जीवन आफुले भोगेको भोगाइको जीवन्त दस्तावेज हो । जीन्दगी का भोगाईहरु अनि कल्पना हरु र वास्तविक बिचको सन्तुलनू हो यो कार्यक्रम मुक्तक मधुरीमा हुनत । अनुभव र जिबन लाई परिभाषित गर्न सकिदैन तर मेरो आफ्नै सिद्धान्त मा पुर्ण जीवन एउटा यात्रा मा रुपान्तरण भएको छ ।
सधैजसो आजपनि रातको साढे नौ बजेर समय क्रमश मध्य रात हुदै विहानी तर्फ ओरालो लागी रहेको छ, आज पनि, वातावरण, परीवेश सुनसान छ । तापक्रम पनि बिस्तारै ओरालो लागेर १३ डिक्रीभन्दा अझै तल झरीरहेको छ । र सापेक्षिक आद्रता न्यून भएकोले जाडोले खुम्च्याएको छ मलाई । बाहिर हल्का चिसो हावा बहिरहेको छ, रुखका पातहरू धिमे पाराले हल्लीरहेका छन । मन भित्र हल्का तातो हिटर ताप्दै विगतका संस्मरणमा थोरै लिप्त भएर केही बोल्ने मन लागेको छ । विगत कोट्याउने हो र त्यसलाई लिपिवद्ध गर्ने हो भने पुस्तकका ठेलीहरू नबन्लान भन्न सकिन्न । त्यसो गर्नका लागि समय, अनुकुल वातावरण र गहन विषयवस्तु पनि हुनुपर्यो । त्यसैले प्रसंगहरू उठेको बेला केही अनुभूतिहरू छोटकारीमा केही शब्दहरु भन्ने गरेको छु । त्यसैको निरन्तरता भन्नुपर्ला यी मेरा आजका शब्दहरु पनि । दिन उनै छन , उस्तै बितीरहेको छन निर्बाद रुपमा तर रातहरु भने निरन्तर अनीन्द्रा , कुन हो कुन कुराको कमी महशुस भएरै बितेका छन । सधै जसो आजपनि ।
एक भाब अनि साझा समर्पण । यहाँ तड्पन भित्र अल्झीने आत्मा वृतान्त भित्र बल्झीने मेरो पनि चिरसखी छिन । सदैब आत्मा बाट निकट , किन अक्सर मनले आज काचुलीफेर्ने प्रण गर्दैछ ।
चिर आत्मा सुनौलो रुपमा बिलीन हुन रातको एक्लो दिपमा पुतली होमिए झैँ होमिन्छ यो मन । मेरो प्राण कस्ले भरिदियोस सारा दिन चेत शुन्य भएर आफ्नै भगवान संग जिउने शक्ति माग्छु । खै कस्ले दिन्थ्यो र कत्र्यब्यहिन लाई सीत्तैमा त्यो पनि, निर्धक्क भएर निदाउन सक्दिन, त्यसैलेत दिर्घ रोगी भएर अर्ध मुस्कानमा पनि आफुलाई मौसमे फूल बनाउन होमिन्छ मेरो अर्धप्राण मन ....। जिन्दगी संगको एकजोडी प्रेम मेरो स्वासको खिचाईसम्म मात्र रहदो होला सायद ।।।। एक परिधि भित्र अल्झीएर रहेको प्रेम करोडौं मुटु भित्र फुल््ने प्रेम जस्तै एउटा दमित चित्कार भएर म भित्र बज्रिन्छ प्राण ।
अब नडढाउ मलाइ म उहिल्यै डढेको मान्छे” केहीसमय मौन बनेपछि एकजोडी मन हामी दुई भित्र निरन्तर संघर्षरत रहेको आभाष मिल्छ । त्यसैलेत अझै तिमि र म भित्र आत्मीय पन ताजै हुनाले मन बहकाई दिन्छ ।
उसका लागी==========================
उग्रतारा मन्दीर .....
उग्रतारा मन्दीर शुदुर श्चिमकै प्रशिद्ध धार्मैक तथा पर्यटकीय मन्दीरहो । नेपालको सुदूरपश्चिम बिकास क्षेत्रको महाकाली अञ्चलमा पर्ने डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा अवस्थित उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ । उग्रतारा मन्दिर शुदुर पश्चिमकै ठूलो शक्तिपिठ मानिन्छ । यो मन्दिर डडेल्धुरा सदरमुकाम देखि करिब ५ किलोमीटर पश्चिमपट्टी रहेको छ । यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका ९ भगवतीहरूका मन्दिरहरू मध्ये एक भगवती मन्दिरको रुपमा मानिन्छ । उग्रतारा मन्दिरको उत्पति सम्बन्धमा पौराणीक कालदेखीनै प्रमाणिक आधारमा कुनै शिलालेख नभेटिएता पनि यसको उत्पतिको किम्बदन्ति भने फरक फरक भेटीन्छ । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा पर्ने प्रसिद्ध मन्दिर, बागबजार बाट करिब ५ किलोमिटर टाढा डडेल्धुरा,देखी बैतडीसम्म जोडीएको दसरतचन्द राजमार्गको पश्चिम पट्टीको अग्लो बिशाल तथा मनोरमणिय फाँटमा रहेको छ ।मन्दीर सम्म कालोपत्रे सडक पुगेको छ । याहा कतै बाट ओर्लेर मन्दिरमा प्रर्वेश गर्ने मार्ग नभई प्रकृति रुपमापनी अग्लो स्थानमा नैरहेको छ। उग्रतारा देविको दर्शन गर्न जाने भक्तजनहरुले उक्लेर जानु पर्दछ । उग्रतारा मन्दिरको उत्पति सम्बन्धमा आधीकारीक कुनै शिलालेख नभेटिएता पनि यसको उत्पतिको किम्बदन्ति भने यस प्रकार छ । धेरै वर्ष पहीलेउग्रतारा भगवती रहेको स्थान नजिक लटाउली गाउँमा साँकि जातिको बसोबास रहेको थियो । जुनकुरा त्यँहाको हाल रहेको भु–बनोटको आकृतिबाट पनि प्रष्ट हुन्छ । हाल रहेको उग्रताराको मन्दिर वरपर तिनै लटाउलीका साँकी जातिहरुले कृषि कार्य गर्दथे । एक दिन तिनै साँकी जातिको एकजना किसान हलो जोतिरहेको अवस्थामा हलोको फालि सिलामा गढेर सिलाबाट निरन्तर रगतको धारा बगि रहेको अबस्थामा ति साँकीले रगत रोक्नको लागि अनेक प्रयत्न गर्दा रोकिएन, रगत धेरै आँउदा रगतको खोला बग्न शुरु भयो । हाल पनि यो खोला यहि मन्दिरका तलन्वा खोलाको नामले चिनिन्छ ।यसरी बग्दै रहेको रगत रोक्न तिनै किसानले खानु भनि ल्याएको मासको खिचडी सोही सिलाको फालि लागेको घाउमा लगाउँदा रगत बग्न रोकियो । त्यसपछि त्यस सिलालाई सुरक्षित गरी मन्दिर निर्माण गरियो ।ति किसान नै त्यहाँको पुजारी भए र तिनको सन्तानहरुले पुजारी हुँदा उग्रतारा क्षेत्रको भित्रै नचनटुक्रि भन्ने ठाउँबाट सिधै ओरालो उल्टो शरिर सुति करिब ५ किलो मिटर तल शैलेश्वर महादेव मन्दिर भित्रको सानो झ्यालबाट भित्र छिरी सकेर, अन्य परम्परागत क्रिया गरि वास्तविक गृहस्थ जीवन त्यागि भगवतिको पुजामा रहनु पर्ने प्रचलन छ । यसरी पुजारी अवतार नभएको अबस्थामा मन्दिरको बाहिरी शिला भन्दा अलि टाढा मात्र ब्राम्हणहरुले पुजा गराउने चलन छ । यिनै पुजारिको बारे अर्को किम्बदन्ती पनि छ ।एक समय उग्रतारा माताको पुजारिको वृद्ध अवस्था सम्मपनि सन्तान नभएकोले सन्तान पाँउ भन्ने आग्रह गर्दा उग्रतारा माताले पछि दुःख पाइन्छ भनी उसले सन्तानको ढिपी गरिरँहदा उनको छोरो भयो । छोरो ठुलो भएपछि पुजारिको सबै घर व्यवहार छोराले सम्हाल्थे तर एक बर्ष उग्रताराको मेला हुने अघिल्लो दिन सो गाउँमा थुप्रै पाहुनाहरु आए जो आज पनि यथावत छ । र आएका पाहुनाहरुको सत्कार गर्न त्यो गाँउको मानिसहरु आफ्नो कर्तव्य सम्झन्छन । सोही हुनाले आधा रातमा पाहुनाकै सत्कारमा ति बृद्धाको छोरा बुहारीको समय वितेको र त्यस अबधिमा आफ्नो कुनै वास्ता नगरेकोले बृद्धा पुर्ण आक्रोसको साथ रातिनै उग्रतारा मन्दिरमा गई पुकार गरी हजुरको दरबारबाट प्राप्त छोरा नष्ट होस भन्दा भोलिपल्ट मेलाको दिनको ठिक १२ बजे तिनको छोरोको मृत्यु भएको किम्बदन्ति सुन्न पाइन्छ । यसै प्रकार उग्रताराको महिमा बारे अर्को किम्बदन्ती पनि छ ।
यस उग्रतारा भगवती मन्दिरमा कार्तिक शुक्ल पुर्णिामाको दिन महापुजा तथा ठूलो जात्रा लाग्ने गर्दछ । कार्तिक शुक्ल पुर्णिमा मा लाग्ने प्रसिद्ध मेला देइजातमा प्राचिनकालमा गर्खा, गर्खा बाट लडाकुहरुले आ–आफ्नो विरता साथ लडाई हुँदा रगतको खोला बग्ने जसलाई यँहा न्वाखोलाको रुपमा नामकरण गरिएको छ । यँहा कार्तिक शुक्ल पर्णिमाको दिन जिल्ला भरि बाट मात्र नभई दार्चुला, बैतडी, बझांड, डोटी र तराइका कैलाली र कञ्चनपुर लगायतका अन्य बिभिन्न शहरहरु बाट समेत मेला भर्न आउने गर्दछन । यस उग्रतारा मेलापछि चिस्यान सुरु भई हिँउद लाग्ने हँुदा डडेल्धुरा बासिको कृषि कार्यबाट फुर्सदका दिनहरु आँउछन । खनमडा, छचोडा, दमडा, र जिलोडामा भन्डार रहेको उग्रतारा मन्दिरमा यिनै ठाँउबाट देउरो पनि आउछ । यस मन्दिरमा देउरो आउनु अघि चतुर्दशिको राति रत्यौली मनाउने, मन्दिर पुग्नु अगाडी लटाउली, लगायत खनमडा, जिलोडा र दमडामा साँस्कृतिक झलकका साथ खेल र जात्रा गरि देउरो उग्रतारामा लगीने गौरवमय परम्परा आफैमा रोमान्चक छ । स्थानीय भासामा देहीजाँतका नामले चीनीने उत्तमेलामा १५लाखजती भत्तजन तथा दर्शक आउने अनुमान गरीएको छ ।उत्तमेला मा १करोड ५० लाख बराबरको आर्थीक कारोबारहुने गर्दछ ।
ब्यापारका लागी डडेल्धुरा, बैतडी,डोटी ,कैलाली,,कन्चनपुर लगायत भारतको कुमाउ क्षेत्रबाउ समेत ब्यापार गर्न ब्यापारी हरु आउछने गर्दछन यहाँ मुख्य ब्यापारका रुपमा होटेलमा जेरी,मीठाइ,चाउमी,समैसा,पकौडा ,मासुका बिभीन्न परीकार,अन्य किरानाका सामानहरु,स्थानीय उत्पादनहरुमा अदुवा, बेसार,तिल, कोदो फलफुलमा सुन्तला ,मौसमी, कागती ओखर, स्याउ, केरा, अनार लगायल अन्यस्थानीय उत्पादन हरु समेत बिक्रृीबाट ब्यापारीले मनज्ञ आमदानीगर्ने गर्दछन । त्यसैले
जहाँ पर्यटनको विकास हुन्छ, त्यहाँ आर्थिक उन्नतीले गतीलो मार्ग प्राप्त गर्छ । कुनैपनि ठाँउ र क्षेत्रको अर्थतन्त्रलाई सफल बनाउने हो भने सबै भन्दा पहिले त्यस ठाँउ को पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ । एउटा पर्यटन कुनै ठाउँमा मनोरञ्जनका लागि होस वा त्यस क्षेत्रको अवलोकन गर्न, जुन कामले गएपनि उसलाई आवश्यक पर्ने सेवा सुविधाहरु मा रकम खर्च गर्नु पर्ने हुन्छ । उसले खर्च गरेको रकमले व्यवसायीको आर्थिक जीवनस्तरमा सुधार गर्नुका साथै सो क्षेत्रको आर्थिक उन्नतीमा समेत सहयोग पुराउने गर्दछ । त्यसैले नेपालको अर्थतन्त्रलाई पनि उच्च विन्दुमा राख्नका लागि सबै भन्दा पहिले यहाँ पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ ।

चन्द्र राजा
(डडेल्धुरा, नेपाल)
यो माया भन्ने चिजै यस्तो छ , जो नपाउदा कहाँ पाईएला जस्तो पाएपछि मतलवनै नहुने । उसो त यो सौभाग्य सबैलाई कहाँ हुन्छ र , तर याहाँ चाँही यस्तो भएन, एउटा कथा छ , चोटहरुले भरीएको कथा , आफ्नो कुरा ब्यक्त गर्न नपाउदाको ब्यथा । यस्तै यस्तै एउटा कथा छ । यो कथा कलेज वाट सूरु हुन्छ । जहाँ हजारौँ अध्ययन गर्ने विध्यर्थी हरु हुन्छन ।
त्यही कलेज भित्र एउटा अन्जली र अर्को आकाश । त्यो कलेजको लागी आकाश पुरानो विध्यार्थी थियो तर अन्जली चाँही नयाँ छे । अन्जली आफ्नो पढाई खर्च जुटाउनको लागी भएपनि उसले सानो सिडि को पसल थापेर वसेकी छे । एउटा शुशिल केटी अन्जली , जो भर्खर २० देखी २२ वर्ष सम्मकी थि , उसको त्यो मनमोहक सुन्दरता अनी उसको लठठ परेको आँखा पहिलोचोटि उसको सुन्दरता देख्नेलेभन्थ्यो भगवान ले फुरस्दमा बनाएको हुनुपर्छ,त्यस्ति अलौकिक सुन्दरता कि धनी, असल स्वभावले पनि होला ,कलेजका सवै केटाहरुले उसलाई नै ताकेका ।
उसको बढी समय पढाईमै वित्ने गथ्र्यो , त्यही कलेजमा एउटा अर्को केटा छ , आकाश , उ पनि त्यही कलेजको विध्यार्थी हो , सवैले अन्जली लाई आफू नजिक वनाउने प्रयास गरीरहेका हुन्छन । तर अन्जली ले भने आकाशलाई मन पराउछे, आकाश ले पनि अन्जलि लाई कता कता मन पराउने गर्थौ दुबै जना ले एकहोरो हेरि मात्र रहन्थे तर आफनो मन को कुरा लाई मनै भित्र गुम्साएर राखेका हुन्छन, तरपनि एक ले अर्कालाई भन्न नसकेको अवश्था हुन्छ । कलेज देखी करीव १ कि.मी को दूरीमा जहाँ आकाश एउटा सि.डी को चक्का किन्ने निहुमा सधै दिनको एउटा चक्का लैजान्थ्यो , जुन चक्काको पसल अन्जली को थियो ।
एक ले अर्कालाई भन्न नसकेको अवश्थामा अन्जलीले पनि हरेक दीन उसलाई चक्का दीने गर्थी एउटा एउटा गरी , आकाश अन्जलीलाई हेर्न को लागी उ संग केही समय विताउनको लागी भए पनि चक्का किन्ने वाहानामा हरेक दीन पसलमा आउथ्यो,अर्को तर्फ भने आकाशे ब्रेन ट्यूमरले ग्रसीत थियो , सायद त्यही भएर होला उसले अन्जलीलाई , म तीमीलाई चाहान्छु, म तिमि लाई माया गर्छु भनेर भन्न नसकेको , यसो गर्दा गर्दा बर्षौ बित्यो । आकाशलाई उता उसको रोगले झन झन च्याप्दै थियो । शायद उसलाई अन्जलीको मन दुखाउने ईच्छा नभएरै होला भन्निछ नि माया गर्नै मान्छेको सधै खुशि हेर्नु पर्छ भनेर त्यहि भएर होला उसले आफ्नो मनको कुरा अन्जलि सामु पोख्न नसकेको ।
सधै झै आज पनि अन्जलीका आखाँले आकाशको प्रतिक्षा गरिरहेका छन कि आकाश आउछ, अनि आज पनि सधै झै हाम्रो भेट हुन्छ,फेरि अन्जलि सोच्न थालछिन, यो सिडि को पसल नभएको भए हामि नजिक पनि हुन्थेनौ होला ।
मन मनै धन्यवाद दिन्छिन, आफनो पसल लाई,,तर यत्रो वर्ष निरन्तर आउने आकाश खै केभो आज आएन,, अन्जलिको मन मा चिसो पस्यो, फेरि पनि उसको आँखा ले त्यो आउने बाटोमा एक नासले हेरि रहेको थियो । आउने आँश मारेको थिएन उसले,उसको मस्तीश्कले भनिरहेको थियो, भो आज आउदैन तेरो आकाश,तर मन बाट आवाज आउथ्यो हाईन, मेरो आकाश अबश्य आउछ । समय बित्दै गयो ,फेरी बिस्तारै रात पर्न थाल्यो, आकाश तव सम्म पनि आएन चक्का लीन ,आज अचानक बाहिरको मौसम पनि पुरै कालो वादलले भरिएको छ । भारी वर्षा हुन्छ ,यो प्रकृतिले पनि आकाश माथि बर्ज फाल्छ, उ डराउछे धेरै , आकास लाई सम्पर्क गर्ने कुनै माध्यम थिएन उसको, अन्जली झन हैरान हुन्छे ,त्यो रात अन्य रात भन्दा धेरै डर लाग्दो रात थियो,बाहिर पानि परिरहेको छ भित्र अन्जलिको आँखा बाट अबिरल अर्शुका धारा बगि रहेका छन, हेर्दा हेदै दिन हरु बित्दै जान्छन आकाश नआएको आज एक हप्ता भैसकेछ ।
अन्जली को मनमा कता कता डरले डेरा जमाई रहेको हुन्छ । उसलाई धेरै डर लाग्न थाल्यो । फेरी अन्जली आकाशको खोजीमा जान्छे , र आकाशको घर पुग्छे, ढोका ढक्ढकाउछे उ , आकाशकी आमाले ढोका खोल्नु भयो , ढोकामा अन्जलि लाई देख्नुभो आँखा भरि आँशु निकालि अन्जलि लाई अँगालोमा हाल्नु भो र भन्नु भो अन्जलि तिमी धेरै ढिलो भयौ धेरै ढिलो,,,,आफ्नो नामले वोलाउदा अन्जली छक्क पर्छे ... अनी सोधीहाल्छे , आमा मलाई कसरी चिन्नु भयो ? छोरी तिम्रो वारेमा आकाशले मलाई सधै भन्ने गथ्र्यो . अनि आकाश खै त .....,धेरै दिन भो आन्टी आकाश लाई नदेखेको का छ आकाश,,नानि आकाश त एक हप्ता अगाडी नै भगवानलाई प्यारो भैसक्यो । यो सून्दा अन्जली छाना वाट खसे झै हुन्छे , उभीएको ठाउवाट भुईमा पछारीन्छे अनी डाको छोडेर रुन थाल्छे, छाती भित्रको वेदना लाई आँखाको वाटो गरी आँशुका थोपाहरु वाट वगाउन थाल्छे, आमाले सम्झाएको केही पनि सुन्दीन उ , झस्कीएर सोध्छे ,आमा आकाशको कोठा कुन हो ... आमाले आकाशको कोठा उ पल्लो कोठा भनी अन्जली लाई कोठा देखाईदीनु भयो ।
नभन्दै अन्जली आकाशको कोठा तीर दौडेर जान्छे । कोठा भीत्र उसको पसलबाट ल्याएका ति सि.डी का चक्का हरु पुरै कोठा भरी नै देख्छे । तर दुखको कुरा , आकाशले चक्का त ल्यायो , अनी अन्जलीको वारेमा आफ्नो आमालाई पनि वतायो सबै । मात्र उसले त्यो चक्का खोलेनछ , यदी खोलीदीएको भए सधै एक अर्का संग नवोलेरै टाढीनु पर्दैन्थ्यो होला । किन कि अन्जली ले त्यो चक्का भित्र सधै आफ्नो मन का भाव हरु प्रेम पत्र हालेर पठाउने गर्दी रैछीन ।
विश्व अहिले विकासको होडवाजीमा छ । छिमेकी दुई मुलुक चीन र भारत विकासका लागि चर्को प्रतिस्प्रर्धामा छन् । राजनीतिक परिवर्तनसंगै जनताले खोज्ने प्रमुख विषय भनेकै विकास हो । नेपालमा राजनीतिक परिवर्तन पछि भएका विकास के कस्ता रहे भन्ने कुराको लेखाजोखा गर्न ढिला भईसकेको छ ।
लाओस राई ।
नेपालले २००७ पछि लिनखोजेको विकासे यात्राको चर्चा गरेसंगै नेपालले कति विकास गर्यो , पूर्व शासकहरुले विकासका कस्ता योजना ल्याए भन्ने कुराको वास्तविकता बाहिर नल्याए सम्म नेपालले विकासको सही यात्रा गर्न सक्दैन् । भौतिक पूर्वाधारहरुको निर्माणको सम्भावना हुदाहुँदै पनि पञ्चायती राजाहरुले उक्त संरचनाहरुको निर्माण गर्न चाहेनन् । यात उनीहरुसंग योजनानिर्माण गर्ने संयन्त्र, क्षमता, अठोट भएन् । जेजस्तो भए पनि देशले उनीहरुबाट विकासको बाटो हिड्न सकेन ।
व्यवस्थालाई टिकाउने विकासले हो । यदि पञ्चायती राजाहरुले विकासमा जोड दिएका भए आजको अवस्था आउने थिएन । २०१२ देखि सुरु गरिएको विकासका पञ्चवर्षीय योजनाले खासै अर्थ देखिएन । पञ्चहरुलाई हल्ला गर्न एउटा विषय मात्र भयो । १९९२ मा विराटनगर जुटमिल स्थापना गरिनु र २०१६ सालमा जननिर्वाचित सरकारले विराटनगरलाई औद्योगीक नगरीको घोषणा गर्नुलाई विकासको एउटा प्रयास भएको मान्न सकिन्छ । तर व्यवस्थापकीय कमजोरीका कारणा औद्योगीक नगरीको सपना असफल बन्यो । अहिले धेरै जसो उद्योग भएका छन् ।
सडक विकास–सडक यातायातको मात्र कुरा गर्ने हो भने १२४९३ .९४ किलोमिर सडकको निर्माण भएको देखिन्छ । ४३८९.४७ कच्ची सडक शहरी क्षेत्रमा नभएर सबै दूरदराजको ग्रामिण भेगमा भएको देखिन्छ । यो चाहे नेपाल सरकारको लगानीमा निर्माण भएको होस् वा दातृ राष्ट्रको सहयोगमा । यसो हेर्दा ग्रामिण इलाकामा सडक निर्माण हुनु मोटर पुग्नु भनेको राम्रो र सुखद् पक्ष हो । यो ग्रामिण विकासको शुभलक्षण र प्रथम चरण हो । ७५ जिल्लामा निर्माण भैसकेका र हुनलागेका कृषि सडक यसको उदाहरण मान्न सकिन्छ । एक पक्षबाट हेर्दा यो राम्रो मान्न सकिन्छ ।
तर सुरक्षा र जोखिमको कोणबाट हेर्ने हो भने यी सडकहरु भयमुक्त देखिन्दैनन् । ‘बाँदर लडी मर्ने भिरैभीर’ निर्माण गरेका सडक न त कुनै मापदण्ड अनुसारका छन् , न कुनै योजन अनुसार बनेका । य तर्क गर्नेहरुले भन्न सक्छन् ‘उकाली पछि ओराली आउँछ नै’, ‘जीवनमा भीरहरु पार गरेपछि मात्र समथरको अनुभूतिगर्न पाईन्छ ।’ यस्तो कुरा साहित्य र सतही राजनीतिमा उपयुक्त हुन्छ । तर व्यावहारमा यो गलत हो । भीर भिरै हो, त्यो समथर हुन सक्दैन यदिकुनै प्रविधि प्रयोग गरेर समथर बनाइहाले पनि त्यहाँ पहिले भीर थियो भन्ने स्मरण रहिरहन्छ ।
यथार्थमा सडक मार्गको नाममा यो त केवल ग्रामिण जनलाई मृत्युमार्ग खोलिदिएको सिवाय अरु केही होईन । यसको उदाहरण दिनहुँजसो पचासौं जनाको ज्यानजाने गरी हुने दुर्घटनालाई लिन सकिन्छ । बिगत दुई वर्ष भित्र डोटी, कालिकोट, सिन्धुली, जाजरकोट र गत महिना जुम्लामा भएको दुर्घटना डरलाग्दा उदाहरण हुन । जोखिमन्यूनीकरण गर्दै कसरी दुर्घटनाबाट बच्न सकिन्छ ? र यसको निदानको उपाय पनि सडक निर्माण पूर्व नै सोचिएको थिया भने यस्ता भीमकाय दुर्घटनाहरु हुने थिएनन् होला । अर्को तिर राजधानीको मुटु मानिने प्रमुखसडक बबरमहलमा दुर्घटना हुँदा समेत एकैसाथतीन जनाको ज्यानगयो ।
यी र यस्ता अनेक दुर्घट्नालाई आधारमा भन्न सकिन्छ कि विकासको नाममा जनतालाई मृत्युबाँढेको छ ,सरकार । विकास र राजनीतिक नेतृत्वसंग मृत्युको सामिप्यता जोड्दै नवसंस्कृतीको स्थापना भएको छ । दुर्घटनालाई पूर्ण रोक्न सकिन्छ, भन्ने हुदै होईन । विकासका कारण निम्तिने दुर्घटनालाई विकास निमार्णपूर्व नै रोक्ने उपायको खोजी हुन सकेको छैन् , भन्ने कुरा हो ।
नेतृत्वको चिन्तन मनन् तन्दुरुष्ट हुनुपर्छ । समय अनुकुल रुपान्तरित हुनसक्ने योजना निर्माण गर्न क्ष्मता उसंग हुनुपर्छ । कलिलै उमेरमा मातागुमाएका समान्य फ्रान्सेली नागरिक रुसो दश वर्षकै उमेर देखि आवारागिरीको संगत गर्न थाले र सोह्र बर्षमा घर नै छाडे भरपुर हुल्लडबाजी, आवारागिरी गर्दै २० बर्षको हुँदा साहित्यकार भए । उनी समय र सत–संगतले गर्दा दार्शनिक बन्नपुुगे । समय अनुसार ढल्कन सक्दा सामान्य रुसो दार्शनिक रुसो भए । जसले सामाजिक सम्झौताको सिद्दान्त, राजनीतिमा सामान्य इच्छाको सिद्दान्त जस्ता महत्वपूर्ण सिद्दान्तको प्रतिपादन गरे । उनलाई त्यहीको समाज र संस्कृतिले पढाएको हो, सिकाएको हो । त्यसैले हामी र हाम्रो नेताहरूले पनि रुसोको जीवनचक्रबाट किन नसिक्ने ?किन हाम्रा नेताहरुले राम्रा कुराहरुको अनुसरण नगर्ने ?
गणतन्त्रसम्म आईपुग्दा पनि नेपाली राजनीतिक नेतृत्व देश र जनताप्रति सचेत देखिएन । हजारै मान्छेको वलिदानी पछि आएको गणतन्त्रलाई कमजोर पार्ने काम दलीय घमण्ड र हठले गरेको छ । झरीको प्रभाबले चिप्लेकिरा चिप्लिएझैं चिप्लिएको नेतातथा दलहरु देशनिर्माण जुट्नु एकढिक्का हुनुभन्दा फुट्नुमाब्यस्त भएपछि समस्याझन्–झन् कठिन बन्दै जन्मदै लोकतन्त्र लिएर जन्मेका पार्टीले पनि जनअधिकार अपहरण गर्न खोजेपछि त झनै ठूलो समस्या उत्पन्न हुनेमा कुनै शंका छैन् । पञ्चायती घनहरुले गणतन्त्रको ठोकाई गर्न थालेपछि शिशु गणतन्त्रको मथिङ्गल थर्किएरै होला आज गणतन्त्र धर्मराईरहेको छ ।
यो यथार्थ संकट नेताहरु तल्लो स्तरको चलचित्र हेर्दै आनन्दलिएझैँ मनोरञ्जन लिइरहेको छन् । यो सबै नेतृत्वको असक्षमता हो । राजसस्था भएको देश बेलायतमा ६ महिनाको अवधिमा देशबाट राज्य नै अलग रहन पाउनु पर्छ भन्दै जनमत संग्रहहुँदा स्वभाविक हो भन्दै परिणाम स्वीकार गर्न तयार हुने र आगामी मे महिनाम ाहुने संसदको निर्वाचनमा जनता पार्टी र नेता तयार हुने तर एउटा गणतान्त्रिक मुलुका नेपालमा जनताको प्रतिनिधिको सरकार छ, उनैले बनाएको अन्तरिम संबिधान छ । त्यसमा पनि दुई–दुई पटक संबिधानसभाको निर्वाचन भईसकेको छ ।
जनताको संबिधाननिर्माण गर्न नसक्नु भनेको नेताको नेतृत्वक्षमता तन्दुरुस्त छैन् भन्न सकिन्छ । यस्तो असक्त अस्वस्था वर्तमान नेतृत्वले देशलाई टाइटनिक जहांजको अवस्थामा नपुर्याउला भन्न सकिदैन । प्रजातन्त्रको खातिर सबै गुमाएको लोभलालचमा नपरेको भन्ने र प्रजातन्त्रसंग घरबार गरेको भन्ने अभिव्यक्तिदिने शुसिल कोइराला देशको प्रधानमन्त्री भएको डेड वर्ष हुँदा पनिजनताले न त संबिधानपाए न त बेरोजगार शिक्षित युवाले देश निर्माण गर्ने मौका नै । यस्तो अवस्था यथावत रहिरहनु भनेको प्रधानमन्त्री कोइराला असफल हुनु हो । पार्टी असफल हुनु हो । नेतृत्व असफल बनेसंगै देश पनि असफल बन्दै गएको सत्यलाई राजनीतिक नेतृत्वले आत्मसाथ गर्न ढिला भईसकेको छ । सनकका भरका गाउँघरका खेतवारी भत्काएर सडक निमार्ण गर्दैमा विकास हुदैन । यो मृत्युको खेतीमा हो । विकासका लागि दीर्घकालीन योजना चाहिन्छ । खोइ नेतृत्वसंग योजना ? खोइ दीर्घकालीन सोच ?
लक्ष्मण कार्की - बुबा – लु केटा अब आजै घर हिंडिहाल् त ।
म – यस्तो बेलामा कहाँ घर आउनु ?
बुबा – घर आउने नै यस्तो बेलामा त हो नि हप्तादिनको छुट्टी लिएर आउनु ।
म – अहिले छुट्टि मिल्दैन बुबा ।
बुबा – मलाई केही थाहा छैन । केटाकेटीलाई पनि लिएर भोलि नै घर आउनु । यस्तो बेलामा त सँगै हुनुपरो नि केटा ।
म –अझै भुईंचालो जाने सम्भावना छ अहिले बाहिर हिंड्दा झन गाह्रो हुन्छ रे । गाडी चलेकै छैनन् । खुलेपछि म आउँछु । अहिले चिन्ता नगरि बस्नु ल ।
भूकम्प गएको दिन बुबालाई जस्तै ममि र श्रीमति अनि ससुराली मामलीमा नातेदारलाई फकाउन यस्ता अनेकौ ट्रिक लगाउनुपर्यो । थामथाम थुमथुम पारेपछि बल्ल आजै र अहिल्यै घर आउन उहाँहरुको ढिपी केही मत्थर भयो । सवैजसो साथीभाई नातागोता र चिनारु सवैजसो खुला ठाउँमा बसेको बताउँछन् । र म चाहिँ अफिस मै काम गर्दैछु । सुन्नासाथ आतिएर भन्छन् – आम्मै यस्तो बेला पनि अफिसमा ? तुरुन्त खुला ठाउँमा जानुपर्छ ।
भूकम्पको झड्का महसुस भएपछि सुरक्षित रुपमा खुला ठाउँमा जानुपर्छ भन्ने बिषयमा म आफै रेडियो कार्यक्रम चलाउँछु र रेडियोबाट सवैलाई आग्रह गर्दै आएको छु पनि । तर अहिले अवस्था उल्टो छ । आफै घरभित्रै बसिरहनुपरेको छ । तर, घरलाई केही भैहाल्दैन भन्ने एक खालको निश्चितता भएर मात्र ! विनासकारी भूकम्पबाट हताहत हुनेको संख्या बढिरहेको छ । घाइते र घरबारविहिन हुनेहरु पनि बढिरहेकै छन् । दुख्खैदुख्खले दिमाग रन्थन्याइरहँदा दिमागको चेपचापबाट खुशीका खबरपनि छुस्स भित्र छिर्छन् । भुकम्पको सय घण्टा बितिसकेपछि पनि कसैकसैलाई उद्धारकर्मीले जिवितै उद्धार गरिरहेका छन् । धरहराबाट हाम फालेर पनि केही बाँचेका छन् ।
५/६ दिन पछि पनि पीडितलाई जीवितै उद्धार गर्ने उद्धारकर्मीको अनुहार र बर्दी देख्दा ज्यानमा सरर्ररररर काँडा उम्रिन्छन् । आफ्नो घर भत्किएको र दिदी भिनाजु सम्पर्कविहिन भएको बेलापनि सशस्त्र प्रहरी जवान विश्व भण्डारी भक्तपुरमा भुकम्पमा पुरिएकालाई खोज्दै गरेकोबारे उज्यालो अनलाइनमा साथी पिटी लोप्चनले लेखेको सामाग्री पढ्ने त कसका आँखा रसाएनन् होला ? अनि कसको छाति गर्वले ढक्क फुलेन होला र ?
शनिवार भूकम्प जाँदा म थानकोटमा थिएँ । भूकम्प लगत्तै भुकम्पको आतेशले लर्वराएको ज्यान र आतंकित मन सम्हाल्दै रेडियो अन गरें । साथी मिलन तिमिल्सिना भूकम्पको अपडेट गर्दै हुनुहुन्थ्यो । अल्लिपछि अरु रेडियोले पनि भूकम्पको कुरा गर्न थाले । आमाबुबा, श्रीमति र छोरालाई पालैपालो फोन लगाउने प्रयास गर्दै कानमा मोबाइल च्यापेर म त्रिभुवन पार्कको गेटतिर दौडिंए । त्रिभुवनको शालिक ढलेर एक बालकको ज्यान गएको थाहा भयो । त्यहाँ आलो रगत मात्र थियो ।
बाहिर निस्कँदा एउटा विद्यालय भवन लड्न तयार थियो । त्यसको फोटो खिच्न भ्याउँदासम्म अरु २ वटा झड्का गईसकेका थिए । त्यस बीचमा बल्ल एकपटक रेडियोमा फोन लाग्यो र थानकोटमा भएको हताहतिको विवरण जानकारी गराउन पाएँ । भूकम्पले हल्लाइरहँदा पनि मेरो कानमा एयरफोन घुसारिएकै थियो साथीहरु रेडियोमा भन्दै थिए – हामी स्टुडियोमा छौ अहिले पनि भूकम्प गइरहेको छ । जिउभरि सिरिङ्ग काँडा उम्रिए । सवै साथीलाई सम्झिएँ । अलि ढुक्क हुने आधार के थियो भने उज्यालो घर भूकम्प प्रतिरोधी थियो ।
विदा लिएको र लगातार भुईंचालोका झड्का गइरहेको भए पनि म दिउँसो कार्यालय पुगें । भूकम्प प्रतिरोधी उज्यालो घरको भुईंतलाको पर्खाल पनि चर्किएछ । साथीहरु थकित उदास र आतंकित थिए । भूकम्प जाँदा को कहाँ कस्तो हालतमा थियो भन्ने बेलिबिस्तार साटासाट गरेपछि रेडियोबाट भूकम्पबारेको पछिल्लो अपडेट दिने मोर्चामा म पनि समावेश भएँ । सहकर्मी धेरैजसोका घरमा नोक्सानी पुगेको छ । मिलन, सुफल, प्रकाश र पिटीको गाउँका घर ध्वस्त भएका छन् । दिपाको घर र माइती दुवैतिरका घर भत्किएछन् । तर सवै कामकै मोर्चामा खटिएका छन् । नागरिकलाई जोगाउन अलिकति भए पनि योगदान गर्न सकिन्छ कि भनेर !
आपतमा परेकाले राहत पाउँछन् कि भनेर, उनीहरुको आहात मनमा शब्दकै माध्यमबाट राहत दिन सकिन्छ कि भनेर । परिवारका सदस्य बारीमा बसिरहँदा सवै आफ्ना दुख्खका कुम्लाकुटुरा विसाएर मोर्चामा खटिएकै छन् । त्यसपछि कम्तिमा पाँचपटक भुकम्पबारे बताउँदै गर्दा भुईंचालो गइरहेको थियो । कतिपटक त भूकम्प गएका बेला नआतिनुहोला भन्दै गर्दा आफै बसेको स्टुडियोको कुर्सि नै हल्लिरहेको हुन्थ्यो । साँच्चै भन्दा भागौं कि बसौं भनेर दोमन भइरह्यो । तर स्टुडियोको ढोका खुल्लै राखेर भए पनि हामी बोलिरह्यौ । अर्कोदिन भुइतलामा स्टुडियो सारेर पनि हामीले भुकम्पबारे सकेसम्मका अपडेट दिइरह्यौं । दिइरहेका पनि छौ । उज्यालो ९० नेटवर्क र उज्यालो अनलाइन डटकममार्फत ।
मोबाइल रेडियो स्टेशन बनाउने योजना सफल भएको भए हामी ठाउँठाउँबाटै रेडियो सञ्चालन गर्नेवाला थियौं । सोमबार विहानै हामी गोंगबु पुग्यौं । लडेर पुरै धराप थापेजस्तो भएको घरमा सानो सुरुङ्ग बनाएर सशस्त्र प्रहरीको टोली भित्र बाहिर गरिरहेको थियो । त्यहाँ सशस्त्र प्रहरी निरीक्षक एलवी बस्नेत सहितको टोली थियो । भित्रपट्टी एकजना ब्यक्ति जिवितै रहेछन् । उनलाई पानी खुवाएर र एउटा कम्मल ओढाएर सशस्त्रको टोली बाहिर आएको रहेछ । तर उनलाई बाहिर निकाल्न समस्या थियो । उनले आफ्नो गोडा काटेर भए पनि बाहिर निकाल्न आग्रह गरिरहेको सुनाउँदा इन्स्पेक्टर बस्नेत स्वयम् स्तब्ध भएका थिए ।
उनलाई निकाल्न अति नै चुनौतीपूर्ण रहेको बताउँदै गर्दा बस्नेत लाष्ट टाइम एप्रोच गर्छु भन्दै कम्तिमा चारपाँच चोटी भित्र पसे । उनको साहस जति सम्मान गरे पनि कमै हुने खालको थियो । त्यहाँ सुरुङ्ग बनाउन सशस्त्र प्रहरी अघिल्लै दिनदेखि लागेको रहेछ । जहाँबाट चीनिया टोली अब पार लाग्दैन भनेर फर्किएको रहेछ । त्यस्तो दृष्य देखेपछि मलाई लाग्यो भूकम्प जाँदै गर्दा स्टुडियोमा बसेर समाचार भन्दै गर्नुभन्दा उद्धारका लागि खटिएका उद्धारकर्मीको काम धेरै गुणा चुनौतीपूर्ण हो । थप धक्का गइरहेका बेला उनीहरुलाई जुनसुकै बेला पनि केही हुन सक्थ्यो ।
अल्लि तल्तिर भेटिएका सशस्त्र प्रहरीका नायव उपरिक्षकले भने धेरैजसो सशस्त्र प्रहरीका घर परिवार आफन्त पहिरोमा परेको सुनाए । हाम्रा धेरैजनाको परिवार भुकम्पमा परेका छन् । तर हामी आफ्ना दुख्ख बिर्सेर खोज उद्धार तथा राहतमा जुटेका छौं । यसो भन्दा उनको अनुहार रातो भएको थियो । एकखालको गर्व प्रष्टै झल्किन्थ्यो । त्यहि दिन सीतापाइलामा चर्च रहेको एउटा भवनबाट धमाधम शव निकालिरहेको देख्दैखेरि भाउन्न भइसकेको थियो । गन्हाउन थालिसकेका शव, तिनका आफन्तको रुवावासीका दृष्यले मनभित्रैदेखि हुँडलेको थियो । २ हप्तादेखि कसैलाई नभनि चर्चमा प्रार्थनाका लागि पुगेका ब्यक्तिहरु पुरिएर मरेका थिए ।
केही महिना अघि मात्र विहे गरेकी उनकी जीवन संगिनीको विलौना देख्दै भक्कानो फुट्थ्यो । लाग्यो उनको दुख्ख पनि उस्तै ठुलो हो । बालाजुमा पुग्दा तीन चारवटा डोजर र स्काभेटर सहित उद्धारको काम शुरु भएको थियो । त्यहाँ २ वटा लज भत्किएकाले त्यहाँभित्र धेरैजना रहेको अनुमान गरिएको थियो । एकजना स्थानीय आएर भने घरभित्रबाट मलाई बचाउनुहोस् भनेर फोन गरेको साथीलाई बचाउन सकिएन । त्यति भनिसक्दा उनी भक्कानिइहाले । मन अमिलो भएर आयो । गोंगबुबाट फर्किदै गर्दा हाम्रो भ्यानलाई एकजना दाईले रोके । कुनै विपतकै कुरा होला भनेर हामीले रोक्यौं ।
मोटरसाइकलमा हुत्तिदै आएर उनले सुनाए मेरि श्रीमति घरभित्रै थुनिएकी छिन् । ३ दिन भइसक्यो प्रहरी सेना कसैले पनि ध्यानै दिंदैन । हिजोसम्म भित्रबाट बोलेको आवाज आइरहन्थ्यो तर अब त .......। उनले बाक्य पूरा गर्न सकेनन् । सकुन् पनि कसरी ? जसकी श्रीमति घरभित्र च्यापिएकी छन्, हिजोसम्म गुहार माग्दै थिइन् र अब आवाज सुनिन छोडिएको छ । उफ्फ्फ्फ् दिमाग त्यसै त्यसै बोधो भएजस्तो भयो । सोचें समस्या सवैका छन् । यस्तो विपतका बेलामा पिर चिन्ता र समस्या नभएको कोही हुँदैन रहेछ । त्यहि भएर पाँचदिनसम्म कोठामा जाँदै नगएर कार्यालयमै सुतेर हामी खटिइरहेका छौं निरन्तर ।
यी केही प्रतिनिधि घटना देखे, भोगे र सुनेपछि लाग्दैछ “भूकम्पबाट ज्यान गुमाउने त गै गए । घाइते भएका, ५/६ दिनसम्म थुनिएका र उनीहरुका आफन्त मात्र होइन, भत्केको घरले किचेर मार्न सक्ने जोखिमका बेला पनि अस्थिपञ्जर जस्ता बनेका घरभित्र छिर्ने उद्धारकर्मी, वा भुईंचालो जाँदैछ सुरक्षित भएर बसौ भन्दै गर्दा आफै ३/४ तलामाथिको स्टुडियोमा बस्ने सञ्चारकर्मी सवैका दु:ख छन् । कुरा त दु:खको मात्रा कति छ भन्ने मात्र हो ।

खोज्याकी कन्न्या का घर भात खानु गयो
सबले भातु खाया रैछ मुइत भोकोइ रयो
धर्को मिलयको रैछ अट्ठाइस गुण मिल्या
ब्यौलो होइ झानौ भुनी कोट पैन्ट सिल्या
उइका गर्ह बलिया र्याभनु मुइलाई लैइ जिती दियो
लगा भुनी साडी दिया नाइ भुनी खिती दियो
बर्याोतिमाइ लै पैन्ट टि सर्ट लौन्या हु भुणिबरे
सब्बै गाली गद्दु पस्या तन कुरा सुणिबरे
सब्बैले करकाब गरी पैन्ट त खोलायो
पछ उइले फोन गरी बोयफ्रेन्ड बोलायो
उइको बोयफ्रेन्ड आया पछा तहल्का भैगयो
हीट मेरा सँग भुणि उइलाई लै लैगयो
सब्बै जना मिली जुली उइका ताडी पस्या
फेशन वलिका पछा लाग्द बेधडक फस्या
भयाकी बुढी छाडी बरे नयाँ खोज्जु गयो
तन सब कुरा सुनी बरे मुइत पागल भयो
ब्याका दिन बोयफ्रेन्ड सित कोइ केटी जन भाग्या
फेशनवली केटीका पछा कोइ केटा जन लाग्या
तै राणका कर्म धेकी २,४ ठेउका खाया
पूइ पछा त टाप कसी आफ्नै घर आया
मुइ एक्लोइ आयो धेकी बुढीले अङाल हाल्यो
बुढीको तती माया धेकी मुइलै त रुनु थाल्यो
मेरा आशु बग्या धेकी बुढीले आशु पुछ्या
इती निकी का पुलो भुणि मनुमनै सुच्या
तै दिन बठे हम दुबैका झगडा नाइ भया
हम दुई बुडा बुढी आब एक ठौर थाइ भया
बुढीले लेया चामल पकाई भात आब खुलो
सुर्ताले परानी सुक्यो आब त मोटिइ झुलो

मट्की बरे गइथेइ माइत नइत हेरे मुख
माइतै मुणी बसी र मुनु क्याइ मान्या है दुख
कन्न्या हेरी आइ ग यो भुनी तुइले लइ जान्या है
मुइ जसा मुर्कट्यालाई कि निको मान्या है
नया बुढी फेशनवाली तोइलाई कि टेरली
उन्या भया आसे राण बर्या्तु हेरली
तेरा चामल तुएइ राखु माइतै माइ खाइरए
जती गुन्छिइ दुखी गीत माइतै माइ गाइरए
माइत माइ तुइ रमाइ रैथे मुइ एक्लोइ छाडी
दिन्ज्या सम्म दाल भात खा नत खाए बाडी
मुइना दिन सम्म गाई पाल्या आजीलइ पाल्ल्या हु
गहना मेरा फर्काइ दिए नत मुद्दा हाल्ल्या हु

तम्लाई छाडी कठै लाडी क्याइ माइत आया हु
न माइत कि न पोइलकी, कि दुख पया हु
को गद्दो हो चुलो भाडो को कुच्चो बाट्टो हो
दिन्या गोरु छाडी आइथिउ को घासु काट्टो हो
निकोइ लाउनु निकोइ खानु कि मुइलाई खड्यो हो
कन्न्या खोज्जु क्याइ गया हौ कि सुन्नु पड्यो हो
माइत आया मुइना भया फौन लइकन गर्या
भोल घर फर्की आउलो दोस्रो ब्याजन गर्या
दुइ चार दिना त माइती दिन्ला पछा कि खौलो ब ?
तम्ले अर्खी लेया बारे मुइ कैका झौलो ब ?
कोसेलामा गीत ऊन्ला रेडियो लाईरया
माइत है चामल लिउलो गोठलापानी आइरया
तम्ले सधै गाली दियालइ आब गट्टो नाइ माणु
ऐले हुनु होइगयो जि भ्यो, आब एक्लो नाइ छाणु

कन्न्या खोज्जु घर गयो कन्न्या रैछ ग्वालि
लौन्या रैछ पैन्ट टि सर्ट, रैछ फेसनवलि
गोरु बाकरा गोठ बादी झाडु पसी झाड्डु
मेरा झान्या है त भुण्या आखा पसी ताड्डु
रिशले मुर्मुरी ब रे बाट्टु पसी जेउडा
पूइ पछा त इसा भया उसै मुएइ देउडा
मुइ- बिश रुप्प्या पड्ड्या र्या नु बिजुली बल्फमा
तोएइ सित ब्या गर्लो मुइ भाति खान्दे गल्फमा
ऊ- बल्फमा त कमै पड्या झिकु रुप्प्या पोल मा
सिउसिउ गद्दा किडा पडिझुनु भाति खन्या थोल मा
मुइ- क्यै है तस्या गाली दिन्या डरहाल्ली मरली
मेरा थोल किडा पड्या ब्या' कै सित गरली
ऊ- मुइलाई माग्गु कति आया बटाका बटुन्या
कोइ मुर्कट्या होइझान्लाब मुइ राण पटुन्या
मुइ- राम गया सीता हेद्दु सँगइ धनुष बाण
भोल आउलो तोइलाई माग्गु जन लुगे पाण
ऊ- तसा कुरा जन गरै धुरु धुरु रोइ दिउलो
पूइ गरल इ मुइसित ब्या अर्खाइ कि होइ दिउलो
मुइ- तसा कुरा क्याइ गर्लो ब अर्खाकी सामुनि
अर्खाकी क्याइ हुन्या है बनौलो बामुनि

छुट्टै बसी खानउ भुनी धुलो पिसाइ गैछ
गीतमा गाली दियो भुनी बुडिया रिसाइरैछ
माल बस्सु झानौ भुन्छी चढि बरे किया
झान्या बेला तै राणले इसा गीत दिया
तेरा घर उन्या नाइ हु छोडपत्र गरीझे
मेरी इज्याखाइ राण भुन्न्या मुर्कट्या मरिझे
मुइलाई माग्गु तुइ मुर्कट्या मेरा घर गैथे
तेर मुइनाइ झनिउ भुन्ज्या रुन्या जसो भैथे
ऐले गाली दिनु पसे आघा भाति खान्थे
तेरी सोराइ लागी भुनी मेराइ पछा झान्थे
कसा गीत दिइथे आघा डम्मरु जाणलो
तोइ जसा मुर्कट्यालाई को निको माणलो
मुइलाई छाडी जन्झाइ भुनी धुरु-धुरु रुन्थे
मुइलाई गट्टी बनुनाकी गाली दियो भुन्थे
मुइत गट्टी राणु भयो निकी आब पालइ
मुइत आब माल गयो जन आसे मालइ

उमेरु त नाइ भ्यो दादा आघाइ भयो ब्यात
बुढी त छाडी माइत लागी मुइ एकलोइ यात
कोसेलो न सुन्या दिन निन क्यालाई खड्डी हो
छाडी झान्या राणका मुख डिठ क्यानाइ पड्डी हो
सूनको हार बना भुन्छी तम खाइ लइ सुन छ कि ?
फोन बठे गाली बिजतु तमरा लइ हुन्छ कि ?
रात दिन गाली दिया लइ कभै नाइ थाकी हो
क्याइ गर्या हु तै सित ब्या कि दशा लागी हो
कात्तेइ अर्खी मिल्या बरे तै राण छोड्ड्या थिउ
तै मिलुन्या बामुन भेट्या हात खुट्टा तोड्ड्या थिउ
को गरलो इति बिजतु आफ्ना पइ किल्या
छाडी झान्या भ्या छाडी झा राण को छ र कै किल्या
गोरु फोइ गौडुइनी लाया भट्टाड भाडले
रुबशकी खात छ भुन्यो तैकी इज्या राणले

हाम्रो धरहरा इतिहासको गाथा
वसन्तपुर, पाटन, भक्तपुर दरबार
सबै सबै सकियो आँसुमा बग्यो घरबार
यहाँ थिचिएका किचिएका सासहरू
एकपछि अर्को बोकिएका लासहरू
विजुली छैन अन्न पानीको हाहाकार
एक पछि अर्को आफ्टरशकको प्रहार
संकटमा दु:खेका पीडित सबैजना
त्राही त्राही यता उता बस्ती घना
जोगिन खुल्ला स्थानको खोजीमा
संपर्कका फोन नम्बर खोज्दै गोजीमा
काठमाण्डौँ छिचोल्न पहिरोसँग द्वन्द
देश विदेश जोड्ने उडानहरू बन्द
हाय यो कस्तो अन्योल अनिश्चित समय
कठोर भू-कम्प पल पल निराशाको भय
आफ्ना आफन्त सबैमा चिन्तित कोलाहल
जगाऔँ आशा र विश्वास, बढाउँ मनोबल
देश विदेश तन मन धनले सहयोग पुर्याऔँ
सबै मिलीजुली भूकम्प पिडितको उद्धार गरौँ
इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस एन्जेलस च्याप्टर
लस एन्जेलस
पछिल्लो दिनमा नेपाली युवा युवतीहरुमा ट्याटु मोह बढ्दो छ । शुक्रबारबाट राजधानीमा सुरु भएको नेपाल ट्याटु कन्भेन्सनमा युवा युवतीहरुको सहभागिताले त्यही भन्छ ।
होटल याक एण्ड यतीमा सुरु भएको महोत्सवमा पुगेका युवा युवतीहरु शरीरका विभिन्न अंगमा विभिन्न आकृतिका ट्याटु बनाइरहेका थिए । निकै पीडा हुने भएपनि उनीहरुमा एक प्रकारको खुसी देखिन्थ्यो ।
विदेशीहरुको पनि बाक्लो उपस्थिति थियो । उनीहरु शरीरका विभिन्न स्थानमा बुद्ध, गणेश लगायतका भगवानको आकृति बनाउन चाहन्थे ।
महोसत्व तीन दिनसम्म चल्नेछ । महोसत्वमा नेपालसहितका २० देशका १५० भन्दा बढी ट्याटु कलाकार छन् ।

/-(जनक प्रभात)
तिम्रो पनि सपना एक दिन पूरा हुनेछ ।
मेरो जस्तै मुटु माथि छुरा हुनेछ ।।
माया हैन, खुसी लीने स्वार्थीको त्यो तिम्रो,
सिरमा सीन्दूर अनि हातमा चुरा हुनेछ ।।।
सारा पिरले यो दिल भरीएको छ ।
आँखामा आँशु टिलपिल भरीएको छ ।।
कहाँ कति चोट पाए, जिवन गतीमा ,
हिसावको पुरै विल भरीएको छ ।।।
काठमाडौं, बैशाख १ । नेपाली चलचित्र क्षेत्रका लागी २०७१ साल पूर्ण रुपमा सफल बर्ष नभए पनि असफलताको बर्ष चाहीं रहेन । नयाँ प्रविधिको प्रयोग, नयाँ कथाबस्तु साथै नयाँ नयाँ कलाकारहरुको आगमनले चलचित्र उद्योग सुखद नै रहयो ।
अपेक्षा नै नगरिएका कतिपय चलचित्रहरुले राम्रो व्यापार गरे भने ठूलो लगानीमा बनेका कतिपय चलचित्रहरुले लगानी उठाउन सकेनन् । नेपालमा मात्र नभई विदेशमा पनि नेपाली चलचित्रहरुले राम्रो चर्चा कमाएका छन् ।
कोहिनुर
नायक श्रीकृष्ण श्रेष्ठको निधन पछि कोहिनुरले नेपाली सिने उद्योगमा तहल्कै पिटयो । यसले ऐतिहाँसिक व्यापार गर्यो । चेलीबेटी वेचविखन विषय समेटिएको यस चलचित्रमा श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्काले अभिनय गरेका छन भने आकाश अधिकारीले निर्देशन गरेका छन् ।
नोभेम्बर रेन
नयाँ कलाकार छुल्ठिम गुरुङको अनौठो भूमिकाले नोभेम्बर रेनले चर्चा कमायो । त्रिकोणात्मक प्रेमकथा रहेको यस चलचित्रमा आर्यन सिग्देल र नम्रता श्रेष्ठको अभिनय रोचक रहयो । दिनेश राउतको निर्देशन रहेको यसले तन्नेरी पुस्ताहरुको मन खिच्न सफल रहयो ।
कबड्डी
मुस्ताङका गाउँहरुमा छायाङन गरिएको यस चलचित्रमा दयाहाङ राईको अभिनयले चर्चा कमायो । त्यो भन्दा पनि मामाका छोराछोरीले फूपुका छोराछोरीसँग विवाहवारी चल्ने प्रचलनको विषय उठान गरिएकाले यस चलचित्र धेरै दर्शकको रोजाइमा पर्यो । रामबाबु गुरुङले निर्देशन गरेको यस चलचित्रमा थकाली समाजको मौलिक दृश्य कैद गरिएकाले चलचित्र उत्कृष्टको सुचीमा पर्यो । निश्चल बस्नेत, रिस्मा गुरुङको अभिनयले पनि थप चर्चा लियो ।
जेरी
कलेजका विद्यार्थीहरुको रोजाइमा परेको जेरीले पनि खुबै चर्चा बटुल्यो । तन्नेरीहरुको कलकलाउँदो प्रेमकथामा आधारित यस चलचित्रमा नायक भुवन केसीका छोरा अनमोलको अभिनय हेर्न धेरैलाई हलमा पुर्यायो । हेमराज विसीले निर्देशन गरेको यस चलचित्रमा जोमसोमको सुन्दर दृश्यले धेरैको मन तान्न सफल भयो ।
लज्जा
सामाजिक प्रेमकथामा आधारित चलचित्र लज्जाको प्रदर्शनले निर्माता छविराज ओझा लज्जित हुनु परेन । पछिल्लो समयमा चलचित्र दुनियामा प्रवेश गरेकी नायिक शिल्पा पोख्रेल र व्यस्त नायक आर्यन सिग्देलको अभिनय हेर्न धेरै दर्शकलाई हलमा प्रवेश गरायो । नवल नेपालले निर्देशन गरेको यस चलचित्रले युवाहरुको मन खिच्न सफल भयो ।
टलकजंग भर्सेज टुल्के
अघिल्लो बर्ष राम्रो चर्चा कमाएको ‘लुट’ बाट स्थापित भएका निश्चल बस्नेतले निर्देशन गरेको यस चलचित्रले पनि धेरै चर्चा बटुल्यो । माओवादी जनयुद्धको एउटा पात्रलाई टपक्क टिपेर चलचित्रको कथाबस्तुमा समेटिएकाले यसप्रति दर्शकहरु झुम्मिए । रेडियो नाटकमा स्थापित बनेका खगेन्द्र लामिछाने र ऋचा शर्माको अभिनयले चलचित्रलाई सफल बनायो ।
भुलभूलैया
प्रेमकथामा आधारित चलचित्र भुलभूलैयाले पनि राम्रो चर्चा कमायो । जीवन लुईंटेल र निता ढुङ्गानाको अभिनयले चलचित्रलाई सिने उद्योगमा सम्मानजनक स्थान जमायो । निर्देशक रोहित घिमिरेले निर्माताको लगानी उठाउन धेरै मेहेनत गरे ।
हिम्मतवाली
नायिका तथा निर्देशक रेखा थापाको यस चलचित्रले पनि खुवै वाइवाइ पायो । दुई हात नभएका सुदर्शन गौतमको अभिनय रहेको यस चलचित्रले नायक गौतम र रेखा थापाको अभिनय हेर्न धेरै दर्शक लालायित भए । नायकको हिम्मत हेर्नकै लागी भए पनि दर्शहरु हलसम्म पुगेर लगानी उठाइदिए ।
पुर्नजन्म
गाउँघरमा रहेको एउटा अन्धविश्वास मरेको मान्छे फर्केर आउने भन्ने गलत बुझाइलाई प्रतिनिधित्व गर्दै निर्माण भएको चलचित्र पुर्नजन्मले आफ्नो अस्तित्व जोगाएको छ । निर्देशक साजन श्रेष्ठले नेपाली समाजको एउटा अन्धविश्वासलाई राम्रोसँग उजागर गरेका छन् । केकी अधिकारी आर्यन सिग्देल र गजित विष्टको रोमाञ्चक अभिनय हेर्न लायक बनेको छ ।
हवल्दार सुन्तली
२०७१ को अन्तिममा आएर रिलिज भएको हवल्दार सुन्तलीले पनि राम्रो चर्चा कमाइरहेको छ । आफ्नै सहकर्मीहरुबाट बलात्कार भएकी सुन्तली धामीको घटनालाई आधार मानेर निर्माण गरिएको चलचित्रले दर्शकको मन तानेको छ । छविराज ओझाको निर्माण तथा ऋषि लामिछानेको निर्देशन गरेको यसमा देशमा बढदो बलात्कारको घटनालाई उजागर गरेको छ ।
‘झोला’ दुई बर्ष देखि चर्चै चर्चामा
यादब भट्टराईले निर्देशन गरेको चलचित्र ‘झोला’ २०७० देखि नै चर्चाका शिखरमा रहयो । नेपाली समाजको एउटा कुरुती विरुद्ध विषयबस्तु रहेकाले प्रसंसायोग्य चलचित्र बन्न पुग्यो । कृष्ण धाराबासीले लेखेको पुस्तकमा आधारित परम्परागत सती प्रथा विरुद्ध बनेको झोलाले राम्रो व्यापार गर्न सफल भयो ।
२०७० मा रिलिज भए पनि ०७२ सम्म आइपुग्दा पनि चर्चा उत्तिकै पाइरहेको छ । यस चलचित्र पुनः हलहरुमा प्रदर्शन हुने भएको छ । यसरी पुनः प्रदर्शन भएको नेपाली चलचित्र ‘बलिदान’ पछि झोला पछिल्लो चलचित्र हो ।
‘सार्क फिल्म फेस्टिभल(२०१४’मा उत्कृष्ट नायिकाको अवार्ड पाएको यो चलचित्र पुनः रिलिज गर्न लागेको निर्माण टिमले बताएको छ । उत्तमकुमार श्रेष्ठको प्रस्तुतीमा तयार चलचित्रमा मालती शाह, राज तिमल्सिना, रामगोपाल थापा र सुशिल शाहको लगानी छ ।

काठमाडौं, बैशाख ५ । पछिल्लो नेपाली पर्दामा सफल जोडीको रुपमा मानिन्छ, अभिनेता जीवन लुईंटेल र अभिनेत्री नीता ढुङ्गानाको जोडी । २ बर्ष पहिले प्रदर्शनमा आएको चलचित्र ुनोटवुकु देखी पछिल्लो समय प्रदर्शनमा आएको ‘भूलभूलैया’ दर्शकको रोजाईमा परिरहँदा अब भने जीवन र नीताको जोडी पुनःपर्दामा आउन तयार छ चलचित्र ‘धुन’ मार्फत ।
यही बैशाख १८ बाट प्रदर्शनको तयारीमा रहेको म्युजिकल लभ स्टोरीमा आधारित ‘धुन’मा यो जोडीको अनस्क्रिन रोमान्स समेटिएको छ ।
सांगितिक पक्ष सशक्त रहेको ‘धुन’को सार्वजनिक गीतले राम्रै चर्चा बटुलिरहँदा जीवन र नीता पुनः दर्शकलाई मनोरञ्जन दिन फिट रहेको अनुमान छ । नेपाल बाहिर रहेकोले पब्लिसिटीमा उत्रिन नसकेका जीवन यो चलचित्रको रिलिजको आसपासमा नेपाल फर्किँदैछन् ।
‘धुन’मा जीवन र नीतासँगै मुकेश ढकाल, श्रेया दुलाल, उमावेवी लगायतका कलाकारहरुको अभिनय छ । मालती शाहको प्रस्तुतीमा सुशिल शाह, बिनोद भट्ट, मधुसुदन भट्टराई र श्रेया दुलालको संयुक्त लगानी रहेको ‘धुन’लाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् ।
दर्जनौँ चलचित्रमा सहायक निर्देशक बनेसँगैको अनुभवलाई पहिलो पटक मुख्य निर्देशनमा खर्चेका कृष्ण चलचित्र पुर्ण मनोरञ्जनको खुराक बनेको बताउँछन् ।
ुलंकाु चलचित्रमा लगानी गरेर सुरुवातमा नै सफलता चाखेकी निर्मात्री मालती शाह र सुशिल शाहले लगानी गरेको पछिल्लो चलचित्र ुझोलाु सर्वाधिक सफल चलचित्रको सुचीमा परिरहँदा यो चलचित्रले पनि ‘लक’ लगाउने आशामा उनीहरु छन् । चलचित्र ‘धुन’लाई बिरेन्द्र भट्टले खिचेका हुन् ।
काठमाडौं, बैशाख ६ । यस बर्षको मिस नेपालको उपाधी इभाना मानन्धरले जितेकी छिन् । हिजो भएको २० औं मिस नेपाल प्रतियोगितामा १८ प्रतिस्पर्धीलाई उछिन्दै काठमाडौं भोटेवहालकी ईभानाले उपाधी चुमेकी हुन् ।
उपाधीसंगै इभानाले आगामी असोजमा हुने ६५ औं मिस वल्र्डको प्रतिनिधित्व गर्नेछिन् ।
निर्णायकको अन्तिम प्रश्न अबको १५ बर्षमा आफूलाई कस्तो अवस्थामा देख्नु हुनेछ भन्नेमा आफू ब्यक्तिगत रुपमा र पेशागत दुबैका माध्यमले बिकासमा लाग्नेछु भन्ने जवाफ इभानले दिएकी थिइन् ।
इभाना अमेरिकामा मार्केटिङ बिषयमा स्नातक गरिरहेकी बिद्यार्थी हुन् । उपाधीसंगै उनले एक लाख रुपैयाँ नगद प्राप्त गरेकी थिइन् ।
प्रतियोगितामा दिब्यता बैद्य फस्र्ट रनर अप घोषित भइन् भने मेधा कोइराला सेकेण्ड रनर अप घोषित भइन् ।

सन्तोष चिमरिया
फर्कदा 'लुक्स' तिल चामल भइसकेको थियो। १८ वर्ष छोटो अवधि होइन। जाँदा झोला दुई वटा थिए, फर्कदा एउटा मात्र। जाँदा सपरिवार बिदा गर्न आएका थिए। फर्कदा बिरानो झै लाग्ने शहरले नचिने झैं गरिरहेको थियो। त्यतिबेला मेरो मनोदशा दोस्रो विश्वयुद्धपछि जर्मन फौजको सिपाही मस्कोबाट बर्लिन फर्केको जस्तो थियो। संसार जित्न हिँडेको म सबैथोक हारेर आफ्नै ‘बलिर्न' फर्कदै थिएँ। जुनसुकै युद्धमा होस् जीवन हार्नेहरुले सम्मानित स्थान पाउँछन् तर जीवनमा हार्नेहरुलाई सहिदको सम्मान प्राप्त गर्ने सौभाग्य हुँदैन। मैले त्यसदिन आफूलाई जर्मन सिपाही जस्तै अभागी अनुभव गरेँ।
हामी दुई दाजुभाइ थियौ। तर, दाइलाई मैले आउँदै छु भनेर खबर गरेको थिइनँ।।हाम्रो कुराकानी नभएको वर्षौं भइसकेको थियो। दाइको घरको मूलगेटको घण्टी बजाउनु केहीबेर अघिसम्म पनि हाम्रो अंशबण्डा नभएको तर्क अथवा इगोबाहेक उसलाई भेट्ने भावनात्मक उत्सुकता र प्रेम थिएन।
१८ वर्षको वनबासपछि पनि हाम्रो पुनर्मिलन राम र भरतको जस्तो नहुने निश्चित नै थियो। संवेदना र भावनालाई जोगाउन नसकेकोमा आफै देखेर आफै अचम्भित भएँ।
घण्टी बजाएको एकछिनमा ढोका खोल्न एउटी महिला आइन्। ढोका आधा खोलेर चियाइन्। दाइकी श्रीमती होलिन्– भाउजू!
उनीहरुप्रति मनमा सम्मान बाँकि थिएन। त्यसैले शिष्टाचारको औपचारिकता पूरा नगरी सोधें–राम छ?
‘तपाईं को?' उनले पनि ठाडै सोधिन्।
‘भाइ', मैले आवश्यकता भन्दा एक शब्द पनि बढी बोलिनँ।
‘को भाइ?’, उनले फेरि सोधिन्।
उनीहरूको जीवनमा मेरो प्रसंग उठ्न छोडेको धेरै भइसकेको थियो। त्यसैले उनले आफ्नो लोग्नेको कुनै भाइ पनि रहेको तितो सत्य बिसिर्सकेकी थिइन्। मैले नाता प्रमाण सहितको जवाफ फर्काए–रामकृष्ण अधिकारीको कान्छो भाइ म मदन अधिकारी।
उनले चिनिन्। मेरो आगमनले भएको नोक्सान उनका आँखामा स्पष्ट देखिन्थ्यो। सम्बन्ध दोहोरो नै हुन्छ उनको पनि मप्रति सम्मान र स्नेह थिएन। त्यसैले मेरो आगमनले आफू खुसी भएको देखाउने असफल प्रयास उनले पनि गरिनन्। एकछिन हेरेर ढोका खोल्दै भनिन्–आउनुस्।
‘ऊ त्यहाँ होइसिन्छ।' भित्र पुगेपछि अर्को कोठा देखाउँदै उनले रामको ठेगाना बताइदिइन्। ऊ एक्लै थियो। केही पिइरहेको। १८ वर्षपछि दाजुभाइको भेट भएको थियो।
छुट्टिने बेला ऊ एयरपोर्टसम्म आएको थियो मलाई बिदा गर्न। विछोडको पीडा बनी झर्न लागेका आँसु आँखामै रोक्ने प्रयास गरेको थियो दाइले। म छुट्टिएको त्यो पल खप्न आमापछि सबैभन्दा गाह्रो उसैलाई परिरहेको थियो।
तर, त्यति लामो विछोडपछि भेटिँदा हामी मुस्कुराउन सकेनौं। मेरो उपस्थितिले चढ्दै गरेको उसको नशासमेत उतारी दियो।
एकछिन पछि सम्झेर मुस्कुराउन खोजेर ढिलै भएपनि औपचारिकता पूरा गर्न खोज्यो उसले। मैले त त्यो पनि गरिनँ।
‘बस्, कहिले आइस्?’, दाइले सोध्यो।
‘सरासर आउँदै छु’, मैले भनें।
मेरो जवाफमा उसले टाउको हल्लायो। लाग्थ्यो, म उसलाई अचानक आइलागेको बडो कठिन परिस्थिति भएँ। बोल्ने शब्दको खडेरी पर्यो। सानो छँदा दिनरात कुरा गरेर नथाक्ने हामी दाजुभाइ त्यो सुनसान कोठामा निशब्द भयौं।
‘एउटा ग्लास ल्याउ त’, मौनता तोड्दै दाइले भान्सामा भएकी आफ्नी श्रीमतीसँग मेरालागि एउटा गिलास माग्यो।
‘भाउजू’ गिलास बोकेर आएकी महिलाको औपचारिक परिचय दियो। मैले हात जोडिनँ। ओठले नमस्कार मात्रै भने। उनले हात जोडिन् तर नमस्कार उच्चारण गरिनन्। हिसाबकिताब बराबर भयो। उनी भान्सामा नै फर्किन्।
दाइले गिलास भरिदियो। आइस हाल्दियो।
सलादको प्लेट पनि दुबैको बिचमा हुनेगरी राख्यो। दाइले आफ्नो गिलास उठायो। मैले मेरो गिलास उठाएँ। तर हामीले चेयर्स गरेनौं। आ–आफ्नो घुड्की लिएर गिलास टेबलमा राख्यौं।
‘एकछिन भान्सामा आइसियो त’ भाउजुको तर्फबाट निम्तो आयो। दाइ उठेर गयो। म एक्लै पिइरहेँ। भान्सामा पाकेको खासखुस, सल्लाह र साउतीले मलाई यहीँसम्म अमन र अरुची पैदा भइरहेको थियो। केहि मिनेटको गोप्य भेला सम्पन्न गरेर ऊ फेरि उही निशब्द कोठामा आयो। तर फेरि पनि बोल्नलाई हामीसँग शब्द र विषय थिएन।
‘जग्गा ससुरालीले दिए, भाउजुकै नाममा पास गरेर। ऋणपान खोजेर घरसम्म ठ्ड्याएँ।' स्वास्नीको कथा, संम्वाद र निर्देशनमा उसले बडो घतलाग्दो अभिनय देखायो। अभिनयपछि आफ्नै स्पष्टीकरणले लज्जित भएको रातो अनुहार एक घुड्की लिएर सामान्य बनाउन खोज्यो तर आँखा उठाएर मलाई हेर्न सकेन। आँखा झुकाएर चुपचापले झोक्राइ रह्यो।
‘मलाई तेरो घरमा कुनै इन्ट्रेस्ट छैन, दाइ। घर त के मलाई यो शहरमा नै इन्ट्रेस्ट छैन। म गाउँमै सेटल हुन चाहन्छु। धेरै भाग अहिलेसम्म म, बाँकी जीन्दगी आनन्दले गाउँमै बिताउन चहान्छु।' मैले आफ्नो योजना सुनाएँ।
‘तर गाउँमा हाम्रो केही छैन। बुबाआमाको औषधि उपचारमा सबै सकियो’, भाउजू पर्दा पछाडिबाट मन्चमै आइन। दाइ फेरि केही बोलेन। उसरी नै झोक्राएको नै थियो।उ नबोलेपछी म आफै बोल्न बाध्य भएँ।
‘भाउजू!' म उनलाई पहिलोपटक साइनो लगाउँदै थिएँ ‘यो हामी दाजुभाइको कुरा हो। हाम्रो पितापुर्खाको सम्पत्ति हो। म तपाईंको दाइजोमा लालच गर्दिनँ, तपाई मेरो अंशको लालच छोड्नुस्।’
अतिथिको तितो जवाफले निलो भएको अनुहार लिएर उनी त्यहाँबाट गइन्।
उनी अर्थात भाउजूप्रति मेरो मनमा प्रारम्भदेखि नै कुनै सम्मान थिएन। उनले मेरा बुबाआमालाई जे गरिन आमाले मलाई सबै सुनाउनु भएको थियो। म त्यसको बदला लिन चहान्थेँ। अहिले अलिकति मात्र चोट पुर्याएकोमा पनि मलाई निकै आनन्द भयो।
मलाई थाहा छ दाइले मलाई अंश लगाउन सक्ने केही छैन्। यता बुबाको मृत्यु हुँदा उता म खैरेसँग पिआर (पर्मानेन्ट रेजिडेन्स)को भिक मागिरहेको थिएँ।
म घरपरिवार, बुबाआमा, जग्गाजमिन, गाउँसमाज र देश भएको मान्छे। ती केही छैनन् भन्दै आफुलाइ सक्दो टुहुरो प्रमाणित गर्न डटेर लागेको थिएँ। बुबा बित्नुभयो तर एउटा कागजको खोस्टोको लालचमा म उहाँलाई दागबत्ति दिन आइन।
बुबाको मृत्युपछि दाइ नै घरमुली भयो। गाउँमा बुवाको तोरी, गहुँ र धान फल्ने पहँेला, हरिया फाँटहरु आँखाले भ्याएसम्म थिए। श्रीमतीको काठमाडौ बस्ने रहर पूरा गर्न दाजुले ती सबै बेच्यो। मेरो भागको अंशको लागि आमा अन्तिमसम्म लड्नुभयो। आमाको त्यही अडानले गर्दाउनलाई गाउँ मै छोडेर दाइ काठमाडौ सर्यो।
आमाको साहरा हुन म फेरि पनि आइन्। एक्ली अनि बुढी आमाको साहरा हुनुभन्दा मलाई त्यो हिउँले कहिले नछोड्ने तन र मन नै चिसो र कठ्याग्रीएको देशको पिआर हुने कुरा प्राथमिक लाग्यो। मेरो धेरै आग्रह र सबै सम्पत्ति खाने सर्तमा दाइले बल्ल बल्ल आमालाई काठमाडौ ल्यायो। तर काठमाडौमा आमाले बाँचुञ्जेल दुर्व्यवहार सहनुभयो। आमा, आमाको स्थानबाट झर्नु पर्यो। सहिनसक्नु भएपछि आमा २ महिनापछि गाउँ नै फर्कनु भयो। र एक्लै एकरात संसार छोड्नुभयो।
अनि म फेरि पनि आइन। काजकिरियाको सामाजिक औपचारिकता दाइले नै पूरा गर्यो।
‘आइमाइ केटाकेटीसंग यस्तो कुरा गरेर के फाइदा। भात पस्किन्छु भान्सामा आइज’, दाइले भन्यो।
हामीले चुपचाप भात खायौं। ओछ्यानमा ढल्केपछि मलाई दाइको माया लागेर आयो। बुबाआमाको पुरानो तस्वीर मेरो सिरानीमा रहेछ। मलाई बुबाआमाको त्यो फोटोले ‘त्यसो नगर’ भनेजस्तो लाग्यो।
हिसाबै गरेपनि दाइले बुबाआमाको निम्ति धेरै नै गर्यो मेरोभन्दा। एकदुई घटना छोडेर उसले छोरो हुनुको सबै कर्तव्य निभायो।
मैले के गरे? सात समुन्द्रपारीबाट उसको मुल्यांकन मात्रै गरिरहें। मैले आफ्नै निम्ति गरिरहँदा उसले चाहिँ बुबाआमाकै निम्ति मात्रै गर्नुपर्छ भनेर न्यायाधीश भएँ। मैले त बुबाआमालाई दागबत्ती दिन मात्रै पनि सकिन।
एउटा पिआरका लागि मैले सबैथोक त्यागेर बसें। सबैथोक गुमाउन राजी भए। बाँकि एउटा दाजु थियो, मलाई लाग्यो– उसलाई पनि मैले त्यसदिन गुमाएँ।
बिहान घाम लागेपछि ब्युझें। दाइको सपरिवार लिभिङ रुममा चियापान गरिरहेका थिए। १४वर्षकी छोरी र ९ वर्षको छोरा। मेरा भतिजा र भतिजी स्कुल जाने तयारीमा थिए। अपरिचितलाई हेरे झैं आँखा उठाएर एक पटक हेरे। सायद भाउजूले सबै कुरा भनिन् कि नमस्कार पनि गरेनन्। झोला बोकेर बाटो लागे।
मैले पनि झोला बोकें। बुबाआमाको अति नै दुर्लभ फोटो झिकेर नसोधी झोलामा राखेको थिएँ।
आफू जन्मिएको धर्ती सधैंका लागि छोडेर उडिरहदा मैले तिरेको पिआरको मूल्यले मलाई नै अचम्भित पारेको छ। (हाल युएई)
विमला अधिकारी /- उसले कति सजिलै भन्यो–हो, म कुमार होइन। यति संवेदनशील कुरा उ यसरी भन्थ्यो म उसलाई सोधिरहेकी छु– माया गर्छौ? कुनै युद्ध वा परीक्षामा सफल भएर पाएको तक्माको कहानी सुनाए झै गरी ऊ छाती फुलाएर भन्छ कुमार नहुनुको कथा। आफ्ना साहासिक काहानीलाई निरन्तरता दिन।
ऊ मेरा अवाक्क परेर ‘आ' भएको मुखलाई बेवास्ता गर्दै अघि बढ्छ ‘म तिमीलाई ढाट्न नि सक्थेँ र तिमी सजिलै पत्याउन सक्थ्यौ र सदैव यसबारे अनभिज्ञ रहन पनि सक्थ्यौ, तर म केही लुकाउन चाहन्न किनकि म हाम्रो सम्बन्धमा झुठोको कुनै अवशेष रहन दिन्न।’
उसका सत्यवादी कुराहरु सुनेपछि मैले आँखा जुध्लान कि भन्ने डरले निहुरिएको उसको भावभंगी नियालें। तर, सोच्न सकिनँ अब उसँग के बोल्ने अनि के गर्ने? पुरै खाली हुन्छ मानसपटल। अनि शून्यता छाउँछ वरिपरि। धेरै बेर पछि आफूलाई होसमा पाउँछु।
उसले भनेका घटना सपना भइदिए हुन्थ्यो जस्तो लाग्छ। तर, उसको निहुरिएको शिरले मलाई त्यो विपना नै हो भन्ने ठम्याउन धेरै बेर लागेन। निर्णय गर्नै सक्दिन वास्तवमा खुसी होऊ वा दुःखी होऊ। उसको सत्यवादको पक्ष लिऊँ वा उसले गरेको घटनाको विपक्षमा जाऊँ भनेर।
घटना गलत थियो। असह्य थियो। अझ हाम्रो जस्तो पूर्वीय दर्शन मान्ने समाजका महिलाका लागि यो एक सहन सीमा बाहिर थियो। तर पनि ऊ सत्य बोलिरहेको थियो। नबोल्दा हुने सत्य बोलेर उ हाम्रो प्रेमलाई विश्वासको बेरा लगाइरहेको थियो। तर, यो कस्तो सत्यता जुन थाहा पाउनु भन्दा थाहा नपाउँदा वेश हुने।
धेरै बेरको सन्नटालाई चिर्न उ बोल्यो–तिमीले यो प्रश्न नसोधेको भए हुन्थ्यो, म झुटो बोल्न नसक्ने।’ तर मैले उसलाई कुनै अग्नी परीक्षा लिन यो प्रश्न गरेको थिइनँ। नत उसको वास्तविकता थाहा पाएर नै सोधेकी थिएँ। कुरा गर्ने सिलसिलामा रमाइलोको लागि सोधेकी थिएँ। पूर्ण रुपमा विश्वस्त भएर ‘हो' भन्ने उत्तरको प्रतिक्षामा।
उसको ‘होइन' को जवाफ पाइसक्दा पनि धेरैबेर पर्खिरहेँ। कतै खित्त हास्दै ‘मजाक’ गरेको भन्छ कि भनेर।
***
केही समयअघि हामी एक तालिमको सिलसिलामा भेट भएका थियौं। सिप विकास मार्फत वृत्ति विकास गर्न आएका हामी भविष्यको लागि सम्बन्ध विकास गर्न लागिपरेका थियौं। हाम्रो जात फरक थियो। हाम्रो सम्बन्धलाई घरपरिवारले सहजै स्वीकार्ने सम्भावना थिएन। पढेलेखेका अनि बुझ्ने भइसकेका हामी यति जाबो कुराले हाम्रो मायालाई हल्लिन दिनुहुन्न भन्दै लागिपरेका थियौं मायाको बिउ रोप्न।
रुपमा ‘वाह!’ भन्ने खालको थिएन ऊ र म पनि। तर, पनि हामी एक अर्कामा भावानात्मक रुपमा पूर्ण निहित भइसकेका थियौ, सायद यसैलाई भन्छन्। ‘लभ इन फष्ट साइट’ भन्ने आधुनिक मायाको सिद्धान्त विपरित धेरै समयपछिको चिनाजानी र बोलचालपछि मात्र नजिकिएका थियौं, हामी।
सबैभन्दा मनपरेको कुरा उसको सत्यवादी चरित्र हो। जस्तोसुकै असहज परिस्थितिमा पनि ऊ झुठो बोल्दैनथ्यो। उसका नराम्रा बानीहरु सोध्दा एकदिन उसले भनेको थियो–म रक्सी पिउँछु तर पिउनका लागि मात्र हो, जिउनका लागि होइन। कहिलेकाहीँ पार्टी वा साथीसँग बस्दा पिउँछु। त्यसैले घरका कसैलाई थाहा छैन र भनेको पनि छैन। तास पनि खेल्छु, मात्र मनोरञ्जनका लागि पैसाका लागि हैन।
भन्नैपर्ने कुरा तिमी मेरो पहिलो प्रेमिका पनि होइनौ, तर म तिमीलाई धेरै माया गर्छु। ऊ हरेक सत्यको विछ्याईसँगै ‘तिमीलाई मात्र भनेको’ भन्न छुटाउँदैनथ्यो। सायद होला पनि, उसका कतिपय साथीले यो त केटी जस्तै छ न त रक्सी खान्छ न तास खेल्छ भनेको धेरै पटक सुनेकी पनि थिएँ।
कहिलेकाहीँ त डर लाग्थ्यो कतै उसले घरमा श्रीमती र दुईवटा छोराछोरी छन्, नभने नि हुन्थ्यो। तिमीलाई मात्र भनेको भन्छ कि भन्ने। म सहज रुपमा स्विकार्न थालेकी थिएँ, उसका ती बानीहरुलाई। आधुनिक माया यस्तै हुन्छ भन्दै।
घरमा आमाबुवा पनि भन्नुहुन्थ्यो–अचेलको जमानामा रक्सी नखाने केटा त पाईदैन होला तर पनि कति र कसरी खान्छ भन्ने चाहीँ बुझ्नुपर्छ।
तर, आज उसको सत्यवाणी नै घृणा गर्नुपर्ने कारण बनेको छ। उसको अन्तिम सत्यले घोचिरहेको जस्तो लागिरहेको छ। गिज्याइरहे जस्तो लागिरहेछ हाम्रो मायाको विश्वासलाई।
आफ्नो यौवनको तृष्णा मेटाउनैका लागि भनेर कुनै वेश्यालय पक्कै गएको थिएन, ऊ। हुनसक्छ उसले नलुकाएको सत्यमा परेकी उसकी पूर्व प्रेमिकासँग उसले शारीरिक र भावानात्मक सम्बन्ध विस्तार गरेको कोही पराइसँग साटिइसकेको थियो।
विल्कुलै अशुद्ध भइसकेको थियो। आखिर कुनै अर्की केटीसँग भावानात्मक र शारीरिक सम्बन्ध गाँसेपछि पनि उसले कुन किसिमको माया खोजिरहेको थियो मबाट?, के चाहन्थ्यो ऊ मसँग? तर पनि म माया गर्थें उसलाई, चोखो माया। ऊ मेरो पहिलो प्रेमी थियो। कहिलेकाहीँ डर लाग्थ्यो– उसले आफ्ना पूर्व प्रेमिकाको सूचीलाई बढाउनकै लागि वा आफ्नो भोक मेटाउनकै लागि त मसँग प्रेमको अभिनय गरिरहेको छैन? तर पनि विश्वास गर्थें उसले आफूलाई खुला किताब झैं पारदर्शी बनाएको थियो। जसलाई म सहजै पढ्न सक्थेँ।
उसका ती विगतका घटना अहिलेको आधुनिक भनिएको युगमा त्यति आश्चार्यजनक नहोलान्। तुलनात्मक रुपमा नेपाली संस्कृतिमा सकारात्मक परिवर्तन आईरहेको छ। पश्चिमावादको प्रभावका कारण रुढीवादी र अन्धविश्वासी भनेर चिनिने हाम्रा संस्कृति युग अनुकुलीत हुँदै गएको छ। म उसलाई मनमनै प्रश्न गर्छु–आधुनिकता र पश्चिमावादको नक्कल गर्ने नाममा यो हदसम्म नेपाली संस्कृतिलाई दुर्गन्धित बनाउनु उचित हो? हो, म मान्छु नेपाली समाज पुरुषप्रधान हो। तर, पुरुषार्थको नाममा विवाहपूर्व वा विवाह पश्चात परस्त्रीसँग शारीरिक भोग विलाश गर्दै हिँड्न मिल्छ र? जतिसुकै पुरुषी ढोङ्गवाद घन्केपनि त्यति हदसम्म गएको कुन महिलाले सहर्ष स्वीकार्न सक्छे? के तिम्रो जस्तै मेरो पनि विगत भएको भए तिमीले मलाई स्वीर्काथ्यौ?'
एकदिन उसलाई मैले मेरो गाउँको कहानी सुनाएकी थिएँ, चोखो माया गर्ने जोडीबारे। आफ्नी प्रेमिकाको अर्कैसँग जबरजस्ती विवाह गरिदिएको र उनको लोग्ने फौजीमा एक वर्ष नवित्दै मरेको अनि उसले त्यस विधुवा प्रेमिका र उनको तीन महिनाको छोरो स्वीकारेर घर भित्र्याएको सत्यकथा।
अचम्म मान्दै मुख लेब्य्राएको थियो उसले। आखिर के अचम्म थियो र त्यस घटनामा? एउटा माया गर्ने मान्छेले सदैव आफ्नो मायालुको खुसीका लागि जे पनि गर्न सक्छ भन्ने उदाहरण न थियो त्यो।
मैले उसलाई सोध्थें–हाम्रो जीवनमा पनि त्यस्तै भयो भने के गर्छौ नि?'
‘अर्काको श्रीमती त मरे नि स्विकारिन्न भो। मन पराएको मान्छे भए नि, हाम्रो नि इज्जत छ’, उसले उत्तर फर्काउँथ्यो। आखिर कुन इज्जतको कुरा गर्छ ऊ। उसको इज्जत त्यही हो–कसैले शारीरिक भोग विलास गरिसकेकीका महिलालाई किन स्वीकार्ने?उसले यसो भन्दा यो सोचेन कि कतै उसले जस्तो मेरो मनले नि सोच्छ कि?
आधुनिक प्रेम यस्तै हुन्छन्। प्रेम, यौन आदि आधारभूत आवश्यकता जस्तै भएका छन्। त्यसैले कसैले मेरो तिमी पहिलो प्रेम भन्यो भने कि त त्यस किसिमको प्रेम पाउने मान्छे भाग्यमानी हुनुपर्छ। तर, पनि प्रेम बिना जीवन अधुरो हुन्छ। भनिन्छ, जीवनमा कोही एकसँग चोखो माया गरिएकै हुन्छ। जीवन खुसी बनाउन कि त प्रेम गरेको मान्छेसँग विवाह हुनुपर्छ कि त विवाह गरेको मान्छेलाई प्रेम गर्न थाल्नुपर्छ। प्रेमको मामलामा हरेक सत्य व्यक्त गरिनुहुन्न भन्ने लाग्दैन। जब दुई व्यक्ति जीवनयापनका लागि सम्बन्धमा गाँसिन्छन्, झुठको अवशेषसम्म रहन दिनुहुन्न। तर, त्यस हदसम्मको सत्यता बोल्नै नदिने अवस्था आउँदा चै राम्रो हो कि?यस्तै यस्तै प्रश्न मनभरी आइरहन्छन्। प्रश्नको उत्तर ठ्याक्कै आउँदैन। त्यसैले मेरो पहिलो प्रेम अस्वीकार गर्दै बसिरहेको छु।
-प्रकाशविक्रम शाह/
मलाई २०५६ जेठमा भएको आमनिर्वाचनपछि जन्मस्थल बाजुरा जाने अवसर मिलेको थिएन् । ०५६ कै साउनतिरबाट पत्रकारितामा संलग्न भएकोले व्यस्त रहेँ । माओवादी जनयुद्ध ०५२ तिर शुरु भयो, तर बाजुरामा त्यसको प्रभाव ०५६ को अन्त्यतिर मात्र पर्न थालेको थियो ।
गाउँमा द्वन्द्व चर्किदै गएपछि शुभचिन्तकहरूले ‘गाउँ नफर्किदा नै राम्रो हुन्छ’ भन्ने सुझाव दिन्थे । बाजुरा घरमा रहेकी मेरी मम्मीको चाहना पनि त्यस्तै थियो । गाउँ जाने रहर लागिरहे पनि आमाको चाहना तथा शुभचिन्तकहरूको सल्लाहका कारण जान सकिरहेको थिइनँ ।
त्यतिनै बेला प्रशासनको दृष्टिमा म माओवादी भइसकेको थिएँ । प्रशासनले मलाई माओवादी ठान्नुको कारण पनि अच्चमैको थियो । ०५८ सालमा युद्धविरामका बेला बजारमा आएको ‘प्रचण्ड पथ’ भन्ने किताब मैले पढ्नका लागि किनेको थिएँ । त्यो किताव बाजुराका एक जना एमाले समर्थक विद्यार्थीले बाजुरा पुर्याएका रहेछन् । युद्धविराम भंग भइसकेकोले लुकाएर लगेको पुस्तकसहित उनी बाजुराको सदरमुकाम मार्तडीमा पक्राउ परे । थुनामा निकै यातना पाएपछि उनले ‘त्यो किताब प्रकाशको घर धनगढीबाट ल्याएको’ बयान दिएका रहेछन् । त्यसपछि प्रशासनले मलाई माओवादीको सूचीमा राख्यो ।
मलाई अहिलेसम्म खड्किरहेको कुरा त्यो दिन हाम्रो बास पाण्डुसैन शुरु हुने वित्तिकैको अँगपानी गाउँ छेउको पसलमा हुनुपर्ने थियो । तर, हामीलाई सेनाले ‘पाण्डुसैन पार गरेर बस्नु’ भन्ने सल्लाह ९निर्देशन० दियो । हामी त्यो राती अँगपानी गाउँकै छेउमा बसेको भए सायद हामी नै सेनाको सिकार हुने थियौँ कि । किनकि त्यही रात सेनाले बिना अनुसन्धान माओवादी भन्दै तास खेलिरहेका माओवादी विरोधी आठ जना सर्वसाधारणलाई मारेको थियो ।
म पनि धनगढीमा नाटकीय ढंगले पक्राउ परेँ । मेरो कोठामा रहेका सबै वामपन्थी पुस्तकहरू प्रहरीले लगे । प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पुर्याउन्जेल पनि म पक्राउ परेको कसैलाई थाहा थिएन । संयोगले जिल्ला प्रहरी कार्यालयमै एमाले नेता भैरव सिंह भेटिएपछि मैले ‘म पक्राउ परेको खबर सबैलाई गरिदिन’ आग्रह गरेँ । त्यसपछि पत्रकार र एमाले नेताहरूको दबावमा ‘दिनहुँ तारेख लगाउने’ शर्तमा सोही साँझ छुटेँ । नत्र म सोत्तर पारिन्थेँ होला । गोरखापत्रमा काम गर्ने भएकोले पनि मलाई तारेखमा छुट्न सहज भएको थियो ।
यसैबेला ०५९ कात्तिकमा मोहन मैनाली सरहरुसँग बाजुरा जाने अवसर मिल्यो । उमीद दाई ९उमीद बागचन्द० ले ‘मिल्छ भने जाँदा राम्रो हुन्छ’ भनेपछि दोमन लिएर बाजुरा जान कस्सिएँ । मलाई कैलाली र बाजुरा प्रहरी प्रशासनले माओवादीको सूचीमा राखेको थियो । त्यसैले दुर्गम जिल्लामा प्रशासनबाट अझ बढी दुःख पाउन सक्थेँ । अर्कोतिर, म गोरखापत्रमा काम गर्ने भएकोले माओवादीले पनि दुःख दिनसक्थे । त्यसैमा मेरा कारण कारण मोहन मैनालीहरूलाई पनि प्रशासनले दुःख दिनसक्छ भन्ने मनमा संशय पनि थियो । तर, यी कुरा कसैलाई भनिन् ।
अनेकौ सम्भावित खतरा मनमा केलाउँदै म बाजुरा यात्रामा गएँ । कैलालीको तेघरीबाट सुरक्षा निकायको चेकजाँच गराउने क्रम शुरु भयो । साँझ सिलगढी नगरपालिकाको गेष्ट हाउसमा बस्यौँ । बाजुरामा पञ्चायतकालमै विजुली बलेको थियो । त्यसैले मोहन मैनालीहरूलाई ‘क्यामेरा चार्ज गर्नका लागि लगिएको जेनेरेटर सिलगढी मै छोडेर जाऔ’ भने, तर उहाँहरूले मान्नु भएन । उहाँहरूसँग मेरो भर्खर मात्र परिचय भएकोले जिद्दी गर्न पनि सकिन् । उतिवेला मोहनहरूलाई बाजुराका कसैलाई फोन गर्न लगाएर ‘बाजुरामा विजुली सुविधा भएको र जेनेरेटर नल्याए पनि हुन्छ’ भनाउने पनि होस भएन । वास्तवमा यात्राभरी जेनेरेटरले निक्कै दुःख दिएको थियो । अछामको साँफेबगरबाट जेनेरेटर मात्र बोक्न एकजना भरियाको व्यवस्था गर्नुपर्यो ।
समूहमा व्यवस्थित रूपमा लामो समयका लागि रिपोर्टिङमा हिडेको यो मेरो पहिलो अनुभव थियो । स्थलगत रिपोर्टिङको अनुभव नभएकाले भरिया खोज्न पनि सकिन् । धेरै ठाउँँमा मोहन मैनाली स्वयमले समन्वय गर्नुभएको थियो । बाजुरामा जन्मेर त्यहीँ एसएलसी उत्तीर्ण गरेँ । जिल्लामा हुँदा विद्यार्थी राजनीति पनि गरेँ, तर सदरमुकाम मार्तडीभन्दा उत्तर, पूर्वतर्फका गाउँमा गएको थिइन् । काठमाडौका पत्रकारहरूसँग सम्बन्ध बन्ने र आफू नगएको क्षेत्रमा जान पाइने लोभले नै मनमा निकै संशय हुँदाहुँदै पनि बाजुरा यात्रामा होमिएको थिएँ । म मार्तडीभन्दा पनि माथिल्लो क्षेत्र जान उत्साहित थिएँ । हामी धनगढीबाट हिडेको पाँचौ दिनमा मात्र मार्तडी पुग्यौँ ।
मार्तडी मैले खेली खाएको ठाउँ । मार्तडीका धेरैले मलाई चिन्थे । मार्तडी पुग्ने वित्तिकै पोशाक नलाएका सुरक्षाकर्मीले मेरो बेइज्जत गरे जस्तो लाग्यो । किनकी उनीहरुले बजारको ठाउँमा भिडियो क्यामेरा चलाउन चाहिने हतियार जस्तो देखिने ‘ट्राइपड’ खोलेर देखाउन लगाएका थिए । ‘ट्राइपड’ खोल्न लगाएर हेरिसकेपछि ‘ल धन्यवाद’ पनि नभनी वाटो लाग्थे । म चाहीँ लज्जित हुँदै फेरि ‘ट्राइपड’ मिलाउन थाल्थेँ ।
प्रहरी, प्रशासनले मलाई माओवादी भनेर दुःख दिन सक्छ भन्ने मेरो आशंका बाजुराका सहायक प्रमुख जिल्ला अधिकारीको केरकारले पुष्टि गर्यो । मार्तडी पुगेपछि सहायक प्रजिअ मुक्तिनाथ भण्डारीले ‘तपाईंको नाम कता सुनेको थिएँ’ भन्दै मोहन मैनालीहरूकै अघि केरकार गर्न थाले । मैले प्रजिअ भण्डारीलाई भने ‘तपाईले किताबसहित मार्तडीमा विद्यार्थी पक्रेको कुरा गर्न खोज्नु भयो होला, उसलाई यता के गर्नु भयो थाहा छैन, तर उता कैलालीमा यो केस टुंगिसक्यो ।’
त्यसपछि उनी चुप लागे । कैलालीमा सुरक्षा निकायले बेलाबेलामा दुःख दिन भने छोडेको थिएन । माघ १९ सम्म मलाई माओवादी ठानियो । माघ १९ पछि मैले दाह्री पालेकोले एक पत्रकार मित्रले तेघरी व्यारेकमा मेजरसँग ‘गणतन्त्र नआउँदासम्म यो माओवादी ९प्रकाश० ले दाह्री काट्दैन भनेको मैले सुनेको थिएँ । त्यसपछि सेनाले मलाई पटकपटक फोन गरेर केरकार गरिरहन्थ्यो । त्यसपछि खोज पत्रकारिता केन्द्रले आयोजना गरेको तीन महिने पत्रकारिता तालिममा काठमाडौ गएँ । यसवेला ०६२र६३ को आन्दोलन शुरु भइसकेको थियो ।
मार्तडीमा प्रजिअ भण्डारीलाई स्पष्टीकरण दिएपछि हामी पाण्डुसैनतिर लाग्यौँकाललाई जितेर आएको त्यो क्षण । यो यात्राको भुल्न नसक्ने पक्ष मेरा लागि ढुक्कसाथ तस्वीर खिच्न पाउनु थियो । त्यतिवेला डिजिटल क्यामेरा आइसकेको थिएन् । म जस्तो फुच्चे पत्रकारले धेरै रिल किन्न सक्ने क्षमता थिएन । तर मोहन मैनाली सरले ‘चाहिएजति रिल दिन्छु, मनलाग्दो गरी तस्वीर खिच्नुस्’ भनेको अहिले पनि ताजै छ । मैले करिब १० वटा रिल खिचेँ । मैले खिचेका धेरै तस्वीर गोरखापत्रमा छापिएका थिए ।
मोहन सरले द्वन्द्वकालको यात्रा डायरी ‘मान्ठा हराएको जुग’ लेखिसक्नु भएको छ । मलाई अहिलेसम्म खड्किरहेको कुरा के हो भने त्यो दिन हाम्रो बास पाण्डुसैन शुरु हुने वित्तिकैको अँगपानी गाउँ छेउको पसलमा हुनुपर्ने थियो । तर, हामीलाई सेनाले ‘पाण्डुसैन पार गरेर बस्नु’ भन्ने सल्लाह ९निर्देशन० दिएकोले मुख्य पाण्डुसैन भन्दा पर दही बाजेकोमा बास बस्यौं । हामी त्यो राती अँगपानी गाउँकै छेउमा बसेको भए सायद हामी नै सेनाको सिकार हुने थियौँ कि १ किनकी त्यही रात सेनाले अनुसन्धानबिना माओवादी भन्दै तास खेलिरहेका माओवादीविरोधी आठ जना सर्वसाधारणलाई मारेको थियो ।
मोहन सरको लेखाईबाट म अच्चमित छु । म बाजुराकै मान्छे, सो यात्राका धेरै कुरा मेरो स्मृतिबाट हराइसके, तर, उहाँले हिडेका पाइला अथवा आकाशमा तारा गनेझैं सबै घटना र स्थानबारे पूर्ण विवरणसहित लेख्नु भएको छ । मान्ठा हराएको जुग पढ्दै जाँदा ‘ओ हो, त्यस्तो ठाउँ गइएछ’ भन्ने मात्र लाग्दैन, पीडितका पीडा पढ्दा आँखा रसाउँछन् । नेपालीले फेरि यस्तो दुःख फेरि कहिल्यै भोग्नु नपरोस भन्ने लाग्छ । सबै नेपालीले कुनै न कुनै रूपमा द्वन्द्व भोगेका छन्, तर प्रायः सबैले ती भोगाई भुलिसके । यो नेपालीको विशेषता पनि हो– हामी जति ठूलो दुःख पनि भूल्न सक्छौं । त्यो यात्राको झण्डै १२ वर्षपछि प्रकाशन भएको मान्ठा हराएको जुग स्वतन्त्र व्यक्तिले लेखेको नेपाली द्वन्द्वको सत्य र जिउँदो इतिहास हो । यसले अब त्यस्तो वाटोमा नलाग्न नेपालीलाई प्रेरित गर्न सक्छ । यो पुस्तकमा पूर्वको संखुवासभा, धादिङ, कर्णाली र बाजुराको चर्चा छ । म मुगु बाहेकको कर्णाली र संखुवासभा पुगेको छैन, तर पुस्तक पढ्दा मलाई कर्णाली र संखुवासभामै पुगेको अनुभूति भयो । बाजुरा जिल्लाका वारेमा यति धेरै उल्लेख भएको यो नै पहिलो पुस्तक हुनुपर्छ ।
मोहन मैनालीसँगको त्यति बेलाको सहयात्राले बसन्त थापासँग भेट भयो । त्यसपछि हिमाल एसोसियसनको ‘घुम्ती किम्फ’ वृत्तचित्र प्रदर्शनीका क्रममा देशका दर्जनौँ जिल्ला डुलेँ । जति डुले पनि जीवनमा किताब लेख्न सक्छु भन्ने लागेको छैन । यो पुस्तकमा कहीँकहीँ ‘म पनि लेखिएको छु’ त्यसैले खुसी छु . ( यो पुस्तक मैले नै लेखेको हो जस्तो लागेको छ ।
(लेखक नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक हुन) ...

क्रान्तिवीर भीमदत्तको योगदानलाई लिएर बनाईएको चलचित्र भीमदत्त फागुन २२ गते देख मुलुकभरका हलहरुमा चलिरहेको छ ।
समसामयिक नेपाली राजनीतिमा देखिएको विकृतिलाई उठान गर्दै भीमदत्तले देखेको सपनालाई भीमदत्त चलचित्रमा उतारिएको छ ।
अमेरिकाबाट चलचित्र निर्देशन शिक्षा लिएका भीमदत्तका निर्देशक हिमग्याप लामा ,टासीसंग, भीमदत्त चलचित्रबारे गरिएको कुराकानीस्
भीमदत्त चलचित्र कस्तो चल्दैछ ?
फागुन २२ देखि देशभरका चलचित्रभवनहरुमा भीमदत्त चलचित्र चल्न थालेको हो । अहिले तेस्रो हप्तामा राजधानी लगायतका केही हलहरुमा चलिरहेको छ । भीमदत्तले राम्रै व्यापार गरेको छ । हामी सन्तुष्ट छौ ।
यो त तपाईँको पहिलो चलचित्र हो , पहिलो चलचित्रको अनुभव कस्तो छ ?
अपेक्ष गरे भन्दा धेरै राम्रो प्रतिक्रिया र स्यावासी मैले पाए । भीमदत्त विलकुलै नयाँ विषयमाथि बनेको चलचित्र हो ।नेपाली दर्शकको मनस्थिती भन्दा भिन्न विषय बोकेको चलचित्रले के गर्ला भन्ने थियो । हलमा पुगेर चलचित्र हेर्ने दर्शकको प्रतिक्रियाले पनि हामीलाई हौसाएको छ ।
ऐतिहासिक पात्रमाथि चलचित्र बनाउनु भयो , निमार्णका कठिनाई कस्ता रहे ?
हामीले चलचित्र निमार्ण गर्नु पूर्व नै चलचित्र कस्तो बन्छ भन्ने कुराको निर्धारण गरेका थियौ । यस्ता ऐतिहासिक चलचित्रको बजारको खोजी पनि गर्नु जरुरी थियो ।
यस कारण हामीले भीमदत्तलाई विदेशमा प्रदर्शन गर्ने कामलाई जोड दियौ । जसले लगानीलाई सुरक्षित राख्ने काम गर्यो ।
यस पछि भीमदत्तको योगदानलाई जनसाधरणका बीचमा स्थापित गर्नु थियो , त्यसलाई ध्यान दिदै हलहरुमा चलायौ । च्यरिटी शोहरु गर्यौ । हामीले हल नै नभएका नेपालका विकट क्षेत्रहरुमा पनि भीमदत्त देखायौ भने हलीउडजस्तो ठाउँमा पनि देखाउन सफल भयौ ।
नेपाली चलचित्र नचल्नुको कारण के होला र ?
भारतीय चलचित्रको आकामक प्रचार शैलीले नेपाली चलचित्रलाई दर्शकमाझ पुग्नै दिएको छैन् । अर्को महत्वपूर्ण पक्ष भनेको नेपाली चलचित्रहरुले आफ्नो स्तर बनाउनै सकेका छैनन् । चलचित्र विकासका लागि राज्य पनि लाग्नु पर्ने अवस्था छ । तर राज्य नेपाली चलचित्रप्रति उदासिन देखिन्छ ।
किन बन्दैनन राम्रा नेपाली चलचित्र र ?
निर्माणपक्ष वा निर्देशकलाई चलचित्रको राम्रो ज्ञान नहुनु नै नेपाली चलचित्रको स्तर माथि नउठ्नु हो ।
चलचित्र देशसंग गासिएको विषय हो । देश र जनतासंग जोडिएका विषहरु संवेदनशील हुन्छन् । त्यो संवेदनालाई वेवास्ता गर्दै बनेका चलचित्रले न देशको कुरा गर्न सक्छन् न त जनताको ।
अब के गर्नु पर्ला त र ?
चलचित्रकर्मीले देश र व्यापारलाई भिन्न ढंगबाट हेर्न सक्नु पर्यो । अझै पनि नेपाली चलचित्र संकटमै छ ।
सरकारले नेपाली चलचित्र मैत्री नीति ल्याउन पर्छ । आम दर्शकले नेपाली चलचित्रलाई माया गरेर निर्देशक , निर्मातालाई सही सुझाव दिनु पर्यो ।
चलचित्र वितरक र चलचित्र हाल मालिकहरुले भारतीय चलचित्र भन्दा नेपाली चलचित्रलाई हलमा पुर्याउन जोड गर्नु जरुरी छ ।