊ भएको नभएको
लाम्टाहरू सुकेर आँशु सगै
अब क्षितिज मात्र देखिन्छ
आँगन आकाश शुन्य भो
पर्खिएर हेरें
म अलमल्ल भएँ
अब त मेरो आँशु सुकी सक्यो
अब त मेरो विस्वास मरी सक्यो

इन्क्लावमा उठेका हातहरू
पडक्क भाँचिए
कलमहरू थिए पन्ना भर्ने ती पनि मासिए
चौबन्दी नै कस्न नपाइ कति अबलाहरू नासिए
घरमा सल्लाह हुदै थियो अर्को साल
गुन्यु चोलो दिने भनेर

मान्छे राक्षस भयो
त्यहाँ पनि भनियो बिचार मिलेन
बिन्ती छ अब कतै हुन्छ भने
कसैको छोरो नहराओस
बाबु कसैको परदेश नलागोस्
अबलाको चित्कार कसैको स्वाद नबनोस
रुँदा आँशु आउदैन आजकल
रगत धेरै बगी सक्यो !!
-----------------
( आन्दोलनमा हराएकाहरूको सम्झनामा )
“बुबा ! अब त मलाई एउटा दामी मोबाइल किनिदिनु पर्छ नि !” छोरीको वाक्य पूरा नहुँदै छोरो बम्कियो-“मलाई पनि अब त मोटरसाइकल किनिदिनु पर्यो, कत्ति यो थोत्रो साइकल चढ्नु ?” पालो अब पत्नीको आयो, उनी पनि के कम-“यसपटक भने मेरो पनि खाली गला सिक्रीले भरिने भो !”
अर्थमन्त्रीको बजेट भाषण टेलिभिजनमा सुन्दासुन्दै परिवारका सदस्यहरूले आ-आफ्ना मागपत्र भटाभट तेस्र्याए । हँसिलो मुहारको सहकर्मी शिक्षक मित्र पल्लो घरबाट आएर हतारिंदै बोल्यो-“बजेट भाषण सुन्नुभो सर ? हाम्रो तलब दश प्रतिशत बढ्यो नि ! ”
सबैजना खुशी भएको त्यो रमाइलो परिवेशमा उसलाई आप्mनो यथार्थ अभिव्यक्ति दिन निकै अप्ठ्यारो भयो । निरुत्तर भएर नाजवाफ बस्नु त भएन । छोरी,छोरो,पत्नी र मित्रतिर हेर्दै उसले पनि आप्mनो मनोभावना पोख्यो-“तलब सियोजति बढ्यो भने महङ्गी फाली जत्रो । अर्थात् दश प्रतिशत तलब बढ्दा महङ्गी तीस प्रतिशत । बढेको तलब हामी शिक्षकले चारमहिनापछि असोजमा मात्र पाउँछौं भने महङ्गीचाहिँ आजै साउन एक गतेदेखि नै बढिसक्यो !”
खुइ्यया गर्दै त्यो शिक्षक डङ्रङ्ग ओछ्यानमा पल्टियो ।
रामविक्रम थापा
फाक्टाङ-२, कृष्णगर्त, खोटाङ
मो.नंं ९७५३००४३६०

Newer Posts Older Posts Home

add

Recent Updates
Recomment to Your Friends
Current Views
Popular Posts
  • गजल.......।
  • सबैलाई रुवाउने कश्मीरी बालिकाको यो तस्बिर
  • चन्द्र भट्ट 'राजाका' मुक्तकहरु .........
  • दक्षिणका सडक धुलाम्मे, रोगको सिकार बन्दै जनता
  • इभाना मानन्धरलाई मिस नेपालको ताज,यस्तो देखियो रौनक....
  • यी हुन चर्चित दश नेपाली चलचित्र
  • एक वर्षपछि नेपालमा गयो नयाँ भूकम्प, केन्द्र सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ ।
  • खाएरै, खेलेरै बढ्यो ज्यान,........,
  • यी १० जनावरहरूको बारेमा रोचक तथ्य !
  • चितुवाको छाला र हड्डीसहित भारतमा बैतडीका एक जना पक्राउ ।।
Labels
  • अनौठा कुरा
  • अन्य
  • आजको फोटो
  • कविता
  • गजलहरु
  • ज्ञानगुनका कुरा
  • डोट्याली गित
  • प्रेम पत्र
  • महत्वपूर्ण लिंकहरु
  • मुक्तकहरु
  • यौन कथा
  • रेडियो कार्यक्रम
  • लघु कथा
  • लेख
  • समाचार
Blog Archive
  • ▼  2017 (1)
    • ▼  December (1)
      • सबैलाई रुवाउने कश्मीरी बालिकाको यो तस्बिर
  • ►  2016 (12)
    • ►  September (1)
    • ►  August (1)
    • ►  May (3)
    • ►  April (7)
  • ►  2015 (74)
    • ►  December (2)
    • ►  May (1)
    • ►  April (31)
    • ►  March (36)
    • ►  February (4)
Copyright © 2015. Blogger.com. All rights reserved.
Home