• Main Page
  • Progrme
  • Muktak
  • Gazal
  • Business
  • Khelkud
  • Filmy Khabar
  • Youn
  • VDO
  • BLOG
  • Entertainment
  • Contact
 01.
धेरै खोजे तर थोरै कही पिर भेटीएन
सोधे उसलाई भन्छ, तकदीर भेटीएन
कोही धेरै खुसी छन कोही झन दुखी
हाँसो आँशु यि कहील्यै स्थिर भेटीएन ।

02.

शब्दहरुको भण्डार मेरो मुक्तक हरायो
सधै दिल भित्र सवार मेरो मुक्तक हरायो
अनेक बहानामा मन भित्र खेलीरहन्थ्यो
भयो जिवन नै बेकार मेरो मुक्तक हरायो ।।                                                                                                                                                       Chandra Bhatta 'Raja'
03.

जिवन अक्सर कहिल्यै खास रहेन
समय पनी खै सधै एकनास रहेन
सम्बन्धहरु छान्न नजानेरै होला
फीरन्ते बनायो बस्ने बास रहेन ।


04.

खुशी को त कुनैपनि पल भईदिएन
जिवन नि कहिल्यै सफल भईदिएन
थुप्रै संका र उपशंकाका हिसावहरु
जती कोशिस गरेनी हल भईदिएन ।


05.

दिन नै अँध्यारो घर सम्झँदा
जन्मभूमी प्यारो घर सम्झँदा
अर्काको काम दिन को मजुरी
सधै अफ्ठ्यारो घर सम्झँदा ।।


06.

सोचे जस्तो सबैको मन हुने भए
अलग मुटुको एक धडकन हुने भए
किन दुःखी हुनेथे र कहीं कोही
चाहे जस्तो कसीलो बन्धन हुने भए ।


07.

आफू बस्ने नि मेरो घर रहेन
मैले बस्ने चौतारीको बर रहेन
आश कोही कसैको नभएरै होला
अव त बाँकी कुनै रहर रहेन ।


08.

न माग ति सुनका चुरा मसंग
जिवन कथा छन अधुरा मसंग
झन दुख्छ छट्पटिन्छ हीया
नसोध अव उनका कुरा मसंग ।


09.

कती दुखाउछौ मन दुखाएर हुदैन
दुखहरु सधै तिमीलेँ लुकाएर हुदैन
कोही छैन झर्ने यो आँशु पुछ्ने नि
बेकारमा अव आँशु बगाएर हुदैन ।


10.

भएको छ उनकोे मालामाल भएको छ
मलाई भने ठीक उल्टोे चाल भएको छ
उता अहीले ठुलो महलमा छिन उनि,
यहाँ मेरो चाँही हाल वेहाल भएको छ ।


11.

मेरो जस्तै अक्सर उसको पनि मन भैदीए
आफ्नाहरुको म प्रतीको आफ्नोपन भैदिए
सधै भत्कीएरै यहाँ हिड्ने नै थिएन म पनि
मैले सोचे जस्तै सधै मेरो जिवन भैदिए ।


12.

कस्तो हुन्थ्यो मान्छे धडकन नभए
अँझ उ संग मायालु मन नभए
चाँदनी बिनाको चन्द्र अधुरो रहनेछ
दुबैको अव एउटै बन्धन नभए ।


13.

रुप अनेक तिम्रो एकातीर सान गजवको
हरेक ठाँउमा पाउने सम्मान गजवको
कुन नाताले सम्मान गरु म तिमीलाई
छुट्याउनै नसक्ने तिम्रो सन्तान गजवको ।


14.

जित भएन मेरो सधै हार भइरहन्छ ।
कहिल्यै हैन लगातार भइरहन्छ
तिमी संगको यो अन्यौल्ता किन खै
अन्त्य भएन यो बारबार भइरहन्छ ।


15.

हेर तिम्रोे मेरो सुन्दर घर बनाउनु पर्छ
हामी दुईको अव एउटै थर बनाउनु पर्छ
महलहरु गाँउलाई अचेल हेला अर्छन अरे
गाँउलाई पनि सुन्दर सहर वनाउनु पर्छ ।


16.

तन दिनेछु अनि मन दिनेछु
जे जे माग्छौ हरदम दिनेछु
मलाई सधै साथ देउ मात्र
ढुक्क हौ सारा जिवन दिनेछु ।


17.

यसै गरी बिताईदिन्छु दुई दिनको जिन्दगी
आनन्द निदाईदिन्छु दुई दिनको जिन्दगी
लुकी लुकी यतै कतै रोईदिउला सुस्तरी
हाँसो म लुटाईदिन्छु दुई दिनको जिन्दगी ।


18.

मनको कुरा मनमै लुकार होला
अनि एकान्तमै आँशु बगाएर होला
अव त नजीक नै हुन चाहान्नौ रे
सायद मैले तिम्रो मन दुखाएर होला ।


19.

मलाई मेरो दिल दिलाएर जाउ
फाटी सक्यो मन सीलाएर जाउ
घरी घरी यादहरु आई दिन्छन आउ
सक्तिन बाँच्न बिष पिलाएर जाउ ।


20.

कतै तिमीबाट म पार भए भने ।
नजिक भएर नि बेकार भए भने ।
के गरेर दिन बिताउलीउ र खै,
तिमी माथी नै उल्टो भार भए भने ।


21.

मैले बस्ने चौतारिको बर ढल्यो क्यारे
दरीलो दुई मुटुको घर ढल्यो क्यारे
अचेल त तिनै गाँउघरका कुरा गर्छीन
आलिशान महलहरुको शहर ढल्यो क्यारे ।


22.

उसकोे ठुलो सपना साकार भएको छ ।
मेरो जिवनको कुरुप आकार भएको छ ।
जलेको नै मन लिई एक्लै बाँच्नु पर्दा,
माया त मेरो लाई हाहाकार भएको छ ।


23.

तिमी भन्दा पहिला मैले, मरे भने ।
फुल्नै नपाई यतै कतै, झरे भने ।।
अर्कै संसार बनाउछु भन्छौ रे मैले,
यो धर्ती बाट अन्त कतै, सरे भने ।।।


24.

जिन्दगीमा कोही, खास नहुँदा ।
बस्ने कही आफ्नो, बास नहुँदा ।।
बाँच्नै मुस्कील भईरहेकोछ यहाँ,
अझै उसको याद, विनास नहुँदा ।।।


25.

जाने हरु सब गए, छोडेरै गए ।
सम्बन्ध पनि आफैै, तोडेरै गए ।।
आए पनि कती सम्वन्धहरु त,
अरु संग नै साथ, जोडेरै गए ।।।


26.

उसलाई पाउने अव कुनै, आश रहेन ।
एक्लै जिउन सक्ने नि, साहास रहेन ।।
उसकै लागी चल्ने यो धडकन पनि,
अव यस्तो लाग्छ कुनै,  खास रहेन ।।।


27.

मायाको छुट्टै एउटा आकार बनाउने छु ।
तिम्रो लागी अलगै उपहार बनाउने छु ।
देख्ने हरु सबै याँहा चकीत पर्ने गरी,
तिम्रो लागि अलग्गै संसार बनाउने छु ।।।


28.

बिल्कुलै नयाँ संसार बनाएर ।
उ गई मलाई वार न पार बनाएर ।
अहीले उ ठुलो महलमा बस्छे,
आफ्नो जित मेरो हार बनाएर ।


29.

सम्झीनु नि मुस्कील भएको छ,
मर्नु न बाँच्नु बारबार बनाएर ।
के गर्यौ तिमीले हे जगत पिता,
ज्यानै लिने कस्तोे प्यार बनाएर ।


30.

जुनेली मलाई त्यो रातमा नखोज्नु ।
मेरो माया अर्काको साथमा नखोज्नु ।।
जिउदै जलाएर खरानी बनाएपछी,
केही छैन बाँकी मसानघाटमा नखोज्नु ।।।


31.

उसकोे ठुलो सपना साकार भएको छ ।
मेरो जिवनको कुरुप आकार भएको छ ।
जलेको नै मन लिई एक्लै बाँच्नु पर्दा,
माया त मेरो लाई हाहाकार भएको छ ।


32.

आफ्नो दिलमा उसले मलाई बास गराएपछि ।
फेरी दरीलो सधै साथ दिने आश गराएपछि ।।
टुक्री सकेको मनलाई नि बटुल्ने प्रयास गरे,
परेवा जोडी हाम्रो भनी बिश्वास गराएपछि ।।।


33.

जिन्दगीमा कोही, खास नहुँदा ।
बस्ने कही आफ्नो, बास नहुँदा ।।
बाँच्नै मुस्कील भईरहेकोछ यहाँ,
अझै उसको याद, विनास नहुँदा ।।।


34.

जाने हरु सब गए, छोडेरै गए ।
सम्बन्ध पनि आफैै, तोडेरै गए ।।
आए पनि कती सम्वन्धहरु त,
अरु संग नै साथ, जोडेरै गए ।।।


35.

उसलाई पाउने अव कुनै, आश रहेन ।
एक्लै जिउन सक्ने नि, साहास रहेन ।।
उसकै लागी चल्ने यो धडकन पनि,
अव यस्तो लाग्छ कुनै,  खास रहेन ।।।


36.

सक्छौ भने त आउ मेरो, आश बनेर ।
कठीनाईमा मैले जित्ने, शाहास बनेर ।।
कोही छैन मेरो त यो बिरानो सहरमा,
आउ न प्रीय तिमी छीट्टै, खास बनेर ।।।


37.

याद आयो कुनैबेला म, रोएको दिन ।
नरोउ भनि उनले मलाई, छोएको दिन ।।
खुब दुखः लाग्छ अझै पनि सम्झदा,
फर्किन्छु छिटै भनी उनि, गएको दिन ।।।



38.

अब त एक्लै, जिउनु परेको छ ।
मन नि एक्लै, सिउनु परेको छ ।।
यसो नगरु उसो नगरु भन्छु तर,
नसकि मदीरा, पिउनु परेको छ ।।।


39.

कतीपय याद हरु आफै, जुटेपछि ।
आफ्नै मन अन्त कतै, छुटेपछि ।।
कोही छैन जस्तो लाग्छ आफ्नो ,
आफ्नाले नै आज कर्म, लुटेपछि ।।।



40.

पाउने पनि छन, गुमाउने पनि छन ।
सुहाउने अनि, नसुहाउने पनि छन ।।
यात्रा हो उ त छुट्टीन्छ नै दोबाटोमा,
त्यहीे अस्ताउने, उदाउने पनि छन ।।।।



41.

जित मात्र होईन कहिले, हार हुन सक्छ ।
अक्सरै नभई यस्तो, बारम्बार हुन सक्छ ।।
मेरो जिवन मेरो माया नभन उसलाई,
बिग्रे तिमै्र घाँटी रेट्ने, तरवार हुन सक्छ ।।।



42.

उ त आजभोली, प्यारले हारेको छ ।
उल्फत उसको, अहंकारले हारेको छ ।।
गर्छु भन्थ्यो के के न अव म याँहा,
उल्टै उ एक्लो, संसारले हारेको छ ।।।



43.

मैले भनेका शब्दहरुमा, रिस पालेपछि ।
भने जस्तो नहुँदा कही, ईस फालेपछि ।।
कती दिन चल्ला र यो जिवन तिमीले,
मैले खाने अमृतमा नै, बिष हालेपछि ।।।


44.

मैले वस्ने सीतल, छाया तिमीभए ।
अक्सर मैले गर्ने, माया तिमीभए ।।
जस्तो सुकै बाधा नि पन्छ्याउथे ,
सधै मेरो, दाँया बाँया तिमीभए ।।।



45.

भन मात्रै तिम्रा लागी तारा नी दिन्छु ।
जे जे माग्छौ सारा सारा नी दिन्छु ।।
आफ्नाहरु तिमी बाट टाढा भएपनी,
उनीहरुको भन्दा दरीलो साहारा नि दिन्छु ।।।



46.

तिमी नभएनि जसो तसो, चलेकै छ ।
बाहिरी हाँसे नि भित्री मन, जलेकै छ ।।
अरु हरु संग नजिक हुन नसकेनि मैले,
तिम्रो लागी भने यो दिल, गलेकै छ ।।।



47.

सधै जसो उसै गरी, आउछौ तिमी ।
फेरी सम्झाई धेरैै, सताउछौ तिमी ।।
सम्झीरहने बानी कसैगरी छोडु भन्छु,
किन यादहरु यता, पठाउछौ तिमी ।।।



48.

आएको थिए म, उनलाई भनेर ।
लाए थिए माया, उनलाई भनेर ।।
सारा देवि देवता नै साँछी राखी,
खाएथे नि कशम, उनलाई भनेर ।।।



49.

मैले वस्ने, सहरमा उनी छिन ।
मेरा हर, रहरमा यनी छिन ।।
ढुंगा र माटो जस्तो हाम्रो माया,
मेरा सब, वहरमा उनि छिन ।।।



50.

भन मात्र तिमी, टाढा नी बनाईदीन्छु ।
खोसीएको माया, गाढा नी बनाईदीन्छु ।।
एक्लो जिवन बिताउने नसीबै छ भने त ,
फूल जस्तो जिवन, काँडा नी बनाईदीन्छु ।।।



51.

मन भरी उसकै ठुलो, पिरले बिगारेको छ ।
उसकै लागी सधै झुक्ने, शिरले बिगारेको छ ।।
जिन्दगीले नि कस्तो खेल खेल्यो मसंग अक्सर,
आफ्नै यस्तो उल्टो, तकदीरले बिगारेको छ ।।।



52.

सोचे जस्तो हुन्न जिवन टाढा भएपछि ।
साथ दिन्छु भन्नेले नै छोडि गएपछि ।।
तिम्रो यादमा टोलाएर बसेको छु यहाँ हेर,
कति आसु झर्ला तिमीलाई अरुले लएपछि।



53.

दिन गन्दै ढलेको जिन्दगी यो ।
यसो भन्दै चलेको जिन्दगी यो ।।
खै कसलाई पो गुनासो गरुँ,
पिरै पिरले गलेको जिन्दगी यो ।।।



54.

बाँधेको मेरो मन, फूकायौ किन ।
अहीले आएर मन, दुखायौ किन ।
सपनाकोे घर सजाए थे मैले नी ,
उल्टै मेरै शिर, झूकायौ किन ।।।



55.

फाटेको एक्लो यो मन सिउछु जसो तसो ।
बिषनै छ अमृत सरी पिउछु जसो तसो ।।
माया थियो आशा थियो सव सपना भएछ,
छोडिहालेउ अव एक्लै जिउछु जसो तसो ।।।



56.

टाढा त कहीलै कतै हुनै, दिन्न तिमीलाई ।
मलाई सजीलै त भुल्नै, दिन्न तिमीलाई ।।
मन संग त नजिक छु, उसो टाढा भएपनि,
अर्कोे दिलमा सहजै फूल्नै, दिन्न तिमीलाई ।।।



57.

आफ्नै सँग छुट्न कहाँ सक्छु र।
आफ्नै छाती चुट्न कहाँ सक्छु र ।।
उस्ले जस्तै मैले नि गर्नु पर्छ रे,
सिसा जस्तै फुट्न कहाँ सक्छु र ।।।



58.

तिम्रो तस्बिर हर सहरमा देख्छु म ।
तिमिलाई अक्सर हर रहरमा देख्छु म ।।
एकान्तमै टोलाएर बसेपनि याँहा सधै,
तिम्रो मुहार हर प्रहरमा देख्छु म ।।।



59.

उद्धारकर्ता मायाको नजिक, मन भएपछि ।
घटायो माया उसले नजीकै, धन भएपछि ।।
पिडित हुनुको एउटै कारण थियो मेरो उता,
पिडाको मूल जड नै, आफ्नोपन भएपछि ।।।



60.

यहाँ एक्लै कैयौँ, रुने पनि छन कोही ।
हजारौमा एक्लो, हुने पनि छन कोही ।।
दिउसै देख्न त देख्छन थुप्रै ले सपना,
अनायासै मन छुने पनि छन कोही ।।।



61.

उसका लागी मनको सुन्दर, दरवार भएपछि ।
साथ दिन्छु भन्थी उ त्यस्तै, घरवार भएपछि ।।
भन्न सम्म भनि उसले श्रोता झै म सुनीरहे ,
दुख्छ मुटु अनायासै प्रहार, बारम्वार भएपछि ।।।



62.

एक्लो उसले मलाई यसै अक्सर, छोडेपछि होला ।
साथ छुट्यो आज बाटो उसले, मोडेपछि होला ।।
म पराई थे कोही आफ्नो भयो उसको सायद,
कही उसले निकै बलीयो साथ, जोडेपछि होला ।



63.

उसको र मेरो साथ एका देशको, कहाँनी भएर हो ।
पछारीए म उसको कोही नयाँ, जिन्दगानी भएर हो ।।
उ गएपछि आफु बिल्कुलै एक्लो महसुस गरीरहेछु ,
अझ पनी उसैलाई सम्झीने मेरो, बानी भएर हो ।।।



64.

न मेरो न त, उसको जित भयो ।
म संगै आज उ, अपरीचित भयो ।।
उसको र मेरो, कस्तो सम्वन्ध यो,
एक्कासी आज, कपोकल्पीत भयो ।।।



65.

आउदैछ उ कहीवाट, अलपत्र भएर ।
सपना सारा उसका, एत्रतत्र भएर ।
राम्रै थियो उ, एकाएक बर्बाद भएछ,
माया,प्रेम यता उता, सर्वत्र भएर ।।



66.

उ संगको सहयात्रा, भएरै हो म यस्तो ।
आफ्नै जिद्दीमा ऊ, गएरै हो म यस्तो ।।
न उसलाई चिने सायद, न उसले मलाई,
उसलाई छोडि एक्लो, रहेरै हो म यस्तो ।।



67.

एक्लै जिउन मील्ने एउटा, परिवेश हुँदो हो त ।
संगसंगै उसको साथ पनि, विशेष हुँदो हो त ।।
कमी महसुस केहीको हुदैनथ्यो फेरी त्याहाँ,
जिवन हाँक्न सक्ने एउटा, उपदेश हुँदो हो त ।।।



68.

जिवनको प्रसंगमा एउटा,दवाव हुनुपर्छ ।
सबको विचारमा आ-आफ्नै,रवाफ हुनुपर्छ ।।
तव मात्र भन्न सक्छु,उत्तर पाए त्याँहा,
जिन्दगीको नै चित्तबुझ्दो,जवाफ हुनु पर्छ ।।।



69.

बेहोस हुने सबैको,चाहाना हुदैन ।
भैहाले साहित्यको कुनै,वाहाना हुदैन ।।
साहीत्यले सबको मन,पगाल्छ तर,
त्यो पनि सबैको याँहा,दिवाना हुदैन ।।।



70.

माया गर्न जसले ,सिकाउने गर्छन ।
विस्तार विस्तार मन, भिकाउने गर्छन ।।
कसरी भुलाउन सकिन्छ र जसले ,
अली अली भएनी माया, देखाउने गर्छन ।।।



71.

सके जति घात, दिन्छ पिरतीले ।
एक्लो देखी लात, दिन्छ पिरतीले ।।
लात र घातको खेतीन हो यसको,
तर कहीले साथ, दिन्छ पिरतीले ।।।



72.

समाज वनायो मान्छेले नै, सहर वनायो ।
विकाश संगै संगै एउटा त्यस्तो, रहर वनायो ।।
एक अर्काको मीत्रता यती सम्म भुले कि,
मान्छे ले नै मान्छे मार्ने, जहर वनायो ।।।



73.

छुट्टीनु त छ नै एकदीन ,भेटीएपछि ।
जिउने एक्लो साहारा नै ,लुटीएपछि ।।
जिवन त चलाउँला यसै ,जसोतसो तर ,
खुसी त कहाँ हुला, मवाट ,छुटीएपछि ।।।



74.

मुटु त भित्र भित्रै आफै जल्छ नै, राप दिएपछि ,
बाँच्नु त कसरी सक्छौ, तिमीलाई धराप दिएपछि ।।
उसले के चाह्यो, तिमीले के दिएथ्यौ उसलाई ,
जानु त थियो नै तिमीले उसलाई, दवाव दिएपछि ।।।



75.

फूल मात्र नभई कतै, काँडा हुन सक्छ उ,
तिमी मा नै समर्पीत, टाढा हुनसक्छ उ ।
कत्ति विश्वास गर्छौ, उसलाई र आफूलाई,
सोचेनौ कहीले एक्लो,डाँडा हुन सक्छ उ ।।।


76.

जिउछु भन्छु तर अव, जीउने आधार छैन ।
विस प्याला नि एक्लै, पिउने आधार छैन ।।
एक्लो सहर एक्लो पन, एक्लो भएछु म ,
फाटेको मन नि अव, सिउने आधार छैन ।।।



77.

जिवन जिउने एउटा आधार भएपछी
सम्वन्ध पनि अर्को विस्तार भएपछी
कस्तो सहजता हुन्थ्यो त्यो यात्रामा ,
खुशीको अर्को एउटा वहार भएपछी ।।।



78.

जिन्दगीले नि आज अन्तै बाटोे मोडेको छ ।
बाचा त कहाँ यसले त, नातानै तोडेको छ ।,
उपहार दियो होला चोट, मात्र यसले सायद,
यात्राको शुभारम्भमै ल्याइ, एक्लो छोडेको छ ।।।



79.

उज्यालो दिने पुर्णिमाको जुनमापो छौ कि त ।
संगीतको त्यो मिठो धुनमापो छौ कि त ।।
कता खोजु एक्लै यो विरानो सहरमा अव ,
कतै अमुल्य त्यो सूनमापो छौ कि त ।।।



80.

जिन्दगीमा कहीले काँही , हाँस्न जान्नुपर्छ ।
दुखः पिडा संगाली आफू , बाँच्न जान्नुपर्छ ।।
ठग्छ,सताउछ कसैले , जिन्दगीको सफरमा ,
याद न हुन यी ,जसो तसो साँच्न जान्न्ुपर्छ ।।।



81.

कति दिन चल्ने हो बाससँगको लडाइँँ
अँझै पनि जारी छ गाँससँगको लडाइँँ
राजनीतिका जलप धारी चोकैभरि छन
छोड अब गर्नलाई लाससँगको लडाइँँ



82.

कसरी आयोे याद आज छोडेर जानेलाई ।
छोड साथ भन्दै नाता तोडेर जानेलाई ।।
किन याद पठाउनु पर्यो फेरी यसरी ।
सीसा जस्तै मित्रतानै फोडेर जानेलाई ।।।



83.

जिन्दगीमा सपना देख्न, छोडे रानी आज ।
मनका सबै नाताहरुलाईनै, तोडे रानी आज ।।
एउटै यात्रा थियो मेरो जसमा रमाएकै थिए,
त्यो पनि सकियो अनि, एक्लै रोए रानी आज ।।।



84.

लीएको थे याद, बाँच्नको लागी ।
दिएको थे माया, साँच्नको लागी ।।
चाहे मरे थे, या त चाहे जिउदो,
गएको थे पीडा, भाँच्नको लागी ।।।



85.

दिन भन्दा पनि, रातको चिन्ता ।
रात रित्तो भयो, साथको चिन्ता ।।
एक्लो थिए, मन त सम्हाले बल्ल,
फेरी बहुलाउने, मातको चिन्ता ।।।



86.

अरुको भन्दा आफ्नै रीत आफ्नो लाग्छ
हार भित्रको कहिले जित आफ्नो लाग्छ
सम्बन्ध भित्रको स्वाद चाखेर भन्नु पर्दा,
परिचीत भन्दा अपरिचीत आफ्नो लाग्छ ।



87.

उज्यालो दिने तिमी जुन बने पुग्छ
साहारा बिहीन लाई गुन बने पुग्छ
महलको हिरा कहील्यै नबन्नु बरु
झुपडीमा गरीबलाई नुन बने पुग्छ ।



88.

आउछन फेरी कतै जान्छन उनीहरु
बाचा अनि कसम खान्छन उनीहरु
कोलाहमा रही मौन बस्न खोजेपनि
आखीर मुटु झीकी लान्छन उनीहरु ।


89.

शीकार गर्ने मेरो तिर विकेन
सधै घोचीरहने यो पिर बिकेन
मलाई वार पार बनाईरह्यो सधै,
खोटोको खोटै यो तकदीर बिकेन ।



90.

आउछन फेरी कसम खान्छन उनीहरु
केही दिन्छन अनी केही लान्छन उनीहरु
लानेबेला त यादहरु पनि संगै लैजान हुने,
तर त्यो यतै छोडेर जान्छन उनीहरु ।



91.

जाँदैछौ जाउ कहिल्यै बाटो नभुल्नु
आफु जन्मेको हुर्केको माटो नभुल्नु
श्राप लाग्ला है फेरी आमा वुवाको
बल्झीरहने घाउको खाटो नभुल्नु ।



92.

साँच्चै जिउन लाई त माया हुनुपर्छ
सहयोगी हातहरु दाँया बाँया हुनुपर्छ
थाकेपनि जीवनमा सुस्केरा हाल्नलाई
बर–पिपलको सीतल छाँया हुनुपर्छ  ।



93.

कती बखान गर्नु त्यो सधै जुनको बारेमा
बहुमुल्य हिरा मोती अनि सुनको बारेमा
साईनो कती जोड्नु अझै यो कलम संग
गाउछु आज एउटा गित उनको बारेमा ।



94.

त्यो बिछोड पछिको चोट देखाएर गई
माया मागे मैले उ नोट देखाएर गई
चन्द्रमा छुने सपना भएर होला मेरो
प्रेमी थिए म उल्टै खोट देखाएर गई ।



95.

बनाउछु म उ सधै भत्काउन खोज्छ
बारबार मलाई मात्रैै सताउन खोज्छ
मेरो जीवन हो म जे सुकै गरु भन्छु
खै किन मै माथी सासन चलाउन खोज्छ ।



96.

आफू हिड्ने बाटो आफै बनाउन खोज्छु
उ भत्काउछ फेरी पनि समाउन खोज्छु
मेरो सम्पत्तीलाई कहिले आफ्नो सम्झेन
उडार्ई दिन्छ उ म अझै कमाउन खोज्छु ।


97.

प्रेमले आज मलाई पापी बनाएको छ
भागीलाई उसले अभागी बनाएको छ
सुखी भई जिवन बिताउन खोजेको थे
साथै छड्यो उसले पारी बनाएको छ ।


98.

म नमात्तीने कुनै त्यस्तो रात रहेन
मलाई दिन सुहाउने सौगात रहेन
समाजले पहीलैै पागल करार गरेको छ
परीचय खोल्न मसंग कागजात रहेन ।


99.

साथी हैन बरु दासी बन भन्छ
खै किन हो एक्कासी बन भन्छ
दुनीयाका सब थोक छोड अव
बन मात्र तँ बिलासी बन भन्छ ।


100.

छैन खुसी मनमा आँशुको बर्षात छ
के भयो जिवनमा आँशुको बर्षात छ
सधै उग्र रुप खटाई रहन्छीन उनी
सन्चो छैन बन्धनमा आँशुको बर्षात छ ।


101.

म एक खोज्छु अर्को भईदीन्छ ।
पिडक आफ्नै घर्को भईदिन्छ ।
सम्बन्ध पनी कस्तो नमीलेको,
नुन थुप्रो भएझै चर्को भईदीन्छ ।


102.

थियो एउटा जिन्दगी नि पार लागेको छ
एक चोटी हैन चोट बार बार लागेको छ
कुनै दिनको फूल जस्तै हलुङ्गो जिवनपनि,
कसै गरे नि आजभोली त भार लागेको छ ।


103.

भत्रै बाट मनैदेखी जलन भैदीन्छ
मल्हम लगाउछु अझ झन भैदीन्छ
तिम्रा बोल्ने शब्दहरु सम्झीरहँदा
जिउदै मरे जस्तो जिवन भैदीन्छ ।।



104.

साथी बनाओस मलाई घाती नबनाओस
एउटै छानामुनी अन्तरजाती नबनाओस
जिवनभरी तिमीसंगै रमाउने आशामा छु
तिम्रो मायाले कहील्यै अपराधी नबनाओस ।



105.

आमा तिम्रो साह्रै यादले झस्काउछ घरीघरी
अनि न्यानो तिम्रो काखले झस्काउछ घरीघरी
तिम्रो अभावमा प्रबासमा छोरो एक्लो भएछ,
तिमीले खुवाएको भातले झस्काउछ घरीघरी ।



106.

कोही कसैलाई खास छैन भन्छ उ
समय पनि एकनास छैन भन्छ उ
मान्छे एक र रुप अनेक भए देखी
छैन अव त बिश्वास छैन भन्छ उ ।



107.

कोहि आफ्नो अशल मीत्र नभएर
भरोसावान मान्छे मन भित्र नभएर
जती छन सबै दुःखीत छन अचेल
सबैको एउटै दिल चरीत्र नभएर ।


108.

साँचो माया नभएर पो गुनासो छ
कसैलाई दया नभएर पो गुनासो छ
जती आउँछन दिल तोडेरै जान्छन
साथ दाँया बाँया नभएर पो गुनासो छ ।


109.

जिवन एक मान्छेको रुप अनेक
स्वभाव झनै कस्तो खुव अनेक
जिन्दगीका अनेक दस्ताबेजहरुमा
मुख एउटै तर यहाँ भुख अनेक ।

110.

सम्बन्धले सम्बन्धलाई दूर बनाएपछी
सपनाहरुनी सबै चक्नाचूर बनाएपछी
आगो लगाईहाले त के बच्थ्यो र घर
उजाड्ने योजनानै भरपूर बनाएपछि ।

111.
अक्सर अबुझ यो मन भैदिन्छ
सोच्दै नसोचेको जीवन भैदिन्छ
तिमी सधै आकाश छुन्छु भन्छौ
मुटु काँप्छ झन जलन भैदिन्छ !!!

112. 
भेटिन्न तिम्रो साथ निदाउन खोज्छु
बहकाउछ यो रात निदाउन खोज्छु
कहिले त जिन्दगी पनि छोटो लाग्छ,
पिउदा हुन्छ राहात निदाउन खोज्छु !!
                                                                                  113                                                                            तिमी जिउने म आधार भएभने
मात्र भन्नु,नभन्नु बेकार भएभने
आज छु तिमीसंग भोलि नहुँला
कालको म फेरि आहार भएभने !!
                                                                                    चन्द्र भट्ट 'चाँदनी'

डडेल्धुरा

माया गर्ने उसको मन हरायो,
संगै मर्ने भन्ने कसम हरायो ।

चोट दिन्छ यादले घरीघरी,
टाढा सर्ने त्यही सहर हरायो ।

बाढी आयो जिवनमा यो कस्तो,
पारी तर्ने त्यो बगर हरायो ।

चोटले घाउ बल्झाई रहन्छ,
घाउ भर्ने मेरो मल्हम हरायो ।

चन्द्र भट्ट
डडेल्धुरा




१८ बैशाख, कञ्चनपुर
कञ्चनपुरको दक्षिणी क्षेत्रका सडकहरु यती बेला धुलाम्मे बनेका छन् । बढ्दै गएको गर्मिसंगै अत्याधिक तापक्रमका कारण माटो सुकेपछि दक्षिणी क्षेत्रका कच्ची सडकहरु धुलाम्मे भएका हुन् । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दैजी–बेल्डाँडी, कलुवापुर–बेलौरी, डोकेबजार–कालिका–बेलौरी–बेल्डाँडी लगायतका मुख्य सडकहरु यती बेला धुलाम्मे हुँदा सर्वसाधारणहरुलाई आवत–जावतमा समस्या हुनुका साथै उनीहरु रोगका सिकार बनेका छन् । सडकभरी धुवा, धुलोका कारण श्वाँस प्रश्वास लिन समेत निकै गाह्रो भएकाले दीर्घकालमा नागरिकहरु रोगका सिकार बन्ने छन् । सडकमा साईकल बाहेकका सवारी साधन गुड्दा धुवाँ धुलो मात्रै उडाएर लग्ने भएकाले सडक छेउछाउका घरहरु समेत धुलोले छिपिएका छन् । सडक छेउमा रहेका हरिया रुखहरु समेत धुलाम्मे भएका छन् । सडक मर्मत तथा सुधारको मुख्य जिम्मा पाएको सडक डिभिजन कार्यालयले सडक मर्मतका बेला कमजोर खालको ग्राइभिलिङ्ग गर्दा गर्मियामको शुरुवात संगै कच्ची सडकहरुको अवस्था नाजुक भएको छ । सडक सुधारका क्रममा कमसल खालको वालुवा भएको ग्राइभिलिङ्ग हाल्दा समेत सडकहरु धुवा धुलोमयी बन्दा आवत जावतमा निकै सास्ती खेप्नु परेको छ । सडक कार्यालय र निर्माणकर्ता विच मिलोमतोका कारण सरकारले विनियोजन गरेको बजेट समेत सदुपयोग हुन नसन्दा सर्वसाधारण मारमा परेका छन् ।

१८ बैशाख, कञ्चनपुर
कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी श्यामसिँह धामीमाथि कालोमोसो दलेर हातपात गर्ने समुहका एक जना पक्राउ परेका छन् । शिक्षा अधिकारी धामीमाथि कालोमोसो दलेर हातपात गर्ने समुहका २० वषर््िाय बिष्णु थापालाई प्रहरीले गएराति कञ्चनपुरकै बाईसे बिचवा गाविस क्षेत्रबाट पक्राउ गरेको हो । प्रहरी नायव उपरीक्षक केदार खनाल नेतृत्वको टोलीले गएराति पौने १२ वजे महेन्द्रनगरको लिटिलबुद्ध एकेडेमी उच्च माविमा कक्षा ११ मा अध्ययनरत थापालाई बाईसे बिचुवाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ । बैसाख १३ गते जिल्लाका विविध शैक्षिक गतिविधि सम्बन्धि बैठक चलिरहेका बेला अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य चन्द्रकान्त भट्ट र अखिल छैठौंका केन्द्रीय सदस्य महेश जोशीसँगै बैठकमा गएका विरेन्द्र बिष्ट र बिष्णु थापाले कालोमोसो लगाएर हातपात गरेको शिक्षा अधिकारी धामीले बताउनुभएको छ । कालोमोसो दल्ने अर्का व्यक्ति विष्टको खोजी भइरहेको प्रहरीले बताएको छ । घट्ना लगत्तै बिभिन्न विद्यार्थी संगठनहरु र शिक्षक संगठनहरुले उक्त घट्नाका दोषीमाथि कारवाहीको माग गर्दै विज्ञप्ती जारी गरेका थिए । धामीमाथि कालोमोसो दलेर हातपात भएपछि शिक्षा कार्यालयका कर्मचारीहरुले सुरक्षाको प्रत्याभूति नभएको भन्दै बैसाख १४ गते कामकाज ठप्प पारेका थिए । शिक्षा अधिकारी धामीमाथि भएको घट्नापछि स्थानीय प्रशासनले जिल्ला शिक्षा कार्यालयमा सुरक्षाकर्मी तैनाथ गरेको छ ।

१८ बैशाख,
चितुवाको छाला र हड्डीसहित भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढमा एकजना नेपाली पक्राउ परेका छन । तीन थान चितुवाको छाला र नौ किलो हड्डीसहित बैतडीका ३२ वर्षीय काशीराम भुललाई शुक्रबार पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ । भारतीय प्रहरीका अनुसार पक्राउ परेका भुलले पिथौरागढमा रहेका व्यापारीलाई बुझाउन नेपालबाट चितुवाको छाला र हड्डी ल्याएको बयान दिएका छन । पक्राउ परेका भुलको भारतीय प्रहरीले पूरा ठेगाना भने खुलाएको छैन ।

१८ बैशाख, बझाङ
बझाङको दौलीचौर गाविसका स्थानीयहरुले मदीरा बाट संकलन भएको पैसाले विद्यालयको भवन निर्माण र शिक्षकको तलबमा प्रयोग गरेका छन् । मदीरा बाट संकलन भएको पैशाले दौलीचौर माद्यामकि विद्यालयको ४ कोठे पक्की भवन, ३ जना निजी शिक्षकको तलब दिएको विद्यालय ब्यावस्थापन समीतीका अध्यक्ष कलक बहादुर खड्काले जानकारी दिनु भयो । २०६७ सालमा दौलीचौर गाविसमा देब सिहँ बोहराको अध्यक्षतामा १६ जनाको गाँउ सुधार समीती गठन भएको थियो । उक्त समीतिले मादक पदार्थलाई नियन्त्रण गर्नको लागी मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने ब्यक्तीलाई १० हजार, मादक पदार्थ विक्री वितरण गर्ने ब्याक्ती लाई २० हजार जरीवाना गर्ने भन्ने निर्णय गरेको समितिले जनाएको छ ।

१८ बैशाख, बझाङ
विकट हिमाली जिल्ला बझाङका अध्ययरत विद्यार्थीहरु यार्सा टिप्न लेकतिर जाँदा झण्डै ५० विद्यालयहरु तीन महिनाका लागि बन्द भएका छन । विद्यार्थीहरु यार्सा टिप्न लेकतिर जाँदा जिल्लाको उत्तरी भेगमा पर्ने दौलिचौर, सूर्मा, दाँतोला, काँडा, मेलविसौना, दहबगर, रिलु गाबिसका करिब ३८ वटा बिद्यालय र धमेना, भामचौर गाविस र जयपृथ्वी नगरपालिकाको मयाना लगायतका झण्डै एक दर्जन बिद्यालयहरु गरी झण्डै ५० बिद्यालय पुर्ण रुपमा बन्द भएका हुन । त्यस क्षेत्रका बासिन्दाहरुको आयस्रोतको प्रमुख माध्यम यार्सागुम्बा रहेकाले पनि यस मौसममा ७÷८ बर्षका बालक देखि ७० बर्षका बृद्धहरु पनि यार्सागुम्बा टिप्न लेक तिर जाने गर्छन । दुर्गम हिमाली जिल्लाका विद्यालयहरु बर्षामा ३ महिना यार्सा संकलनको समयमा र हिउंदमा मंसिर देखी फागुन सम्म जाडोका कारण बन्द हुने गरेका छन ।

१८ बैशाख, बझाङ
नेपालमा शनिबार नयाँ भूकम्प गएको छ । भूकम्पले पुरै पहाड हल्लाउँदा स्थानीयहरु घरबाट बाहिर निस्किएर खुला चौरमा पुगेका छन । गत वर्षको वैशाख १२ गते गएको विनाशकारी गोरखा भूकम्पको एक वर्षपछि शनिबार दिउँसो १२ बजेर २८ मिनेटमा बझाङलाई केन्द्र बनाएर ४ दशमलब २ रेक्टर स्केलको नयाँ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार पहाडी क्षेत्र भएकाले बझाङको सदरमुकाम चैनपुर र आसपासका पहाडी जिल्लामा भूकम्पको कडा धक्का महसुस गरिएको थियो । बझाङका स्थानीय पत्रकार सम्राट सिंहका अनुसार भूकम्पको धक्का महसुस भएपछि घरभित्र बसेका मानिसहरु हत्तपत्त घरबाहिर आएका थिए । भूकम्पले पुर्याएको क्षतिबारे कुनैपनि विवरण नआएको बझाङ प्रहरीका डीएसपी लक्ष्मीराज अधिकारीले जानकारी दिएका छन ।

१८ बैशाख,
सुदूरपश्चिमको महाकालि अञ्चलमा बिगतका बर्षहरु भन्दा यस बर्षमा बहुबिबाहका घटनामा कमि आएको भएपनि महिलामाथि हुने जबर्जस्तिकरणि र बेचबिखनका घटनामा भने कमि आएको छैन । महाकालि अञ्चलमा बिगत १० महिनाको अबधिमा बहुबिबाहका ६ वटा मुद्धा मात्रै प्रहरीमा परेका छन । गत साउनदेखि चैत्रसम्म डडेल्धुरामा २ र कञ्चनपुरमा ४ वटा गरी महाकालि अञ्चलमा जम्मा ६ वटा मुद्धा दर्ता भएको महाकालि अंञ्चल प्रहरीले जनाएको छ । दार्चुला र बैतडीमा भने बहुबिबाहका मुद्धा दर्ता नभएको बताइएको छ । समाजमा आमनागरीक शिक्षित हुनुका साथै बहुबिबाह सम्बन्धि सचेत भएकाले बिगतका बर्षहरु भन्दा यस बर्षमा बहुबिबाहका घटनामा कमि आएको महाकालि अञ्चल प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक रामप्रसाद श्रेष्ठले बताउनुभयो । तथ्यांक अनुसार सबैभन्दा बढी कंचनपुरमा जबर्जस्तिकरणिका १५ वटा मुद्धा कञ्चनपुरमा दर्ता भइ दोषिमाथि कानुनि कार्बाहि अघि बढाइएको छ । यस्तै यता डडेल्धुरामा एक, बैतडीमा ३ र दार्चुलामा ३ मुद्धा दर्ता भएका छन ।

Newer Posts Older Posts Home

add

Recent Updates
Recomment to Your Friends
Current Views
Popular Posts
  • गजल.......।
  • चितुवाको छाला र हड्डीसहित भारतमा बैतडीका एक जना पक्राउ ।।
  • चन्द्र भट्ट 'राजाका' मुक्तकहरु .........
  • सबैलाई रुवाउने कश्मीरी बालिकाको यो तस्बिर
  • मुक्तक कसरी लेख्ने..................,
  • मदिराको पैशा विद्यालयको भवन र शिक्षकको तलबमा ।।
  • एक वर्षपछि नेपालमा गयो नयाँ भूकम्प, केन्द्र सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ ।
  • दक्षिणका सडक धुलाम्मे, रोगको सिकार बन्दै जनता
  • खाएरै, खेलेरै बढ्यो ज्यान,........,
  • यी १० जनावरहरूको बारेमा रोचक तथ्य !
Labels
  • अनौठा कुरा
  • अन्य
  • आजको फोटो
  • कविता
  • गजलहरु
  • ज्ञानगुनका कुरा
  • डोट्याली गित
  • प्रेम पत्र
  • महत्वपूर्ण लिंकहरु
  • मुक्तकहरु
  • यौन कथा
  • रेडियो कार्यक्रम
  • लघु कथा
  • लेख
  • समाचार
Blog Archive
  • ►  2017 (1)
    • ►  December (1)
  • ▼  2016 (12)
    • ▼  September (1)
      • चन्द्र भट्ट 'राजाका' मुक्तकहरु .........
    • ►  August (1)
      • गजल.......।
    • ►  May (3)
      • Muktak Madhurima New Epi_01/23/2073
      • Muktak Madhurima Epi_2
      • Muktak Madhurima Epi_1
    • ►  April (7)
      • दक्षिणका सडक धुलाम्मे, रोगको सिकार बन्दै जनता
      • कञ्चनपुरका जिशिअ माथि कालोमोसो दलेर हातपात गर्ने स...
      • चितुवाको छाला र हड्डीसहित भारतमा बैतडीका एक जना पक...
      • मदिराको पैशा विद्यालयको भवन र शिक्षकको तलबमा ।।
      • वद्यार्थी यार्सागुम्बा टिप्न जाँदा बझागंका झण्डै ५...
      • एक वर्षपछि नेपालमा गयो नयाँ भूकम्प, केन्द्र सुदूरप...
      • महाकालि अञ्चलमा बिगतका बर्षहरु भन्दा यस बर्ष बहुबि...
  • ►  2015 (74)
    • ►  December (2)
    • ►  May (1)
    • ►  April (31)
    • ►  March (36)
    • ►  February (4)
Copyright © 2015. Blogger.com. All rights reserved.
Home