• Main Page
  • Progrme
  • Muktak
  • Gazal
  • Business
  • Khelkud
  • Filmy Khabar
  • Youn
  • VDO
  • BLOG
  • Entertainment
  • Contact

   चन्द्र राजा 
(डडेल्धुरा, नेपाल)

यो माया भन्ने चिजै यस्तो  छ , जो नपाउदा कहाँ पाईएला जस्तो पाएपछि मतलवनै नहुने । उसो त यो सौभाग्य सबैलाई कहाँ हुन्छ र , तर याहाँ चाँही यस्तो भएन, एउटा कथा छ , चोटहरुले भरीएको कथा , आफ्नो कुरा ब्यक्त गर्न नपाउदाको ब्यथा । यस्तै यस्तै एउटा कथा छ । यो कथा कलेज वाट सूरु हुन्छ । जहाँ हजारौँ अध्ययन गर्ने विध्यर्थी हरु हुन्छन ।
 त्यही कलेज भित्र एउटा अन्जली र अर्को आकाश । त्यो कलेजको लागी आकाश पुरानो विध्यार्थी थियो तर अन्जली चाँही नयाँ छे । अन्जली आफ्नो पढाई खर्च जुटाउनको लागी भएपनि उसले सानो सिडि को पसल थापेर वसेकी छे । एउटा शुशिल केटी अन्जली , जो भर्खर २० देखी २२ वर्ष सम्मकी थि , उसको त्यो मनमोहक सुन्दरता अनी उसको लठठ परेको आँखा पहिलोचोटि  उसको सुन्दरता देख्नेलेभन्थ्यो भगवान ले फुरस्दमा बनाएको हुनुपर्छ,त्यस्ति अलौकिक सुन्दरता कि धनी, असल स्वभावले पनि होला ,कलेजका सवै केटाहरुले उसलाई नै ताकेका ।
उसको बढी समय पढाईमै वित्ने गथ्र्यो , त्यही कलेजमा एउटा अर्को केटा छ , आकाश , उ पनि त्यही कलेजको विध्यार्थी हो , सवैले अन्जली लाई आफू नजिक वनाउने प्रयास गरीरहेका हुन्छन । तर अन्जली ले भने आकाशलाई मन पराउछे, आकाश ले पनि अन्जलि लाई कता कता मन पराउने गर्थौ दुबै जना ले एकहोरो हेरि  मात्र रहन्थे तर आफनो मन को कुरा लाई मनै भित्र गुम्साएर राखेका हुन्छन, तरपनि एक ले अर्कालाई भन्न नसकेको अवश्था हुन्छ । कलेज देखी करीव १ कि.मी को दूरीमा जहाँ आकाश एउटा सि.डी को चक्का किन्ने निहुमा सधै दिनको एउटा चक्का लैजान्थ्यो , जुन चक्काको पसल अन्जली को थियो ।
 एक ले अर्कालाई भन्न नसकेको अवश्थामा अन्जलीले पनि हरेक दीन उसलाई चक्का दीने गर्थी एउटा एउटा गरी , आकाश अन्जलीलाई हेर्न को लागी उ संग केही समय विताउनको लागी भए पनि चक्का किन्ने वाहानामा हरेक दीन पसलमा आउथ्यो,अर्को तर्फ भने आकाशे  ब्रेन ट्यूमरले ग्रसीत थियो , सायद त्यही भएर होला उसले अन्जलीलाई , म तीमीलाई चाहान्छु, म तिमि लाई माया गर्छु भनेर भन्न नसकेको , यसो गर्दा गर्दा बर्षौ बित्यो ।  आकाशलाई उता उसको रोगले झन झन च्याप्दै थियो ।  शायद उसलाई अन्जलीको मन दुखाउने ईच्छा नभएरै होला भन्निछ नि माया गर्नै मान्छेको सधै खुशि हेर्नु पर्छ भनेर त्यहि भएर होला उसले आफ्नो मनको कुरा  अन्जलि सामु पोख्न नसकेको ।
सधै झै आज पनि अन्जलीका आखाँले आकाशको प्रतिक्षा गरिरहेका छन कि आकाश आउछ, अनि आज पनि सधै झै हाम्रो भेट हुन्छ,फेरि अन्जलि सोच्न थालछिन, यो सिडि को पसल नभएको भए हामि नजिक पनि हुन्थेनौ होला ।
मन मनै धन्यवाद दिन्छिन, आफनो पसल लाई,,तर यत्रो वर्ष निरन्तर आउने आकाश खै केभो आज आएन,, अन्जलिको मन मा चिसो पस्यो, फेरि पनि उसको आँखा ले त्यो आउने बाटोमा एक नासले हेरि रहेको थियो । आउने आँश मारेको थिएन उसले,उसको मस्तीश्कले भनिरहेको थियो, भो आज आउदैन तेरो आकाश,तर मन बाट आवाज आउथ्यो हाईन, मेरो आकाश अबश्य आउछ   । समय बित्दै गयो ,फेरी बिस्तारै रात पर्न थाल्यो, आकाश तव सम्म पनि आएन चक्का लीन ,आज अचानक  बाहिरको मौसम पनि पुरै कालो वादलले भरिएको छ । भारी वर्षा हुन्छ ,यो प्रकृतिले पनि आकाश माथि बर्ज फाल्छ,  उ डराउछे धेरै , आकास लाई सम्पर्क गर्ने कुनै माध्यम थिएन उसको, अन्जली झन हैरान हुन्छे ,त्यो रात अन्य रात भन्दा धेरै डर लाग्दो रात थियो,बाहिर पानि परिरहेको छ भित्र अन्जलिको आँखा बाट अबिरल अर्शुका धारा बगि रहेका छन, हेर्दा हेदै दिन हरु बित्दै जान्छन आकाश नआएको  आज एक हप्ता भैसकेछ ।
अन्जली को मनमा कता कता डरले डेरा जमाई रहेको हुन्छ । उसलाई धेरै डर लाग्न थाल्यो । फेरी अन्जली आकाशको खोजीमा जान्छे , र आकाशको घर पुग्छे, ढोका ढक्ढकाउछे उ , आकाशकी आमाले ढोका खोल्नु भयो , ढोकामा अन्जलि लाई देख्नुभो आँखा भरि आँशु निकालि अन्जलि लाई अँगालोमा हाल्नु भो  र भन्नु भो अन्जलि तिमी धेरै ढिलो भयौ धेरै ढिलो,,,,आफ्नो नामले वोलाउदा अन्जली छक्क पर्छे ... अनी सोधीहाल्छे , आमा मलाई कसरी चिन्नु भयो ? छोरी तिम्रो वारेमा आकाशले मलाई सधै भन्ने गथ्र्यो . अनि आकाश खै त .....,धेरै दिन भो आन्टी आकाश लाई नदेखेको का छ आकाश,,नानि  आकाश त एक हप्ता अगाडी नै भगवानलाई प्यारो भैसक्यो । यो सून्दा अन्जली छाना वाट खसे झै हुन्छे , उभीएको ठाउवाट भुईमा पछारीन्छे अनी डाको छोडेर रुन थाल्छे, छाती भित्रको वेदना लाई आँखाको वाटो गरी आँशुका थोपाहरु वाट वगाउन थाल्छे, आमाले सम्झाएको केही पनि सुन्दीन उ , झस्कीएर सोध्छे ,आमा आकाशको कोठा कुन हो ... आमाले आकाशको कोठा उ पल्लो कोठा भनी अन्जली लाई कोठा देखाईदीनु भयो ।
नभन्दै अन्जली आकाशको कोठा तीर दौडेर जान्छे । कोठा भीत्र उसको पसलबाट ल्याएका ति सि.डी का चक्का हरु पुरै कोठा भरी नै देख्छे । तर दुखको कुरा , आकाशले चक्का त ल्यायो , अनी अन्जलीको वारेमा आफ्नो आमालाई पनि वतायो सबै । मात्र उसले त्यो चक्का खोलेनछ , यदी खोलीदीएको भए सधै एक अर्का संग नवोलेरै टाढीनु पर्दैन्थ्यो होला । किन कि अन्जली ले त्यो चक्का भित्र सधै आफ्नो मन का भाव हरु प्रेम पत्र हालेर पठाउने गर्दी रैछीन । 
Newer Posts Older Posts Home

add

Recent Updates
Recomment to Your Friends
Current Views
Popular Posts
  • गजल.......।
  • चितुवाको छाला र हड्डीसहित भारतमा बैतडीका एक जना पक्राउ ।।
  • चन्द्र भट्ट 'राजाका' मुक्तकहरु .........
  • सबैलाई रुवाउने कश्मीरी बालिकाको यो तस्बिर
  • मुक्तक कसरी लेख्ने..................,
  • मदिराको पैशा विद्यालयको भवन र शिक्षकको तलबमा ।।
  • एक वर्षपछि नेपालमा गयो नयाँ भूकम्प, केन्द्र सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ ।
  • दक्षिणका सडक धुलाम्मे, रोगको सिकार बन्दै जनता
  • खाएरै, खेलेरै बढ्यो ज्यान,........,
  • यी १० जनावरहरूको बारेमा रोचक तथ्य !
Labels
  • अनौठा कुरा
  • अन्य
  • आजको फोटो
  • कविता
  • गजलहरु
  • ज्ञानगुनका कुरा
  • डोट्याली गित
  • प्रेम पत्र
  • महत्वपूर्ण लिंकहरु
  • मुक्तकहरु
  • यौन कथा
  • रेडियो कार्यक्रम
  • लघु कथा
  • लेख
  • समाचार
Blog Archive
  • ►  2017 (1)
    • ►  December (1)
  • ►  2016 (12)
    • ►  September (1)
    • ►  August (1)
    • ►  May (3)
    • ►  April (7)
  • ▼  2015 (74)
    • ►  December (2)
    • ▼  May (1)
      • आकाश र अन्जली को प्रेमकथा ।
    • ►  April (31)
    • ►  March (36)
    • ►  February (4)
Copyright © 2015. Blogger.com. All rights reserved.
Home